Page:Munamadan.pdf/6: Difference between revisions
→Not proofread: Created blank page |
|||
(5 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{x-larger|'''समर्पण'''}}}} | |||
{{start center block}} | |||
<poem> | |||
हे मेरा भाइ ! हे मेरा बहिनी ! पहाड शहरमा, | |||
यो यौटा मेरो भक्तिको माला चढाएँ चरणमा । | |||
अरू ता मैले के गर्न सक्थेँ ?, अपढ-अज्ञानी, | |||
आँसुले भिजेको यो फूल गाँसेँ नजानी नजानी । | |||
घाम र छाया-बीचमा फुल्यो मनको फूलबारी, | |||
सपनाभित्र फुलेको ल्याएँ बिपना ओसारी । | |||
यिनको बास बिर्साइदिन्छ वरको परको, | |||
आँसु र हाँसो मिसाइदिन्छ सबका घरको । | |||
जो मैले गुँथेँ पहिर भाइ ! पहिर बहिनी ! | |||
प्रेमका गलामा नवैलिजाओस् भक्त हुँ म पनि । | |||
नेपाली माटो स्वर्गको किरण झरेर झन्क्यो मूल, | |||
नेपाली बास्ना भएर निस्के अत्तर देशी फूल, | |||
एकान्त वनमा फूलपरी रँगमा कस्सिए फुर्फुरी, | |||
एक लहर टिपी चढाएँ, नाचून् छातीमा हरघरी । | |||
नदेख्ने वन कविको मन रङ्गले छिर्किन्छ, | |||
जीवनको छायादेशमा एउटा फूलबारी हुर्कन्छ, | |||
आँसुको जाल डालीमा हाली बिन्दुले रसाए, | |||
कल्पने माली, अम्लान कुसुम, | |||
एक डाली गुँथी, गलामा फाली, | |||
जोर्दछु हात हे भाइ-बहिनी ! बास्नामा रसाए, | |||
::::::दिलमा खुशाए | |||
स्वप्नाका धन नबाँडीकन हुँदैन खुशी मन ! | |||
आनन्द मेरो लखगुना होला सकारे समर्पण ! | |||
</poem> | |||
{{end center block}} |
Latest revision as of 08:44, 4 May 2025
हे मेरा भाइ ! हे मेरा बहिनी ! पहाड शहरमा,
यो यौटा मेरो भक्तिको माला चढाएँ चरणमा ।
अरू ता मैले के गर्न सक्थेँ ?, अपढ-अज्ञानी,
आँसुले भिजेको यो फूल गाँसेँ नजानी नजानी ।
घाम र छाया-बीचमा फुल्यो मनको फूलबारी,
सपनाभित्र फुलेको ल्याएँ बिपना ओसारी ।
यिनको बास बिर्साइदिन्छ वरको परको,
आँसु र हाँसो मिसाइदिन्छ सबका घरको ।
जो मैले गुँथेँ पहिर भाइ ! पहिर बहिनी !
प्रेमका गलामा नवैलिजाओस् भक्त हुँ म पनि ।
नेपाली माटो स्वर्गको किरण झरेर झन्क्यो मूल,
नेपाली बास्ना भएर निस्के अत्तर देशी फूल,
एकान्त वनमा फूलपरी रँगमा कस्सिए फुर्फुरी,
एक लहर टिपी चढाएँ, नाचून् छातीमा हरघरी ।
नदेख्ने वन कविको मन रङ्गले छिर्किन्छ,
जीवनको छायादेशमा एउटा फूलबारी हुर्कन्छ,
आँसुको जाल डालीमा हाली बिन्दुले रसाए,
कल्पने माली, अम्लान कुसुम,
एक डाली गुँथी, गलामा फाली,
जोर्दछु हात हे भाइ-बहिनी ! बास्नामा रसाए,
दिलमा खुशाए
स्वप्नाका धन नबाँडीकन हुँदैन खुशी मन !
आनन्द मेरो लखगुना होला सकारे समर्पण !