Page:Mhendu.pdf/17: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 9: | Line 9: | ||
{{pcn|[१४]}} | {{pcn|[१४]}} | ||
सुन्दा ' | सुन्दा 'म्हेन्दु' गाना इन्दु | ||
::छुन्छिन् इन्दीवरका विन्दु | ::छुन्छिन् इन्दीवरका विन्दु | ||
झर्छन् तारा पृथ्वी जलमा | झर्छन् तारा पृथ्वी जलमा | ||
::बन्छन् | ::बन्छन् द्यौता मानव बन्धु ! | ||
गाँसी नाला सारालाई | गाँसी नाला सारालाई | ||
::लिन्छन् छातीमाथि सिन्धु । | ::लिन्छन् छातीमाथि सिन्धु । | ||
परमेश्वरले आफ्नो मूर्ति | परमेश्वरले आफ्नो मूर्ति | ||
::छाया | ::छाया झार्छन् मानव दिलमा | ||
गाँसिन्छन् सब देश र रीति | गाँसिन्छन् सब देश र रीति | ||
::माला बन्दै | ::माला बन्दै रङ्गी फूलमा ॥ | ||
{{pcn|[१५]}} | {{pcn|[१५]}} | ||
भाषा | भाषा घुम्छन्, जाति मिल्छन् | ||
::यौटै रूखमा हाँगा फुल्छन् ! | ::यौटै रूखमा हाँगा फुल्छन् ! | ||
देव र देवी पन्छी डुल्छन् ! | देव र देवी पन्छी डुल्छन् ! | ||
Line 27: | Line 27: | ||
{{pcn|[१६]}} | {{pcn|[१६]}} | ||
जानें मैले प्रेमले खोले | |||
::सिर्जन कुञ्जी परमेश्वरले | ::सिर्जन कुञ्जी परमेश्वरले | ||
एकै दिलले हाँसी बोले | एकै दिलले हाँसी बोले | ||
Line 39: | Line 39: | ||
फूल अनेकन बोटभरी छन् | फूल अनेकन बोटभरी छन् | ||
::कमलहरूमा दिव्य गुलाफ । | ::कमलहरूमा दिव्य गुलाफ । | ||
एक छ फुल्दो, फल्दो, बल्दो, | एक छ फुल्दो, फल्दो, बल्दो, | ||
::एक अनेकन लहरी चल्दो | ::एक अनेकन लहरी चल्दो | ||
आखिर सारा रँगहरू मिल्छन् | आखिर सारा रँगहरू मिल्छन् | ||
::आखिर सब स्वर मुटुमा मिल्छन् | ::आखिर सब स्वर मुटुमा मिल्छन् | ||
प्रेम प्रेरणा सुन्दर राहा | |||
:: | ::ब्रह्म अनेक छ एक मिलाप ॥ | ||
{{pcn|[१८]}} | {{pcn|[१८]}} | ||
सुनयुग हाम्रा नभमा फुल्छन् | सुनयुग हाम्रा नभमा फुल्छन् | ||
::मनका सपना बादल | ::मनका सपना बादल झुल्छन् । | ||
उदयहरूले नवी उछल्छन् | उदयहरूले नवी उछल्छन् | ||
::तारा बिरादर नभमा फुल्छन् । | ::तारा बिरादर नभमा फुल्छन् । | ||
प्रेरण हावा | प्रेरण हावा ऋतुमा डुल्छन् | ||
::कविहरू तादीसँगमा | ::कविहरू तादीसँगमा झुल्छन् ! | ||
मानिस हो संसार | मानिस हो संसार ! | ||
::उदय नयाँमा नवध्वनि खुल्छन् | ::उदय नयाँमा नवध्वनि खुल्छन् | ||
बादल बन्दै ज्योति माथि | बादल बन्दै ज्योति माथि | ||
Line 62: | Line 63: | ||
::गाना भर्दै दायाँ बायाँ | ::गाना भर्दै दायाँ बायाँ | ||
आँसुहरूले फूल सिँगारी | आँसुहरूले फूल सिँगारी | ||
:: | ::आऊ आऊ सपना प्यारी | ||
गिरिवनहरूका अमृत भारी ॥ | गिरिवनहरूका अमृत भारी ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 17:33, 3 May 2025
[१३]
आफ्नोभन्दा तामाङ् बोली
बैंस मधुरका लाली खोली !
अधर गुलाबी बोली बोली
भन्दछ यौटै मानव मानव
एकै सूतको कञ्चन चोली ।
[१४]
सुन्दा 'म्हेन्दु' गाना इन्दु
छुन्छिन् इन्दीवरका विन्दु
झर्छन् तारा पृथ्वी जलमा
बन्छन् द्यौता मानव बन्धु !
गाँसी नाला सारालाई
लिन्छन् छातीमाथि सिन्धु ।
परमेश्वरले आफ्नो मूर्ति
छाया झार्छन् मानव दिलमा
गाँसिन्छन् सब देश र रीति
माला बन्दै रङ्गी फूलमा ॥
[१५]
भाषा घुम्छन्, जाति मिल्छन्
यौटै रूखमा हाँगा फुल्छन् !
देव र देवी पन्छी डुल्छन् !
एकै ज्योति फूलमा फुल्छिन् ॥
[१६]
जानें मैले प्रेमले खोले
सिर्जन कुञ्जी परमेश्वरले
एकै दिलले हाँसी बोले
त्यसमा रँगरँग भिन्दै घोले
धेर दिशामा लहरी डोले
शवल बनेका पन्छी बोले ।
[१७]
हेलम्बुमा कान्तिपुरी छन्
कान्तिपुरीमा भोट भरी छन्
फूल अनेकन बोटभरी छन्
कमलहरूमा दिव्य गुलाफ ।
एक छ फुल्दो, फल्दो, बल्दो,
एक अनेकन लहरी चल्दो
आखिर सारा रँगहरू मिल्छन्
आखिर सब स्वर मुटुमा मिल्छन्
प्रेम प्रेरणा सुन्दर राहा
ब्रह्म अनेक छ एक मिलाप ॥
[१८]
सुनयुग हाम्रा नभमा फुल्छन्
मनका सपना बादल झुल्छन् ।
उदयहरूले नवी उछल्छन्
तारा बिरादर नभमा फुल्छन् ।
प्रेरण हावा ऋतुमा डुल्छन्
कविहरू तादीसँगमा झुल्छन् !
मानिस हो संसार !
उदय नयाँमा नवध्वनि खुल्छन्
बादल बन्दै ज्योति माथि
चढ्दछ पारावार !
फटिक फुटेको लयमा चल्छन्
एक अनेकौँ पार !
विश्वकी देवी सुन्दर छाया
गाना भर्दै दायाँ बायाँ
आँसुहरूले फूल सिँगारी
आऊ आऊ सपना प्यारी
गिरिवनहरूका अमृत भारी ॥