Page:Mhendu.pdf/17: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> {{end center block}}" |
|||
(3 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|[१३]}} | |||
आफ्नोभन्दा तामाङ् बोली | |||
::बैंस मधुरका लाली खोली ! | |||
अधर गुलाबी बोली बोली | |||
::भन्दछ यौटै मानव मानव | |||
एकै सूतको कञ्चन चोली । | |||
{{pcn|[१४]}} | |||
सुन्दा 'म्हेन्दु' गाना इन्दु | |||
::छुन्छिन् इन्दीवरका विन्दु | |||
झर्छन् तारा पृथ्वी जलमा | |||
::बन्छन् द्यौता मानव बन्धु ! | |||
गाँसी नाला सारालाई | |||
::लिन्छन् छातीमाथि सिन्धु । | |||
परमेश्वरले आफ्नो मूर्ति | |||
::छाया झार्छन् मानव दिलमा | |||
गाँसिन्छन् सब देश र रीति | |||
::माला बन्दै रङ्गी फूलमा ॥ | |||
{{pcn|[१५]}} | |||
भाषा घुम्छन्, जाति मिल्छन् | |||
::यौटै रूखमा हाँगा फुल्छन् ! | |||
देव र देवी पन्छी डुल्छन् ! | |||
::एकै ज्योति फूलमा फुल्छिन् ॥ | |||
{{pcn|[१६]}} | |||
जानें मैले प्रेमले खोले | |||
::सिर्जन कुञ्जी परमेश्वरले | |||
एकै दिलले हाँसी बोले | |||
::त्यसमा रँगरँग भिन्दै घोले | |||
धेर दिशामा लहरी डोले | |||
::शवल बनेका पन्छी बोले । | |||
{{pcn|[१७]}} | |||
हेलम्बुमा कान्तिपुरी छन् | |||
::कान्तिपुरीमा भोट भरी छन् | |||
फूल अनेकन बोटभरी छन् | |||
::कमलहरूमा दिव्य गुलाफ । | |||
एक छ फुल्दो, फल्दो, बल्दो, | |||
::एक अनेकन लहरी चल्दो | |||
आखिर सारा रँगहरू मिल्छन् | |||
::आखिर सब स्वर मुटुमा मिल्छन् | |||
प्रेम प्रेरणा सुन्दर राहा | |||
::ब्रह्म अनेक छ एक मिलाप ॥ | |||
{{pcn|[१८]}} | |||
सुनयुग हाम्रा नभमा फुल्छन् | |||
::मनका सपना बादल झुल्छन् । | |||
उदयहरूले नवी उछल्छन् | |||
::तारा बिरादर नभमा फुल्छन् । | |||
प्रेरण हावा ऋतुमा डुल्छन् | |||
::कविहरू तादीसँगमा झुल्छन् ! | |||
मानिस हो संसार ! | |||
::उदय नयाँमा नवध्वनि खुल्छन् | |||
बादल बन्दै ज्योति माथि | |||
::चढ्दछ पारावार ! | |||
फटिक फुटेको लयमा चल्छन् | |||
::एक अनेकौँ पार ! | |||
विश्वकी देवी सुन्दर छाया | |||
::गाना भर्दै दायाँ बायाँ | |||
आँसुहरूले फूल सिँगारी | |||
::आऊ आऊ सपना प्यारी | |||
गिरिवनहरूका अमृत भारी ॥ | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 17:33, 3 May 2025
[१३]
आफ्नोभन्दा तामाङ् बोली
बैंस मधुरका लाली खोली !
अधर गुलाबी बोली बोली
भन्दछ यौटै मानव मानव
एकै सूतको कञ्चन चोली ।
[१४]
सुन्दा 'म्हेन्दु' गाना इन्दु
छुन्छिन् इन्दीवरका विन्दु
झर्छन् तारा पृथ्वी जलमा
बन्छन् द्यौता मानव बन्धु !
गाँसी नाला सारालाई
लिन्छन् छातीमाथि सिन्धु ।
परमेश्वरले आफ्नो मूर्ति
छाया झार्छन् मानव दिलमा
गाँसिन्छन् सब देश र रीति
माला बन्दै रङ्गी फूलमा ॥
[१५]
भाषा घुम्छन्, जाति मिल्छन्
यौटै रूखमा हाँगा फुल्छन् !
देव र देवी पन्छी डुल्छन् !
एकै ज्योति फूलमा फुल्छिन् ॥
[१६]
जानें मैले प्रेमले खोले
सिर्जन कुञ्जी परमेश्वरले
एकै दिलले हाँसी बोले
त्यसमा रँगरँग भिन्दै घोले
धेर दिशामा लहरी डोले
शवल बनेका पन्छी बोले ।
[१७]
हेलम्बुमा कान्तिपुरी छन्
कान्तिपुरीमा भोट भरी छन्
फूल अनेकन बोटभरी छन्
कमलहरूमा दिव्य गुलाफ ।
एक छ फुल्दो, फल्दो, बल्दो,
एक अनेकन लहरी चल्दो
आखिर सारा रँगहरू मिल्छन्
आखिर सब स्वर मुटुमा मिल्छन्
प्रेम प्रेरणा सुन्दर राहा
ब्रह्म अनेक छ एक मिलाप ॥
[१८]
सुनयुग हाम्रा नभमा फुल्छन्
मनका सपना बादल झुल्छन् ।
उदयहरूले नवी उछल्छन्
तारा बिरादर नभमा फुल्छन् ।
प्रेरण हावा ऋतुमा डुल्छन्
कविहरू तादीसँगमा झुल्छन् !
मानिस हो संसार !
उदय नयाँमा नवध्वनि खुल्छन्
बादल बन्दै ज्योति माथि
चढ्दछ पारावार !
फटिक फुटेको लयमा चल्छन्
एक अनेकौँ पार !
विश्वकी देवी सुन्दर छाया
गाना भर्दै दायाँ बायाँ
आँसुहरूले फूल सिँगारी
आऊ आऊ सपना प्यारी
गिरिवनहरूका अमृत भारी ॥