Page:Shakuntala.pdf/148: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 15: | Line 15: | ||
{{pcn|(४६)}} | {{pcn|(४६)}} | ||
मृग-शिशुहरु | मृग-शिशुहरु पाई शैल सींढी तहालु । | ||
::लघु पयर उचाली फुर्फुरे सौखचालु ॥ | ::लघु पयर उचाली फुर्फुरे सौखचालु ॥ | ||
प्रकृति-कलित उत्री टीपको रङ्गशाला । | प्रकृति-कलित उत्री टीपको रङ्गशाला । | ||
Line 24: | Line 24: | ||
::विपिन सरल हुन्छन् चाल त्यो चारु वन्य ॥ | ::विपिन सरल हुन्छन् चाल त्यो चारु वन्य ॥ | ||
कति मधुर घुसेका कामिनी हेर धन्य। | कति मधुर घुसेका कामिनी हेर धन्य। | ||
{{pcn|(४७)}} | {{pcn|(४७)}} | ||
Line 30: | Line 29: | ||
::पवन रसिकलाई चोर्न खोली मिठाई ॥ | ::पवन रसिकलाई चोर्न खोली मिठाई ॥ | ||
हिलमिलसँग हिल्ने भावना नृत्यदार । | हिलमिलसँग हिल्ने भावना नृत्यदार । | ||
::कुसुमित छ उज्यालो बैंस | ::कुसुमित छ उज्यालो बैंस खुल्दो मुहार ॥ | ||
{{pcn|(४८)}} | {{pcn|(४८)}} | ||
Latest revision as of 14:54, 29 April 2025
जलद गगन ज्वाला रङ्गवाला उज्याला ।
रविकर मृदुमाला स्वप्नका रङ्गशाला ॥
हृदय-सर-विभासी भावका मञ्जुनाला ।
प्रकृत रस छ भर्ने बैंसको स्वर्ण प्याला ॥
(४५)
विधुवदनसुधाको शीतलो शीत थाली ।
टहटह वनमा जो दिव्य जादू खसाली ॥
कुसुम मृदु नशामा स्वप्निलो भर्छ पानी ।
मगमग मृदु वास्ना पत्रमा चारु छानी ॥
त्यस रससँग फुल्दा बैंसका यी शिरामा !
'बल बल'- सित बल्की रङ्ग चढ्दछन् सुरामा ॥
(४६)
मृग-शिशुहरु पाई शैल सींढी तहालु ।
लघु पयर उचाली फुर्फुरे सौखचालु ॥
प्रकृति-कलित उत्री टीपको रङ्गशाला ।
हरित मृदु दुभोको शैलको खातवाला ॥
खुरखुरसँग चढ्दै ओर्लिँदै छन्दसाथ ।
प्रकृतसुख सिपालू चालका स्निग्धगाथ ॥
जुन सरस सजीव स्वादु नृत्य-प्रसन्न ।
विपिन सरल हुन्छन् चाल त्यो चारु वन्य ॥
कति मधुर घुसेका कामिनी हेर धन्य।
(४७)
हृदय किरण न्यानो कोपिलाले फुकाई ।
पवन रसिकलाई चोर्न खोली मिठाई ॥
हिलमिलसँग हिल्ने भावना नृत्यदार ।
कुसुमित छ उज्यालो बैंस खुल्दो मुहार ॥
(४८)
निशिभर सपनामा तारका छम्छमाई ।
मृदु वन सहभावी भावमा चम्चमाई ॥