Jump to content

Page:Shakuntala.pdf/147: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 8: Line 8:


वचन मृदु चरा छन्‌, वन्य यी अप्सरा छन्‌ ।
वचन मृदु चरा छन्‌, वन्य यी अप्सरा छन्‌ ।
::पति कलित राम्रा कोपिलाका कुरा छन्‌ ॥
::प्रकृति कलित राम्रा कोपिलाका कुरा छन्‌ ॥
रँग सुवदन बैंसे बीच चढ्दा सुरा छन्‌।
रँग सुवदन बैंसे बीच चढ्दा सुरा छन्‌ ।
::सब वनदुहिता यी बैंसका आँकुरा छन्‌ ॥
::सब वनदुहिता यी बैंसका आँकुरा छन्‌ ॥
{{pcn|(४०)}}
{{pcn|(४०)}}
Line 22: Line 22:
::प्रकृत तवर खुल्ने शान्त खोपी जुहार ॥
::प्रकृत तवर खुल्ने शान्त खोपी जुहार ॥
किरणहरु पसेका स्वर्गका स्वर्ण रङ्ग ।
किरणहरु पसेका स्वर्गका स्वर्ण रङ्ग ।
::स्वर विहगहरूको भित्रिय बोल ढङ्ग॥
::स्वर विहगहरूको भित्रिँदो बोल ढङ्ग ॥
{{pcn|(४२)}}
{{pcn|(४२)}}


सलिल मृदुल रेखाबाट आकारिँदा यी ।
सलिल मृदुल रेखाबाट आकारिँदा यी ।
::तुहिनधवल भझल्कासाथ पाई सफाइ ॥
::तुहिनधवल झल्कासाथ पाई सफाइ ॥
“कुसुमकलि कि नारीरूपमा मूर्ति ल्याकँ ?'
'कुसुमकलि कि नारीरूपमा मूर्ति ल्याऊँ ?'
::भनिकन विधिले यी आधि दोधारभित्र ॥
::भनिकन विधिले यी आधि दोधारभित्र ॥
मसृण छिनुहरूले छन्‌ कुँदेका विचित्र ।
मसृण छिनुहरूले छन्‌ कुँदेका विचित्र ।
::fdfdsfsd
{{pcn|(४३)}}
{{pcn|(४३)}}


Line 36: Line 35:
::गुनुगुनुसित चल्ने बालकल्लोल भाव ॥
::गुनुगुनुसित चल्ने बालकल्लोल भाव ॥
पवन वन झुलौना झूल छन्‌ पात झुम्का ।
पवन वन झुलौना झूल छन्‌ पात झुम्का ।
::हरित शिशा जग" जगत्‌ छन्‌ मालिनीतीर थुम्का ॥
::हरित शिशु जगत् छन्‌ मालिनीतीर थुम्का ॥
प्रकृति सरल सत्‌ प्रभाव ।
प्रकृति सरल शिक्षा ज्ञानको सत्‌ प्रभाव ।
::मघुर विहगवाला-तुल्य मीठा स्वभाव ॥
::मधुर विहगवाला-तुल्य मीठा स्वभाव ॥
{{pcn|(४४)}}
{{pcn|(४४)}}


</poem>}}
</poem>}}

Latest revision as of 14:48, 29 April 2025

This page has been proofread

यिनसँग नखराको नक्कली भाव छैन ।
छल कपट सुधाको जिन्दगी नै छुँदैन ॥
सरस सरल वार्ता गर्दछन्‌ मिष्टभाषी ।
वन हृदय बने झैं ओठ रङ्गी सुवासी ॥
(३९)

वचन मृदु चरा छन्‌, वन्य यी अप्सरा छन्‌ ।
प्रकृति कलित राम्रा कोपिलाका कुरा छन्‌ ॥
रँग सुवदन बैंसे बीच चढ्दा सुरा छन्‌ ।
सब वनदुहिता यी बैंसका आँकुरा छन्‌ ॥
(४०)

मृग-शिशुसँग खेली प्राकृत स्वादु केली ।
कुसुमित रँग चढ्दा वन्य आनन्द बेली ॥
मदन शर बनाई बस्दछन्‌ कुञ्जभित्र ।
हृदयसँग बढालू भाव मागी विचित्र ॥
(४१)

वन विरचित स्वप्नातुल्य राम्रा मुहार ।
प्रकृत तवर खुल्ने शान्त खोपी जुहार ॥
किरणहरु पसेका स्वर्गका स्वर्ण रङ्ग ।
स्वर विहगहरूको भित्रिँदो बोल ढङ्ग ॥
(४२)

सलिल मृदुल रेखाबाट आकारिँदा यी ।
तुहिनधवल झल्कासाथ पाई सफाइ ॥
'कुसुमकलि कि नारीरूपमा मूर्ति ल्याऊँ ?'
भनिकन विधिले यी आधि दोधारभित्र ॥
मसृण छिनुहरूले छन्‌ कुँदेका विचित्र ।
(४३)

यिनकन जलका छन्‌ बोल लोलाउने जो ।
गुनुगुनुसित चल्ने बालकल्लोल भाव ॥
पवन वन झुलौना झूल छन्‌ पात झुम्का ।
हरित शिशु जगत् छन्‌ मालिनीतीर थुम्का ॥
प्रकृति सरल शिक्षा ज्ञानको सत्‌ प्रभाव ।
मधुर विहगवाला-तुल्य मीठा स्वभाव ॥
(४४)