Page:Shakuntala.pdf/138: Difference between revisions
→Not proofread: Created page with "ती राम्री सखिको कुरा गर बरू जो झुक्दछिन् लाजले । मानो फूल थुँगा बनी मध्रता झुक्छिन् स्वयं भारले ॥ नामै क्या छ शकुन्तला ! विहगकी आली उज्यालीसरि । आँखाको रस के कुरङ्गहरुले देखे चरी..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
ती राम्री सखिको कुरा गर बरू जो झुक्दछिन् लाजले । | ती राम्री सखिको कुरा गर बरू जो झुक्दछिन् लाजले । | ||
::मानो फूल थुँगा बनी मधुरता झुक्छिन् स्वयं भारले ॥ | |||
मानो फूल थुँगा बनी | |||
नामै क्या छ शकुन्तला ! विहगकी आली उज्यालीसरि । | नामै क्या छ शकुन्तला ! विहगकी आली उज्यालीसरि । | ||
आँखाको रस के कुरङ्गहरुले देखे चरी नन्दन ? | ::आँखाको रस के कुरङ्गहरुले देखे चरी नन्दन ?" | ||
( | {{pcn|(८२)}} | ||
भन्दा भुत्भुत बन्न तत्पर बनी बोली अडेकी त्यसै । | भन्दा भुत्भुत बन्न तत्पर बनी बोली अडेकी त्यसै । | ||
आँखाले मृदु लाम्चिला सरस ती छेडेर गाली नुहिन् ॥ | ::आँखाले मृदु लाम्चिला सरस ती छेडेर गाली नुहिन् ॥ | ||
मानो सुन्दर छन् स्वरूप अरुका आँखा छली फुल्नको । | मानो सुन्दर छन् स्वरूप अरुका आँखा छली फुल्नको । | ||
::आफ्नो सोख लिँदो थियो शरमको गाली दिँदो नेत्रले ॥ | |||
{{pcn|(८३)}} | |||
"होवैनन् ऋषिकी सुता तर यिनी, बान्की छ अर्कै ढँग । | |||
::ओठै छन् उनका प्रवालरँगका क्या पातला पालुवा ॥ | |||
बोले कोकिलले लिई शरम के बिर्सिन्छ भाषा भनी । | |||
::बोलीको टक मात्र सुन्दर दिई ती चल्दछन् वायुमा ?" | |||
ओठै छन् उनका प्रवालरँगका क्या पातला पालुवा ॥ | {{pcn|(८४)}} | ||
बोले | |||
कोकिलले | |||
लिई | |||
शरम | |||
बोलीको टक मात्र सुन्दर दिई ती चल्दछन् वायुमा ? | |||
( | |||
भन्ने शब्द सुनी असह्य हुन गै साम्ने बनी बस्न नै । | भन्ने शब्द सुनी असह्य हुन गै साम्ने बनी बस्न नै । | ||
::फर्किन् झट्ट 'कसो गरूँ' हुन गई बोक्छिन् घडाको जल ॥ | |||
फर्किन् झट्ट 'कसो | |||
झुक्दी दूर गई प्रफुल्ल बिरुवालाई भिजाईकन । | झुक्दी दूर गई प्रफुल्ल बिरुवालाई भिजाईकन । | ||
सौन्दर्यैसरि झल्किँदो सलिलको भाषा सुनाइन् कल ॥ | ::सौन्दर्यैसरि झल्किँदो सलिलको भाषा सुनाइन् कल ॥ | ||
(८५) | {{pcn|(८५)}} | ||
"औंठी दिन्छु म लिन्छ को ? जल त्यहाँ जो निर्दयी क्रूर छ । | |||
::थाकेको मृदुरेख पेशलकटीमा भार बन्दो गर्हुँ ॥ | |||
बोकेमा जल मात्र एक छिन त्यो औंठी त्यसैको भयो ।" | बोकेमा जल मात्र एक छिन त्यो औंठी त्यसैको भयो ।" | ||
भन्दा नेत्र जुधेर तीन सखिका | ::भन्दा नेत्र जुधेर तीन सखिका बन्थिन् प्रशंसा तिनी ॥ | ||
(८६) | {{pcn|(८६)}} | ||
थप्छिन् फेरि प्रियम्वदा "छ यिनमा सौन्दर्य नै स्वर्गको । | |||
::पृथ्वीमाथि झरेसमान सखि छन् दोसाँधकी सुन्दरी ॥ | |||
यी हुन् कौशिककी सुचारु तनया जो मेनका-कोखमा । | यी हुन् कौशिककी सुचारु तनया जो मेनका-कोखमा । | ||
::पाई जन्म यहाँ बढिन् कुसुम झैं छोरी पिता कण्वकी ॥" | |||
{{pcn|(८७)}} | |||
</poem>}} | |||
Latest revision as of 13:58, 29 April 2025
ती राम्री सखिको कुरा गर बरू जो झुक्दछिन् लाजले ।
मानो फूल थुँगा बनी मधुरता झुक्छिन् स्वयं भारले ॥
नामै क्या छ शकुन्तला ! विहगकी आली उज्यालीसरि ।
आँखाको रस के कुरङ्गहरुले देखे चरी नन्दन ?"
(८२)
भन्दा भुत्भुत बन्न तत्पर बनी बोली अडेकी त्यसै ।
आँखाले मृदु लाम्चिला सरस ती छेडेर गाली नुहिन् ॥
मानो सुन्दर छन् स्वरूप अरुका आँखा छली फुल्नको ।
आफ्नो सोख लिँदो थियो शरमको गाली दिँदो नेत्रले ॥
(८३)
"होवैनन् ऋषिकी सुता तर यिनी, बान्की छ अर्कै ढँग ।
ओठै छन् उनका प्रवालरँगका क्या पातला पालुवा ॥
बोले कोकिलले लिई शरम के बिर्सिन्छ भाषा भनी ।
बोलीको टक मात्र सुन्दर दिई ती चल्दछन् वायुमा ?"
(८४)
भन्ने शब्द सुनी असह्य हुन गै साम्ने बनी बस्न नै ।
फर्किन् झट्ट 'कसो गरूँ' हुन गई बोक्छिन् घडाको जल ॥
झुक्दी दूर गई प्रफुल्ल बिरुवालाई भिजाईकन ।
सौन्दर्यैसरि झल्किँदो सलिलको भाषा सुनाइन् कल ॥
(८५)
"औंठी दिन्छु म लिन्छ को ? जल त्यहाँ जो निर्दयी क्रूर छ ।
थाकेको मृदुरेख पेशलकटीमा भार बन्दो गर्हुँ ॥
बोकेमा जल मात्र एक छिन त्यो औंठी त्यसैको भयो ।"
भन्दा नेत्र जुधेर तीन सखिका बन्थिन् प्रशंसा तिनी ॥
(८६)
थप्छिन् फेरि प्रियम्वदा "छ यिनमा सौन्दर्य नै स्वर्गको ।
पृथ्वीमाथि झरेसमान सखि छन् दोसाँधकी सुन्दरी ॥
यी हुन् कौशिककी सुचारु तनया जो मेनका-कोखमा ।
पाई जन्म यहाँ बढिन् कुसुम झैं छोरी पिता कण्वकी ॥"
(८७)