Page:Shakuntala.pdf/136: Difference between revisions
→Not proofread: Created page with "«किन यसै, नबसै पनि ठीक छ। जब सुवर्ण उ साँझ नजीक छ ॥” यति सुनीकन '“चारु' लिई घडा । मधुर आग्रहभाषण गर्दछिन् ॥ “थकित पाउ हुने रहँदा खडा ।" (७०) बोली मिष्ट सुनेर ती पुरुषको आनन्दिता कानमा..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
"किन यसै, नबसे पनि ठीक छ । | |||
::जब सुवर्ण उ साँझ नजीक छ ॥" | |||
यति सुनीकन 'चारु' लिई घडा । | |||
::मधुर आग्रहभाषण गर्दछिन् ॥ | |||
"थकित पाउ हुने रहँदा खडा ।" | |||
{{pcn|(७०)}} | |||
बोली मिष्ट सुनेर ती पुरुषको आनन्दिता कानमा । | बोली मिष्ट सुनेर ती पुरुषको आनन्दिता कानमा । | ||
देखी तेज प्रसन्न भै मनमनै | ::देखी तेज प्रसन्न भै मनमनै सोद्धी नयाँ प्रश्न ती ॥ | ||
पाएको मरुमा सफा जल हराकै कुञ्जमा शीतल । | |||
पाएको मरुमा सफा जल हराकै कुञ्जमा | ::यात्री झैं अति तृष्ण ती नजरकी हेर्दी भइन् पाहुना ॥ | ||
{{pcn|(७१)}} | |||
दोटैका मनमा पस्यो प्रथम त्यो जादू छ जो कोयली । | |||
::हाँगाबीच वसन्तको कुसुमको बोल्दो नयाँ प्रश्न झैं ॥ | |||
'को होला कुन यो महापुरुष हो' भन्थिन् उता सुन्दरी । | |||
::'को होलिन् कुन हुन् परी ? ऋषिसुता हैनन्' उनी भन्दछन् ॥ | |||
{{pcn|(७२)}} | |||
हाँगाबीच वसन्तको कुसुमको बोल्दो नयाँ प्रश्न | |||
(७२) | |||
झुक्दै चट्ट बराबरी भुइँभरी बुट्टा भरी भित्रका । | झुक्दै चट्ट बराबरी भुइँभरी बुट्टा भरी भित्रका । | ||
::हेर्ने चाख भएर झट् नजर ती वेला पखी लाउँछिन् ॥ | |||
हेर्ने चाख भएर झट् नजर ती वेला पखी लाउँछिन् ॥ | |||
आँखा जुध्छ कि झैं हुँदा सहज नै हाँगा हुँदी बैंसकी । | आँखा जुध्छ कि झैं हुँदा सहज नै हाँगा हुँदी बैंसकी । | ||
ढुक् ढुक् बढ्न गएर | ::ढुक् ढुक् बढ्न गएर लाल-गरमी लज्जा लिँदी गण्ड छन् ॥ | ||
{{pcn|(७३)}} | |||
लाल-गरमी | |||
लज्जा लिँदी गण्ड छन् ॥ | |||
(७३) | |||
सोधे ती सखिले कुरा अलि यसो राम्रो घुमाईकन । | सोधे ती सखिले कुरा अलि यसो राम्रो घुमाईकन । | ||
::"हाम्रो भाग्य बलेछ आज कसरी ! आँखा उज्याला हुन ॥ | |||
के सेवा दिन सक्दछन् वन ठिटी भन्दो अहो भाग्यले । | के सेवा दिन सक्दछन् वन ठिटी भन्दो अहो भाग्यले । | ||
::ल्यायो आज गिज्याउनै कि वनमा तेजी बडा पाहुना ?" | |||
{{pcn|(७४)}} | |||
सुन्दा थोर मुसुक्क मुस्किन गए तारीफका ओठ ती । | |||
::भन्छन् भूप "म आज आउँछु यहाँ दुष्यन्तको दूत झैं ॥ | |||
रक्षा गर्न र हेर्न जाँच ऋषिका यी यक्षका आश्रम । | |||
::ठोकी दूर धपाउँला दितिजका दाह्रा दनासा भनी ॥" | |||
सुन्दा थोर मुसुक्क मुस्किन गए तारीफका ओठ ती । | {{pcn|(७५)}} | ||
भन्छन् भूप | |||
आउँछु यहाँ दुष्यन्तको | |||
रक्षा गर्न र हेर्न जाँच | |||
दूर | |||
(७५) | |||
</poem>}} |
Latest revision as of 13:40, 29 April 2025
"किन यसै, नबसे पनि ठीक छ ।
जब सुवर्ण उ साँझ नजीक छ ॥"
यति सुनीकन 'चारु' लिई घडा ।
मधुर आग्रहभाषण गर्दछिन् ॥
"थकित पाउ हुने रहँदा खडा ।"
(७०)
बोली मिष्ट सुनेर ती पुरुषको आनन्दिता कानमा ।
देखी तेज प्रसन्न भै मनमनै सोद्धी नयाँ प्रश्न ती ॥
पाएको मरुमा सफा जल हराकै कुञ्जमा शीतल ।
यात्री झैं अति तृष्ण ती नजरकी हेर्दी भइन् पाहुना ॥
(७१)
दोटैका मनमा पस्यो प्रथम त्यो जादू छ जो कोयली ।
हाँगाबीच वसन्तको कुसुमको बोल्दो नयाँ प्रश्न झैं ॥
'को होला कुन यो महापुरुष हो' भन्थिन् उता सुन्दरी ।
'को होलिन् कुन हुन् परी ? ऋषिसुता हैनन्' उनी भन्दछन् ॥
(७२)
झुक्दै चट्ट बराबरी भुइँभरी बुट्टा भरी भित्रका ।
हेर्ने चाख भएर झट् नजर ती वेला पखी लाउँछिन् ॥
आँखा जुध्छ कि झैं हुँदा सहज नै हाँगा हुँदी बैंसकी ।
ढुक् ढुक् बढ्न गएर लाल-गरमी लज्जा लिँदी गण्ड छन् ॥
(७३)
सोधे ती सखिले कुरा अलि यसो राम्रो घुमाईकन ।
"हाम्रो भाग्य बलेछ आज कसरी ! आँखा उज्याला हुन ॥
के सेवा दिन सक्दछन् वन ठिटी भन्दो अहो भाग्यले ।
ल्यायो आज गिज्याउनै कि वनमा तेजी बडा पाहुना ?"
(७४)
सुन्दा थोर मुसुक्क मुस्किन गए तारीफका ओठ ती ।
भन्छन् भूप "म आज आउँछु यहाँ दुष्यन्तको दूत झैं ॥
रक्षा गर्न र हेर्न जाँच ऋषिका यी यक्षका आश्रम ।
ठोकी दूर धपाउँला दितिजका दाह्रा दनासा भनी ॥"
(७५)