Page:Sunko bihani.pdf/42: Difference between revisions
Appearance
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
Line 24: | Line 24: | ||
मुखहरु सब बोल्छन् बोल्दछन् चित्र सारा | मुखहरु सब बोल्छन् बोल्दछन् चित्र सारा | ||
रुखहरु सब फुल्छन् पंख बोल्छन् हजाराँ ॥ | रुखहरु सब फुल्छन् पंख बोल्छन् हजाराँ ॥ | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:59, 18 April 2025
This page has been proofread
(२)
मुख पनि छ दुरुस्तै नाक ता ठिक्क झन् छ
रंग पनि त लुगाको ठिक्क क्या हेर ! बन्छ ।
रिस, खुश गजबैका भाउ छन् क्या दुरुस्त
म त दिन दिन हेर्दै बन्छु आनन्द मस्त ॥
(३)
सब जनकन यस्तै चित्रकारी कुनैले
बुरुशसित बनाए क्यार ! कल्पेर पैले ।
हृदयभर भएका रङ्न पाए विचार
कति कति दुनियाँमै गर्न सक्थें तयार ॥
(४)
जति जति यसलाई हेर्छ यो बन्छ सच्चा
अनि सब मुख बोल्छन् हुन्न क्यै हेर कच्चा ।
छिनभर यसभित्रै घुस्छु संसार पाई
जसतिर मनमौजी सौख मिल्छन् मलाई ॥
(५)
जब नजर लगाई जो पढेको सुनेर
मन मन म विचार्ने बन्छ ध्यानी बनेर ।
मुखहरु सब बोल्छन् बोल्दछन् चित्र सारा
रुखहरु सब फुल्छन् पंख बोल्छन् हजाराँ ॥