Jump to content

Page:Sunko bihani.pdf/42: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{center block| <poem> {{pcn|(२)}} मुख पनि छ दुरुस्तै नाक ता ठिक्क झन् छ रंग पनि त लुगाको ठिक्क क्या हेर ! बन्छ । रिस, खुश गजबैका भाउ छन् क्या दुरुस्त म त दिन दिन हेर्दै बन्छु आनन्द मस्त ॥ {{pcn|(३)}} सब जनकन यस्तै..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|(२)}}
{{pcn|(२)}}
Line 24: Line 24:
मुखहरु सब बोल्छन् बोल्दछन् चित्र सारा
मुखहरु सब बोल्छन् बोल्दछन् चित्र सारा
रुखहरु सब फुल्छन् पंख बोल्छन् हजाराँ ॥
रुखहरु सब फुल्छन् पंख बोल्छन् हजाराँ ॥
</poem>}}
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 14:59, 18 April 2025

This page has been proofread

(२)
मुख पनि छ दुरुस्तै नाक ता ठिक्क झन् छ
रंग पनि त लुगाको ठिक्क क्या हेर ! बन्छ ।
रिस, खुश गजबैका भाउ छन् क्या दुरुस्त
म त दिन दिन हेर्दै बन्छु आनन्द मस्त ॥

(३)
सब जनकन यस्तै चित्रकारी कुनैले
बुरुशसित बनाए क्यार ! कल्पेर पैले ।
हृदयभर भएका रङ्न पाए विचार
कति कति दुनियाँमै गर्न सक्थें तयार ॥

(४)
जति जति यसलाई हेर्छ यो बन्छ सच्चा
अनि सब मुख बोल्छन् हुन्न क्यै हेर कच्चा ।
छिनभर यसभित्रै घुस्छु संसार पाई
जसतिर मनमौजी सौख मिल्छन् मलाई ॥

(५)
जब नजर लगाई जो पढेको सुनेर
मन मन म विचार्ने बन्छ ध्यानी बनेर ।
मुखहरु सब बोल्छन् बोल्दछन् चित्र सारा
रुखहरु सब फुल्छन् पंख बोल्छन् हजाराँ ॥