Jump to content

Page:Shakuntala.pdf/122: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "देख्दो छ कोही कवि बागमा हरा । परीहरू चञ्चल चारु लोचनी ॥ घडा लिएका वनमा सुरा भरी । खन्याउँदा लच्लच अङ्ग माधुरी ॥ कुलो र राम्रो रँग, बोटका जरा । भिजाउँदै ती मदिरा छरीबरी ॥ जो रशिमिमा..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
देख्दो छ कोही कवि बागमा हरा ।
देख्दो छ कोही कवि बागमा हरा ।
परीहरू चञ्चल चारु लोचनी ॥
::परीहरू चञ्चल चारु लोचनी ॥
घडा लिएका वनमा सुरा भरी ।
घडा लिएका वनमा सुरा भरी ।
खन्याउँदा लच्लच
::खन्याउँदा लच्लच अङ्ग माधुरी ॥
 
अङ्ग माधुरी ॥
 
कुलो र राम्रो रँग, बोटका जरा ।
कुलो र राम्रो रँग, बोटका जरा ।
 
::भिजाउँदै ती मदिरा छरीबरी ॥
भिजाउँदै
जो रश्मिमा रङ्ग हुँदो छिरीबिरी ।
 
::बनेर उक्लिन्छ नशा भरी भरी ॥
ती
 
मदिरा
 
छरीबरी ॥
 
जो रशिमिमा रङ्ग हुँदो छिरीबिरी ।
 
बनेर उक्लिन्छ नशा भरी भरी ॥
 
त्यस्ता परीका रसपूर्ण ती घडा ।
त्यस्ता परीका रसपूर्ण ती घडा ।
कटी झिना लच्किनुले छचल्किँदा ॥
::कटी झिना लच्किनुले छचल्किँदा ॥
 
दायाँ बनी सुन्दर बैंस ढल्किँदा ।
दायाँ बनी सुन्दर बैँस ढल्किँदा ।
::बाङ्गो बनाई अलि चाल माधुरी ॥
 
बाङ्गो बनाई अलि चाल माधुरी ॥
 
देखीरहेको कवि मुग्ध पर्दछ ।
देखीरहेको कवि मुग्ध पर्दछ ।
र कल्पना देख्दछ व्योमका परी ॥
::र कल्पना देख्दछ व्योमका परी ॥
 
वर्षासुता बादलसूतका तनु ।
वर्षासुता
::पोखेर जाग्छन्‌ घटबाट जो झरी ॥
 
वनस्पति प्रस्फुट भाव-माधुरी
बादलसूतका
::त्यो स्वप्नमा नै उपमा सुहाउँदी ॥
 
लिएर गर्दो कविता थरी थरी ।
तनु ।
::देखीरहेको छ त्यहाँ सफा जल ॥
 
पोखेर जाग्छन्‌ घटबाट जो झरी ॥
 
वनस्पति प्रस्फुट भाव-माघुरी
त्यो स्वप्नमा नै उपमा सुहाउँदी ॥
लिएर गर्दो कविता धरी थरी ।
देखीरहेको छ त्यहाँ सफा जल ॥
काला कुना बीच झलल्ल चञ्चल ।
काला कुना बीच झलल्ल चञ्चल ।
 
::भौँ त्यो उचालिन्छ मिही बराबर ॥
भौँ त्यो उचालिन्छ मिही बराबर ॥
ठट्टाहरूले शिर हिल्छ सुन्दर ।
 
::मसक्क मस्किन्छ लचक्क भै उर ॥
ठट्लहरूले शिर हिल्छ सुन्दर ।
ढलक्क ढल्कीकन फेरि मञ्जुल ।
मसक्क मस्किन्छ लचक्क भै उर॥
::घलल्ल घल्चा जल चल्दछन्‌ तल ॥
 
ढलक्क| ढल्कीकन फेरि मञ्जुल ।
 
घलल्ल घल्चा जल चल्दछन्‌ तल ॥
 
मानो त्यहाँ छन्‌ जलका परीहरू ।
मानो त्यहाँ छन्‌ जलका परीहरू ।
जो बस्दछन्‌ बादल बाग शीतल ॥
::जो बस्दछन्‌ बादल बाग शीतल ॥
भिजाउने, कुञ्ज हरा गराउने ।
भिजाउने, कुञ्ज हरा गराउने ।
लिएर पुष्पा$मृतका घडाजल ॥
::लिएर पुष्पाऽमृतका घडाजल ॥
{{pcn|(१४)}}


0१४)
</poem>}}

Latest revision as of 21:22, 5 March 2025

This page has been proofread

देख्दो छ कोही कवि बागमा हरा ।
परीहरू चञ्चल चारु लोचनी ॥
घडा लिएका वनमा सुरा भरी ।
खन्याउँदा लच्लच अङ्ग माधुरी ॥
कुलो र राम्रो रँग, बोटका जरा ।
भिजाउँदै ती मदिरा छरीबरी ॥
जो रश्मिमा रङ्ग हुँदो छिरीबिरी ।
बनेर उक्लिन्छ नशा भरी भरी ॥
त्यस्ता परीका रसपूर्ण ती घडा ।
कटी झिना लच्किनुले छचल्किँदा ॥
दायाँ बनी सुन्दर बैंस ढल्किँदा ।
बाङ्गो बनाई अलि चाल माधुरी ॥
देखीरहेको कवि मुग्ध पर्दछ ।
र कल्पना देख्दछ व्योमका परी ॥
वर्षासुता बादलसूतका तनु ।
पोखेर जाग्छन्‌ घटबाट जो झरी ॥
वनस्पति प्रस्फुट भाव-माधुरी ।
त्यो स्वप्नमा नै उपमा सुहाउँदी ॥
लिएर गर्दो कविता थरी थरी ।
देखीरहेको छ त्यहाँ सफा जल ॥
काला कुना बीच झलल्ल चञ्चल ।
भौँ त्यो उचालिन्छ मिही बराबर ॥
ठट्टाहरूले शिर हिल्छ सुन्दर ।
मसक्क मस्किन्छ लचक्क भै उर ॥
ढलक्क ढल्कीकन फेरि मञ्जुल ।
घलल्ल घल्चा जल चल्दछन्‌ तल ॥
मानो त्यहाँ छन्‌ जलका परीहरू ।
जो बस्दछन्‌ बादल बाग शीतल ॥
भिजाउने, कुञ्ज हरा गराउने ।
लिएर पुष्पाऽमृतका घडाजल ॥
(१४)