Page:Shakuntala.pdf/115: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
सिएर पात ओढने भए बनी | सिएर पात ओढने भए बनी गुटुमुटु । | ||
::समस्त विश्व रन्कियो नशा तनक्क ॥ | ::समस्त विश्व रन्कियो नशा तनक्क तन्कियो ॥ | ||
वनै घनक्क घन्कियो कपाल आज सन्कियो । | वनै घनक्क घन्कियो कपाल आज सन्कियो । | ||
::म जान्नँ जान्नँ भो प्रभो ! म जान्नँ | ::म जान्नँ जान्नँ भो प्रभो ! म जान्नँ खान्नँ है हवा ॥ | ||
छ लड्डु मोतिचूरको सिवाय और के दवा | छ लड्डु मोतिचूरको सिवाय और के दवा ?" | ||
::भनी | ::भनी लडूँ लडूँ गरी विचित्र विकृताऽनन ॥ | ||
" | "थकाइले मरें" भनी हँसाउँदा भए वन । | ||
{{pcn|(३२)}} | {{pcn|(३२)}} | ||
:: | ::धरेर हात कानमा "नगै हुँदैन आउ लौ ।" | ||
भनेर तान्दछन् | भनेर तान्दछन् त्यहाँ क्षितीश मुस्कुराउँदा ॥ | ||
:: | ::"यहाँ छ सात हातको गजेन्द्र मेघ गर्जन । | ||
लुला र मिले छ ओर्लिने चपाउन | लुला र लङ्गडा मिले छ ओर्लिने चपाउन ॥" | ||
::भनेर हाँस्न | ::भनेर हाँस्न हेर्दछन् सँगी हँसाउँदोकन । | ||
थरर्र काँप्दछन् सँगी झिकेर स्वाँग गन्थन ॥ | |||
{{pcn|(३३)}} | {{pcn|(३३)}} | ||
:: | ::"अहो ! म जान्नँ जान्नँ नि करालदंष्ट्र आउला । | ||
म तीन हातको बुजो मकै भनी चपाउला ॥ | म तीन हातको बुजो मकै भनी चपाउला ॥ | ||
::कपालकाँशकी प्रिया धुरू | ::कपालकाँशकी प्रिया धुरू धुरू रुवाउला । | ||
ठिटा ठिटीहरू हरे ! मबाद को खुलाउला ॥ | ठिटा ठिटीहरू हरे ! मबाद को खुलाउला ॥ | ||
:: | ::म रुन्छु पेटमा पसी झिकेर को बचाउला ?" | ||
भनेर | भनेर आँसु नक्कली निकाल्न थूक लाउँदा ॥ | ||
::भए विनोद, हास्यका सँगी त्यहाँ । | ::भए विनोद, हास्यका सँगी त्यहाँ हँसाउँदा । | ||
{{pcn|(३४)}} | {{pcn|(३४)}} | ||
::सुचारु वन्य मार्गका दुवै किनार | ::सुचारु वन्य मार्गका दुवै किनार फुल्दछन् । | ||
विहङ्ग रङ्ग | विहङ्ग रङ्ग रङ्गका कुँजेर मस्त झुल्दछन् ॥ | ||
:: | ::अनङ्गवाण रङ्गका अनेक ढङ्ग फुल्दछन् । | ||
सँगी लिई ती प्रसन्नचित्त चल्दछन् ॥ | सँगी लिई क्षितीश ती प्रसन्नचित्त चल्दछन् ॥ | ||
{{pcn|(३५)}} | {{pcn|(३५)}} | ||
::सुकाइँदा उ देखिए अनेक चारु वल्कल । | ::सुकाइँदा उ देखिए अनेक चारु वल्कल । | ||
हरा प्रशाख | हरा प्रशाख वृक्षमा भिजेर तप्तपाउँदा ॥ | ||
::टपक्क रत्न गुडेर झल्मलाउँछन् । | ::टपक्क रत्न बूँद ती गुडेर झल्मलाउँछन् । | ||
विभिन्न | विभिन्न रङ्गमा फुटी जुहार झैं सुहाउँछन् ॥ | ||
::कतै छ खोल बाहुको कतै छ कोट वक्षको । | ::कतै छ खोल बाहुको कतै छ कोट वक्षको । | ||
लता लिएर बाँधिने विभक्त पार्श्व पक्षको ॥ | लता लिएर बाँधिने विभक्त पार्श्व पक्षको ॥ |
Latest revision as of 19:24, 4 March 2025
सिएर पात ओढने भए बनी गुटुमुटु ।
समस्त विश्व रन्कियो नशा तनक्क तन्कियो ॥
वनै घनक्क घन्कियो कपाल आज सन्कियो ।
म जान्नँ जान्नँ भो प्रभो ! म जान्नँ खान्नँ है हवा ॥
छ लड्डु मोतिचूरको सिवाय और के दवा ?"
भनी लडूँ लडूँ गरी विचित्र विकृताऽनन ॥
"थकाइले मरें" भनी हँसाउँदा भए वन ।
(३२)
धरेर हात कानमा "नगै हुँदैन आउ लौ ।"
भनेर तान्दछन् त्यहाँ क्षितीश मुस्कुराउँदा ॥
"यहाँ छ सात हातको गजेन्द्र मेघ गर्जन ।
लुला र लङ्गडा मिले छ ओर्लिने चपाउन ॥"
भनेर हाँस्न हेर्दछन् सँगी हँसाउँदोकन ।
थरर्र काँप्दछन् सँगी झिकेर स्वाँग गन्थन ॥
(३३)
"अहो ! म जान्नँ जान्नँ नि करालदंष्ट्र आउला ।
म तीन हातको बुजो मकै भनी चपाउला ॥
कपालकाँशकी प्रिया धुरू धुरू रुवाउला ।
ठिटा ठिटीहरू हरे ! मबाद को खुलाउला ॥
म रुन्छु पेटमा पसी झिकेर को बचाउला ?"
भनेर आँसु नक्कली निकाल्न थूक लाउँदा ॥
भए विनोद, हास्यका सँगी त्यहाँ हँसाउँदा ।
(३४)
सुचारु वन्य मार्गका दुवै किनार फुल्दछन् ।
विहङ्ग रङ्ग रङ्गका कुँजेर मस्त झुल्दछन् ॥
अनङ्गवाण रङ्गका अनेक ढङ्ग फुल्दछन् ।
सँगी लिई क्षितीश ती प्रसन्नचित्त चल्दछन् ॥
(३५)
सुकाइँदा उ देखिए अनेक चारु वल्कल ।
हरा प्रशाख वृक्षमा भिजेर तप्तपाउँदा ॥
टपक्क रत्न बूँद ती गुडेर झल्मलाउँछन् ।
विभिन्न रङ्गमा फुटी जुहार झैं सुहाउँछन् ॥
कतै छ खोल बाहुको कतै छ कोट वक्षको ।
लता लिएर बाँधिने विभक्त पार्श्व पक्षको ॥
(३६)