Page:Shakuntala.pdf/108: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
"अडा" भनेर कीर्तिमान् यताउती निहार्दछन् । | |||
::खुला जमीन पाउँदा घुमेर दृष्टि झार्दछन् ॥ | ::खुला जमीन पाउँदा घुमेर दृष्टि झार्दछन् ॥ | ||
लगाम खिँच्छ सारथि प्रवेग अश्व अड्दछन् । | लगाम खिँच्छ सारथि प्रवेग अश्व अड्दछन् । | ||
::अधीर चाल टापले अगाडि सुस्त बढ्दछन् ॥ | ::अधीर चाल टापले अगाडि सुस्त बढ्दछन् ॥ | ||
लगाम चट्ट खैँचिँदा उठेर वक्र ती शिर । | लगाम चट्ट खैँचिँदा उठेर वक्र ती शिर । | ||
::सफेद दाँत बाउँछन् पछाडि याल | ::सफेद दाँत बाउँछन् पछाडि याल फर्किंदा ॥ | ||
अगाडि टाप वेगका उठूँ भनी उचालिँदा । | अगाडि टाप वेगका उठूँ भनी उचालिँदा । | ||
::पछाडिबाट रोकिँदा र चाल अल्मलाउँदा ॥ | ::पछाडिबाट रोकिँदा र चाल अल्मलाउँदा ॥ | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
नजीक | नजीक झट्ट देखियो सशङ्ग मिर्ग सुन्दर । | ||
::सुस्निग्ध चाल रोमको टलक्क बान्किलो खुर ॥ | ::सुस्निग्ध चाल रोमको टलक्क बान्किलो खुर ॥ | ||
सुचारु वन्य बाल त्यो हरा मिलेर मन्दिर । | सुचारु वन्य बाल त्यो हरा मिलेर मन्दिर । | ||
::टिपी मुना रमाउँदो मिठासदार | ::टिपी मुना रमाउँदो मिठासदार फींजले ॥ | ||
सजीव अङ्ग सर्सरे झसङ्ग बन्छ त्रासले । | सजीव अङ्ग सर्सरे झसङ्ग बन्छ त्रासले । | ||
::सुनेर मेघ घर्घरेसमान यानको स्वर ॥ | ::सुनेर मेघ घर्घरेसमान यानको स्वर ॥ | ||
Line 21: | Line 21: | ||
उचाल्छ कान दीर्घ ती फरक्क फर्किईकन । | उचाल्छ कान दीर्घ ती फरक्क फर्किईकन । | ||
::चपाउँदै गरी गरी मुनाहरू बराबर ॥ | ::चपाउँदै गरी गरी मुनाहरू बराबर ॥ | ||
सत्रास फेरि | सत्रास फेरि फर्कंदो, भुलेर दाँत सत्वर । | ||
::अडेर पार्श्व दृष्टिले चिहाउँदो त्यतातिर ॥ | ::अडेर पार्श्व दृष्टिले चिहाउँदो त्यतातिर ॥ | ||
खिँचेर ज्या चढाउँदा सुसूक्ष्म ताकको | खिँचेर ज्या चढाउँदा सुसूक्ष्म ताकको शर । | ||
::बुझेर तर्सिई | ::बुझेर तर्सिई झर्यो फरक्क त्यो तलैतिर ॥ | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
"सवेग हाँक्” भनी त्यहाँ पछाडि दृष्टि जो दिने । | |||
::लिएर वाण हातमा अनङ्गमूर्ति झैं बने॥ | ::लिएर वाण हातमा अनङ्गमूर्ति झैं बने॥ | ||
चढेर पुष्पमाल्यको सिँगारदार त्यो रथ । | चढेर पुष्पमाल्यको सिँगारदार त्यो रथ । | ||
::सुचारु कामिनी कुनै विदीर्ण पार्न बाणले ॥ | ::सुचारु कामिनी कुनै विदीर्ण पार्न बाणले ॥ | ||
सवेग अश्व कामका चढेर | सवेग अश्व कामका चढेर पुष्पमार्गले । | ||
::सुचारु हैम यानमा विचार्न बैंसको पथ ॥ | ::सुचारु हैम यानमा विचार्न बैंसको पथ ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 18:22, 4 March 2025
"अडा" भनेर कीर्तिमान् यताउती निहार्दछन् ।
खुला जमीन पाउँदा घुमेर दृष्टि झार्दछन् ॥
लगाम खिँच्छ सारथि प्रवेग अश्व अड्दछन् ।
अधीर चाल टापले अगाडि सुस्त बढ्दछन् ॥
लगाम चट्ट खैँचिँदा उठेर वक्र ती शिर ।
सफेद दाँत बाउँछन् पछाडि याल फर्किंदा ॥
अगाडि टाप वेगका उठूँ भनी उचालिँदा ।
पछाडिबाट रोकिँदा र चाल अल्मलाउँदा ॥
(५)
नजीक झट्ट देखियो सशङ्ग मिर्ग सुन्दर ।
सुस्निग्ध चाल रोमको टलक्क बान्किलो खुर ॥
सुचारु वन्य बाल त्यो हरा मिलेर मन्दिर ।
टिपी मुना रमाउँदो मिठासदार फींजले ॥
सजीव अङ्ग सर्सरे झसङ्ग बन्छ त्रासले ।
सुनेर मेघ घर्घरेसमान यानको स्वर ॥
पुलुक्क हेर्छ व्योममा, फरक्क घुम्छ पुच्छर ।
सभीति पार्शवदृष्टिले चटक्क अड्छ चर्बण ॥
उचाल्छ कान दीर्घ ती फरक्क फर्किईकन ।
चपाउँदै गरी गरी मुनाहरू बराबर ॥
सत्रास फेरि फर्कंदो, भुलेर दाँत सत्वर ।
अडेर पार्श्व दृष्टिले चिहाउँदो त्यतातिर ॥
खिँचेर ज्या चढाउँदा सुसूक्ष्म ताकको शर ।
बुझेर तर्सिई झर्यो फरक्क त्यो तलैतिर ॥
(६)
"सवेग हाँक्” भनी त्यहाँ पछाडि दृष्टि जो दिने ।
लिएर वाण हातमा अनङ्गमूर्ति झैं बने॥
चढेर पुष्पमाल्यको सिँगारदार त्यो रथ ।
सुचारु कामिनी कुनै विदीर्ण पार्न बाणले ॥
सवेग अश्व कामका चढेर पुष्पमार्गले ।
सुचारु हैम यानमा विचार्न बैंसको पथ ॥
(७)