Jump to content

Page:Laxmi nibandhasangraha.pdf/136: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:


अंग्रेजी अर्थशास्त्रले हामी बहस गर्दछौं र आफ्ना संस्था र
अंग्रेजी अर्थशास्त्रले हामी बहस गर्दछौं र आफ्ना संस्था र
परम्परालाई बुभदैनौं । हामी गेरुको निन्दा गछौं र वैरागीउपर अपमानका
परम्परालाई बुझ्दैनौं । हामी गेरुको निन्दा गछौं र वैरागीउपर अपमानका
शब्द उच्चारण गर्दछौं । जटाभन्दा हामीलाई टोप सुहाउँछ र लट्टामा
शब्द उच्चारण गर्दछौं । जटाभन्दा हामीलाई टोप सुहाउँछ र लट्टामा
शोभा छैन । हामी केशको तलाश र फुर्तिलो रवाफीपन चाहन्छौं ।
शोभा छैन । हामी केशको तलाश र फुर्तिलो रवाफीपन चाहन्छौं ।
जीवनको कक्षा बढाउनमा हामी सभ्यता देख्न चाहन्छौँ । चाहहरूको
जीवनको कक्षा बढाउनमा हामी सभ्यता देख्न चाहन्छौं । चाहहरूको
गुणन, परिश्रमको बाँड र विशिष्टलाई आर्थिक पैदावारी, औद्योगिक
गुणन, परिश्रमको बाँड र विशिष्टलाई आर्थिक पैदावारी, औद्योगिक
बिस्तार, बेकारीको निर्मूलता यिनीहरू हाम्रा नवयुवकका आदर्श छन्‌,
विस्तार, बेकारीको निर्मूलता यिनीहरू हाम्रा नवयुवकका आदर्श छन्‌,
पतलूनवाला अंग्रेजी एक्सेन्ट र टोनका चश्मादार अध्यापकहरू नवयुगका
पतलूनवाला अंग्रेजी एक्सेन्ट र टोनका चश्मादार अध्यापकहरू नवयुगका
सपनाको तालीम गर्छन्‌ । हामी बेलाइतद्वारा भारत देख्तछौँ र यस्तो
सपनाको तालीम गर्छन्‌ । हामी बेलाइतद्वारा भारत देख्तछौं र यस्तो
विदित हुन्छ कि हाम्रा आँखा बलिया हातले छोपिदिएका छन्‌। विज्ञानको
विदित हुन्छ कि हाम्रा आँखा बलिया हातले छोपिदिएका छन्‌। विज्ञानको
भिलिमिलीमा नवीन मोहनी पाएका हामीहरू क्रषिमुनिका जटासँग
झिलिमिलीमा नवीन मोहनी पाएका हामीहरू ऋषिमुनिका जटासँग
बिरोध र बहस गर्ने प्रवृत्ति देखाउँछौं । हाम्रो नजरमा भस्मलेपन केही
विरोध र बहस गर्ने प्रवृत्ति देखाउँछौं । हाम्रो नजरमा भस्मलेपन केही
विभूति होइन, र ढोकामा पात्र थाप्न आउनेहरूलाई अर्थशास्त्रको व्याख्यान
विभूति होइन, र ढोकामा पात्र थाप्न आउनेहरूलाई अर्थशास्त्रको व्याख्यान
दिएर हटाउने चेष्टा गर्दछौं ।
दिएर हटाउने चेष्टा गर्दछौं ।


हाम्रा दृष्टिकोण पश्चिमतिर ढल्कन्‌ स्वाभाविकै हो। हाम्रा
हाम्रा दृष्टिकोण पश्चिमतिर ढल्कनु स्वाभाविकै हो । हाम्रा
अध्यापकहरू नेकटाई लगाएका हुन्छन्‌ र एक खुट्टा मेचमा राखेर अर्को
अध्यापकहरू नेकटाई लगाएका हुन्छन्‌ र एक खुट्टा मेचमा राखेर अर्को
भूइँमा टेकेर अंग्रेजी झोक्कासँग बेकारी र मगन्तापनको आलस्यउपर
भूइँमा टेकेर अंग्रेजी झोक्कासँग बेकारी र मगन्तापनको आलस्यउपर
व्याख्यान दिएको सुनेर विद्यार्थीले मनका आँखाउपर नयाँ चश्मा चढाउँछ !
व्याख्यान दिएको सुनेर विद्यार्थीले मनका आँखाउपर नयाँ चश्मा चढाउँछ
हामी साधुउपर ईसाका अनुयायी वर्गहरूको दृष्टिले हेरेर भन्दछौँ, काम
हामी साधुउपर ईसाका अनुयायी वर्गहरूको दृष्टिले हेरेर भन्दछौं, काम
नै ईश्वर हो । मगन्तेपन लिएर सजिलो वृत्ति लिने आत्माहरूलाई कामदार
नै ईश्वर हो । मगन्तेपन लिएर सजिलो वृत्ति लिने आत्माहरूलाई कामदार
दुनियाँअगाडि लाज लाग्नुपर्ने हो। यो कैला लट्टा पारेर के गर्छौ? म
दुनियाँअगाडि लाज लाग्नुपर्ने हो । यो कैला लट्टा पारेर के गर्छौ ? म
सित्तैमा दिन चाहन्नँ । म आर्थिक पुरुष हुँ र ? मेरा पैसा सित्तै आउँदैनन्‌,
सित्तैमा दिन चाहन्नँ । म आर्थिक पुरुष हुँ र ? मेरा पैसा सित्तै आउँदैनन्‌,
राम-राम जपेर खान पाए दुनियाँ आलस्यको प्रजा बन्दछ । हामी लेनदेनको
राम-राम जपेर खान पाए दुनियाँ आलस्यको प्रजा बन्दछ । हामी लेनदेनको
दुनियाँमा पसीनाका दानाले रोटी कमाएर खान्छौं । विनादेनको मागलाई
दुनियाँमा पसीनाका दानाले रोटी कमाएर खान्छौं । विनादेनको मागलाई

Latest revision as of 20:52, 25 February 2025

This page has been proofread

साधुको माहात्म्य

अंग्रेजी अर्थशास्त्रले हामी बहस गर्दछौं र आफ्ना संस्था र परम्परालाई बुझ्दैनौं । हामी गेरुको निन्दा गछौं र वैरागीउपर अपमानका शब्द उच्चारण गर्दछौं । जटाभन्दा हामीलाई टोप सुहाउँछ र लट्टामा शोभा छैन । हामी केशको तलाश र फुर्तिलो रवाफीपन चाहन्छौं । जीवनको कक्षा बढाउनमा हामी सभ्यता देख्न चाहन्छौं । चाहहरूको गुणन, परिश्रमको बाँड र विशिष्टलाई आर्थिक पैदावारी, औद्योगिक विस्तार, बेकारीको निर्मूलता यिनीहरू हाम्रा नवयुवकका आदर्श छन्‌, पतलूनवाला अंग्रेजी एक्सेन्ट र टोनका चश्मादार अध्यापकहरू नवयुगका सपनाको तालीम गर्छन्‌ । हामी बेलाइतद्वारा भारत देख्तछौं र यस्तो विदित हुन्छ कि हाम्रा आँखा बलिया हातले छोपिदिएका छन्‌। विज्ञानको झिलिमिलीमा नवीन मोहनी पाएका हामीहरू ऋषिमुनिका जटासँग विरोध र बहस गर्ने प्रवृत्ति देखाउँछौं । हाम्रो नजरमा भस्मलेपन केही विभूति होइन, र ढोकामा पात्र थाप्न आउनेहरूलाई अर्थशास्त्रको व्याख्यान दिएर हटाउने चेष्टा गर्दछौं ।

हाम्रा दृष्टिकोण पश्चिमतिर ढल्कनु स्वाभाविकै हो । हाम्रा अध्यापकहरू नेकटाई लगाएका हुन्छन्‌ र एक खुट्टा मेचमा राखेर अर्को भूइँमा टेकेर अंग्रेजी झोक्कासँग बेकारी र मगन्तापनको आलस्यउपर व्याख्यान दिएको सुनेर विद्यार्थीले मनका आँखाउपर नयाँ चश्मा चढाउँछ । हामी साधुउपर ईसाका अनुयायी वर्गहरूको दृष्टिले हेरेर भन्दछौं, काम नै ईश्वर हो । मगन्तेपन लिएर सजिलो वृत्ति लिने आत्माहरूलाई कामदार दुनियाँअगाडि लाज लाग्नुपर्ने हो । यो कैला लट्टा पारेर के गर्छौ ? म सित्तैमा दिन चाहन्नँ । म आर्थिक पुरुष हुँ र ? मेरा पैसा सित्तै आउँदैनन्‌, राम-राम जपेर खान पाए दुनियाँ आलस्यको प्रजा बन्दछ । हामी लेनदेनको दुनियाँमा पसीनाका दानाले रोटी कमाएर खान्छौं । विनादेनको मागलाई