Page:Laxmi nibandhasangraha.pdf/127: Difference between revisions
→Not proofread: Created page with "मिलाइरहनु पर्दैन, सच्चा चित्रकारलाई रेखाहरूका सच्चाइ प्राकृतिक तवरले नै निक्लँदै आउँछन्, तर कच्चा किसिममा खडबडी देखिन्छ । प्रतिभा भनेको त्यस्तो गुण मालूम हुन्छ जो विश्वको लय र..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
तिनका सूक्ष्म संकेतद्वारा काल्पनिक दुनियाँ यस्तो निर्माण गर्न सक्तछ | तिनका सूक्ष्म संकेतद्वारा काल्पनिक दुनियाँ यस्तो निर्माण गर्न सक्तछ | ||
कि सब चीज सत्यका हाँगा झैं आफै सुन्दर भएर फैलिएर जान्छन् । | कि सब चीज सत्यका हाँगा झैं आफै सुन्दर भएर फैलिएर जान्छन् । | ||
मलाई भारत भनेको त्यो माटोको थुप्रो होइन जो हिमालय हो र | |||
उत्तरमा पर्खाल भएर तीन तरफ सागरले बेरिएको छ । म भारत देख्तछु | उत्तरमा पर्खाल भएर तीन तरफ सागरले बेरिएको छ । म भारत देख्तछु | ||
त्यसलाई, जो हृदाकाशमा चित्रित हुन्छ । व्यासको कल्पना, वाल्मीकिको | |||
त्यसलाई, जो हृदाकाशमा चित्रित हुन्छ । व्यासको कल्पना, | कविता, कालिदासका रचना, ऋषिमुनिहरूका काल्पनिक अन्वेषण र | ||
सत्य निर्णयहरूमा सच्चा भारत झल्किरहेछ । मेरो भारत विशाल छ र | |||
कविता, कालिदासका रचना, | त्यसका दाँजा कुनै देश छैनन् । हाम्रा पुरुखाका सुन्दर उत्पत्तिका कथाहरू, | ||
सत्य निर्णयहरूमा सच्चा भारत झल्किरहेछ । मेरो भारत विशाल | |||
त्यसका दाँजा कुनै देश | |||
हाम्रा वेद सत्यका स्फुरणहरू, पुराणपुरुषहरूका सत्य झल्काहरू, ती | हाम्रा वेद सत्यका स्फुरणहरू, पुराणपुरुषहरूका सत्य झल्काहरू, ती | ||
करोडौं अमर सत्य प्रतिबिम्ब मूर्ति र प्रतिभाहरू, शिल्प र चित्रहरू, ती | |||
भक्ति र भावनाका अनुपम उद्गारहरू जो भारतीय संस्कृति र सभ्यता | भक्ति र भावनाका अनुपम उद्गारहरू जो भारतीय संस्कृति र सभ्यता | ||
छन्– तिनैमा सच्चा भारतको अनुहार म पाउँदछु । मलाई शकुन्तला | |||
छन् | काल्पनिक स्त्री छैनन् न मेरा निमित्त युधिष्ठर खालि एक छाया हन् । श्री | ||
काल्पनिक स्त्री छैनन् न मेरा निमित्त युधिष्ठर खालि एक छाया हन् | |||
रामचन्द्रको सजीवता र सत्यतामै भारतीय जाति अहिलेसम्म जिइरहेको | रामचन्द्रको सजीवता र सत्यतामै भारतीय जाति अहिलेसम्म जिइरहेको | ||
छ । कृष्णजीलाई ऐतिहासिक पुरुष या पुराना राजा भन्ने अंग्रेजको | छ । कृष्णजीलाई ऐतिहासिक पुरुष या पुराना राजा भन्ने अंग्रेजको | ||
चातुरीले हामीलाई सिकाउन लागिरहेछ, तर | चातुरीले हामीलाई सिकाउन लागिरहेछ, तर कृष्णजीको सत्य व्यापकत्वमा | ||
भारत बलिरहेछ । | भारत बलिरहेछ । कृष्णजी छैनन् भन्ने विश्वास पूरा तवरसँग म यदि | ||
पार्न सकूँ तब म बीसौं करोडौं हिन्दूहरूको प्राण यस संसारबाट बिदा | |||
गराउन सक्तछु । मलाई वृन्दावनमा त्यही सत्य छ जो व्यासजीले | |||
गराउन सक्तछु । मलाई वृन्दावनमा त्यही सत्य | |||
बताउनुभएथ्यो । म सरस्वतीलाई आध्यात्मिक शक्तिको काल्पनिक प्रतिमा | बताउनुभएथ्यो । म सरस्वतीलाई आध्यात्मिक शक्तिको काल्पनिक प्रतिमा | ||
भन्ने विश्वासले हिन्दू संसारमा जिउन सक्तिनँ | भन्ने विश्वासले हिन्दू संसारमा जिउन सक्तिनँ । मेरा निमित्त हंसवाहिनी | ||
माता त्यत्तिकै सत्य हुनुहुन्छ, जुन सत्यको चेतले र विश्वासले मैले कुनै | माता त्यत्तिकै सत्य हुनुहुन्छ, जुन सत्यको चेतले र विश्वासले मैले कुनै | ||
दिन उहाँसँग सपनामा कुरा गरेथें । उहाँले मलाई भन्नुभयो, 'कविता | दिन उहाँसँग सपनामा कुरा गरेथें । उहाँले मलाई भन्नुभयो, 'कविता | ||
लेख्,' मैले उत्तर दिएँ, 'म जान्दिनँ !' तब आफैले मेरा स्वर्गवासी | लेख्,' मैले उत्तर दिएँ, 'म जान्दिनँ !' तब आफैले मेरा स्वर्गवासी | ||
पिताजीका हस्ताक्षर जस्तोमा रातो अक्षरले एक श्लोक लेखेर सुनाउनुभयो | पिताजीका हस्ताक्षर जस्तोमा रातो अक्षरले एक श्लोक लेखेर सुनाउनुभयो | ||
जो मलाई तत्कालै कण्ठ आयो । आहा! त्यो श्लोक-सिर्जनाको वेदना ! | |||
जो मलाई तत्कालै कण्ठ आयो । आहा ! त्यो | |||
शायद दुनियाँले सत्यलाई सपनाको श्लोक भनेर नबुझिने हुँदा आश्चर्यको | शायद दुनियाँले सत्यलाई सपनाको श्लोक भनेर नबुझिने हुँदा आश्चर्यको | ||
Latest revision as of 14:28, 25 February 2025
मिलाइरहनु पर्दैन, सच्चा चित्रकारलाई रेखाहरूका सच्चाइ प्राकृतिक तवरले नै निक्लँदै आउँछन्, तर कच्चा किसिममा खडबडी देखिन्छ । प्रतिभा भनेको त्यस्तो गुण मालूम हुन्छ जो विश्वको लय र बनोट र यसका मुटुका सत्यहरू एक झल्कामा समष्टिरूपले सूचना पाउँछ र तिनका सूक्ष्म संकेतद्वारा काल्पनिक दुनियाँ यस्तो निर्माण गर्न सक्तछ कि सब चीज सत्यका हाँगा झैं आफै सुन्दर भएर फैलिएर जान्छन् ।
मलाई भारत भनेको त्यो माटोको थुप्रो होइन जो हिमालय हो र उत्तरमा पर्खाल भएर तीन तरफ सागरले बेरिएको छ । म भारत देख्तछु त्यसलाई, जो हृदाकाशमा चित्रित हुन्छ । व्यासको कल्पना, वाल्मीकिको कविता, कालिदासका रचना, ऋषिमुनिहरूका काल्पनिक अन्वेषण र सत्य निर्णयहरूमा सच्चा भारत झल्किरहेछ । मेरो भारत विशाल छ र त्यसका दाँजा कुनै देश छैनन् । हाम्रा पुरुखाका सुन्दर उत्पत्तिका कथाहरू, हाम्रा वेद सत्यका स्फुरणहरू, पुराणपुरुषहरूका सत्य झल्काहरू, ती करोडौं अमर सत्य प्रतिबिम्ब मूर्ति र प्रतिभाहरू, शिल्प र चित्रहरू, ती भक्ति र भावनाका अनुपम उद्गारहरू जो भारतीय संस्कृति र सभ्यता छन्– तिनैमा सच्चा भारतको अनुहार म पाउँदछु । मलाई शकुन्तला काल्पनिक स्त्री छैनन् न मेरा निमित्त युधिष्ठर खालि एक छाया हन् । श्री रामचन्द्रको सजीवता र सत्यतामै भारतीय जाति अहिलेसम्म जिइरहेको छ । कृष्णजीलाई ऐतिहासिक पुरुष या पुराना राजा भन्ने अंग्रेजको चातुरीले हामीलाई सिकाउन लागिरहेछ, तर कृष्णजीको सत्य व्यापकत्वमा भारत बलिरहेछ । कृष्णजी छैनन् भन्ने विश्वास पूरा तवरसँग म यदि पार्न सकूँ तब म बीसौं करोडौं हिन्दूहरूको प्राण यस संसारबाट बिदा गराउन सक्तछु । मलाई वृन्दावनमा त्यही सत्य छ जो व्यासजीले बताउनुभएथ्यो । म सरस्वतीलाई आध्यात्मिक शक्तिको काल्पनिक प्रतिमा भन्ने विश्वासले हिन्दू संसारमा जिउन सक्तिनँ । मेरा निमित्त हंसवाहिनी माता त्यत्तिकै सत्य हुनुहुन्छ, जुन सत्यको चेतले र विश्वासले मैले कुनै दिन उहाँसँग सपनामा कुरा गरेथें । उहाँले मलाई भन्नुभयो, 'कविता लेख्,' मैले उत्तर दिएँ, 'म जान्दिनँ !' तब आफैले मेरा स्वर्गवासी पिताजीका हस्ताक्षर जस्तोमा रातो अक्षरले एक श्लोक लेखेर सुनाउनुभयो जो मलाई तत्कालै कण्ठ आयो । आहा! त्यो श्लोक-सिर्जनाको वेदना ! शायद दुनियाँले सत्यलाई सपनाको श्लोक भनेर नबुझिने हुँदा आश्चर्यको