Jump to content

Page:Laxmi nibandhasangraha.pdf/126: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
तर मगजमा उम्रिने कल्पनाको सानो कल्पद्वममा फल्ने साना-साना
तर मगजमा उम्रिने कल्पनाको सानो कल्पद्रुममा फल्ने साना-साना
झिल्काझिल्की मिलाउने एउटा बूटी छ, जो साहित्यको सिर्जनालाई
झिल्काझिल्की मिलाउने एउटा बूटी छ, जो साहित्यको सिर्जनालाई
अत्यावश्यक हन्छ । कोलेरिजले अफीम चढाएर 'प्राचीन जहाजी' र
अत्यावश्यक हन्छ । कोलेरिजले अफीम चढाएर 'प्राचीन जहाजी' र
'कब्लखाँ' लेखेथे तर मादक पदार्थको उत्तेजना कृत्रिम तवरले कहिले
'कब्लखाँ' लेखेथे तर मादक पदार्थको उत्तेजना कृत्रिम तवरले कहिले
यस्ता सुन्दर काव्यरत्नहरू पैदा गर्न सक्तछ, कोलेरिज जस्ताको
यस्ता सुन्दर काव्यरत्नहरू पैदा गर्न सक्तछ, कोलेरिज जस्ताको
जादूमगजलाई कृतकृत्याएर, तर मद्यमदिराले मगजलाई हानिसिवाय
जादूमगजलाई कुतकुत्याएर, तर मद्यमदिराले मगजलाई हानिसिवाय
लाभ गर्दैन । हामी नन्दनबारीको बोटको गाँजा मल्न चाहन्छौं, हामी
लाभ गर्दैन । हामी नन्दनबारीको बोटको गाँजा मल्न चाहन्छौं, हामी
देवताहरूको अरखबाट मादक उत्तेजना लिन चाहन्छौँ र पृथिवीको
देवताहरूको अरखबाट मादक उत्तेजना लिन चाहन्छौं र पृथिवीको
प्रेरणाभन्दा उपरका प्रेरणाबाट पृथिवी-पोषणको कलामा लाग्न चाहन्छौं ।
प्रेरणाभन्दा उपरका प्रेरणाबाट पृथिवी-पोषणको कलामा लाग्न चाहन्छौं ।


Line 15: Line 15:
जादू छ । परमेश्वरले बनाएको संसार साधुहरू झूटा भन्दछन्‌ किनकि
जादू छ । परमेश्वरले बनाएको संसार साधुहरू झूटा भन्दछन्‌ किनकि
त्यो अविदित, केही वस्तु जो कल्पनामा झल्केला जस्तो हुन्छ, यो
त्यो अविदित, केही वस्तु जो कल्पनामा झल्केला जस्तो हुन्छ, यो
विदितको वास्तविकतामा पाइन्न । सत्य शायद सत्य रहन सक्तेन जब
विदितको वास्तविकतामा पाइन्न । सत्य शायद सत्य रहन सक्तैन जब
आँखाले देखिन्छ र कानले सुनिन्छ । तीन कालले बाँधिनासाथ सत्यको
आँखाले देखिन्छ र कानले सुनिन्छ । तीन कालले बाँधिनासाथ सत्यको
बोक्रा दुनियाँमा रहन्छ तर भित्री आत्मा उडेर जान्छ । दर्शन विज्ञानको
बोक्रा दुनियाँमा रहन्छ तर भित्री आत्मा उडेर जान्छ । दर्शन विज्ञानको
Line 21: Line 21:
सत्य देख्नैनौं न सौन्दर्य; दर्शन भ्रम हो, कविता सत्य हो; कल्पनामा
सत्य देख्नैनौं न सौन्दर्य; दर्शन भ्रम हो, कविता सत्य हो; कल्पनामा
सत्यले सजीवता लिन्छ र त्यो सुन्दरता जहाँ सत्य जस्तो देखिन्छ र
सत्यले सजीवता लिन्छ र त्यो सुन्दरता जहाँ सत्य जस्तो देखिन्छ र
सत्य जस्तै रहन्छ । दृश्य-संसारभन्दा मनको दुनियाँ झन्‌ विशाल छर
सत्य जस्तै रहन्छ । दृश्य-संसारभन्दा मनको दुनियाँ झन्‌ विशाल छ र
यसका स्पर्श र अनुभूतिहरू झन्‌ सत्यका नजीकमा पुत्याउँछन्‌
यसका स्पर्श र अनुभूतिहरू झन्‌ सत्यका नजीकमा पुर्याउँछन्‌


तर हामी भन्न चाहन्नौं कि हरएक किसिमको कल्पनामा उपर्युक्त
तर हामी भन्न चाहन्नौं कि हरएक किसिमको कल्पनामा उपर्युक्त
Line 29: Line 29:
भावनाहरू भिन्नै किसिमका हुन्छन्‌ तर प्रतिभासंपन्न पुरुषहरूको
भावनाहरू भिन्नै किसिमका हुन्छन्‌ तर प्रतिभासंपन्न पुरुषहरूको
कल्पनामा सत्य आउँछ, जीवनको रङ्ग लिन्छ र लयदार झिलिमिलीमा
कल्पनामा सत्य आउँछ, जीवनको रङ्ग लिन्छ र लयदार झिलिमिलीमा
फुटेर निस्कन्छ । सच्चा प्रतिभा कल्पनाको क्रियामा देखिन्छे रु सच्चा
फुटेर निस्कन्छ । सच्चा प्रतिभा कल्पनाको क्रियामा देखिन्छे सच्चा
क्रियामा उच्च कक्षाको कल्पना संगति, साम्य, मिलाप, आकृति र
क्रियामा उच्च कक्षाको कल्पना संगति, साम्य, मिलाप, आकृति र
अनन्द लिएर काम गरिरहेकी देखिन्छे । सच्चा कविले भावनाहरू
अनन्द लिएर काम गरिरहेकी देखिन्छे । सच्चा कविले भावनाहरू

Latest revision as of 14:22, 25 February 2025

This page has been proofread

तर मगजमा उम्रिने कल्पनाको सानो कल्पद्रुममा फल्ने साना-साना झिल्काझिल्की मिलाउने एउटा बूटी छ, जो साहित्यको सिर्जनालाई अत्यावश्यक हन्छ । कोलेरिजले अफीम चढाएर 'प्राचीन जहाजी' र 'कब्लखाँ' लेखेथे तर मादक पदार्थको उत्तेजना कृत्रिम तवरले कहिले यस्ता सुन्दर काव्यरत्नहरू पैदा गर्न सक्तछ, कोलेरिज जस्ताको जादूमगजलाई कुतकुत्याएर, तर मद्यमदिराले मगजलाई हानिसिवाय लाभ गर्दैन । हामी नन्दनबारीको बोटको गाँजा मल्न चाहन्छौं, हामी देवताहरूको अरखबाट मादक उत्तेजना लिन चाहन्छौं र पृथिवीको प्रेरणाभन्दा उपरका प्रेरणाबाट पृथिवी-पोषणको कलामा लाग्न चाहन्छौं ।

हामीलाई सत्य भनेको चीज कल्पनाभन्दा झूटो लाग्छ, र इन्द्रियग्राह्य वस्तु काल्पनिकभन्दा फोस्रो लाग्छ । खँदिलो भनेको त्यसको नाम हो जो हातले पक्रन सकिदैन । देखिने र बनिसकेका चीजमा त खालि परिचितको निर्मोहनी छ, नभएका र नदेखिएकामा अविदितको जादू छ । परमेश्वरले बनाएको संसार साधुहरू झूटा भन्दछन्‌ किनकि त्यो अविदित, केही वस्तु जो कल्पनामा झल्केला जस्तो हुन्छ, यो विदितको वास्तविकतामा पाइन्न । सत्य शायद सत्य रहन सक्तैन जब आँखाले देखिन्छ र कानले सुनिन्छ । तीन कालले बाँधिनासाथ सत्यको बोक्रा दुनियाँमा रहन्छ तर भित्री आत्मा उडेर जान्छ । दर्शन विज्ञानको जेठो दाज्यू हो, र विवेकको बीजगणित हो; हामी दर्शनका दार्शनिकतामा सत्य देख्नैनौं न सौन्दर्य; दर्शन भ्रम हो, कविता सत्य हो; कल्पनामा सत्यले सजीवता लिन्छ र त्यो सुन्दरता जहाँ सत्य जस्तो देखिन्छ र सत्य जस्तै रहन्छ । दृश्य-संसारभन्दा मनको दुनियाँ झन्‌ विशाल छ र यसका स्पर्श र अनुभूतिहरू झन्‌ सत्यका नजीकमा पुर्याउँछन्‌ ।

तर हामी भन्न चाहन्नौं कि हरएक किसिमको कल्पनामा उपर्युक्त भनाइहरू घटित हुन सक्तछन्‌ । हामी उच्च कक्षाका सत्याभासित कल्पनाका बारेमा मात्र ध्यान दिइरहेछौं । पागलका कल्पना र विकृतका भावनाहरू भिन्नै किसिमका हुन्छन्‌ तर प्रतिभासंपन्न पुरुषहरूको कल्पनामा सत्य आउँछ, जीवनको रङ्ग लिन्छ र लयदार झिलिमिलीमा फुटेर निस्कन्छ । सच्चा प्रतिभा कल्पनाको क्रियामा देखिन्छे र सच्चा क्रियामा उच्च कक्षाको कल्पना संगति, साम्य, मिलाप, आकृति र अनन्द लिएर काम गरिरहेकी देखिन्छे । सच्चा कविले भावनाहरू