Jump to content

Page:Laxmi nibandhasangraha.pdf/125: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "मनुष्यको जीवन पैसाले बन्दैन, न घरले न जनले, बन्दछ कल्पनाले । यही नेपालमा 'लेखनाथजी पौड्याल' कुन क्षेत्रमा वास गरिरहेछन्‌ र कुन जादूका कनाबाट के के देखेर झिल्कामिल्का पठाइदिइरहेछन..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
मनुष्यको जीवन पैसाले बन्दैन, न घरले न जनले, बन्दछ कल्पनाले ।
मनुष्यको जीवन पैसाले बन्दैन, न घरले न जनले, बन्दछ कल्पनाले ।
यही नेपालमा 'लेखनाथजी पौड्याल' कुन क्षेत्रमा वास गरिरहेछन्‌ र
यही नेपालमा 'लेखनाथजी पौड्याल' कुन क्षेत्रमा वास गरिरहेछन्‌ र
कुन जादूका कनाबाट के के देखेर झिल्कामिल्का पठाइदिइरहेछन्‌, जसलाई
कुन जादूका कुनाबाट के के देखेर झिल्कामिल्का पठाइदिइरहेछन्‌, जसलाई
हेदा एक करोड मनुष्य छक्क पर्दछन्‌ । 'सत्य' लाई तिनले कहाँ भेटे ?
हेर्दा एक करोड मनुष्य छक्क पर्दछन्‌ । 'सत्य' लाई तिनले कहाँ भेटे ?
र 'कलि' लाई कुन बाटोमा फेला पारे ? वसन्त क्रतुको त्यस्तो सुन्दर
र 'कलि' लाई कुन बाटोमा फेला पारे ? वसन्त ऋतुको त्यस्तो सुन्दर
राज्य कसरी देखे ? ती क्रतुहरूसँग उनले कहाँ कुराकानी गरे ! एँसेलुका
राज्य कसरी देखे ? ती ऋतुहरूसँग उनले कहाँ कुराकानी गरे ? ऐंसेलुका
दानामा टुना हालिदिन्छन्‌, कोइलीका गानामा ससार ! अहिले मलाई
दानामा टुना हालिदिन्छन्‌, कोइलीका गानामा संसार ! अहिले मलाई
कसैले यस्तो प्रश्न गरोस्‌ सबभन्दा धनी पुरुष नेपालीमा को छ? म
कसैले यस्तो प्रश्न गरोस्‌ सबभन्दा धनी पुरुष नेपालीमा को छ? म
 
सजिलैसँग उत्तर दिन सक्तछु कि हाम्रा कुवेर 'लेखनाथजी पौड्याल' हुन्‌
सजिलैसँग उत्तर दिन सक्तछु कि हाम्रा कुवेर 'लेखनाथजी पौडचाल' हुन्‌
र अर्का बालकृष्णशमशेर । यी दुवै नेपालका साहसी जहाजी हुन्‌, हाम्रा
र अर्का बालकृष्णशमशेर । यी दुवै नेपालका साहसी जहाजी हुन्‌, हाम्रा
 
निमित्त दूरयात्रामा– कहाँकहाँ पुगेर नव-नव प्रदेशहरू खोज्दै, पत्ता
निमित्त दूरयात्रामा- कहाँकहाँ पुगेर नव-नव प्रदेशहरू खोज्दै, पत्ता
लगाउँदै, प्रकाश गर्दै गर्दछन्‌ र अनेक 'खजाना द्वीप'हरूका खबर
लगाउँदै, प्रकाश गर्दै गर्दछन्‌ र अनेक 'खजाना ट्वीप'हरूका खबर
 
ल्याइरहेछन्‌ । नेपाल यिनले गर्दा चौडा र विस्तृत हुँदो छ, हाम्रा सिमाना
ल्याइरहेछन्‌ । नेपाल यिनले गर्दा चौडा र विस्तृत हुँदो छ, हाम्रा सिमाना
बढाइरहेछन्‌, नयाँ उपनिवेशहरू विजय गरिरहेछन्‌ र हावाको सुनसानमा
बढाइरहेछन्‌, नयाँ उपनिवेशहरू विजय गरिरहेछन्‌ र हावाको सुनसानमा
यिनीहरू जीवनका चमत्कारी दृश्य र नाटकहरूका नयाँ-नयाँ नेपाली
यिनीहरू जीवनका चमत्कारी दृश्य र नाटकहरूका नयाँ-नयाँ नेपाली
बस्ती र पात्रहरू पैदा गर्दछन्‌ ।
बस्ती र पात्रहरू पैदा गर्दछन्‌ ।
तरङ्गहीन, लहडशून्य, लटमुखा गद्दू प्रुषहरूभन्दा त गाँजा
 
तरङ्गहीन, लहडशून्य, लटमुखा गद्दू पुरुषहरूभन्दा त गाँजा
खाने थर्डक्लास भलादमीहरू धेरै मजाका हुन्छन्‌ । तिनीहरूको सानो
खाने थर्डक्लास भलादमीहरू धेरै मजाका हुन्छन्‌ । तिनीहरूको सानो
कोठरीभित्र एउटा अलिखित साहित्य छ । त्यहाँ बसी-बसी तिनीहरू
कोठरीभित्र एउटा अलिखित साहित्य छ । त्यहाँ बसी-बसी तिनीहरू
अविदितको यात्रामा चल्दछन्‌ र यस्ता-यस्ता चुट्किला रसिला खोज
अविदितको यात्रामा चल्दछन्‌ र यस्ता-यस्ता चुट्किला रसिला खोज
पत्ता लाउँछन्‌ कि साधारण श्रोता चकित भएर उठ्दछन्‌ । 'कनै हिंड्दा-
पत्ता लाउँछन्‌ कि साधारण श्रोता चकित भएर उठ्दछन्‌ । 'कुनै हिंड्दा-
 
हिंड्दा यति हिंडेछ रे कि उसको सब जीउ पैतालादेखि खिइएर खालि
हिंड्दा यति हिंडेछ रे कि उसको सब जीउ पैतालादेखि खिइएर खालि
टुप्पी लिखुर-लिखुर गर्दै घर आइपुगेछ रे !' अब यस्तो कोठरीमा बसेर
टुप्पी लिखुर-लिखुर गर्दै घर आइपुगेछ रे !' अब यस्तो कोठरीमा बसेर
संसारयात्रा गरेर यात्रा चमत्कारी कल्पना गर्न सक्ने तपाईं र हामीहरूमध्ये
संसारयात्रा गरेर यात्रा चमत्कारी कल्पना गर्न सक्ने तपाईं र हामीहरूमध्ये
कति थोरै होलान्‌ । गाँजा खानेले हामीहरूलाई बताइरहेछ कि जीवन
कति थोरै होलान्‌ । गाँजा खानेले हामीहरूलाई बताइरहेछ कि जीवन
रसिलो हुन या रमाइलो हुन धेरै सामग्रीको जरूरत रहेनछ । तर शिवबूटीका
रसिलो हुन या रमाइलो हुन धेरै सामग्रीको जरूरत रहेनछ । तर शिवबूटीका
 
भक्तहरू तल्लो कक्षाका कृत्रिम साहित्यिक हुन्‌ । हामी त्यही झुलनतरङ्गी
भक्तहरू तल्लो कक्षाका क्त्रिम साहित्यिक हुन्‌ । हामी त्यही फुलनतरड्गी
 
समाज बन्न चाहन्छौं, त्यस्तै नशामा; त्यस्तै कल्पनाको झिलिक-मिलिकमा;
समाज बन्न चाहन्छौं, त्यस्तै नशामा; त्यस्तै कल्पनाको झिलिक-मिलिकमा;
 
त्यस्तै टुप्पीलिखुर यात्री बन्न चाहन्छौं तर हामी चाहँदैनौ, 'यो बारीको
त्यस्तै टुप्पीलिखुर यात्री बन्न चाहन्छौँ तर हामी चाहँदैनौ, 'यो बारीको
क्या मिठो गाँजा ।' गँजडीसँग नाता नजोरी कुनै लेखक बन्न सक्तैन,
क्या मिठो गाँजा ।' गँजडीसँग नाता नजोरी कुनै लेखक वन्न सक्तैन,
तर हाम्रो गाँजा बारीमा उम्रने चाहिँ होइन, हातले मलिने चाहिँ होइन,
तर हाम्रो गाँजा बारीमा उमने चाहिँ होइन, हातले मलिने चाहिँ होइन,
 
११६८लक्ष्मी निबन्ध-संग्रह

Latest revision as of 14:16, 25 February 2025

This page has been proofread

मनुष्यको जीवन पैसाले बन्दैन, न घरले न जनले, बन्दछ कल्पनाले । यही नेपालमा 'लेखनाथजी पौड्याल' कुन क्षेत्रमा वास गरिरहेछन्‌ र कुन जादूका कुनाबाट के के देखेर झिल्कामिल्का पठाइदिइरहेछन्‌, जसलाई हेर्दा एक करोड मनुष्य छक्क पर्दछन्‌ । 'सत्य' लाई तिनले कहाँ भेटे ? र 'कलि' लाई कुन बाटोमा फेला पारे ? वसन्त ऋतुको त्यस्तो सुन्दर राज्य कसरी देखे ? ती ऋतुहरूसँग उनले कहाँ कुराकानी गरे ? ऐंसेलुका दानामा टुना हालिदिन्छन्‌, कोइलीका गानामा संसार ! अहिले मलाई कसैले यस्तो प्रश्न गरोस्‌ सबभन्दा धनी पुरुष नेपालीमा को छ? म सजिलैसँग उत्तर दिन सक्तछु कि हाम्रा कुवेर 'लेखनाथजी पौड्याल' हुन्‌ र अर्का बालकृष्णशमशेर । यी दुवै नेपालका साहसी जहाजी हुन्‌, हाम्रा निमित्त दूरयात्रामा– कहाँकहाँ पुगेर नव-नव प्रदेशहरू खोज्दै, पत्ता लगाउँदै, प्रकाश गर्दै गर्दछन्‌ र अनेक 'खजाना द्वीप'हरूका खबर ल्याइरहेछन्‌ । नेपाल यिनले गर्दा चौडा र विस्तृत हुँदो छ, हाम्रा सिमाना बढाइरहेछन्‌, नयाँ उपनिवेशहरू विजय गरिरहेछन्‌ र हावाको सुनसानमा यिनीहरू जीवनका चमत्कारी दृश्य र नाटकहरूका नयाँ-नयाँ नेपाली बस्ती र पात्रहरू पैदा गर्दछन्‌ ।

तरङ्गहीन, लहडशून्य, लटमुखा गद्दू पुरुषहरूभन्दा त गाँजा खाने थर्डक्लास भलादमीहरू धेरै मजाका हुन्छन्‌ । तिनीहरूको सानो कोठरीभित्र एउटा अलिखित साहित्य छ । त्यहाँ बसी-बसी तिनीहरू अविदितको यात्रामा चल्दछन्‌ र यस्ता-यस्ता चुट्किला रसिला खोज पत्ता लाउँछन्‌ कि साधारण श्रोता चकित भएर उठ्दछन्‌ । 'कुनै हिंड्दा- हिंड्दा यति हिंडेछ रे कि उसको सब जीउ पैतालादेखि खिइएर खालि टुप्पी लिखुर-लिखुर गर्दै घर आइपुगेछ रे !' अब यस्तो कोठरीमा बसेर संसारयात्रा गरेर यात्रा चमत्कारी कल्पना गर्न सक्ने तपाईं र हामीहरूमध्ये कति थोरै होलान्‌ । गाँजा खानेले हामीहरूलाई बताइरहेछ कि जीवन रसिलो हुन या रमाइलो हुन धेरै सामग्रीको जरूरत रहेनछ । तर शिवबूटीका भक्तहरू तल्लो कक्षाका कृत्रिम साहित्यिक हुन्‌ । हामी त्यही झुलनतरङ्गी समाज बन्न चाहन्छौं, त्यस्तै नशामा; त्यस्तै कल्पनाको झिलिक-मिलिकमा; त्यस्तै टुप्पीलिखुर यात्री बन्न चाहन्छौं तर हामी चाहँदैनौ, 'यो बारीको क्या मिठो गाँजा ।' गँजडीसँग नाता नजोरी कुनै लेखक बन्न सक्तैन, तर हाम्रो गाँजा बारीमा उम्रने चाहिँ होइन, हातले मलिने चाहिँ होइन,