Jump to content

Page:Laxmi nibandhasangraha.pdf/65: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
अविरल झरझरको सङ्गीतद्वारा भवनादोष सुधार हुन सक्तछ, किनकि सङ्घर्षविकृत मानवहृदयहरूका प्राथमिक सुर मिलाउने प्रभावहरू त्यहाँ पाइन्छन् । यी पातहरू सब हरिया भाव बन्दै छन्, यी सरसर हृदयमा दगुर्दै छन्
अविरल झरझरको संहीतद्वारा भवनादोष सुधार हुन सक्तछ, किनकि  
संघर्षविकृत मानवहृदयहरूका प्राथमिक सुर मिलाउने प्रभावहरू त्यहाँ  
पाइन्छन् । यी पातहरू सब हरिया भाव बन्दैछन्, यी सरसर हृदयमा  
दगुर्दैछन्


तब म ‘विशाल’ किन नलेखूँ ? ‘विशाल’ को भावना हिमालयको श्वासमा थियो, पहाडहरूको निलो रङ्गमा प्रकृतिको प्रचुर उदारतामा अनेक नन्दनहरूको चिरबिरमा प्रेमको भूमि, आत्माले रोजेका आनन्द र अन्वेषणको आफ्नो विश्व, जहाँ म पशुभावको मनुष्यबाट पूरा मनुष्य भएर विकसित भइरहेछु जसलाई शैशव सम्पूर्ण अनन्त सम्झन्थ्यो, म यसको मार्मिक अंश बनेर ब्युँझेको थिएँ, यसको तातो-रातो गुलाबी कलिलो चैतन्य । जब पहाडको पिपलको गानादार बोटमनि म बसुँ, तब मलाई विशालको चैतन्य स्फुरण हुन्छ, जब म वनकालीमा गएर एकछिनसम्म मौन आनन्दमा टोह्लाउँछु, तब म साथीलाई भन्दछु, ‘आहा ! क्या विशाल भावना मलाई फुरेर आयो, जता हेर्‍यो विशालभन्दा ज्यादा टड्कारो नेपालमा केही पनि छैन ।’
तब म ‘विशाल’ किन नलेखूँ ? ‘विशाल’ को भावना हिमालयको  
 
श्वासमा थियो, पहाडहरूको निलो रंगमा प्रकृतिको प्रचुर उदारतामा  
जति भए पनि आफ्नो मातृभूमि जस्तो ठुलो चिज दुनियाँमा केही हुँदैन । हाम्रो हृदयको स्नेह सानो केन्द्रमा तीव्रता लिँदो रहेछ- जस्तो घामको स्वभाव छ । जति क्षेत्रफल बढायो, उति पतलाउनु प्रेमको प्रवृत्ति रहेछ जस्तो ख्याल हुन्छ । म विश्वप्रेम मातृभूमिका सिक्तछु, न कि विश्वमा । मातृभूमिप्रेम, नेपालको महत्त्व मेरा मगजका गिर्खागिर्खाहरू थाहा पाउँछन्, हृदयमा होऊ झिलिक्क झिलिक्क नेपाल, म विश्वको अनन्त दूर कुनामा अहिले भएको भए ‘तँ को होस् ?’ भन्ने कुनै भ्रमणप्रिय गन्धर्वको प्रश्नलाई म उत्त दिन्थेँ- ‘नेपाल’, मृत्यु स्वर्गबाट ओर्लँदा ‘तँ के चाहन्छस् ?’ को प्रश्नलाई पनि म प्रत्युत्त दिन्थेँ, ‘नेपालको भलाइ !’ अरु मुक्ति खोजुन, स्वर्गपछि दौडुन्, म खोज्छु नेपालको तर्फ अविरल शुभकामना र नेपालको अनन्त सेवा । चाहे स्वर्ग होस् चाहे रौरव, अरु देशका गौरव मलाई नबताऊ, मेरो हृदय जान्दछ मेरो हिरा कहाँ छ र उसको झलक कस्तो छ ! हँस्सी उडाउने हँस्सी उडाउँछन्; तर म भन्दछु कि मेरो मातृभूमिमा त्यो आर्यसभ्यता छ, जसले संसारलाई एक विशाल युगसम्म आध्यात्मिक पोषण पुर्‍याउन सक्तछ । अरुका श्रीपेच शिरमा रहुन्, मेरो स्वदेशको श्रीपेच हृदयमा रहन्छ
अनेक नन्दनहरूको चिरबिरमा प्रेमको भूमि, आत्माले रोजेका आनन्द र  
अन्वेषणको आफ्नो विश्व, जहाँ म पशुभावको मनुष्यबाट पूरा मनुष्य  
भएर विकसित भइरहेछु जसलाई शैशव सम्पूर्ण अनन्त सम्झन्थ्यो, म  
यसको मार्मिक अंश बनेर ब्युूझेको थिएँ, यसको तातो-रातो गुलाबी  
कलिलो चैतन्य । जब पहाडको पीपलको गानादार बोटमनि म बसूँ, तब  
मलाई विशालताको चैतन्य स्फुरण हुन्छ, जब म वनकालीमा गएर  
एकछिनसम्म मौन आनन्दमा टोह्लाउँछु, तब म साथीलाई भन्दछु,  
'आहा ! क्या विशाल भावना मलाई फुरेर आयो, जता हेर्‍यो विशालभन्दा  
ज्यादा टड्कारो नेपालमा केही पनि छैन ।'


जति भए पनि आफ्नो मातृभूमि जस्तो ठूलो चीज दुनियाँमा केही
हुँदैन । हाम्रो हृदयको स्नेह सानो केन्द्रमा तीव्रता लिंदो रहेछ–जस्तो
घामको स्वभाव छ । जति क्षेत्रफल बढायो, उति पतलाउनु प्रेमको प्रवृत्ति
रहेछ जस्तो ख्याल हुन्छ । म विश्वप्रेम मातृभूमिका सिक्तछु, न कि
विश्वमा । मातृभूमिप्रेम, नेपालको महत्त्व मेरा मगजका गिर्खागिर्खाहरू
थाहा पाउँछन्, हृदयमा होऊ झिलिक्क झिलिक्क नेपाल, म विश्वको
अनन्त दूर कुनामा अहिले भएको भए 'तँ को होस् ?' भन्ने कुनै भ्रमणप्रिय
गन्धर्वको प्रश्नलाई म उत्तर दिन्थें– 'नेपाल', मृत्यु स्वर्गबाट ओर्लदा 'तँ
के चाहन्छस् ?' को प्रश्नलाई पनि म प्रत्युत्तर दिन्थें, 'नेपालको भलाइ !'
अरु मुक्ति खोजून, स्वर्गपछि दौडून्, म खोज्छु नेपालको तर्फ अविरल
शुभकामना र नेपालको अनन्त सेवा । चाहे स्वर्ग होस् चाहे रौरव, अरु
देशका गौरव मलाई नबताऊ, मेरो हृदय जान्दछ मेरो हीरा कहाँ छ र
उसको झलक कस्तो छ ! हँस्सी उडाउने हँस्सी उडाउँछन्; तर म
भन्दछु कि मेरो मातृभूमिमा त्यो आर्यसभ्यता छ, जसले संसारलाई एक
विशाल युगसम्म आध्यात्मिक पोषण पुर्याउन सक्तछ । अरूका श्रीपेच
शिरमा रहून्, मेरो स्वदेशको श्रीपेच हृदयमा रहन्छ ।
{{nop}}
{{nop}}

Latest revision as of 23:21, 13 February 2025

This page has been proofread

अविरल झरझरको संहीतद्वारा भवनादोष सुधार हुन सक्तछ, किनकि संघर्षविकृत मानवहृदयहरूका प्राथमिक सुर मिलाउने प्रभावहरू त्यहाँ पाइन्छन् । यी पातहरू सब हरिया भाव बन्दैछन्, यी सरसर हृदयमा दगुर्दैछन् ।

तब म ‘विशाल’ किन नलेखूँ ? ‘विशाल’ को भावना हिमालयको श्वासमा थियो, पहाडहरूको निलो रंगमा प्रकृतिको प्रचुर उदारतामा अनेक नन्दनहरूको चिरबिरमा प्रेमको भूमि, आत्माले रोजेका आनन्द र अन्वेषणको आफ्नो विश्व, जहाँ म पशुभावको मनुष्यबाट पूरा मनुष्य भएर विकसित भइरहेछु जसलाई शैशव सम्पूर्ण अनन्त सम्झन्थ्यो, म यसको मार्मिक अंश बनेर ब्युूझेको थिएँ, यसको तातो-रातो गुलाबी कलिलो चैतन्य । जब पहाडको पीपलको गानादार बोटमनि म बसूँ, तब मलाई विशालताको चैतन्य स्फुरण हुन्छ, जब म वनकालीमा गएर एकछिनसम्म मौन आनन्दमा टोह्लाउँछु, तब म साथीलाई भन्दछु, 'आहा ! क्या विशाल भावना मलाई फुरेर आयो, जता हेर्‍यो विशालभन्दा ज्यादा टड्कारो नेपालमा केही पनि छैन ।'

जति भए पनि आफ्नो मातृभूमि जस्तो ठूलो चीज दुनियाँमा केही हुँदैन । हाम्रो हृदयको स्नेह सानो केन्द्रमा तीव्रता लिंदो रहेछ–जस्तो घामको स्वभाव छ । जति क्षेत्रफल बढायो, उति पतलाउनु प्रेमको प्रवृत्ति रहेछ जस्तो ख्याल हुन्छ । म विश्वप्रेम मातृभूमिका सिक्तछु, न कि विश्वमा । मातृभूमिप्रेम, नेपालको महत्त्व मेरा मगजका गिर्खागिर्खाहरू थाहा पाउँछन्, हृदयमा होऊ झिलिक्क झिलिक्क नेपाल, म विश्वको अनन्त दूर कुनामा अहिले भएको भए 'तँ को होस् ?' भन्ने कुनै भ्रमणप्रिय गन्धर्वको प्रश्नलाई म उत्तर दिन्थें– 'नेपाल', मृत्यु स्वर्गबाट ओर्लदा 'तँ के चाहन्छस् ?' को प्रश्नलाई पनि म प्रत्युत्तर दिन्थें, 'नेपालको भलाइ !' अरु मुक्ति खोजून, स्वर्गपछि दौडून्, म खोज्छु नेपालको तर्फ अविरल शुभकामना र नेपालको अनन्त सेवा । चाहे स्वर्ग होस् चाहे रौरव, अरु देशका गौरव मलाई नबताऊ, मेरो हृदय जान्दछ मेरो हीरा कहाँ छ र उसको झलक कस्तो छ ! हँस्सी उडाउने हँस्सी उडाउँछन्; तर म भन्दछु कि मेरो मातृभूमिमा त्यो आर्यसभ्यता छ, जसले संसारलाई एक विशाल युगसम्म आध्यात्मिक पोषण पुर्याउन सक्तछ । अरूका श्रीपेच शिरमा रहून्, मेरो स्वदेशको श्रीपेच हृदयमा रहन्छ ।