Page:Laxmi nibandhasangraha.pdf/58: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 8: | Line 8: | ||
पढाइ यति यान्त्रिक, बोधो सुगा छ कि हाम्रो स्वदेशी मगजका गिर्खा | पढाइ यति यान्त्रिक, बोधो सुगा छ कि हाम्रो स्वदेशी मगजका गिर्खा | ||
खलबल्याउनु मात्र छ । हाम्रो ध्येय नून-रोटीसिवाय छैन । हामी पैसाका | खलबल्याउनु मात्र छ । हाम्रो ध्येय नून-रोटीसिवाय छैन । हामी पैसाका | ||
निमित्त बेचिन्छौं र दुनियाँका आत्मा बेचिरहेछौं । | निमित्त बेचिन्छौं र दुनियाँका आत्मा बेचिरहेछौं । द्रव्य-धूर्त मिजाजले | ||
शिक्षकको हैसियतमा मेचमा डटिडटाउ बनेर दुनियाँका छोराछोरी | शिक्षकको हैसियतमा मेचमा डटिडटाउ बनेर दुनियाँका छोराछोरी | ||
भाँडिरहेछौं । हामी तिनका जिभ्राबाट सजिलोसँग बग्ने दुधालु भाषा | भाँडिरहेछौं । हामी तिनका जिभ्राबाट सजिलोसँग बग्ने दुधालु भाषा | ||
Line 20: | Line 20: | ||
यो पहाडको नीलो मसी, न यो वनका हरिया पानी ! | यो पहाडको नीलो मसी, न यो वनका हरिया पानी ! | ||
बस ! | बस ! ग्र्याजुएट हुनु यत्तिकै छ । खोस्टो कागजको भरमा दुनियाँमा | ||
योग्यता देखाउनु !सत्तरी रुपियाँका निमित्त हाड घोट्नु ! बाँसको कलम | योग्यता देखाउनु ! सत्तरी रुपियाँका निमित्त हाड घोट्नु ! बाँसको कलम | ||
उठाउन नजान्नु ! अंग्रेजीको उल्था हुनु, विचारको आदत बिगार्नु, रोटीमा | उठाउन नजान्नु ! अंग्रेजीको उल्था हुनु, विचारको आदत बिगार्नु, रोटीमा | ||
नौनी लगाउनुको प्यासमा गधा | नौनी लगाउनुको प्यासमा गधा झैं गघाहरू बनाउन बिहानदेखि तोपसम्म | ||
पढाउनु, झूटा घमण्डहरूमा ठाँट पार्नु, दुनियाँ ठग्नु र अरू के के, म | पढाउनु, झूटा घमण्डहरूमा ठाँट पार्नु, दुनियाँ ठग्नु र अरू के के, म | ||
भन्न सक्तिनँ ! | भन्न सक्तिनँ ! | ||
ग्र्याजुएटका निमित्त कृष्णजी पुराना कथाका राजा हुन्छन् । | |||
भागवतमा सच्चाइ हुँदैन, व्यास ठग बन्दछन्, पशुपतिनाथ ढुङ्गा हुन्छन्, | भागवतमा सच्चाइ हुँदैन, व्यास ठग बन्दछन्, पशुपतिनाथ ढुङ्गा हुन्छन्, | ||
हेज्लिन चन्दन बन्दछ, | हेज्लिन चन्दन बन्दछ, गोलभेंडा पथ्य बन्दछ, मनुष्य अत्याचारी हुन्छन्, | ||
पुराणहरू चलाकी तर्सावट बन्दछन्, स्वर्ग शून्य हुन्छ, यमराज गफ | पुराणहरू चलाकी तर्सावट बन्दछन्, स्वर्ग शून्य हुन्छ, यमराज गफ | ||
बन्दछन् र वेदको सत्यता | बन्दछन् र वेदको सत्यता हराउँछ र पुरुखाहरू मूर्ख बन्दछन् । | ||
हामीहरू | |||
हामीहरू ग्र्याजुएट भएर पनि कति जान्दछौँ ? नदीबाट पानी |
Latest revision as of 16:32, 13 February 2025
र अंग्रेजसँग हात मिलाउनु नै आर्य जातिका सदस्यको शिक्षाको पराकाष्ठा सम्झिन्छ । हामी अंग्रेजी लेख लेख्न चाहन्छौं, जब हाम्रो साहित्यले गाइनेको खोक्रो तर टुटेको सारङ्गीजस्तो र्याँइँर्याइँ गर्न सक्तैन ।
म अहिले विचार गर्छु, अंग्रेजी पढेर मैले के पाएँ ? हाम्रो साधारण जीवन-समय पच्चीस वर्ष पुगनपुग होला । पन्ध्र वर्षको पढाइले हामी बी०ए० बन्छौं । दश वर्षको बाल्यावस्था जोड्दा हामी त्यही टुङ्गिन्छौं । पढाइ यति यान्त्रिक, बोधो सुगा छ कि हाम्रो स्वदेशी मगजका गिर्खा खलबल्याउनु मात्र छ । हाम्रो ध्येय नून-रोटीसिवाय छैन । हामी पैसाका निमित्त बेचिन्छौं र दुनियाँका आत्मा बेचिरहेछौं । द्रव्य-धूर्त मिजाजले शिक्षकको हैसियतमा मेचमा डटिडटाउ बनेर दुनियाँका छोराछोरी भाँडिरहेछौं । हामी तिनका जिभ्राबाट सजिलोसँग बग्ने दुधालु भाषा खोसेर अटरपटरले विकृत बनाइरहेछौं, हामी अंग्रेजी चश्मा लगाइदिन्छौं र तिनका सहजविकासी स्वदेशी बुद्धिउपर पाश्चात्त्य रायका अत्याचार लादिरहेछौं । म त पढिदिने लडकाको आपेक्षिक प्रशंसा गर्दछु । अंग्रेजी पढ्न कानमा डोरी लगाएको बयल जस्तो भएर मान्ने लडका जरूर अस्वस्थ हनुपर्छ । हामी प्राकृतिक बलवा चाहन्छौं त्यहाँ, जहाँ मानव- स्वभावउपर विदेशी जञ्जीर लगाइन्छ र त्यत्तिका दिनसम्म बयल जोतिएपछि के पायो बिचराले ? सुक्खा घाँस ! अरू लेखिएको थिएन ! न यो पहाडको नीलो मसी, न यो वनका हरिया पानी !
बस ! ग्र्याजुएट हुनु यत्तिकै छ । खोस्टो कागजको भरमा दुनियाँमा योग्यता देखाउनु ! सत्तरी रुपियाँका निमित्त हाड घोट्नु ! बाँसको कलम उठाउन नजान्नु ! अंग्रेजीको उल्था हुनु, विचारको आदत बिगार्नु, रोटीमा नौनी लगाउनुको प्यासमा गधा झैं गघाहरू बनाउन बिहानदेखि तोपसम्म पढाउनु, झूटा घमण्डहरूमा ठाँट पार्नु, दुनियाँ ठग्नु र अरू के के, म भन्न सक्तिनँ !
ग्र्याजुएटका निमित्त कृष्णजी पुराना कथाका राजा हुन्छन् । भागवतमा सच्चाइ हुँदैन, व्यास ठग बन्दछन्, पशुपतिनाथ ढुङ्गा हुन्छन्, हेज्लिन चन्दन बन्दछ, गोलभेंडा पथ्य बन्दछ, मनुष्य अत्याचारी हुन्छन्, पुराणहरू चलाकी तर्सावट बन्दछन्, स्वर्ग शून्य हुन्छ, यमराज गफ बन्दछन् र वेदको सत्यता हराउँछ र पुरुखाहरू मूर्ख बन्दछन् ।
हामीहरू ग्र्याजुएट भएर पनि कति जान्दछौँ ? नदीबाट पानी