Jump to content

Page:Shakuntala.pdf/12

From Nepali Proofreaders
Revision as of 01:08, 24 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<poem> झोलीको कनिका प्रशान्त मनले मर्मर् चपाईकन । कुर्कुर् ढुकुर झैँ रमी हृदयले योगी डुलून् कानन ।। “रामै तुल्य रमाइलो छ रमिता प्राचीनको यो वन” । भन्दै कण्व र कश्यप प्रभृतिका हुन् साम...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

झोलीको कनिका प्रशान्त मनले मर्मर् चपाईकन ।
कुर्कुर् ढुकुर झैँ रमी हृदयले योगी डुलून् कानन ।।
“रामै तुल्य रमाइलो छ रमिता प्राचीनको यो वन” ।
भन्दै कण्व र कश्यप प्रभृतिका हुन् सामु योगी जन ।।
(३५)
 हाँसून् हास्य रुचाउने लहरमा बत्तीस मोती खुली ।
राम्रा नक्कलले हँसाउन सकून् हाम्रा गफाडी गुरु ।।
पग्लोस् भुल्भल चित्त कोमल यहाँ देखी वियोगी दशा ।
अर्को जीवनको पसोस हृदयमा हेर्नेहरूमा नशा ।।
(३६)
पाई चारु कला यहाँ प्रकृतिले राम्रो सिँगारून् मुख ।
शिल्पी भाव कुँदून् प्रकाश नवमा तस्बिर नौला गरी ।।
जो छन् सुन्दरता सुगन्धसँगका पाऊन् यहाँ नित्यता ।
भोको भव्य भविष्य भृत्युसरि भै मागोस् सदा काव्य यो ।।।
(३७)
चर्खामा विधिले विचित्र ढँगले काते सुनौला कुरा ।
चोला मानिसको खडा हुन गयो, बुन्दा त्यही तानमा ।।
मैलो भैकन भार भूकन बनी उघ्रेर जाला भनी ।
स्वर्गैतर्फ उडी सुनै सुन हुने गाना बन्यो जीवनी ।।
(३८)
स्वर्गङ्गा शिरमा झरेर कविको आह्वानले सुन्दरी ।
लट्ठा पूर्व विचारका वन बनी चढ्दा कराली परी ।।
नाघी सिल्बिल नागिनीसरि बनी उत्रेर मैदानमा ।
पानीको रसजाल भूमितलमा प्यासाहरुकी बनून् ।।
(३९)
माटैको अझ गन्ध फूल फलमा, खाहरूभित्र छ ।।
ताराको छ निमेषतुल्य सुख नै झिम्की छिटो निभ्दछ ।।
झुल्केको दिलको नयाँ नजर नै यो काव्यको सोख हो ।
टुप्पामा रसना भरी अमृतको थोपा बनी बस्दछ ।।
(४०)