Jump to content

Prometheus/parishishta

From Nepali Proofreaders
Revision as of 02:33, 1 July 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Prometheus.pdf" from=134 to=144/>")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
परिशिष्ट
सर्ग १

(१)
पर्वतशिरमा सौदामिनी जन्मन्छे जसरी
त्यसरी जुपिटर, ज्यापिताकी जटाजात गी !
ए युनानी शारदे ! ललितकलाविशारदे !
वरदा बत अब, ए अमरताको वर्म्मले
अलंकृता ! वीरहरूकी सहायिका तिमी छौ
नगउपर, पारावारउपर कठिनाइका,
पार गच्यो जसले पर्सियस, वीर युवालाई
असंभवको धावनमा, यस कठिन कर्म्ममा
देक सहानुभौतिक प्रकाश । किनकि आज
मेरो महत्त्वाकांक्षी छ समुच्छुत उडान,
पुनान-शिखरउपर सुन्दरताका, दूर ।

(२)
एक स्पर्शले तिम्रो बन्दछ माटो कांचन नै,
एक श्वासको मधुर सुगन्धमा अमरता
आउँछ मृत्युको उत्तराधिकारी मानबमा
मरिरहेका क्षण, क्षणलाई तिम्रा प्रभावले
अमृतका फल्का दिन्छन्‌ ए ! मृतसंजीवनी गी
यस लाशउपर चमत्कार गर्‌, जीवन
स्वरगिक दी अत्युच्च । म गाउँछु आज महान्‌
टाइटान्‌ महावीरको अजङ विक्रम गान,
अतीत आत्मालाई बिउँसाई परिचमको
यसरी जसरी पश्चिमका शिखर ज्योतिले
प्राचीवदन समुज्ज्बल, सजीव, पार्दछन्‌, सुबर्ण,
भर्न यस हिमालय-मंडलमा नबोत्तेजन ।

(३)
अति प्रिय लाग्दछ मलाई दुर प्राचीन ।
प्राचीन, प्रथम जोशले परिपर्ण, प्राचीन

उम्लन्छ सुन उम्लेकैँ रुवाल्ल, फुवाल्ल, क्षितिजमा
आँसुदार, अँध्यारो वर्तमानको सुवर्ण राग !
वी धनुर्वायुका नाडीसदृश फिरफिर
चल्दा, दिवस निशाका कमजोरी क्षण,
ध्बैसी, उदित, नेत्र बिक्रमपूर्ण दीर्घ प्राचीन ।
उसका निर्जीव क्षणहरू विस्मृतिका खाडीमा
हाली, उत्कृष्ट, अनुपम सुन्दर, अक्षरको
मिष्ट चुनावले सदा समुजज्वल, सदा वाचाला !
पर्दा उचाल जननी ! वर्तैमान, अतीतको
दोसाँधमा जो अविकसित गोधुलीसरि छ
डाल सजीव प्रकाश कवि हृदपाकाशमा,
डाल-यूनात्को जगाङ, एक बार जीवन,
मधुरोद्गार, दिव्य संगीतको, कविको ।

(४)
यति चीना टुट्न तयार नाजुक नस छन्‌ तर
तंत्री आज सितारका तिम्रा ! दारण दशामा
पिईकन जलको घुटको लेख्नु छ अशान्तिमा,
सुर-सुरमा तिम्रा स्पर्श, क्रन्दनशील अंशमा
दुःख तर कविको दौलत, नाता ! खालि दया,
दारुण दया, शुष्क-रसोमयी, तिम्रो कविमा,
मसिलै हन्छ चमत्कार, फीना हुन दे नसा,
जलकै जीवनमा सुवर्णलहरको मुसकान !
अशान्त हरीको आँतमा छ प्रशान्त मिठास,
गीत गाउन जान्दछन्‌, रुनेहरू अति मीठा
तब यहाँ नाजुक सितार, लत्तिएको जगमा,
फंकार चमत्कारसँग ए संगीतविशारदे ।
ज्वलन्त, ज्वलन्त जोश दे यस वाफीलो
कविको द्यौ-अवलंबी जल जीवनमा आज
कि उद्घाटित हन नवद्वार, सत्यका संसारमा,
उन्मीलित हन्‌ चिरनिमीलित जगलोचन !

(५)
सत्यको साम्राज्य, असत्यको अन्त, पतन,
यही छ मेरो उडानको अभिनव लक्ष्य,
आज मेरो मर्म्मको धर्म्म लिएको संगीत,
आज मेरो मानवताको गान, दानवताको
उपर बीभत्स महाराग ! यदि यस विषयले

दिन्छ भने तिमीमा एक जोशीलो अवतरणको
उषा-उत्साह, ओर्ल हे । आज हिमालय-अंचलमा ।

(६)
हामी हिमाचल-कृसुम-गण, नयपालबाल
अमर वबीरका अक्षर सन्तति, कदर गर्दछौँ,
बीरकथाका सुन्दर, स्नायु, स्यनायुमा समुष्णता
स्वदेशी ल्याउँछन्‌ प्यारो, ती प्राचीन मानव-उडान ।
किनकि बीरहरूको एकै छ जात जगत्‌मा,
फंकारोही, वज्जवक्ष, सर्वोल्लंघक, विस्मृततनु,
अमरोद्देश्य ! वीरहरू हुन्‌ विश्व-अमरपुच्प
जसको सुगन्ध छ एक, भूभागमा जतातता,
भर श्रवण-विवरमा तसर्थ वीरवरको
अवर्शनीय विक्रम, विश्वपूजित सुगन्ध ।

(७)
कनरकतंत्रीमा मधुर मादक लय मंत्री,
अयि तमोहंत्री तिमी ! अभिनव प्रभातको
जाम्बनद प्रपातमा अर्ध्वदृशी बनी पोख
विहग-बिहाग-पराग नयपालमा दिव्य
संगीतमा मदिरोन्मत्ता प्रत्युषासद॒श !
जन-मन-खग-द्गकी सुवर्ण-ज्योत्स्ना !
ए सुन्दर देशकी ! आउ ! बस हृदयमा, बोल ।

(८)
किन कि तिमीकन छ ज्ञान महान्‌ यूनानको
वीरहरूको सुन्दर गूनान ! अमर पुष्पको
मधुर उपवन त्यो छ; जन्मिन्‌ जहाँ सुन्दरी-
हरूकी रानी हेलेन, जसको मुख-कमल-निमित्त
तहस, सहत्त चले नौ, ट्वीपविखंडित अंबुमा--
कोह-ए-नूर जगत्‌की ती सुन्दरी शंकर !

(९)
आसत्यकलि जगदाश्चर्य तिनी मेदिनी-
महत्व ! महापंडितहरूकी प्राचीन, नीड,
भमध्य-पाराबार-किनारकी नीर नीर,
भूचित्र विचित्र छन्‌ ती : बारिद-वल्ली विभूषित,
वन-गाव्-श्यामल- शैलहरूले मनोहरा,
अति सुन्दरी छन्‌ युनान ! सकल यगमिलिन्द-
प्रशस्ता प्रसून-वाटिका स्वर्ग-प्रचुरा, यूनान !

(१०)
यति रमणीय, यति कमनीय धरणी,
यति सुन्दर क्षितिज छैन क्षिति-मंडलमा,

चलीहरूको सुनौला लाखबत्तीले प्रात:, साँक,
समुज्ज्वल ! जहाँ प्रचुरा प्रकृति गरा; गरा
नाच्छिन्‌, जल-लयमा कलकल, कलकल स्बर,
मरकत-मीठी, अमर-बयसी, सततस्मिता :
त्यहाँ मानव-कल्पना, सुन्दरतासँग उनको
स्परद्धाशील, ललितकलाले खोज्दा पाउन
अमर विजय, दौलजन्य, समीरण-उच्छुवसी
वीर-प्रभाविनी प्रकृति, कलाकारका कृतिले,
बन्छिन्‌ मलिन, यस यूनानमा- दुर यूतान ।

(११)
ज्वालामुख पर्वतका धूम्रोदगार, आकाशमा
नीला बादल छै गुडगुड गुड्छन्‌ जहाँ सदा
किरणहरू अविभेद्य, घन धूमराशिहरू,
त्यहाँ छ दिवौकसहरूको समुच्च साम्राज्य ।

(१२)
भ्रन तब जननि ! विश्वदधशिनि ! शीघ बोल,
कसरी उद्दछ ज्यापिता युनानी जुपिटरको
प्रासाद । संगमरमरको जनखिरा ढेर,
ललित, सजीव नशादार, सुन्दर, सुन्दर :
देवहरूको मत्तिनो छिनोले दिव्य तवरले
समज्ज्वल शिल्पित ! कलाको मधुर वल्लीले
बेड्टिएको कोमल शुभ्र दीवार, नशादार !
अमर हरित उपवनले परिमंडित
महाप्रासाद छ त्यो निबुधराजको महान्‌ ।
सुवर्ण-गजूर बनी उढ्दछ, स्धिर राग
जलद-पताक ! संसारउपर समृच्छुत ।
उत्तम मर्त्य सपना बिपना ठोस थनेफेँ
कल्पनीय तर अवर्णत्तीय ! देवमहल !

(१३)
त्यसका वह वातायनमा जहाँ उपर
ललितकलाका मधुर लचक छन्‌ आलोच्य
उ हेर ! सुरसुन्दरीहरू सपना सजीव !
नारंगी अंचल ती, योवबनमदिरा लाल, लाल,
सलमल, सलमल रेशममा माक्रजाल,
तरंगक्रंगी, भगिनीहरू सौदामिनीका,
बयससुगंधी, मस्त मुस्किदा मधु-मसकमा,
दुगभाषिणीहरू बोल्छन्‌, अबोल रूपले सुबोल ।

मुहार फ्लमल तिनको एक मुहारनिमित्त
अनन्तयुगकी पुरुषतपस्यासमर्थित हुन्छे
बहुमूल्य फल ।

(१४)
हर, ह्र, ती विशवदूर
मर्त्यबाट अलक्षित दुर, दूर ओलिम्पस--
पर्वत-प्रासादको दिव्य एकलासमा सुन्दर,
छुमछुम छैँयामा चतुर, गर्दछन्‌ नृत्यबाच्च
अकथनीय मधुर, मादक, मधुर, दूर ।
भावभंगिका, स्वरमिडिकी, रागचूर,
पुच्पकलेवरा, सुगन्धपुर, कनकपुर ।

(१५)
तर त्यस नृत्य, वाच्चको, पान, गानको जगत्‌-
बीच अकेली बिरागचन्द्रिका, सुरकमारी
विद्यामस्त विद्या ! तिमी शान्ता छौ तिनी अतिकान्ता-
सजीव अध्यात्मज्योति लयदार॒ ! जगजीचन
नित्य नवीन नवस्पन्दन ली तिम्रो लयमा र
मादक, मादक, सरस्वती । विरल-मुसकान !
औह ! ती मधुर रुंकार, ती मधुस्बर संसार,
स्पर्श, स्पर्शमा जादूनखीका, उद्बोधित वीणामा,
स्वरमत्त, क्वण, क्वणमा, नव, नव, क्रन्दन ली,
दई रुईै रे र । रमरमाउँदो रमणीय क्षणमा
दिव्या प्रभासको जननि ! जो सुन्दरप॒जारी
पागल कविको स्वप्निल हृदयमा पर्दछ,
कल्लसुल्ल वार बार । मर्त्य-जगत्‌ चक्ति पारी
अबिदित मदिराको मातले ! अनुग्रह
गर दुई-चार, ती विश्वान्दोलक स्वरको !

(१६)
ओह म चढ्दछु, चढ्न दे रे जननि !
त्यरित विद्युत्‌ -तुरग यूनानको पिगासस्‌,
जांबूुनद-जंजीरले जकडियो प्रथम वार
जो बेलोरोफनद्वारा, हैलिकन प्रपातको
शीतल किनारमा- जसको जल फल रुल
प्रत्युषाप्रमन्त्रित मदिरा झैँ झल्कन्छ दिव्य
रसको खानी भाबुक कविको ! त्यसको घुट्को
एकै मात्र लिईकन चढ्दछु अब वायुपंखमा,
न्वहार्न अति सुन्दर यूतानको नभ-मंडल ।

(१७)
आजम चाहन्छु समुद्गारत्र मुक्त-कंठ
एक महामानव संगीत । उच्च उडानमा,
प्जञार्तात्रिक प्रथम पुच्प उद्बुद्ध व्योममा,
ज्योति तरफ अभिनव, खग झैँ उड्डीयमान ।

(१८)
तन बोत, बोतल रे वागीशा ! कसरी चीसी
निशाको शासनमा स्वर्ग समस्त सजहा
रोद्ररहेथ्यो एक सुषुप्त जगउपर्‌
निराकार ! विहग थिए सकल रशाब्दहीन
सब थियो संसार, शवासहीन ! दल अचल !
रुदित महीर्ह तरतर, पुष्पविलीन
नाडी निष्पन्द ! सिर्जना शून्य । सुनसान शासन !
विध्वंसविलासिची-ध्वान्त ध्वजा तमिसा राज्यी
स्वशक्तिचूर्ण जगत्‌उपर । अञ्चान साकार !
भेदी दघिर-ब्रण सूर्यउपर सेलाएको
ज्योति जगत्की, अश्रु-अंबुधिमा विशाल, निशा,
उडु अभिधेय पिलपिल देखी बौल्दथी,
"यी हुन्‌ नपुंसक ज्योति ।! मृत दूरतामा
र स्वर्गका ! तिमिर सिंह शासन मेरो ।
निरष्कटक ! छटपटाञन्‌ बेकार ती स्वर्गदीप ।
हेर मेरी महाशक्ति ! रूपरागप्रलयित्ती
बजोड !"
जब प्रलयकी छाया परिरहेथ्यो
मानब -जातिमा अत्याचारी शासनले जिउसको !

(१९)
तर एक भाबना रोई रोई एकलासमा
भन्ची; "पभात एक आवश्यक्ता अहार्य हो
सर्वजातिको जागरण ! नित्य धार्य एक स्वप्न !
मृत्युउपर अमृत प्रभात ।प्रत्याबर्तन
नवजीवनेको सुवर्ण दिवसको मानवीय
अक्षरको पुनर्जन्म ।" त्यही सफल बनी अन्त,

(२०)
जिउसको तानाशाह स्वर्गका, कूर देवराज ती,
पएलयको दिई धम्की मानवजातिमा समस्त
गर्थे शानी-राज औलिम्पसका पर्बतमा,
निशा समान, तर क्रान्तिकार महावीर,
टाइटान्‌ प्रमिथस बलवादार॒ उठे आखिर

सग्राट्का अमर शत्रु संसारमा, नरनिमित्त,
अगिन चोरियो स्वर्गको प्रमिथसबाट, अनि
जगमग जाग्यो मानव-जगत्‌ नव सभ्यतामा
नव प्रभातमा, शांखध्वनिमय महाविजयको

(२१)
तर यस्तो महाविषयको महामानवीय
उच्च उडान जहाँ त्यहाँ ! पत्ति कम्जोर कवि !
भाषा यस्ती गरीब ! केवल हृदय ईशानकी
लाटी आशा सरी ! केवल छाती उकासा भाषा !
केवल बोल्न पिपासाकविको ! तिभिरावासा !
्योसन आगो अलि, जुल्कन पालास आथीनी ।
बोलाउन यूनानी अपौलो, अमर युवक,
किरणकुंजको हिरण्मय अगिन कलेवर
पाश्चात्य सूर्य युवकलाई यहाँ अति जोशिलो !
महाविषयको समतल होस्‌ दरिद्र कविको
एक सुनौला उत्तेजन, दौलतमन्द ! ए माता ।

(२२)
मैले सुनेको छु कसरी बज्दछ शिल्पचित्र
फंकृत उद्दीप्त, मेम्ननको, शिल्पचित्र सजीव
यूनानमा, जम्र सतत युवा यूनानी सविता,
अपोलो अभिधेय, किरण किरणले दिन्छन्‌
त्यसमा दिव्य, सुदिव्य सकार ! नव प्रभातमा
बज्दछ उनको कनक बीन, मधुर राग
प्रवीण ! प्रथम भावका सन्दतका फिल्काहरू
मर्छन्‌, रु्छन्‌, कण-कणमा ! त्यसको म्वण ली,
मीड, मीड, निक्वण, निक्वर्ण ! मधुर प्रतिक्षण !
तन दृश्यसंगीतले तीद्रतर, तीव्रतम,
जगाउँछ दिबास्वप्न, अभिनब, व्योमांकित,
सावितृढृदयकल्पित संसार नव रंगमा,
जगाउँदै आत्माहरू स्तुतिदार, उच्चोच्चारक !
ती जागृत पंख चोर्दछन्‌ घपघप आकाशमा
अगिन स्फुलिंग नवजाल दुई दुगले चोर्दछन्‌ ती
त्यसरी बज्दछ रे मेम्ननको ललित शिल्प !
किन मुर्दा बनुँ तब चीसो यस नव जागृत
प्रजातंष्रको प्रभातमा ! म पनि बन्दछु मेम्नन !
प्रथम अगिनचोर महावीर प्रमिथसले

जंग्याए स्वर्गाधिराज जिउस महाजंड
असहन प्रकृति, तिनी बलोन्मत्त रुद्र थिए
जाज्चल्यमान ! ओलिम्पसका पर्वतमा तिनी
अनिजेय, अवरुद्ध कुलिशघारी देबेन्द्र
अयुत-सुरमणि-चर्चित-चरण-युगल
थिए महावीर्य ! तर ती थिए मानवका
अभित्र, घ्वंसन खोज्थे मानव जाति समस्त !
+ + +
यी जिउस थिए पितृहत्यारा, देवाधिराज-
कोनोस-पृत्र ! -क्ोनोस ! जसले महावीरतासँग
गरे स्वपिता यूरानस महादेवसँग युद्ध ।
युद्ध गरे ती आदितेयहरूका पूर्व प्रुष
यूरानस महाबली भूस्वर्गविजयी विरोध,
+ + +
यूरानस थिए स्वर्गमडलका ओजरवी सुर,
पूर्वपुरुष पाश्चात्य देवका गुनानी सब ।
यिनले पाणिग्रहण गरे पृथिवीको जसको
नाम थियो जीया-ज्या । अतिसुन्दरी तिनी
अल्पस नगमालाका तुहिने वर्णले मीठी
जवारागफाले सुन्दर ! कौशेय परिधान
धानी घरेकी, कलकलस्बरा, कलाललिता
शश्यांचला, श्यामलचोली, घन-पटुकी,
नृत्यमा थिइन्‌ अति चतुरी, सूर्य वरिपरि
नाच्थिन्‌ आकाशमा, चन्द्रहार-भूषिता,
सहनशील तिनको मिजाज थियो अति दानी ।
जुहारहरू हेर्न प्रसन्न बन्दथिन्‌ स्वर्गका ।
ती बैँसेकन, फलबेलीले सुन्दरी, एक दिन
सुधा-जूनमा स्वप्निल पाई नग-एकान्तमा
युरानस स्वर्गराजले, लोभ्याई जुहारले,
लगे स्वराज्यमा बन्न वीर-माता महिषी !
+ + +
यस दिव्य विवाहको, भूस्वर्गको, भयो फल
तीन तनय सुन्दर, ब्रायरिओस, गाइज, कटोस,
यी थिए अजङ महावीर, पर्वतसदश,

विशालगात्र पी, पंचदशशीर्ष शतबाह
महीरुह-मूर्ति भए आदितेयहरूमध्ये ।
यिनपछि भए समयमा नवप्रसूत
साइक्लोप्स, आर्जिस, स्टेरोप्स ब्रन्दीज । देवहरू ती
एकनेत्र, महादेह, महावीरहरू भए
जस्तो जन्मिन्छ अजङ अचलको पाश्मा
बाँस वक्षराज, संकारोधी, लौहकलेवर त्यो
सहसकर, अयुतदलमंडित, शतायु,
उन्नतशीर्ष......
+ + +
तर अत्युच्घुंखल अति बलले
लोहतनु ती महावीर अदबले दबिएनन्‌,
अब अवनीद्योपति निज जनक यूरानसको ।
स्वेच्छाचारी तिनलाई कैद गरे यूरानसतै
अथाह अन्धकारमय, बैपीध खाडीमा
टार्टरसको-त्यति गहिरो जति छ पाताल
+ + +
जस्तो तुहिनाचलका सफेद कोखको सन्तान
जलनाग निस्नग शैलशिल्पक महावेग
खोला स्वैच्छाचारी वक्र विन्यासमा चल्छन्‌ दूर
स्वपध-गामी ती, शिताबाह, बक्षोन्मूलक,
गुड्छन्‌, गडगड गतिले अनिरुद्ध, अविजेय,
पितासदृश जलपुत्र, अनि लाख लाख
दुश्यपटको खडबड रंगमंचमा चारक
अघोगतिका करालीमा दुगुर्तै तिनलाई
मिल्दछ केवल खाडी-जीवन; मैदान चहारी
ती छन्‌ गड्दा चल्दछन्‌ सागरोन्मुख बनी मर्न
महापातालमा अगाध, अश्रुमय, अश्रुमय;
त्यहाँ कैद बनी चट्टानबार बीच बस्दछन्‌
युग, युग, अविभुक्त, त्यसरी गिरे युरानस पुत्र ।
+ + +
प्यम पुत्र-संख्यामा यतरी अभागिनी ती
वीर जननी जीयाले जन्माइन्‌ तेरह तनय
महावीर अब फेरि छ- तनया, सात सुपुत्र

तिनमध्ये कनिष्ठहरूको नाम भयो टाइटान्‌
अजङ, महावीर, अति बलवान्‌ कनिष्ठतमको
नाम थियो क्रोनोस्‌ ।
+ + +
जसरी महीरुह-समूह
दारण गतिले-औँधीको हन्छ ध्वस्त, घनघोर
प्रभंजनका रुपैटाले शाखा ध्वस्त बनी रुर्दछ
घडाकसाथ महीवक्षमा; अनि त्यस बिध्नंस पछि
पतित तरुवरको ठाउँमा नित्य-प्रसविनी
प॒थिवी माता प्रसवाउँछिन्‌ नव विटपवर्ग,
अफ विशाल गात्र, नव बिहगनीड, महान्‌,
दोस्रा युगका सन्तान; त्यसरी जीयाले जन्माइन्‌
ती कनिष्ठवर्ग महावीर टाइटान्‌ ।
+ + +
ज्येष्ठपुत्रहरू ती जीयाका जब कैद परे,
जननीहृदय भो अति भरन, अति प्रकुपित;
जीयाको ! जस्तो शावक खोर परेकी सिंहिनी
अश्ुदशी, छटपट गर्दछे, ग्रीष्मबादलमनि
गर्जी घनघोर विरोध 1 गहतनरमिनादिनी
महाकाली जंगलकी त्यो, बिलास, बिलासमा
विजुलीको बोल्दी घराकम्प घोषमा "चोरहो !
कहाँ छ मेरो शेर शिशु ?" ...... त्यसरी वसुन्धरा
ज्वालामुखघोषले ठाउँ-ठाउँमा उरचिरिँदी
गर्जिन्‌ व्यर्ष । पितृप्रकोपले ? महापातालमा
कैद थिए जो मुक्त भएनन्‌ कहिल्यै ती बीर ।
+ + +
रुल्थिन्‌ रुष्ट जसनी जीया, पुत्रवियुक्ता सदा,
ज्येष्ठ पुत्रहरूको क्रुर कैदले सवेदना, '
जसरी रुन्छ बादलबाट वियुक्त पवन
"शावकभक्षी पशुराज युरानस तिनसँग
मर्दछ, मर्दख मन मेरो ! आफूभन्दा विक्रमी
होलान्‌ स्वपूत्र भनी यसरी डाहाले क्रर !
लौह क्रुरता तिनको, अवर्णनीय, ओह !
कति दुष्ट ! कति पाषाण-ढृदय; कस्ता बानु

ब्वरु वज्ज होला कोमल ! घी सत्तान-थिचाहा,
भाले बिडालका, अति स्वार्थी छन्‌, विश्वास-अयोग्य !
+ + +
"यी भीरका स्वरूपसद्श छन्‌, बडा नांगा,
ठाडा पत्यरका ढेर ! सदा भूकंचित, रुष्ट ।
आफ्नो छिमेकी डाहाडले अवलोकित महान्‌
उच्चतामा मदमत्त ! स्वर्गमा छु भन्नै घमण्ड !
आफ्ना कडा कोखबाट फलेका वृक्षका फल,
आढच-भविष्य सन्तान, मधुर-रस-संयुक्त,
यी अफाल्दछन्‌ रीसका आँधी कोकामा तल
पातालमा फेदीमा ! मैरा सुन्दर, सुन्दर,
फल कृुमारहरू ! सुवर्ण मुहार, मधुर !
न्ररतुका घाई-कामले संपोषित, सम्भावनाका
मीज-कोष ती फर्छन्‌ पातालको अन्धकारमा,
हा ! बिचरा ! महादरीमा शतवचूर्ण, लाचार ।
के यी सदा वायु वर्षाका प्रकृत क्षयद्वारा
खिइनेछ्लैनन्‌ प्रतिदिन ? यी क्रर शाबकाहार ?
अमृत र्‌स सन्तान यसरी फ्याँक्न सक्ने
यी क्ररको भ्रू पनि हेर्न मलाई लाग्दछ च्याँठ ।
+ + +
"ध्यिक्कार यो स्वर्गलाई जो फ्याँददछ आफ्ना पुत्र--
रत्न, स्वारका, अन्धकारको बेपीँघ दरीमा,
निभ्न त्यहाँ जुगान्जुग । पाताल मिट्टीमा मिल्न !"
सलिलेक्षिणी जीया रोइन, हृदय-विदीर्शा,
"हाय ! कलैज्ञाका ती टुक्राहरू आफ्ना मेरा
चँडिए ! कढै ! कसरी बस्दा होलान्‌ ती सब ?
त्यस प्रकाशहीन कँदमा, त्यति चीसो स्थलमा ?
उग्नन मनाइ गरिएका, प्रकाशनिषिद्ध
वसत्तबीज तदुश विधिहत ती, पीलामुख !
सिकुडिएका खङ्ग्रङ्ङ निराश ! बरा ! ती बीर!
शक्ति सफल रुढ्ध छ, छ आत्मा जंजीरमा !"