Jump to content

Prometheus/ekadasha-sarga

From Nepali Proofreaders
Revision as of 02:33, 1 July 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Prometheus.pdf" from=123 to=133/>")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
एकादश सर्ग

(१)
तब फेरि गरै प्रमिथसले यो उच्चारण :
"ए अर्डनिकसित मानवजाति ! तेरो निमित्त
दुःखका जंजीरले म बाँधिएँ, कडा !
तर यो वेदना, यो जंजीर, मेरो छ अत्यातन्द !
यद्यपि मांसपिण्ड मेरो पनि छ मांसपिण्डसदृश !

(२)
'्यति सहन सकेँ मैले मानव ! तेरो निमित्त ।
यति शौक, यति सौख्य छ मेरो । मात्रास्पर्श
जित्दछ क्रमसँग सत्यध्येयमा सद्धुतिधारी,
सत्य-आउले । सत्य बिएबासमा । सत्यपक्षमा ।
सक्रम सहन जो परिआउँछ सत्यतत्वका लागि
नित्य विकासदछ । अदुभत शक्तिहरू सुष्प्त
जाग्दै जान्छन्‌ । अन्त्यमा बन्दछ मानव समेत,
नर्कटसदृश नाजुक, एक विश्वचमत्कार !
यही पाठशाला हो तपस्वीहरूको, यही तपस्या !
यही मृत्यु-विजयपथ । यही अमृतप्राप्ति ।

(३)
"तर मुक्तिको मार्ग छ घनघोर कठोर ।
एक विश्वविजय ! एक जीवनको अपूर्णता । अन्त ।
एक तृतीय चक्षुको उन्मीलन ! एक महासमरको
शान्त विजय एक अद्भुत जिनको, आत्मस्वरूप !

(४)
"एक विचाल्यता तनकी, मनकी, भावनकी
अनन्तपथमा ल्याउँछ विशाल, विशाल बक्रता,
दुर, दुर-विक्षेप, जसको विषद्ध नूृतन समर ।

(५)
"अब म आत्मविजयी बनिरहेछु प्रतिक्षण ।
मलाई आउँछ एक नवीन चेत । म सम्तखु
जित्न जिउसको महाशक्तिको साग्राज्य ।

मै हुँ आगो । मै हुँ प्रलय । मै सिर्जन, मै शक्ति !
मै हुँ नव विश्व-संचालक । मै हुँ सकल चमत्कार ।
मै फंगारोही । मै शिखरज्योति । मै प्रभात ।
किन कि सत्यसँग छु म एक । सत्सँग एकाकार !

(६)
"म छैन मै- म छु अर्की एक कुनै ।
म अन्यको निमित्त आहृत । म केवल मानव ।
म व्यक्तित्व भस्म व्यक्तित्व । म अनेकको एक ।
म एक अनेक । म विश्वको सत्य साकार !

(७)
"जिउसका सिंहासन तल छन्‌ नैसर्गिक
शक्तिहरू अब नव संचालित, उसकै कर्म्मले,
भयंकर एरिनादस ! तिनका विशाल पंजामा
पर्ला उसको सब अधिकार ! अनि विश्वविशालचक्र
चलाकन्‌ तिनै शक्तिहरू अभिनव यस संसारमा ।

(८)
"झ उग भएछु । अत्युग भएछु । मेरी भाषा
ज्यादा जोडदार ! भयंकर तृफान झैं मेरा शब्द
प्रबल उडेछन्‌ संसारमा । अतित्व छ भीषण !
म डराउँछु विचारानलदेखि आफ्नै अन,
शायद्‌ ज्यादा फूकी होली वेदनाले श्वासले
विश्वारिन ! मेरो सत्य अटल धी वक्र नहोस्‌ !

(९)
"झभ पनि पापी रहेछु पुरुष अलिकति जगमा ।
सम्राट स्वर्गको जिउस, जसका साथ म लडेँ
प्रथम पुद्धमा, तिनसँग मैले गरेँ विरोध घोर ।
अभिनचोर बचेँ म स्वर्गको, उनको इच्छा विरुद्ध ।
अविकसित जातिको लागि ज्ञाति-बिरोधी
म भएँ अद्भृतको टाइटान्‌ ! खतरनाक राह ।
तैपनि खतराहरू मोहनी छन्‌ मीठा तत्यपथमा ।
सत्यनिमित्तको सच्चा विरोध सब शक्तिको
होइन केही विरोधै आखिर । यो हो दृढसंकल्प !
भयंकर दु:खहरू सहन गरियो । अब तिनको
खार, संस्कार छ बाँकी निर्मल सत्यका लागि
तब आउली शान्ति मेरो आत्मामा । मानवमा क्रान्ति !"

(१०)
जलपरीहरू सुन्दरी यसपछि सुस्केरा
दैखी उनको छातीफार, टिक्न सकेनन्‌ र उडे
मधुर बूटीहरू खोज्न, मलमस्वरूप,

त्यस दुःखी महामानवको उरका व्रणका लागि !

(११)
अनि आए भावपरीहरू अतिसुन्दरीहरू,
त्यो ककेससीय एकलासमा । कोमल, कोमल,
तिनको कलेवर तथा चाल थियो । गुलाफका
पत्ती सदृश हावामा कुदा तीरव निशिमा तिनका
हलुका पाउ चले ।

(१२)
मानो प्रथम कविक्षषि होमरका वरिपरि
आगत स्वारात कोमल भावनाहरू ती
आए मधुर, लघु पदमा । सुगंधमवी
ती मनका आकाशका एकलास निवासिनी,
आई, स्पर्श गरै तिनले प्रमियसको भाल !
जसरी गर्दछ मधुर स्पर्श ज्वरले संतप्त
ललाटमा, गीष्ममा, दक्षिणी मौसम हावा ।

(१३)
पहिले प्रेम-कुमारी आइन्‌ । उनी अतिसुन्दरी ।
चन्द्र-मुहार थियो उनको सुधांशु-शीतल !
हिमखण्डमय हृदयमा परे झैं अगोचर
ज्योतिर्मयको अंकमाल, तित्री, कमलकरा
कोमल थिइन्‌, अति कोमल । त्यो तेज, ओज,
जसले मृत दिनकरलाई सक्छ जिलाउन
उच्चाकाशमा, भावी स्फटिक उरमा, उनमा थियो ।

(१४)
ब्रोलिन्‌ ती स्वप्निल स्वरमा, स्मित-वदनी:
"प्यारा प्रमिस ! विपुल टाइटान्‌ महावीर !
म गर्दछु तिम्रो व्यथित भालमा चंवन ।

(१५)
"उड्द-माला रजनीको जुनेली गर्भबाट
म जन्मेँ, आढघ भावमा, अतिसुन्दरी । मेरा
अवयव छन्‌ मधुर, संगत, सुसंगत ।
म अण्‌-अणुउपर विश्वको गर्छु प्रभात ।
मविना अणु, अणु ध्वस्त. सिर्जना मन्न ।

(१६)
"हेर अमृतको मेरो जादू उच्चाकाशमा ।
जहाँ शरदीय गगनमा दिनकर प्रेतको
मृत रष्मिहरूको चंबनको मधुर टूनादी
चन्द्र-वदनीलाई हसाउँछु म निशामा सदा ।
सतीत्यको अनन्त माधुर्य ! अनन्तमा टूना !

(१७)
"जब भू-विचरण गरिरहेथेँ देखेँ तन

पथमा मैले दुई फूल । ती थिए बेली बाल ।
भाले पोथी दुइटा थिए प्रवात छुचोको
कारण वियोगमा । ती दृगभर जल, रुन्थे ।
मैले ती वियोगले मृतप्राय: दुईलाई
शीतल मंत्र दिएँ संयोगको, मिलाइदिएँ,
ती दुईलाई एक साथ । एक रसको जीवन
पार्ड ती एकै स्पत्दनमा नत्दलमा मुस्के ।
बेली हो तिनको नाम । वसन्त कुंजमा ती
एकसाथ लिन्छन्‌ श्वास, एक वासमा, एक रस,
युगयुग जन्मन्छन्‌ साथसाथ एके क्षणमा
एकै कुड्मलरूप- एक सुगन्ध भाव-युक्त,
एकै स्पन्दनमा जिउँदा ती मुर्काउँछन्‌ नित
साथसाध...ती मैरा जादू स्पर्शका सजल जीव ।

(१८)
"मेरो एक वचनमा त्रोजन अबनीपतिले
सर्वस्व, साम्राज्य, प्रजा गरे समर्पण । आफू
प्राणाहति दिएर प्रसन्न गए...घचघोर
संख्य, महासंख्य भए संसारमा, पारावार
उर्ल्यो, उर्लिन्‌ भू...अभ्रले आच्छन्न महारणको
सर्ग हरायो मलिन । मैरा एक वचनले
विश्ववनको प्रभंजन हुन्छ शान्त, जादुले ।
मेरो साम्राज्य छ संसार । मैले संगति नदिए
चकनाचुर हुन्छन्‌ जन, जाति । मैँ विश्वमहिषी,
जाद्गर्नी विचित्र शक्तिकी । मैँ प्रकाश, विकास

(१९)
"विश्वनिर्माण गरैँ आुगारनिमित्त स्वकीय ।
हीरालहरे चमचम रजनीको जगतसितारा
मशहरी मेरो ! मरा भंगारका बाकस, खानी ।
मैरा दर्पण मानसरोवर, छ तर, जिनेभा ।
किरणपरीका करका कसुमाकर निकर
पल्लव-कार्चोबीले रुचिर्‌ वसनशाला मेरो ।
मौक्तिक प्रात मेरो जुहारी सदा । रोशनी परी
नव, नत दृश्य संचालिका क्रातुपटकी
केटी मेरी... युनानी करालीका कुडरा प्रपात
वर्षाका मैरा गुगुन संगीत... द्रुृतगामिनी
गिरिनिम्नगाका बेजोड धार मेरा घावन !

(२०)
"ढुम्क्रहरूसँग लगाई मितेरी मन-मीठो
शीतल, रवि-वारक बुट्टे पल्लवछद
मधुर नीडमा मेरो हरित एकलासको
बसन्त-प्रिय कुर्लन । भारत चराको उच्च,
समुच्च, अगोचर प्रात पक्षमा उड्डीन म
उदगार्दछु सुवर्णराग बादली एकान्तमा ।
खसाल्दछु, स्वर्ग अभिलषित, बेलहर
चिरकामुक जलउरमा- निर्मल, निर्मल ।
एक पाषाणमा गई बसेँ द्र भारतमा
मूर्ति पुजारी गद्गद छोडी पंच-प्राण गिच्यो ।
भ्रै घधर्महरूको मूल, तिनकी मानव मुहान ।

(२१)
"म पार्दछ पागल विश्वविस्मृत हृदय
मानवको । यस संसारभित्र बनाउँछु :
एक नवीन संसार ! मेरो जादूले संस्पृष्ट
देख्दछ केही अन्तर दृगले जो निभ्दैन कहीं
युग, युग-स्वतंत्रता, सुन्दरताहरू सब
मेरा हुन्‌ केवल जादूका रुचिर हतियार ।
प्रमिथस्‌ ! ए मानवतामा देख्ने मलाई
छर्लङ्ग, पूर्ण...कसर अफाली सकल क्लेशको
हेर्नोस्‌ मेरौ मादक, विश्वव्यापक सुन्दर मुहार ।"

(२२)
प्रमिथसले जब हेरै पलक उचाली
भृपतित, देखे दिव्य बदन । एक स्लकमा
शीतल दिल भो उनको, जसरी चाँदनी
साउनी तीतर पंखबाट किनार मृस्कुरी
अपूर्व दरर्शित भू-थलमा अप्राप्य, असाधारण,
पावस चमकले चहकीली महाश्वेत रौप्य
अमृतले माकिएकैँ चम्कित्छिन्‌, चकित पारी
दर्शक हृदय, अभ्रका पृष्ठ-भूमिमा विभेदले
अत्युज्वला...सिमलको संसारमा साउनको,
त्यसरी चम्कियो प्रणयेशवरीको मुख-मंडल ।

(२३)
"हे प्रेमदेवी !" बोले प्रमिथस त्यस बेला,
जब ककेससीय नील गिरिमालामा पूर्व
गाढा बन्दो अन्धकारकन उपहास गर्दी
हास्यमुखी कौमुदी सक्रम सबला बन्दै आइन्‌ ।

"जाउ देवी ! जहाँ छन्‌ मानब-जाति धरामा
शंकाक्रान्त अन्धकारमा, अनिश्चित, छटपट ।
युद्धशील तर्सुबा तिनका आपसमारा
प्रकृतिमा प्रदान गर एक स्वर्गिक ज्योति ।
स्वकीय, सुन्दरी ! नरमा तिमी तिनका मन ।
नत्र ज्वलित भावको आँधी सतत गुम्सिदो,
बैमनस्य गुहामा, गुम्सी गुम्ती गरम होला
गरम ज्वरशील होला पृ॒थिवीमा अब जाङ !"

(२४)
विहरनिद्र एकलासमा चाँदनीचदर--
मधुर, हीरकमय, चमचम, विहारिणी
नीलवसना पर्वतनिवासिनी शान्ति सस्मिता
आइन्‌ सुस्त, शीतल समीरण उच्छुवासिनी,
शीत जहार, मन्द मन्द॒ जलकल्लोल लोलपदा;
प्रेम पछि...कुमुदपृष्प अतिसित करमा
उनको थियो । बोलिन्‌ ती "महावीर प्रमिथस ।
यो कमृद-कचौराको जलकण चाँदनी-
घनीभूत पेक एकबार !" ब्रारिन्‌ मधुरचाल
त्यो कौमुदीलव शीतल, तारासदृश, उनको
शृष्क अधरमा...शीतल भो, शीतल वेदना ।
श्रीखंडशीतल ! निर्मलता शरदीय शंकाहीन
ओर्ली गगन-मंडलबाट उनमा, अनन्ता ।
तब ती महाबीरको मृहार भयो समज्ज्वल,
जसरी हुन्छ घनोल्लंघक पावस चाँद ।

(२५)
करुणा आई ढल्किन्‌ तब उनका पार्श्वमा,
उत्तप्त ग्रीष्म गिरिको म्रजाउँदो प्रसून-
उपर प्रथम जलदको एक पाटा छाया छैँ ।
अनि आइन्‌ क्षमा शान्तवद्नी, कोमलकरले
केश मुसारिन्‌ उनको । धृतिदेवीले आई
दिइन्‌ एक मीठो आश्वासक धाप पीठमा ।
प्रमिस, वेदना विस्मृत समुज्ज्वल वदन,
फुरे समुच्च जोशले...नव बल भौ संचारित ।

(२६)
"सुत्तिष्ठ परतप, उत्ति परंतप, उत्तिष्ठ !
क्तैव्यं मास्म गम; ए बिश्वबीर ! यो सत्यसमर !
पातालको समुद्वजलनिगलित पतित

दिवाकर वन, विक्रमी, तिमिरसिँह ! तिमिर-
नृसिंह, अनन्तबीज, अनन्त-पुत्र, अनल !
अनलचोर अमर मृत्युको युगयुग उपहास,
उपहास गर्‌ ! संघर्षशील पुर्वक्षितिजमा उक्ल !"

(२७)
प्रमिथस अब उग्र शान्त, उग्रताका बिजयी,
सर्वस्वज्वलनले नंगा सूर्यसमान संतप्त
शान्त, अचल, गभीर मुखमंडलका, ख्रोतक
मानब संसारका बोले : "अन्धो शक्ति लौहदंड
त्यो.लाटो फिन्छ महाक्रोध । त्यसमा छैन विवेक ।
म हराउँछु, विजयी बन्दछु, निश्चित, निश्चित ।
सफलता निशिचता मेरी । छैन शंकाको कोठी !
त्यो त्रासाधारित साम्राज्य डुब्दछ सागरमा,
चकनाचूर उग्र सत्यको अनिरुढ संगामा ।
त्यो शेरकानून रहनेछ्वैन ! त्यो विपिननिज्चान !
समुद्वरकन्या हो ! म अविकम्पित छु आज !
मेरो आट्मा स्वकीय महागोप्यले छ सबल ।"

(२८)
यी प्रवल शब्दहरू शान्त, उग्र विश्वास-
संयुक्त देवराजका तीब्र श्रबण-बिबरमा,
पुगै गन्धवाहका प्रवाहमा अप्रिय सुगंध फैँ,
गुप्तचरहरूद्धारा । देवाधिपले ओलिम्पसका
प्रेषे देवद्त हर्मीज-हर्मीज आखिरबार
पठाइए ककेससीय एकान्तमा-कडा, दिव्य
आखिरी संदेश साथ, प्रमियस थिए जहाँ,
प्रस्तर कीलित निर्जनमा समुद्रकिनार ।

(२९)
उड्ने खराउमा सूवर्ण-निर्मित तिनी उडे
्रर्मीज, देवद्त देवाधिपका, शीघ्रवेग ।
बादल फारी ओर्ले...ब्रादल समुच्च ब्यौमको
जो बिरोधी लहरमा पवनका संघर्षशील
विद्युन्मय जन्मिछन्‌ समुच्छित गफोलुंगामा,
अन्तरिक्षमा, बुँदबुँद गगन आँतका बाफ,
बाक्ला तहदार लहरे घन- ती गोधूलीमा
विभूतिरंग...किरणनिवारक चौडा दिनमा ।
तिनका बीच चले हर्मीज आकाशमार्ग त्वरित,
ककेसस पर्वततरफ, संगठित नाहुले
प्रबल घपाई जाद्गर प्राचीत कै घर्वाँ ।

मुस्लो मुस्लो, पबन प्रचालित, ओसिलो त्यहाँ ।
आर्द्रववसन ती ओर्ले भूतिर...सागर कचौरा
फकल्किए, छचल्किएकैँ शिशुकरमा जल
तब उत्रे ती प्रमिधस महावीरका पार्श्वमा,
भारतचरा झैँ, शानदार पादुका पक्षनिमीलित ।

(३०)
सगर्व वचन बोले हर्मीज- अबिनतशिर
"टाइटान्‌ प्रमियस ! पतित आज ! अविनत भ्रू
बागी देवाधिराजका बुद्धिहीन अफ्‌ हा ! मुक ।
ए ककेससका कैदी ! बडा अगाडिको तुजुक
खतरादार छ वीर । यो घमंड हो महामूर्ख !
अतिवीरहरूको यही पतन ! प्रतिभाको
यही बक्रता ! महाबल महादेव स्वर्गराज
महाप्रभुको महाज्ञा छ, महावीर, बताउ
तिम्रो महाभीषण महागोप्य, हुदान्तर्गत !
नत्र छ महापतत आसन्न, भीषणपतन !
जसकी कल्पना रोम, रोम पुलकित पार्दछे
जड बनगात्र पहाड यस अतटका तटमा !"

(३१)
कडा कड्के प्रमिथस महाबाहु ती देवदूत
हर्मीज अगाडि, जसरी उपकाश-ध्वनिलाई
जवाफ दिन्छ शिखिर-चुच्रे उपत्यका
भीषण ! "ए तैलाधर । स्निग्धजिहन देवदूत !
समुच्च ओलिम्पस पर्वत्तको शिखरासीन
नृत्यवाद्य-सुरा-संगीत-निमज्जित दिवौकस
मुर्दा अचेतमा छन्‌ आज । आ, आत्मपतन ।
ती अन्ध दृष्टिदार देख्दछन्‌ कहिल्यै अन्धकार
उज्यालो आफ्नो ? तैपनि देखेँ मैले हर्मीज देब ।
दुई राष्ट्रपतिको भीषण पतन ! यो तृतीय
देवाधिराज भयंकर सत्यानाशको भीर--
किनारमा अवलंबित, कित अज सुस्दछ अन्धो ?
जाउ सुनार यही मेरो अबिनत उत्तर ।"

(३२)
"महागर्बी ! खर्बको विश्वर्ष गर्व सर्वोपहास छ
सर्वेश्वरका अगाडि प्रमिथस ! जिउसदेव
क्रोधान्ध हुनेखन्‌ यस उत्तरले । पविधारीका
महाप्रकोपमा शिखरभेदी कलिश गिर्ला
तिम्रा अविनत शिरमा ! होश गरै प्रमिस !"

जसलाई दिए प्रमियस टा्टानले
प्रत्युतर यसरीत : "त्यसलाई वज्ज के ?
जो छ अदम्य ? अमरलाई मृत्युको के त्रास ?
जलालयलाई बडवानलको छैन पर्वाह ।
यस वक्षेस्थलमा विश्वोदार सत्यविनत
मानव-लक्षीमा विश्वतत्त्न, विश्वसत्य, उज्ज्वल
बस्दछु जस्तो तारा, अन्धकारबीच निशाको ।
त्यो सहन मलाई जसले जित्दछ क्र्रदहन ।
अवितत सत्य हट मेरो ! तत्यानुराग !
महाध्येयमा अविकम्पित चट्रानसद्ृश
स्वर्गलक्ष्य डराउन्न म, घृतिको म चट्टान ।

(३३)
"कमैले गरिन अपराध । मैले गरिन पाप ।
छैन मेरो रति दोष । मानवनिमित्त मेरा
आह आहमा अथाह शक्तिका बीज सुषुप्त ।
चूर्ण, चूर्ण शरीराणुका विद्युच्छक्तिले
म अर छु जिउसको अधिपति अब । मेरो
आसानी छ प्रभुत्व तिनउपर जो स्वर्गमा
गर्छुन्‌ राज । तिनी छन्‌ शक्त्यन्ध । म निर्मल !
तिमी शष्ली, म शान्त छु । तिनी क्रूर, म कोमल ।
तिनी पशु, म देवता । तिनी क्रूर, म कोमल ।
तिनी पशु, म देबता । तिनी दंडक लोह काला,
म दंडित, प्रहारित चर, चूर फुट्दो स्फटिक
जसका प्रत्येक किफिल्कामा स्फोटका अमर
ज्योति, चकित पारी, झल्कन्छन्‌, विश्वनजर ।
' कलेवरको विज्ञयमा स्वतन्त्रता अजोड,
सत्य-दृष्टि, मांसमन-विकार कुहरपार,
आत्माको शरदीय स्वच्छता । क जान्दैन हर्मीज !
म जान्दछु, म जित्दछु म उठ्दखु, उसउपर,
छक पार्ने सम्च्चतामा उसको । म प्रमिथस,
क जिउस । जिउस जिउस हो, प्रमियस, प्रमिथस ।

(३४)
"के गर्ला अब जुपिटर ? बज्जमुष्टिको स्वाद
चाखिसकेको छाती हो । लातहेरूको कबल
जान्दछ यो देह न्यानो तुल्याउन नर-आत्मा !
म मानवमित्र हुँ, अमित्रसँग नित्य नुहुन्न,
हन्न नहुन मैले हर्मीज जाक सुनाक तिमी

यही स्वर्गराजमा : "स्वर्गको राज रहन्न
घम्कीमा, असत्यमा, त्रासमा । सत्‌ यसको आधार ।
हे जिउस, ओर्ली सिंहासनबाट, तँ घस्‌ खाक ।
गरु रँगा पछ्नुताउको-. जा चिता किनार ।
रौ आँसु पीरा यूनानी गंगामा । सिक्‌ जीवप्रेम !
तेरा सुठा शानहरू आगो भुंग्रो होलान्‌ शिरमा ।"

(३५)
तब बोले हर्मीज, देबदूत, कडा बचन
प्रभट्टारा आज्वापित : "अबदेखिन्‌ प्रमिथस !
अविनत हुनाको कारणले तिम्रो आत्मा
भोगला तीव, दड अत्युग्र ! याह पाउला वीर !
चील र गिद्धहरू बडा, बडा तीक्ष्ण नखचचु
ढुँगनेछन्‌ क्रेर भोकले तिम्रा कोमल कलेजा !
लुछलान्‌ मासु, मासुका च्वौटा, प्रतिक्षण, प्रतिक्षण ।
पैशाशिक ढुंगमा ती कर क्रन्दित तिमी मूर्ख
पाउला दशन अवर्णतीय, कथनपार !
ज्वलित विफलता डस्ती काली नागिनी कै
नित्य, नित्य तिमीलाई ! भयंकर निर्जनमा
चट्टानबद्ध तिमी भोगौला वेदना प्रलयको,
जब्रतक बूँद बँद स्वर्गका तेतो रापमा
ज्बलित नटप्की अबलंगित होलान्‌, लाचार !
हाँडी होला आकाश...भुटिएका तारामकै झैँ
प॒थ्वीमा भटियौला अकेला, हे पश्चात्तापहीन !

(३६)
"तिम्रा पवन रोलान्‌ संसारमा हुई हुइँ सदा,
टिल्टिल्ल लास नजर गजका पदले कुल्ची
मृत मानबको, शुष्क होलान्‌, तिम्रा वीर भ्रू
मनितिर प्रमिस ! महा अरण्यमा रोदन !
शंडी, उग्र, उग्र, कररवदनी, लोहित दृशी,
लुखनेछन्‌, घोच्नेछन्‌, कोपर्नेखन्‌ तिमीलाई सदा ।
भुंग्रोमा मत्स्यसमान तिमी छटपट गर्नेछौ ।
शूल, शूल ठोकिनेछन्‌ प्रत्यंग ! सुइ्राहरू
रोप्नेछन्‌ -्वाम्म न्वाम्म मुदुल मानव मांस ।
हा ! हतभागी ! अतिभ्रीषण छ जुपिटरको
महाक्रोध, भीषण... आँखाहरू टुंगिनेछन्‌,
मांस, मांस, अंग, अंग जबतक एक बार
अस्थिपंजर किलिँग श्वेत हुनेछ चट्रानमा,

जबतक मासु पलाउला फेरि नयाँ टुँगिन
द्वितीय बार ! । ओह,...वेदना अकथनीया
जस अघि पूर्वक्लेश पिपीलिकासमान !"

(३७)
"घुतिधारी" प्रमिथस बोले, "अविजित आत्मा,
पृथिवी पद तल छ, शिरउपर छ आकाश ।
त्यो धुन-तारामा लाग्दैन बादल कहिल्यै पनि ।
बज्ज खपुँला भनी उठाउँछ पर्वतले शिर
पडोस धरातल हाँकी, प्रभंजन सामना
गरी, बोक्न आकाश...उदार हृदयले
वञ्ज कडा उरमा पुष्पभाव संचय रारी
उद्दछ, जाति संरक्षक, बहाउन करुणाका
नित्य संगीतरता भूधावनचतुरा निर्डरी ।
दु:खमा हाँस्दछ प्रमिथस अब, दु:खभन्दा,
कढोरतर प्रमिथस ! यही दु:ख मेरो रहस्य
महाविजयको, यही कारण, यही मेरो सर्वस्व !
आगामा पालिए अमर- तारा, पूर्य नक्षत्र ।"

(३८)
"बागी आत्मा !" तब हर्मीजले बोले प्रत्युत्तर,
"बाढीमा दु:ख बढ्नेछन्‌, बिजुली कै आशा निभ्नेछन्‌,
हा ! हतभागी ! कत्रो दंभ ! आज्ञा अब छ महान
स्वर्गराजको यही : सूर्यबाट अनन्त दुर,
दूर, बरेपीध खाडीमा अन्धकारमय गिरा,
गिरा उल्टो पारी, शत्रुलाई मैरौ त्यो अदम्य !
गिरोस्‌ विश्वको पुखारमा, असौर अन्धकारमा,
त्यो महाबागी दर्पशील ! त्यो घमंडी प्रमिथस !"

(३९)
यति बोलेर उडे सवर्णपादृक हर्मीज,
शीघ्र, शीघ्र आकाशमार्ग ! उडे बादलपार !
तज गडगड आँधी चल्यो दैवेच्छाको घन,
घन घनघोर ! सपर्बतसागरा बसुन्धरा
काँपिन्‌ डगमग, डगमग ! चट चट चट
चर्के चद्धान, चर्र, चर्र ! पृथिवीको छाती
चिरिएकै लाचार बायो व्यायतमुख भीषण
महाखाडीले बेपींध । मानो विशाल विश्वबाध
तिमिर कृष्णस्वरूप, निगल्न धरासर्वस्ब,
गर्थ्यो अजङको शेरमुखले बिशाल हाइ !