Prometheus/dashama-sarga
(१)
आशाका खुसखुसले प्रसन्न प्रमियसकै
आत्माले पियौ आशाको मधुर बाशी । उनका
दुगमा चंक्यो नवीन प्रकाश । अस्पष्ट सपनाले
स्पर्श गरे हृदय । उनी क्षणभर अत्यानन्दित
उत्तेजित भए मधुर जोशले नव सुजनको ।
(२)
तब सुन्दरता देवी, हृदयाकर्षिणी आइन् ।
बैदाग थियो उनको वदन, रेखा-रेखामा
बेभूल । शिल्पित माधुर्य सुवर्णमा सगबग
सजीव देखिन्थ्यो, चित्ताकर्षक ! एक रोशनी
जल, थलमा अगौचर थियो उनको वदनमा ।
सन सुन्दर बस्तुबाट बनेसरि, शशिखंडबाट
निर्मित रुचिर् कलेवर अमृतमय थियो ।
(३)
सुन्दरता बोलिन् : "प्रमिथस 1! ए प्रस्तर-कोलित
प्रथम क्रान्तिकार स्वर्गका ! एक ओजस्वी प्रुष ।
म हुँ परमेश्वरकी श्री, म जन-मन-मोहिनी छवि ।
जूनकी ज्रादू मै हुँ । म हुँ सकल सृष्टिकी सुगन्ध ।
म हुँ पुष्पहरूकी बुनौट । म वसन्त क्रतुकी रस ।
(४)
"मै हुँ कलाकी रानी । मै जनमनकी सपना ।
मै स्वर्गकी संपद् ! म मस्तिष्ककी प्रकाश !
मेरो प्रेरणामा मृत्यु सहर्ष अँगाली चल्छन्
युग युग केही अस्पष्ट छायातिर मेरो ।
(५)
"मैले ओसटप लगाएँ यी वन-प्रसूनमा
रातभर गरी मधुर काम । मै वारासजकी
मालिनी मनोमोहिती । मेरो मृदुल मुसकान
मृत्यु मार्दख अमृत-पथमा प्रेम जगाई
सहर्ष आहुति मानवको । म विश्वकी रानी ।
(६)
"आज मै तिमीमा भीषण स्वरूपले
गर्दछु राज । असुन्दरका विरोधी क्राम्तिकार !
म तिम्रो सम्च्च आदर्शकी अविएलेष्य नूर ।
म हर सपनाहरूकी अति सुन्दर, अति सुन्दर !
(७)
"उ: हेर, प्रमिषस ! दिव्य महापुरुष !
हेर मानवमित्र ! मैरो मधुर मुसकानको
भीषण असर गीस देशमा ! मोहनी मुग्ध
एक महानुप बन्दछ बदमाश, हीराचोर
सौन्दर्यको संसारको... त्यसको नाम पेरिस ।
हेलेन ती हीरा-कोहेनूर जगत्की सुन्दरताकी
महारानी अविजेया, अनन्त युगकी तारीफ
(८)
"ती पुष्पकोमला मृदुलांगिनी मन-मोहिनी
मन्दमुस्करी मन्मय-विजपिनरी लावण्यवती
गीसदेशकी पर्वतपुच्प, संसारभर सुगन्ध दिँदी
ती हेलेन; भूत भविष्य वर्तमानकी रानी,
जसको एक मुहारनिम्ति हजार जहाज चले,
मानव-सपनाकी आदर्श-चूली, रूपकी चरम
शिखर तिनी हेलेन । दिनकरले न देखे कहीँ
युग पुग त्यस्ती । चन्द्रमा उनको जन्मप्रतीक्षाले
बनिन् कलंकित, पीली ! नर-कलेवर-कला ललित
पुगेन त्यति उँचा कहिल्यै, शिल्पी सष्टाकरमा ।
(९)
"सुन्दरताको बिजयी चेतले मुस्किरहेकी
मधुर लाली ती प्रतिक्षण-नृपकी रानी-
जब ती वशकरी वयसी बुलबुल स्वरमा
मरमर दीवार जून-हीरा गुंजाउँथिन्
ग्रीसदेशीय गरानचंबी महाप्रासादको,
प्रतापी पताकाप्रयुक्त-ओह मादक, मादक,
मादक स्वरलहरीले ढृदय सन्सनाई, चमचम
भावतारा क्ल्काउँथै सुनसानमा, सुन्दर !
(१०)
"भैँचंपा, भैँचंपा ! आतशबाजी जादूका,.
जाद्का स्वरलहरी, बीत्त अन्तरिक्षमा
सुर उठी फुट्थे रंग-रंगका गोलामा
क्लिमिल, किलिमिल । ओह सुन्दरतासँग
स्बरसुन्दरता ! अनिर्वचनीय सुन्दरता !
(११)
"रोए मनमन सनसन, सनसन, प्रतिक्षण
सुन्दरथेता पाहना पेरिस, ती चरोजन नृपति ।
प्रतिपदमा दुगका चमकले कलेजा, काँपी,
निहरन्ये ती वार वार भूमिमा, अति डरलै
पहिले । तर पछि उनको दिलले मसक्क आँद्दछ
आहुति: हुन त्यस वेदीमा... अनन्ताकर्षक ।
पुजारीको अतिभक्तिले प्रभाबिता तिनी
उडिन् त्यस प्रासादबाट चिडिया झैँ सुनौली,
बनाई सकल, सुनसान, बाग, प्रासाद, प्रकोष्ठ ।
(१२)
"सर्वस्व गुमेको कुबेर कै चूर, च्र अन्ध
उनका स्वामीले गरे तब युद्ध-घोषणा,
एक पश्चिमी क्रुक्षेत्र, रुधिरप्लावित,
जहाँ ग्रीसियन, त्रोजन वीर-प्रसून
सकल होमिए, एक एक घनघोर संग्राम
आँधीसमात दुई देशको विध्वंसक उठघो-
एक सुन्दर मुहारनिमित्त, हेलेननिमित्त !
(१३)
"ती हेलेन थिइन् मेरी एक फिल्का खालि;
जस्ती सीता, सुन्दरताकी महारानी पूर्वकी;
तिनको वनवासको सादा वसनको सौन्दर्य
पंषवटीकी भुमिमा जूनभन्दा मधुर
साउनका बादलमा छ । प्रलब्ध दशानन
आउँछ भिक्षकरूप, चोरी लादछ तिनलाई
आकाशमार्ग दंडकारण्यउपर घनघौर
दुस्तर, समुद्वतिर दक्षिण; जहाँ भारतको
फुल समान छ खसेको, उच्च पठार तल,
सुवर्ण अन्डाकार राबण-साग्राज्य, लंका !
लंकायुद्ध हुन्छ घनघोर, घनघोर जहाँ
वीर अयुत मर्छन् । अनि नवयुग आउँछ
राम-राज्य संसारमा, सीता सुन्दरी फर्की ।"
(१४)
नाद-नादमा आढध ती सुन्दरतादेवी
अनेक सुन्दरीका संग्राममुखी शोभा अपूर्व
वर्णन गरी क्षणभर च्प रहिन्, अनि बोलिन्-
मै हुँ इतिहास रचयित्री मानब-जगकी ।
सदा सृष्टि छ धावित सुन्दरतिर अविदित ।
(१५)
"सब धर्म हो सुन्दरको चेतको विकास ।
विश्व यो जीवन-लावक छ सुन्दरनिमित्त ।
रूपमा, रागमा, स्वरमा, स्थितिमा, सपनामा,
प्रकाशनमा, रचनामा सुन्दरताका प्रेरणा
अविरल लिन्छन् प्रवाह, सिर्जी मानब-सभ्यता ।
सुन्दरता हो जीबनको मुटु, प्रमिथस !"
(१६)
पति उच्चारण गरी मधुर स्वरमा ती शोभा
भइन् त्यहाँ अन्तर्धान...उनका स्वर, स्वरमा
अति गद्गद प्रमिषसले पाए नवचेत,
जस्तो अभिनव उच्च कलाको स्रष्टा स्वप्नशील
हेर्दा हुन्छ दर्शकगणलाई--एक नवीन प्रभाव ।
(१७)
तब ललित कलाहरू आई नाचे छमछम ।
अनेक भावमा ती नाचे, अनेक नृत्यमा सुन्दर !
घुम्टो खोली पतला ती नाचे मधुर स्बरमा,
हलुका पयरमा सुस्त पहिले, अनि द्रुतगतिमा ।
बि समयलाई तिनले मधुर तालमा,
विच्चेत परिवर्तनको क्रमको चेत दिई
स्वर परिवर्तनले; बडी बंडी समय मधुर,
सूचना गरी विविध ढंगमा, अनन्तका उरका
भाव-संभावनाहरू सनलाई गरी अभिव्यंजित ।
सृष्टि, पालन, प्रलयका तीनै गतिको, क्रमको
संमिश्रित लयदार प्रतिच्छायासरि चले,
ललित कलाहरू कोमलांगिनी, सजीबताका
फैनिल इन्द्रेणी गजरका रुचिर सिउर फैँ ।
(१८)
अनेक अनेक नत्य-संगीतले अभिराम
रमाइए त्यहाँ प्रमिथस ! मध्घुर मनोरजनले
विस्मृता वेदना अलि समय रहिथी दूर ।
त्यो मधुर, अन्तर, अति आनन्दमय, पछि,
झन् बिजुली क अन्धकारकी चम्की, चड्की वेदना-
जल तथा घ्वनिमा उर्ली...श्वास भए उनका तब
आँधी, आँधीसमान । ती जलदृशी जलपरी
हेरिरहे लाचार उनलाई, अंचल पुच्छ्दै ।
(१९)
"कला -सुन्दरताका तुललित अंगहरू
भँंगी भंगीमा छन् सुन्दर, सुन्दर, सुन्दर ।
परन्त् कला हो ! तिमीहरू पनि केवन पलायन,
केवल पलायन क्षणभरका, दु:खबाट ।
केबल विस्मृति । केवल जून लसेका बादल ।
केवल उत्तेजनाहरू विस्मृत दु:ख क्षणका ।
(२०)
मभओह, महती वेदना मेरी ! ओह, विश्ववेदना !
यही छ कटु ययार्थताकी असल मुहार ।
असुन्दरलाई हेर्नु पनि हो सुन्दर संझिनु,
सुन्दर संझिनु उग्र वेदना असुन्दर क्षणको !
केवल प्लावन मधुर ! आत्म-निभज्जन मधुर !
(२१)
"तर म पनि छु सुन्दरको सदा पुजारी,
सदा लडाका असुन्दरसँग । मेरो जीवन
एक कल्लाकारको कटु अनुभवको पुंज ।
मृत्यु, मृत्यु मेरा प्रतिक्षण, अमृतनिमित्त ।
सदा निष्क्रियता अथवा विकारहरूका भाव,
आत्महत्या सदृश हावभाव, चेष्टा, चाल,
हाम्रा जीवनका ! यिनका विरुद्ध प्रतिक्षण, प्रतिक्षण,
सुन्दरताको समाष्टवानले हामी लडिरहेछौँ,
हामी अमतपुत्र । यही रण हो वीर जीवन ।
यिनै वेदनामा छ महासिर्जन, महासिर्जन !
(२२)
"समीपवर्ती म देख्दछु, म देख्दछु एक,
एक महाक्षण; एक महादिवसको महाक्षण !
त्यो दिवस, अक भविष्य-गर्भमा, चटपट गर्दछ,
निश्चित प्रसूतिनिमित्त । म अनुभन गर्दछु, अनुभव
त्यसको निश्चित नाडी आज ! त्यो क्षण सुबर्ण,
महागर्वो अत्याचारी स्वर्गलाई निश्चय
गिराउँछ । त्यसको निश्चित पतन अनुभव
गर्दछु, अनुभव गर्दछु म । सिंहासनबाट
खसाल्ला त्यसले अलिशानी स्वर्गको तानाशाह !
ओह, वेदना अनन्त । ओह महती वेदना मेरी ।
(२३)
"कुन, सुन, देवदेवीहो । त्यो पितृको सराप ।
त्यो महाश्राप हत पिताको, क्रोनोसको श्राप !
भविष्य-गर्भको गष्ट्यरमा एक कालीय नाग झैं
जहरिलो फँफकारसँग उद्तछ, उठ्छ सजीब !
त्यो श्राप जो भयंकरतासँग उच्चारित भयो
क्रोनोसको आखिरी मुखबाट, उनको पतन हुँदा
स्वपुत्रद्वारा ! जब क्रूर अत्याचारी जिउसले
प्रस्तर हँसियाद्वारा गरै घौर पितृवध !
(२४)
"त्यसको भीषण फल अब ग्राह्य बनीकन
आउँछ ठोस, ठोस पापको महामहीरुहमा ।
त्यो श्रापमा थियो उच्चारित यही भीषण शब्द:
"एक पुत्र होला उत्पन्न तँलाई ए पितृधातक ।
त्यसको हातको धारिलो हथियारदेखि डरा ।
पसीडन देवको भयंकर त्रिशूलभन्दा
भयंकर त्यो हतियार । जिउस देवराजको
वज्भन्दा हुनेछ अप्न प्रभावकारी, कडा,
भ्रीषण, भीषण !'त्यसले गर्ला तेरो पतन ।"
यस श्रापको महागोप्य छ मेरो हृदयान्तर्गत ।
यही मेरो महारहस्य ! यही जिउसको महापतन ।
(२५)
"पापबीज -स्वार्थनिमित्त कृत दुष्कर्म्मको बीज-
रहला चिर समय तुषारले महाशक्ति छै
आच्छादित, तर निश्चित निश्चित पलाउँदछ
त्यो सजीव पापबीज । मर्दैन कहीँ, मर्दैन कहीँ ।
(२६)
श्यस अन्यायको अनन्त बैदना मउपर-
आफ्नै घोर कडाइले त्यसको बन्दछ पोषण
मेरा दुगजल, दृगजल पोसिरहेछन् त्यही
भयंकर पापबीज, उग्र बीज त्यो महाश्रापको ।
जति हुन्छ ञ क्रद्द, उति बढ्दछ त्यो पापबीज ।
जति दंडिन्छ मलाई बेकार, उति दुसाउँछ
त्यही भीषण बीज...जति जति चिरकालीन
बनाउँछ बेदना मेरी, उति, उति निश्चित, नििचत
बढ्दछ, बढ्दछ त्यो विकट पापबीज । पतन
सन् रन् निश्चित भई उसको गर्वी मुहार
टटोलिरहिछ । शक्तिहरू अविदित नवसृष्ट-
फम्टन्छन् त्यसलाई जो मेरो अन्यायी दंडक !
यही वेदनाको मेरो महारहस्य संसारमा !
यसद्वारा जन्मनेछन् ती शक्ति, ती शक्ति, शक्ति ।
(२७)
"त्यो दिवस दूर छैन जन डाँबाडोल होला
स्वर्ग ! बसुन्धरा जब काँप्लिन्, व्यायतबदनी ।
नेपींध खाल्डोले मुख बाउला निगल्न जब
जिउसको गौरवशाली मूर्ति... महाप्रलय ।
(२८)
"स्वतंत्रता अप्सरातद॒श रली तब पृथिवीमा ।
फैलेला एक प्रकाश नयाँ वसुन्धराभर ।
वातावरण होला धौत, शरदीय निर्मल-
जिउस महादेवको महाशक्ति खंडहर बाद !
(२९)
"नवान्दोलित नव दौैलतमन्द बन्ला दुनियाँ
कराई नव युगका नारा, नव बिजयध्वनि !
त्यो महादिबस, चिडिया हँ क्षितिजमा
दूर, दूर, मिरमिर रेखामा आइरहेछ निकट ।
कालो मसीमा मेरा घमिला जलकणका
लेखिरहेछ महासमय त्यस दिवसको
रेखा मधुर ! यही वेदना, यही पीडा मेरी,
विंजयित्ी बती विश्वकी, उघाली तवपात ।
(३०)
"कंटकहरू, जसले कोरै सत्यपथका जन,
छरछर रगत निकाली मदुल मांसमा,
फुल्नेछन् ताल, लाल गुलाफ अमर ।
उग्र सत्य भीषण स्वरूपमा उठ्ला
अत्याचारी स्वर्गतिर संघाको घन झैँ
कृष्ण, कराल ! आह आहमा आँधी छन् मेरा !"
(३१)
दीर्घ सृच्केरासँग प्रमिथस ढल्के थकित,
अलि बायाँ कोल्टो ! भालरेखा पीडाले सिकुडी
सुस्केरा लिए एकबार । तब सान्त्वना दिनलाई
करुण कोमल जल-अप्सरा अघि सरी
बोले :
उग्र, उग्र तिम्रो उत्पीडन, प्रमिथस !
(३२)
पा हत समुद्र कँ कराल वेदना देवको,
शैलोच्च उर्म्मिमा गर्जी गर्जी बोल्छे फेनिले ।
बगाउन सक्ने भए यो अन्तरको बडवानल
रोई, रोई सागर डुबाउँथ्याँ मेदिनी हामी-
सह, सह, सह, ए सहिष्णु टाइटान् !
शान्त सहिष्णुता वेवत्ब हो महाबीर !
जति जली जसी सहन सक्यो उति उति,
उच्च उच्च बन्दछ आत्मा सहनशील मानवको ।
तपको आत्मा हो दहन, अनि दहनउपर
सहन, दहनअनुसार ! निकारनिहीन दु:ख
शान्तिको महानिजय हो, बिश्वदशनउपर् !
लाचार छौँ हामी तिम्रो पीडाशयनमा,
हाय, प्रमिस सह, प्रमियस सह हाय !
(३३)
"सत्यपरायंण आट्माको एकाशपथ हो
यही वेदना, यही ज्वाला ! यही युग, युगको दीप ।
सत्य सोजो बाटो छ स्वर्ग-साम्राज्यको, तर ठाडो ।
दुःख, दु:ख, दुःख यही छ संसार ! तर ध्येयहीन
दु:ख, दु:ख हन् मूर्खका आह । आह, आदर्शशील
दु:ख, दु:ख हुन् सीँढी, सीँढी स्वर्गारोहणका !
(३४)
भ्विष्यवाणीले तिम्रो हुन्छ एक महासत्य ।
अन्धकार फार्दछ बर्तमान । हे व्यथित प्रमिधस,
आकाशका कंपित अणमा अंकित हुन्छन्
तिम्रा अमर विचार !
(३५)
"अमृत छ तिम्रो भाव !
यो होम व्यक्तित्वको सत्यका लागि, प्रमिधस,
बर्सेला प्रचुर कूरीमा मानब उपकारको वीर !
सृष्टिका जरा रसाउँछन् तिम्रा बचनरसले ।
सत्यका भीषण क्रियाले गिर्ला अवश्य
असृत्यको उग्र शान ! होला गगन निर्मल !"
(३६)
यसरी बोले जलपरीहरू सब, सुन्दरी ।
तन उड्यो प्रमिथसको महाधोष त्यहाँ-
अतट गराई फेनिल बीचिले आन्दोलित,
अल्प-समयको श्रवण पञ्चम ! स्वल्पसमय
शान्त अनिलले सुन्यो अनि सौ संका त्यहीँ ।
उठ्घो विश्वमा एक लहर असंतोषको,
असत्यको विरुद्ध असंतोष ! आकाशले
एक क्षणको पछि लियो प्रकृपित मुहार !
(३७)
प्रमिथस बोले : "आत्मप्रकाशन, आत्मप्रकाशन !
हो, हो, हो ! आत्मप्रकाशन, एक आत्मप्रकाशन !
यही देवता अबरुद्ध रहेको हृदय, हृदयमा,
लौह जंजीरले बद्ध, रोइरहेछ, बिलौनादार् !
पिँजराको फंशायाली उग्रबली सिंहसदश
लाचार ओहोर-दोहोरमा चल्दछ अस्थिर !
शवासहीन एकान्तमा भुटिई, भसभस
जल्दछ यौ आत्मप्रकाशन ! मुख बन्द छ यसको !
विश्ब भुटाउँदछ सत्यको आत्मा यो अवरुद्ध !
अति भो शासन हो ! अति भो क्रर, करेर शासन !
(३८)
"आत्मप्रकाशन मलाई देङ अन्धकारमा
है विश्वका शक्तिहरूहो ! म हुँ वेदना,
महावेदना द्विजको आत्माको, सानो पिंजरामा !
मलाई दे आबाज, मलाई देङ सत्यघ्वनि !
पिल्सिदो कोटि कोटि जनताको हृदयको
खहरिएको क्रर आवाज हुँ म, प्रमिथस !
(३९)
"अ बोल्दछ- बोल्न देङ- ताराहरूमा नित
फल्किरहेको विश्वभाषा ! पर्वतहरूको पार्श्वमा
नील मसीले अङ्टिति वाणी ! जलका लहर, लहरमा
आन्दोलित ध्बनि ! म बोल्छु, बोल्छु, दे बोल्न ।
फंशाहरू बोल्न सकेनन्, वृक्ष, वृक्षका प्रभंजन,
जीउदार् पंखका प्रबल ती उडन्ताले, त्यो वाणी,
जो म उच्चारण गर्न चाहन्छु आज निखिल विश्वमा ।
प्रकृति पुष्पाधरा तडपी तड्पी प्रतिप्रसूनमा
रोइरहिछन् प्रात, प्रात यस उच्चारण निम्ति ।
विहगहरू उडी सुबर्ण प्रभातको सुन्दर देश
खोज्छन् उद्गारन येही बोल ! यही दिव्य महाघोष !
जो मेरो हृदयमा उर्लन्छ ज्वारहरूको जोडले
नित्य ढकेली चिर्दछ मेरो टनाटन भरिएको
विशाल उर ! ओह, आत्मप्रकाशन, आटमप्रकाशन !
फोरिदे बरु यो छातीको दीवार ! आत्मप्रकाशन !
(४०)
"सुन ए स्वर्गशीर्ष पर्वत-माला भूका ।
सुन क्षीरसागर ज्वारभाटायुत सब !
सुन ढीपपुंज, ुंड, सुँह सागरका सब !
सुन बीत्चि ! सुन रेणुतट सब सागरका ।
सुन सर्वदेशचारी यात्री प्रवात !
यही छ महारहस्य मेरो, यही मंत्र ।
छोपिनेख सत्य, हराउनेख सत्य,
एक युग, एक समय, एक बार,
दिनकरसरि गोधूली वनमा धनको
तर मर्नेछैन सत्य । अझर; अमर !
(४१)
"शारता यही जगत्को अनल युगको !
पही महासत्य ! आत्मा मानवको नहोला
असुन्दरले कहीँ तृप्त ! यसको महातृषा
सदा सुन्दरको, सुन्दरको, सुन्दरको ।
असुन्दरी वेदना यदि सुन्दरतिर लग्छे,
त्यही सुन्दरको आखिरको हो ठोस अंग !
(४२)
"सत्यतरफ यस सुन्दरको क्रियामा
मानव हो अनन्त धारिलो, अनन्त शक्तिमान
विश्वशस्त्र । यो उग्र छ, उग्र, उग्र अनन्त ।
नखदन्त चंचुलोहिता प्रकृतिस्वरूप
महाशक्ति त्यही मानव आत्माकी संघर्षकी
छाया हो औक्षेत्र । संघर्ष त्यही सुन्दरतर्फ
आत्मप्रकाशनको, आत्माप्रकाशनको पूर्ण ।
(४३)
महानिद्र स्वर्ग डराउला आखिर एक वार
जब होता त्यो सचैत । पर्वत गिर्नेछन् ।
लाडीहरू उठ्नेछन् यस संसारमा समुच्च ।
मध्याहनको शिरोविन्दु ग्रीष्प दिवाकर
अत्याचारी डुब्दछ, डुब्दछ जलमा लाचार !
(४४)
अनि आउला मानवको सुत्रर्ण युग, एक,
सुखी अरूभन्दा अरूभन्दा क्रम दु:खी;
अह्ुभन्दा अधिक सिर्जनाको, अधिक
भावनाको, कल्पना, कर्म्मको उत्तेजित युग;
जब सधैँको भन्दा .टाढा नजर पुन्याई
चौडा देरुला मानव... चौडा जिउला जीवन ।"
(४५)
यस भविष्यवाणीका साथ ती महावीर
उच्चारणप्रसृत नवधेदनाले समाकल
दायाँ कोल्टे फर्के... अति ललो भयो उनको ग्रीवा ।
ती एक समर विजेता है एक वार मरी
फेरि निउँसिन लाग्दा आत्मा सदृश भए !