Jump to content

Prometheus/navama-sarga

From Nepali Proofreaders
Revision as of 02:33, 1 July 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Prometheus.pdf" from=102 to=112/>")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
नवम सर्ग

(१)
चिरकाल रहे प्रमिथसको पार्श्वमा
सलिलांगिनीहरू, समवेदना प्रकट गरी ।
जलनुनागँ तिनीहरू जलमय लोचनले
बुँद, बुँद शीतल पारी बसे प्रमिथसको दिल ।

(२)
वेदना विस्मारक मधुर कथाहरू तिनले
कोमल स्वरमा सुनाए, सुन्दर, सुन्दर--
प्राचीनवीरहरूका विक्रमका मधुर वर्णन, '
जसले जिलायो अतीत, अति विक्रमको, दूर,
उत्तेजी अन्तर लोचन । कलम, कलमले
वीरगाथाका, सनसनाहट पैदा गर्ने स्नायुमा,
विस्मृत बर्तमान, छाया सदृश, वैलायो,
छायाजीवन दी भूतका श्रोतवर्गमा सब,
सुद्र-प्रेषित नील अतीततामा, मिरमिर,
नाडी धड्के, दुृग चम्के, मुटुमा धडकन आयो ।

(३)
मानव कृति शिखरीय सुन्दरताकी तेजी,
अतिमानब उडानमा, इतिहासकी स्वर्णधली,
चिर भांडारित प्रिय हृदयमा, कल्पनालंकृता,
हाल्छे जोश नसा, नसामा युग, युग सदा ।
चिच्याट, वेदना, मनतातो सामान्य-जीवनदशा
भुल्दै मानब उक्लन्छ समुच्च कर्म्मको
सुन्दर अन्तरिक्षमा दोहप्यावट विक्रमको
रोमांचदार काल्पनिक जीवन अभिनव
जन्माउँछ शन्दशब्दमा सहानुभूतिते
जोशी, म्रोसी स्नायु स्नायु प्रतिक्षण । उठ्दछ
सुषुप्त देबता मनुज-ढृदयको भित्र, भित्र ।

सुकुतीच्छा आधा सफल जाग्छे मानवकी ।
सीमाहरू नाघिन्छन्‌ समयका, अवकाशका
काँध काँध हिँड्दछ आत्मा, प्राचीन वीरहरू
साथ, उच्चाशामा । मानव आफूभन्दा सम्‌च्च
पाउँछ आफुलाई; पाउँछ देवत्वको आस्वादन ।

(४)
विस्मृत वेदना सपनाजस्ती, वा सावनकी
ब्वादलमालाकँ जलदार विलीन भई नव
कथा-छविमा प्रमिथस महावीरका लोचन
उत्तेजित, नवकान्तियुत, सजोश दुई चम्के ।

(५)
तब ती जलपरीहरू नाचे मुनजुन नुपुर
भाव, भावमा भंगीमय । अनुसारी अवयव
संचालित बनी लच्कै, दिशा दिशामा दोलित,
जसरी प्रबातप्रेरणा पृष्पबनमा गर्दछ काम,
वल्लीहरूका अधविकच मोहनी संचाली ।

(६)
गाए नृत्य-संगत संगीत मधुर तिनले ।
"आली, आली, लचक मधुर, मुदुलांगिनीहरू ।
वल्ली, वल्ली मदुल वयसका, बहल चालमा
चंचल, चंचल ! ए सलिलांगिनि । जलसखि !
कल-कल कल्कलाउ जल-कल्लोल ललित-
कीमुदी तास्य तयहरू सलिल जीवनका ।
कला-कलित ललित भंगिमा नादसंगत
दर्शाक, दर्शाङ दर्शनीय ! मार मार विजयिनी
विस्मार्व महती वेदना मनको विशाल ।

(७)
"कला जन्मिन्‌ मार्न भतीकन असुन्दरको
शासन जगत्मा । बिर्साउने पनि क्र्र यथार्थ
अमधुर प्रकृति तथा जीवनको । गगन
घूलीमय जसरी पखाल्दछ गीष्म्ररी
निर्मल पारी; निर्मल, संगीतको मधुर
ममटले शिखर प्लावी । अनि ल्याउँछ चाँदनी,
अमृत-वमक जलप्न जगत्‌ हरित निर्कुजमा,
त्यसरी रुछ मधुर स्वर नि्ादिनी सुकला ।

(८)
"समयकन खंडी खंड, खंड, बंडी विभाग
स्वरोरच्चारणको, मेली गति, उच्च मध्य मंद्र,
संगीतकला तालस्वरसहिता बर्सिन्छै

भावफरी मधुर ! यसको आत्मा अबिश्लेष्य
वेदनाले बनेको छ भन्ने जगमा छ विदित ।
तर मलम समानछ व्रण ब्रणले रातो
बीरहरूका खोटदार॒ हृदयमा अति प्रिय यो ।
तारालहर सदुश, संगतिमा सुदिव्य
चमचम नाच्दा, संगीतकला स्वर फुरी बोल्छन्‌
निशामा सूनसान, जललव, जललव झैं चमचम !

(९)
संतप्त घरामा जलदानासरि शीतल सर्छ
संगीत्तकला, संतप्त हुदयमा । दिव्य मलम
पदुश छ दु:खको हृदयमा । संगीतमा नै
पृ॒थिवी शिल्पिए युग युगका लहरीले
जसका रेखामा करालीदार सलिल चली
निकाल्दछ जल-स्वरमा अन्तर्निहित संगीत ।
संगीत विना संसारमा छ महाप्रलय
संगीत विना कर्कश संघर्ष पृथिवीमा ।
तालदार ग्रहका पदहरू छन्‌ संचालित
स्वरगिक संगीतमा, संगति छ स्वर्गमा समुच्च ।

(१०)
"स्बरविस्तार हो सन संसार । नामहरूका
ध्वनिलहरी सुन्दर छन्‌ । सुन्दरताको नाडी
हो मधुर संगीत । रूप-रागमा पनि छ संगीत ।
जीवनको मुटुमा छ लय सुन्दर, सुन्दर ।
संघिरगीतिले दिन्छ जीवनको मधुर जादू ।

(११)
"स्वर्गमा छ मधुर, मधुर, मादक संगीत
पृथिबीमा गुमेको दूर स्वर्गको अनुहार
छायाचित्र बनाउँछ मधुर, मघुर संगीत ।

(१२)
"क्षणिक स्वर्ग रच्दछौं हामीहरू प्रमिथस
स्वर-नृत्यमा, सुन्दर, सुन्दर, तिम्रो भालज्वर
शीतल स्पर्शले मन समीरणको हौँ हामी
प्रभिथस ! देवहरूको प्रकृति हो आनन्दमय,
संगीतमय, नृत्यमय ! ए महावीर । सुन
महती वेदनालाई बिजय गर्दछन्‌ तिनीहरू
स्वर्गिक संगीत-मदिरामा मस्त, निमज्जित ।

(१३)
"संगीतमा गर्दछन्‌ रचना, सिर्जना सब सुर ।
स्वर प्रस्तारमा स्तप्निल, स्वप्निल मानव सभ्यता

विकसित भई क्रम, क्रमसाथ संसारमा
संगीतमय प्रबन्ध भयो सब सभ्यताको
संगीतमा । मन, तन दुनै भूल ए महावीर !
संगीतका सूचनामा प्रविष्ट तिम्री कल्पना
नब स्पन्दिता पाउली नव सिर्जनकी धुली,
नब निर्माणको, मानव सभ्यताका पथमा ।

(१४)
"जाद्गर्ती स्वर, स्वरकी अतिशय सुन्दरी
अलंकारमवी णिलक्लि सब सृजन छनिमा
गर्छे नृत्य समयका मंचमा, चित्रण गरी
भ्रिव भित्र विचित्र संसार । सुन ए महावीर !
यो जो, अनन्त प्रयासी कवि, कलाकारको
प्रतिक्षण मृत्युकी विजयिनी छ अवभासमा !

(१५)
"लय नै विश्वस्थिति हो... जसले बिशुदढ हृदय
चोर्दछ एकलासमा, मधुर ताराहरूको संगति,
सिर्जनाको अन्तर्गत एक जादू संगतिको,
गाउँछ उही विश्वमा जादू तान । खोली, खोली,
र्क्जी, ्कंजी रूप, रागका, प्रबन्धका जगमा ।
एक स्वरट्नाले रच्दछ नव मधुर संसार ।
एक चमत्कार गर्दछ मधुर उच्चारणले ।
डुबाङ बेदना संगीत-मदिरामा प्रमिथस !

(१६)
"हामीहरू अबला हौँ जलका- हामी जलपरी
हाम्रो छैन संग्रामबल । छैन हाम्रो पुरुषार्थ
तर पीडित आत्मालाई, सुन्दरको पक्षशील,
हामीहरूमा छ वेदनामारक सुन्दर संगीत
हामी रणका व्रणहरूमा मलम लगाउँछौ
हामीहरू विश्ववेदना अलिकति घटाउँछौँ ।
हामी कलाकारका मृत्यु, मृत्युमा मधुर, मधुर
पीयूष ल्याउँछौँ प्रमिघस !

(१७)
"ए महावीर ! नवयुगका
महाकलाकार सुन हाम्रो मधुर, मधुर स्वर
वेदनाले स्थगित सिर्जना तिम्री जाग्ली फेर ।
नीरस कल्पना स्मतिदष्ट उत्तेजित होली
प्रकति विचेतमा रचनामयी बल्ली फेरि
उल्लसिता, उत्तेजिता, अभिनव सपनामा,

अभित्नव वाणीमा मधुर । आउला अब तिमीलाई
विचित्र एक महास्वप्न, एक बिशाल भावना,
एक अद्भुत भविष्यको चेत, पूर्वदर्शन ।"

(१८)
महाबीरले हेरे नृत्य मधुर । सुने मधुर-
संगीत । वेदना महती बिर्सी आफूकन सारा
विलीन भई सपनारँ खराब एक क्षण ।
बोले तब ती अत्यानन्दित मधुर संगीतले,
"दोस्रो स्वर्ग छ ध्वनिमा ! सुन्दरी बहिनीहरू !
बन्धन विमोचक आटमाको हो मधुर संगीत ।
महासूतसान रंग्दछ । भर्दछ शून्याकाश ।
शृत्यमा पलाउँछन्‌ संसार नवीन, नवीन ।
अविदिततिर देख्दछ चिहाई मानवात्मा
सुन्दर स्बरका सूचनद्वार । खुल्दछ अस्पष्ट ।
भावहरूमा आँखा ल्याउँछ मघुर संगीत ।
उत्तम भाव सहानुभतिमा प्रतिस्पन्दित
बिउँफन्छन्‌ सुषुप्त, मलाई एक सुन्दर
बोलाउँछ विशाल भविष्यतिर रचना निम्ति,
एक विशाल मानवीय रचना निमित्त, संगीत ।"

(१९)
तब जलपरीहरूले आह्वान गरे त्यहाँ
देवीहरूको अनेक ! मधुर वन-प्रसूनले,
हरितपत्रले, जलले पर्वतको निर्मल,
मधुर धूपले दीपले फलफूलहरूले,
मंत्रोच्चारणले आमेत्रित देवीहरू आए ।

(२०)
आइन्‌ देवी स्वतंत्रता, पर्वत-निवासिनी तिनी,
थियो सुन्दर हरित रेशमी तिनको परिधान,
फूलहरूका बुट्टाले मनौहर ! स्वतंत्रतादेबी ।
फुका थिए केश, भालमा ज्वलन्त थियो ओज ।
चोली थियो नीलो उनको, पार्वत रंग ।
मधुर घारामा सवेग बोलिन्‌ ती ज्यो प्रपात ।

(२१)
"वज्जहरूसँग ठक्कर खाई बन्छ मधुर स्वर
प॒थिवीतर्फ विनय उपकारमुख बादलको ।
शिला, शिलाले आहत सलिलपात, पद, पदमा ।
बोल्दछ कुन्‌ रुन्‌ मधुर ! मानवहित .निमित्त
अबतरित स्यौतमा कडा सवेग, अनियंत्रित,

किन्तु प्रोतशील सलिल बल्दछ शीतल,
शीतल स्वतंत्रताको ध्वनि ! पर्वतीय पार्श्बमा
स्वतंत्रता शिलावरोध- भंजिनी द्रुतगतिमा
र्ख्छै, संकारी घनबन, घनबन, बेरोक ।
दल, दलले अयुत उड्डीयमान उच्च विपिनमा
स्वतंत्रताको चल्दछ श्वास समीरण-स्वरूप ।
पारावार भजीकन चल्दछ नत्द-नदी संगीत
पर्वतीय मेरो, प्रमिथस ! शिल्पी लौह चट्टान ।

(२२)
"जंजीर-जीवन फ्याँकी खिड्एको निकम्मा
मेरो वेदीमा मुक्ति-निमित्त आत्मआहति
दिन्छ सहर्ष मानव ! स्वतंत्रताको जादूले
निरमृतदेह, विस्मृत दु:ख, "स्वरतंत्रता, स्वतत्रता 1?
नित्योच्चारण गरी, अनलमा बस्न मुस्तेद ।
यही आत्मा हो भन्दछ मेरो सुपुत्र ममा शहीद ।
यो अनमोल धुगधुगी धपघप बल्दछ
महानिशामा मानवको, शिरोविन्दुको चाँद !
यसलाई अमृत भनी मत्यु गर्दछ आलिंगन
प्रसन्न हृदयले मानव !म स्वतंत्रता प्रमिस !

(२३)
"उ हेर्‌ ! म देख्दछु दूर, दूर, पूर्वमा ।
एक सुषुप्त संसार जाग्दछ नब ध्वनिमा ।
जंजीरहरूले जकडिएको जोडदार जनता
जाग्दछ नव प्रभातमा, सिन्द्रमय जब,
तिमिर-सांग्लाहरू फुस्काई मृत जगको,
दिनकरले उदीयमान, गर्छन्‌ मेरो प्रातयान ।

(२४)
"प्रथम रड्मिले जगत मुक्तिको, सुवर्ण-राग
लसिएको शिखर-सामु गद्गद हृदय कोही
नव अवभासले मुखरित, उत्तेजित दृग,.
सल्काउँछ त्यस फिलिंगोले एक प्रभावित
निद्रा, ऐठनको संसार-मधुर ध्वनिद्वारा !

(२५)
"प्रथम नवी तिमिर- संघर्षमा दिनकरको
जाग्यो । उड्डीन नव भावनामा नब दिवसको
नव संदेशले संयुक्त त्यो बोल्यो मधुर ।
शिंखर, शिखर, भावनाका धप्कै चारौं ओर ।
संसार चल्यो नव जागरणको पयरमा

नवदृष्टियुत...उ ! उ ! हेर, भविष्यको समयपटमा !

(२६)
"कुनै दिवस म ताज पहिराउन आउनेछ्नु
तिम्रो अविनत भालमा प्रमिथस, ए वीर !
मत्र सुन्दर स्बतंत्रताको सुन जो फ्याँबदछ
युग-युगको लौह जंजीर, फोर्दछ वज्र कडा
कैद, कैदका पिजर...जसले सारा संसारमा
एक नव शक्तिको गर्दछ मधुमय संचार !
त्यो यही हो सुन प्रमिथस, ए महावीर 1!
'अबन्धन बनू ए युग युगको कैदी विहग !
उड्नु छ नवाकाशमा, सुवर्ण-संदेश !"

(२७)
"स्वतत्रताको निमित्त सकल घर्म्म मर्म्म
सकल पूर्व दृष्टि संसारमा, सकल तपस्या ।
स्वतंत्रता हो स्बर्ग, यसको अभाव नरक !
तर स्वतँत्रता होइन एक जथाभावी गति ।
न एक बेताल । यो हो मानवताको पूर्णताको
पथको चेत प्रतिक्षण । यो हो आदतहरू उपर
विजय, खराब जो छन्‌ जो मानवता विकास
पथका विस्तीर्ण जहरिला तीखा काँटा ।
यो मानबताको आत्म-विकासी दृढ समादर ।
यही हो प्राप्यहरूको सुवर्ण शिखर जगमा ।"

(२८)
तग् यति थपिन्‌ स्वतंत्रताले यसपछि ।
""प्रमिधस ! घर्म्महरू यसका नाममा अनेक
सिर्जन हनेछन्‌ तर ती बहुधा बेर्नेछन्‌
साँपहरूका फन्काले झैँ यसको आत्मालाई ।
अनेक दर्शन निक्लनेछन्‌ यसका नाममा
तर बहुधा रोक्नेछन्‌ यसलाई । आदतहरू,
अदबहरू बनाउनेछ मानव यसनिमित्त
तिनमा पनि लाग्नेछन्‌ समयका खिया ।
सुवर्ण-जंजीर मेरो रोक्नेछैन कसैको गति ।
तर ती मानव-जाति जान्नेछैनन्‌ युग, युग
कुन बेला सुवर्ण-लौह बन्यो बोरा ।
केवल सद्भावना, सत्कामना, सुन्दरताको चेत
मात्र छ स्बतंत्रताको युग, युगको सहायक एक !"

(२९)
यति उच्न्वारण गरी बिलाइन्‌ स्वतंग्रता

संगीतामत्रित सुन्दरी, मधुर छायामा ।
अनि आशादेवी आइन्‌ खसखसाउन
मधुर स्वरको संदेश प्रमिस श्रवणमा
जब उनी स्वतंत्रताको अन्तध्यनिले अति
उत्पीडित छटपट, छटपट बन्न लागे मनमा ।

(३०)
आशादेवी बोलिन्‌ मधुर, "टाइटन्‌ वीर प्रमिथस !
म जन्मेँ घामछँ-एक सूनोली रष्टिमकी डोरी,
धुलीमय वातावरणमा । बादलहरूका बीच
एक चिराबाट गिरेकी चाँदनीसदश सुन्दरी ।
एक सपना-जस्ती अति मधुर कैदमा कडा,
केदी मनकी !
"जस्तो युग, युग, नेराश्यमा कैद

(३१)
मुत्रे दशामा मैलो आत्मत्यक्त नृपकुमार,
दुश्मनहरूको चट्टानी दुर्गमा अतिदरिद्व,
गडल आँखाले देखाउँदो नील कंडली
वेराश्यको निस्पष्ट, रोई, रोई दिनरात अगाडि
आखिर थाकी, मधुर स्मृतिका तीक्ष्ण शूलले
जर्जर धाँजा कलेजा टुकटुकको आलेटाले
थमुवा जीवन लिन्छ; पसिंदो त्यो लाचारीमा
भाँचिन लागेको उड्सदार खाटमा बागी,
काला कंबलहरूको साथी, अब रुन्न कहिल्यै,
रुनुमा हताश; तर बराबर टोह्लाउँछ टिल्ल नजर
भाव शन्य विचेत बिचल्लीमा स्मृतिहीन;
दूर, दूर प्रासादको क्ल्लिमिल गौरव, विलास
फन्‌, झन्‌ दर, द्र बनी, अव मिरमिर,
नामसमेत बिर्सन्छ आफ्नी ददित प्रियतमाको,
सुन्दरताकी कोही राजसी स्त्री कोहेन्र,
मधुर कुजमा दूर, दूर; तर अकस्मात्‌ एकरात
विधुरशिम छिरेको वातायन अघि समीरित
शीतल सपना पाउँछ तिनको; अनि उ गन्दछ
आफूलाई स्वतंत्र । पुनर्मिलन अत्यानन्दक
खुल्दछ । पुष्पहारका सुवासदार॒ बक्सी मा
दोहितरफ-हर्षाश्रुले टपटप, टपटप सिंचित !
जीवन बन्दछ अर्कै उसको, नृतन पुनर्जीवन ।

अनि बिउँझिई गाली गर्दछ बिपनालाई
चीसो कोरकार कारागार प्रस्तर दीवारमा ।
तर उसकी स्वप्नस्मृति अतिसुन्दरी आखिर
खोज्दछे रेख्न मधुर आशाले भूपटमा,
अंगारले, फ्याँकिएको त्यहाँ, त्यस चित्रणमा
जीवनको छाया अलि अलि पाउँछ आधी स्वतंत्र ।
त्यस्तै सपनासरि, सुन्दरताको चित्रणमुखी,
मेरो जन्म भयो जीवन-कारामा प्रमिथस !

(३२)
"म जन्म महावीर ! जब संसारमा जिज्ञासाले
जन्माई खुला बाकसबाट अनेकन शूल ।
जब स्बर्गसदृश थियो प्रथम दिव्य दशामा
दश दिशामा संसार- जब बालकहरू सुन्दर
यौनभावहीन प्रथम माघुरीमा अमृतमय
विचरण गर्थे मधुर निकंज, पृष्पसदृश ती-
एपिमिथ्यूस, गुलाफी कपोलको सुवर्णशिशु
उसकी सुन्दरी संगिनी चंघला पान्डोरासाथ ।

(३३)
"तब बदमाश स्वर्गले पठाए ती शिशु डस्न
बारुला, अरिँगेल, भुसुना, कीरा, लामखुट्टे,
उड्ने सर्पहरू अनेक । ती सब असुन्दर,
शुलमय तीक्ष्णदशनेदार जीवहरू पक्षशील
टनाटन टम्म थिए त्यस बाकसमा मुट्टै,
आकर्षक रंगले अलंकृत । लोभको बाकस !
जेलमेल गाँठोका सहस उलस्नले सम्बद्ध !
फुकाइन्‌ पान्डोराले त्यस लोभको बाकसलाई ।
डसिए ती दुई स्वर्गिक शिशु आनन्द पुष्ट ।
अनि तिनको क्रन्दनमा आरशवासन दिन
मानवजीवनलाई म जन्मेँ, म आशा-अभिधेया ।

(३४)
"अनेक पथमा अनन्त, जहरिला पथमा,
अनन्त समय अवकाशका, जिज्ञासा मीठी
तानी, तानी तैजान्छै मानबलाई, बालसदृश,
प्रति राग, रूप, अविदित मोहनीतरफ
आकर्षण गरी...प्रत्येक पथमा प्रतिक्षण ।
यसरी अनेक जहरिला विचार भावका
उपजहरूमा दष्ट, क्रर, क्लेशमा मानव

खोज्दछ वेदनालाई बिर्सन केही शीतल
शीतल मलम ! शीतल मलमजस्ती आएँ
अतिलुन्दरी प॒तली बहरंगकी म परीआशा ।

(३५)
"मेरो मधुर शीतल स्पर्शमा वेदना भाग्छे ।
कम-से-कम क्षणभर...विस्मृति सुखदायित्ती
आउँछै तब बरफसरि...मानव भुल्दछ-शतवण ।
मै जीवनदायिनी सकल संसारकी-सकल
भ्रान्त जीव और मानवकी । मनिना कोही
सुखी छैन जगतमा । म सपनाकी ज्योतिसदृश
क्षण, क्षणकी छु...प्रतिक्षण मानव देख्दछ
अझ, अक मधुर ज्योति, अरु नवीन, अञ्च सुन्दर ।

(३६)
"मै छु त्वरित पंखकी, जलथल-गामिनी,
मृत्यु उपरकी अमृत । तिमीरकी चाँदनी म ।
मृत-संजीवनी संसारकी । म निशाकी तारा ।
म अमरत्वकी भाषा । मैले पुर्ने दगका जल
प॒ग, युगका । मेरो संदेश दिईकन गए
क्राषि, मुनिहरू पूर्व और प्रतीचीमा सदा ।

(३७)
"उ : हेर, उ : हेर्‌, प्रमिषस ! एक जागृत जाति
रोइरहेको छ, रगतका थोप्लाले रंगिएको
काँढा काँढाको ताजउपर ! त्यस ताजधारीले
मधर संदेश दियो अमर वाणीमा जनमा
अमृत आशाको कंटकाकीर्ण पचमा
अविकृत, अविकत, प्रसन्न मृहार ।

(३८)
"उ : अर्को ! सधिरमय कोलाहलमा अघोर
कुरुक्षेत्रको, बोल्दछ सुवर्ण बाणी मेरो !
अनन्त युग मिलिन्द त्यस सुवर्णन्रिपुष्प-
सारमा जिज्ञासु उडिरहेछन्‌ प्रशंसायुत !
मीठो अमृत बाणी ! अहा, रस मधुर अम्लान !

(३९)
"म जीवनकी चंचला फोहरा रशिमरंगीन ।
म नव वसन्तकी कोकिला । म पुष्पकी
मधुर ज्योति ! म प्रतिदिवसकी उद्घाटन ।
स्‌न प्रमिथस ! समय सबै छैन अँध्यारो ।
रात पछाडि प्रभात छ । मृत्यु पछि जीवन ।
सुनसान पट हो नव चित्रणहरूको ।

प्रलयपछाडि छ नूतन राम्री सृष्टि अरू ।
यो मेरो महामंत्र मनमा धर प्रमिथस !"

(४०)
यति बोली मोहन मधुर ध्वनिमा ती
आशादेवी विलीन भइन्‌ त्यहीँ कहीँ
मानो निशिमा अवतरिता तारकासरि
काट्दी कटकट आफ्नो हीराले तम ।

(४१)
त्यही आशाका स्वरमा अफ बढ्दो अघि अघि
ए विफल कवि ! के तैँले आफ्ना भूल भुलिस्‌ ?
शूल भूलिस्‌ ? अन्धकार भुलिस्‌ ? अज्ञान भुलिस्‌ ?
अब ज्यादा यहाँ नबढ्‌ अघि । एक क्षण
रो बसेर बरू यस अन्धकारमा, नब रष्म
अर्को मधुर पुकारी ! शायद्‌ गिर्ती नवज्योति ।