Prometheus/ashtama-sarga
(१)
थोप्ले पख्चेटा भएको कालो पंछीसरि आयो
फ्न् फुन् कालो बन्दै, कालो रात, उस्तका पंख
फैलिई प॒थिवी-मंडलउपर अचल रहे
अचलोपरि ! केवल-चमचम, चमचम
छनि चम्के सुनील छदमा, गगन-मंडलको ।
(२)
रूप, रंगहरू पसै मिरमिरको नीडमा
प्रकृति उडिन् मन्द समीरणमा शीतल
बृक्ष अचल रहे खडा, विस्तृतकर ती,
आकाशबुट्टे, मिरमिर ! केवल एक दुई दल
चुंबनमा प्रवत्त अलि प्रेरिन्थे मन्दानिलले ।
अजिन पक्ष उड्यो टाँगिएका पखेटामा ।
बाटुल आँखे दिन-सुतुबा भुल्का जाग्यो, टुहरी ।
(३)
कालो अगोचर पोशाकमा निद्रादेवी
तारा-लोकहरूबाट गिरिन्, सुस्त पयरमा,
लोचनभित्र पसीकन, नीलिम निवासमा,
ढोका बन्द गरिन्- बुन्न जादूको जाली, सपना ।
पशुसमेत लट्ठ परै उनका टूनाले
बास, बासमा घाँसदार ! वानस्पतवाल,
बराबर तर्सी हाबामा सोकाले, सुतिरहै ।
(४)
नीरव मध्यरातमा, ढुकढुकले विहीन,
सन्नाटाको मुटुलाई चिरी बराबर,
दुःखका आवाज गभीर उठ्यथे, दुर द्र-
सम्म बिलायो । चट्रानहरूको कोणमा
पुन: प्रक्षिप्त ती रव सुनिन्थे विचित्र !
मानौ प्रेतका रोदनसमान सुनिन्थै ती,
अनन्तकालीन दुःखका गभीर विरफीट !
(५)
धुवताराकी युगल संगीको परिक्रमाको
कोण फैलेर गयो । अब कृष्णवसना रजनी
थाकी निद्राले गभीर ढल्किन् परशिचमतिर ।
चीसी श्वास भयो उनको । शीत समीरण
अलि अलि बिउँझिई पतलाउन लाग्यो
प्रगाढ अन्धकार, मिरमिर, मिरमिर,
कइरे धुवाँसो छिदै आयो पूर्व छिद्रमा ।
रेखा मिरमिर जागे नैश विलयबाट ।
अनि ₹ंग । तब दल पर्से प्रथम सुभावमा ।
अनि शीतमुक्ता चल्पलाए मन्दानिलमा
सिरसिर !
(६)
अनि र्विदेव, नित्य तरुण ती,
लालिमाका अंकमाली अंशुमाली आए
सुकुमार कुमार रशिमिमा सुन्तलारंग !
तब ज्वरपीडित भालदेशमा गरम, अनिद्व
प्रमियसको एक अलौकिक अमृत
शीतलताले दियो मृसार, प्रथम रश्मिमा ।
(७)
अलि बौरी ती बोले: "जयदेव अपोलो, रषिमपति,
सुकमार, सुन्दर सतत युवा नभचारी !
संगीतविशारद, सुवर्ण वीणाधारी, सुन्दर !
जय लालिमावल्लभ, शिखरारूढ ! तिमिरारि !
सहस निहगले उड्डीयमान तरुणतनु !
बीचि-बिचालित सिन्दुर उदययशको
सुन्दर तिम्रो ! ए जगत् उद्घारक पतंग !
सिर्ज नव सुन्दरता संसारमा तिमी, कल्पी
नवे, नव कला नितनूतन । एक कलापति !
तुत्दर आगमन तिम्रो ! सुन्दर किरण
प्रस्तरमा तर तर प्रतीचीको उरभर प्रोज्ज्वल,
संगीतमय मधुर शीतल कर-प्रपात !
ए कमलिनी-वल्लभ । लव लव सलिलका
सलील पारी समीरणमा किरण रफुट
उदीयमान ! सुनतत्री तरल बजाउ सहस !
संसार अञ् असुन्दरमा सुषुप्त छ, सब,
चेतहीन- जगाङ कस्वप्नले पीडित मानव !
(८)
"कला, लयदार तिम्रा कर-प्रहारमा जन्मी,
उम्ली, उम्ली सुवर्ण जोश मधुरोदय-क्षणमा !
सूनसान नभको, मानसपटरेँ नामेट,
चित्रिन लाग्यो सुन्दर चेतले नवसजनको
अँकेय बादल सामगीमा, क्षण, क्षण ।
संगीतमा प्रथम संसार बनायौ, त्पन्दनले,
अत्यानन्दित ए गीतिकवि ! ताल रुधिर
सद्श तिम्रो हृदयप्रयास आत्म-प्रकाशनको
कल्को सुन्दर अन्तरिक्षमा ! ए उदित तमोबीर ।
थिन जुल्कामा शिखरका सभ्यता जन्मी,
ए विहगाह्वय ! निमीलित कमलक्रोड
मानवहृदय-गुरुसमान पलपल आतपित
उक्स्यो सुगत्ध-विस्तार ! । जय देव अपोलो !
जय, जय, सुन्दरताका साकार स्वरूप समुदित ।
(९)
"महबीर छौँ अकेला, आत्मज्योतिप्रसन्न ।
महानिशासँग कुस्ती खेली विजय सिन्दूर-
सुन्दर ज्ंगमा समुच्च ! प्रति पतनमा समृत्थित,
अभिनव प्रतापले, ए नित्य देदीप्यमान !
इतिहासञ्ञ विश्वका ! सुवर्णशर निसंग,
तमो-रणी । केवल संगीत, संगीतले सुन्दर,
शिखर दीप-सज-समाहत पत्यृषाप्रिय,
रचयिता संसारका प्रतिदिन, प्रतिदिन !
तिम्रो प्रथम रश्मि छ शीतल, शीतल !
(१०)
रमरम प्रभातको अभिराम उदयले
मन्दात्दोलित अनिलकणी शीतिला
ओससुगन्धी वनपण्प सार चोरी चले,
शीतल चार ओर दलदल आन्दोली
मधुर, मधुर...जललन ललित चिप्ल्यो
इन्द्रेणी चिप्लेटीमा, अल्पायु ललाम !
चुलबुल चिडिया चँगी चँगी बोले
चंचल फरफर ! किल्के दूर, दूर शिखर,
प्रथम प्रबुद्ध वकबधान नैनसूकी
पूर्वाभिमुख फर्फरियो मीनताक
पूर्वीय मघ्र सुवर्ण सलिलाशयतिर ।
(११)
ठीक यसै बेला अल्पिरहेको सुन-करमा
मधुर पंखहरू, सिडियाभन्दा गह्ंगा, चले;
स्पष्टतया सागर-परीहरूका । दुर, दूर
दक्षिण-पर्चिमबाट ती पूर्व-उत्तरगामी
आकाश-मार्ग ! एक मुँड भई ती आए,
ब्िविधराग परिधान प्रभात रशिममा
आकाश सन् रुन् रंगी रपष्ट, मनोहर !
(१२)
एकै क्षण रुस्की प्रमिस महावीर ती
नब दंडको आशंकाले, अलिकति फर्के
त्यस दिशातिर । समीपवर्ती सुनिए तब
पंखदार परीहरू, पोशाकिएका प्रतिभामय !
अनि तिनको मन, प्रखर-ज्वर-संतप्त,
शीतल भयो । अविदित आशा आई नवोदिता ।
जस्तो साउनमा दीर्घ खडेरीपछि कृषक
देख्दछ सलह राकसका सूर्य-मंडलछादक
जुंडहरू छचान्नब्यान्न, नव बादलदलले
श्यामलीकृत गगनमा, प्रगाढ शौलउपर,
ती उत्तराभिमुख, अन्तदैत्यहरू करौंतीला
प्रथम अमटमा म्रीकर छितरबितर,
भाग्छन् कताकता जस्तो दु:स्वप्नहरू मानसका
दुखसंतप्त ! अनि मधररंगी इन्द्रधनुष
आशाको रंगिलो सेतुबन्धन झैँ गगनमा
लाग्दछ सुन्दर । त्यस बेला दक्षिणी अनिलपंख
ओसिलो वनचलनीद्वारा संचालित मधुर
बन्दछ जोतपेशाको अनुभवको आनन्द !
(१३)
आए जतपरीहरू सलिलद्शी कोमला, तन्वी,
सुकुमारबदनी, कान्तकुन्तला मनौहारिणी
समुद्रसुताहरू ! ती थिए सकल पंखदार ।
नेप्चुन वरुणदेबका पारदर्शी मधुर नीलिम
सलिल-प्रासादका निवासिनीहरू, चंचल !
हरितकेशी थिए ती, लहलह रेशम सलमल
चमकदार रोमहरूले समाढथ बान्किला शिर,
तुहिन ललाटमा लरबर अलख पन्साउँदा,
अतिकोमल ओऔजका, जलअप्सरा अनुपम !
तरल सलिलसम नृत्य-प्रवत्त कलात्मक
चारु चारु अंग ! कलाचपल कल्लोल कलिका !
सगबग, सगबग, सपनासरि चारु स्वरूप !
कमल कोभी कोमल स्वप्निनलायक उच्चारन
निमित्त अनुचित ! जलबुना अबला ती
कलकल बोल्थे, चिप्ला पेबुलमा बुलबलजल
सदुश कोमल अति पातला सूचनासुन्दर
माक्रजाली वत्तनमा रेशमिला शोभित,
जून-जल-बना सामुद्रिक परी पटहरूसरि !
ती फुल्किन्थे नरम रश्मिमा नरम प्रभातको !
(१४)
ती जलदृशी प्रमिधसका वरिपरि आए
आकाशमार्ग । स्नेहका स्निग्ध आदर्श स्वरूपछेँ,
आए ती महावीरका चार ओर ककेसस-स्कन्ध
खिरबिर छिरबिर भयो रंगीन जुहारले
चमचम तिनका, अंग अंगका सुन्दर ।
रत्नाकरका बक्तीसहरू रश्मि रफोट समाढघ !
(१५)
देखी पर्नतकीलित प्रमिथसलाई ती रोए
सुँक्क, सुँक्क, करताको असहन तिनको
उर् उक्साई वेदनाले सहभावमा उल्यो,
बर्रबर दुग फारी बैँद, बैँद, करूणाका
मदुल कपोलमा गोल गौल उडे, सुन्दर !
जसरी बज्जाहत तनभागमा प्रथम समट
पावसको श्बासको सहानुभूतिशील
पल्टाउँछ पात, पात बरबर पारी जलकण,
त्यसरी एक सहभाव लहर चल्यो तिनका
ज्ञलमय, जलमय उरमा अगोचर् !
(१६)
बोले तब ती सलिल अप्सरा सुस्दरी:
"दूर वरुणप्रासादमा मरमर प्रकोष्ठमा
स्वर्णदीपले झुलरुल नित्यप्रति और साँग् !
सुन्यौं हामीले दूरश्रव्य हेफिस्टसका धन ।
टड्कारोसँग चद्किरहेको थियो क्रुर, क्रुर ।
रोयौँ हामी ओह, वेदना ! कसरी हेरौँ यस्तो ।
(१७)
"नंगा पयर आयौँ; भुली खराउ रत्नजटित ।
तर हेर्नु थियो हामीलाई यो दयनीय
दशा दाएण तपाईको यहाँ । हाय, दु:खी प्रमियस ।
हृदय छ हाम्रो विदीर्ण, शतचूर, शतचर !
टुक्राहरू थामी कलेजाका बोलिरहेछौँ यहाँ !
आह, दु:खी एमिथस ! औह, यो उग्र क्लेश
सहनपार, सहनपार, सहनुहुन्छ कसरी ?
ए विधिबद्ध दुःखी प्रमिधस ! यस बेदनाले
आकांश दष्ट छ नील, नीत, गरलसद्श
सागर गोमन विष नील ! नील अचल-माला ।
नित आक्ल अनिल ! अर्ड्-प्रलयमा दिन !
के उपाय छ आह ! तैपनि बोल्नोस् प्रमिथस !"
(१८)
पर्वता,हत प्रभंजनका हइँहुई स्वरमा
तब बोले प्रमिथसः "क्रर, क्रुर देवाधिराज,
अलिम्पस पर्वतमा क्रोधान्ध और क्रोधान्ध,
दशा सहेसख संवत्सरतक फ्ोधकीलित छन् ।
म उपर सर्व कीलन- बिजयी, बहिनीहो !
भोग्दछु क्र्र दाह अन्यायका अरूको ।
न जिउसकी भाषाले सक्तछै बोल्न दहन त्यो
जो उसको इच्छा हो । म केबल अनुभोगी
बुरुखु उततको क्ररताको मात्रा अनिर्वचनीय ।
अनन्तवेदनाबिजयले प्रतिक्षण सुखी ।
म ज्वलित साधु । म पावक पतित्र प्रमिथस !
म उर-चुक्ल ! म कलेजाचिरा ! म घाँजाशरीर !
गतिहीन छु यस विश्नवेदना प्रगतिमा !
तर भस्मीभृत धातुपिंडसद्श तारा
एक तिमिराच्छन्न निशामा झैँ रूलल !"