Prometheus/saptama-sarga
(१)
कंकेसस पर्वतमालाका शिखरहरू
आकाशमा बुट्टा काट्छन् क्षितिजका अलंकार ।
दक्षिणदेखि उदीकन उत्तर-पश्चिमतिर
अरिलन्छिन् मेदिनी, निकट छ समुद्रकिनार ।
स्वर्गको नीलो चदरको लकिँदो किनार छै
बुट्टादार, बनपुष्पसुन्दर पर्नतश्रेणी
गाढा रंगमा, बादल थोप्ली बराबर बन्दछ,
कन्याङ्करुङका बथानहरूको उत्तर
आरोहण भुमि रमणीय ।
(२)
ती पर्वत छन्
दोसाँधसमान दुई संस्कृतिका, दुई देशका,
प्राकृत सुन्दर दीबार । ती पत्यरिला चट्टान !
ठाउँ ठाउँमा ती नांगा छन् जलकटा प्रस्तर
शस्यशूत्य झैँ केवल ! बिजुलीद्वारा युगयुगका
शतद्रण ! योद्धा जै, प्रबल प्रभंजन रिपु,
नाँगा गौरवमा खडा तर अधिकांश भाग
विपिन विभूषित श्यामल परिधान-सुन्दर !
(३)
गौधूली वनहरू गिरि-आरोहण-शील
शीतल चढ्छन् स्तर, स्तर हजार हात,
पशुका निविडनिवास, विहगोग्दीयमान !
अयुतदल मरमरले शीतल स्थल त्यो
प्रसून प्रचुर छ ! वल्लीहरूको जेलमेल !
एक हरित साञ्राज्य । बाँगाटिंगा बृक्षहरू
बिहगबास छन् सहससंख्य, बिस्तीर्णकर !
(४)
त्यस हरियो एकलासमा मानव बदलाई
अफृतक अविदित, आज चार मरर्तिहरू
गोचर हुन्छन् महाविजनमा भयंकर !
एक छन् प्रमिथस टाइटान् महावीर !
उच्च तलाट छ उनको, अलिकति बदलीमा
ओजदार् तर ओझेलदार॒ ! अग्ला छन् अरूभन्दा
बलका प्रबल एक अकेला धरहरासरि !
अविजेय मुहारका प्रमिथस, टाइटान् प्रमिथस !
जजीरहछूले जकडी अंग-अंग आज बनेका
गह्ँगा पदपदमा, जिउस क्र्रका कैदी !
हतकडीले, त्यो देशभक्तको जो हो जुंगार,
तेजी बाहुको अवरोध, ती छन् सम्बद्ध !
बादल भूराले जिस्क्याइएका ग्रीष्म दिवाकर-
सदश प्रतापवदन तिनी अनकटारमा
श्यामल शास्यमा चल्छन् मूक, अविचलित !
महापुरुषकैँ जीवनको प्रतीक्षित खतरामा !
(५)
क्राटोस महाबलदेवका बाहले ख्रसा
छरिएका ती प्रमिथस चल्दछन् वनमा,
जस्तो कुनै महाप्रतापी नृपति, कुनै युगको,
पतित अन्तमा दृष्टका दुश्मनी जालले,
धसिंगर विपक्षी सिपाहीहरूका हातमा
धकेलिन्छ बेइज्जतीसाथ कैदखानातिर;
उ चल्दछ महाओज, देवतासदशं घमंडी,
नूर नगिराई आफ्नो निन्दागुक्त नजर,
तल्लो ओठ गर्वी हुकमको अलि लेप्रधाई;
भयविजयी, मत्यसामना गर्न तयार,
जब आफूले हप्काइएका क्षुद्व जीवहरू,
कोही हँदै, कोही खिज्याई, पछि लारदछन्
जेलखानाको खडखडा ढुंगै पथमा,
जसका खडखडले पांग्राहरू बग्गीका
थरथर गर्दा क हप्काउँध्यो बग्गी-सवार ।
त्यसरी चले प्रमिथयस विषम पथमा वनको,
सब कंटकाकीर्ण; जहाँ तपतप शीतदार
दलहरू रुन्थे, तथा हाँस्दथै सून ।
(६)
दिव्य कालीगढ हेफिस्टस, अनलदेव,
आफ्ना कलाका हतियार लिई धारिला
पार्श्बमा छन् खडा । उनका करमा छन्
फलामे अंकुश, जसले चतुर ढंगसँग
जकडिनेछन् युग, पुग वीर ती प्रमिथस ।
(७)
क्राटोसमा कषणा छैन । क्रुर, कूर छन् नजर
उनका, बिलकुल दयाहीन ! ती शक्ति-सिद्धान्तीको
कडा छ दिल, हृदय कठोर ! ढीँडे अफिसर कैँ
मालिक पुजारी ती अन्ध छन्, न्यायविचारविहीन
केबल प्रभुआज्ञा-पालन उनको धर्म्म छ,
मर्म्महीन जस्तो गर्दछ यंत्रले लोहनिर्म्मित ।
(८)
तर हेफिस्टस अनलदेबको मुहार छ कोमल
उनको अन्त;करणमा लाग्दछ एउटा किरकिर ।
न्यायविहीन जिउस-देवको यो शक्ति-प्रदर्शन
भयंकर, शाक्त्यन्ध क्रुर ! के एक देवले अर्कोमा
शक्ति प्रदर्शन गर्नु यसरी लायक हो कर्म्म ?
चूली चढेपछि सब गिज्याउन खोज्छन् अरूलाई ।
केबल शक्तिको अन्धमात यो ! यसमा न्याय कहाँ ?
(९)
त्यस्ता शतमुखी प्रतिभा, गम्भीर ज्ञानवान्,
परोपकारमा अनुरक्त, त्यस्ता लोकप्रशस्य महावीर ।
उच्चादर्शी प्रमिथसलाई यसरी अन्यायमा
अन्धो बज्न चड्करिएझैं शिखरउपर
केबल उच्चताको प्रतिकारी ! ...जिउस चड्कन्
दुष्ट सम्राद् स्वर्गका ती नीतिपथमा थिएनन् ।
स्वेच्छा नीति बनाउनु, चकनाचर गराउन
आफूभन्दा तल रहेकालाई, एक झूठो ज्वर हो
प्रदर्शनाभिलाषी कुर, फूठ नुपहरूको !
(१०)
यस्ता विचार गरीकन कोमल-बदन हेफिस्टस
पएमिथसको तृषार-ओजी तर अभ्रछाय
ललाट उच्चमा हेरी, कषण, करुण भए ।
अन्यायदलित महापुरुषत्बउपर
न्यायाधीशहरू स्वर्गका जसरी हेर्ने गर्छन्
चुक्चुकाई भित्र, भित्र यस वसुन्धरामा ।
(११)
देखी हेफिस्टसको करुण मनोवत्ति दुर्बल,
तथा एक बदलीदार लापर्वाही हुकुमको,
क्राटोस, कडा, जंगी, तोले कर्कशनादमा
फर्की, फर्की, "४ए करुणाले किन कमजोर ?
कमजोर किन अनदेव, तपाईं यसरी आज ?
अभियुक्तउपर करुणा देखाउन् हो
आत्महत्या आफ्नो ! जिउस, ती देवेन्द्रराज
मालिक हाम्रा स्वर्गका, तर्वदर्शी लोचन,
देख्दैनन् कै यहाँसम्म तल ? अनलदेव !
डराउनुहोप् तिनका भूका भयंकर संर्राअघि ।
नन्नहोस् होशियार, कर्तव्यशील, प्रबलमना !
हच्किन्छन् दुर्बल आत्मा यसरी, अविश्वासी !
पो करुणाभूमि होड्न, यो ककेससको पार्श्व ।
यो हो पालनभमि, यो भयंकर दंडक्षेत्र ।"
(१२)
पसरी डाँटिदा अरिनदैव हेफिस्टस ती
आ्नजर भए । अर्द्वावरुद्ध स्वरमा
गर्छन् ती प्रमिषस महाबीरको संबोधन;
"ए बृद्धिमान् थेमिसपुत्र ! ए महावीर,
गभीरमना, अनन्त सहनशील, तपाईँ,
दु:ख सहन मस्तैद, सत्य निम्ति, यगयुगतक !
अब यो बाँस्चे चट्टानमा वज्राहत
चीसो प्रस्तरमा अजङ, परिधान-शुन्य
तपाईं नाँधिनुहुन्छ औह, अफसोस, अफसोस !
गोप्नै पत्यो मैले तपाईंलाई ए महावीर,
कोमल गात्रमा महातीक्ष्ण शस्रले मेरा,
यस अनकटार निर्जनमा अनेक युग
असहाय, अकेला, हृदय-वेधित तपाईंले
बस्नपर्नेछ ! ओह, अफसोस, अफसौस !
निराश झैँ हुनेछ यो नेश महासुनसान ।
मानवध्वनिको मधुर संगीत सुनिनेछैन ।
मानन-पुष्प हुनेछ दृष्टिपार, यो महामरुमा ।
सूर्यानल तर हेलिओसले सतत दग्ध
उम्लेला तप्त रुघिर बेदनामय बेकार !
खहन्याउँछ अब ग्रीष्मले आतपबर्षी, अफसोस !
तषारले खानेछ कोमल कलेवर तपाईंको, प्रमिथस,
प्रसुनसमान ! अनेक भीषण वा घमीला युग
मन्द पयरमा च्याँठदार, चल्नेखन्,
ढीला, ढीला, शीशाको बोजासरी होला आकाश !
तिम्रो एक, अकेला, एकलासी आत्मा, लातफेँ
छुटकाराको राह नदेखी रहला अभागी, अफसीस !
तिम्रो मोचकले अझ देखेको छैन दिवसप्रकाश ।
भविष्यगर्भमा छ प्रमिधस ! अफसौस,
उफ्, कति तामोौ अभाग, अमरत्बको दीर्घ
उपहास बेदनामय प्रमिषस ! अफसोस !"
(१३)
बेदनाले बिदीर्ण हृदयले हेफिस्टसले
गरे सुरेन्द्रको आज्चाको प्रतिपालन त्यहाँ
त्यस अनकटार निर्जनमा घन बजे
खँदिला ध्वनिमा टङ्टङ् ! समूद्री 'चरा
उड्डे तनीडबाट, सशंक चिरकालीन शान्ति
बनी भंग मृगहरू दौडन लागे यताउता
कडरंग, कडरंग ! चट्टानभेदी लौह कील
घनप्रहारदढारा जडदार घुस्यौ चट्टानमा
फलामे पाताले तब कसिए प्रमिथसका
विशाल बाह बजकडा एक लौह चुकुल
उरकेन्द्रमा उनको ठोकियो । छेडी चट्टान
त्यो चुकुल अडग घस्यो प्रस्तर अन्तरमा
घनका कडा ठोकरले उत्पीडित ती
मासुदार मनुष्यरूप, शरीरधारी रोए ।
(१४)
तर अमरदेव ती न मर्न सक्थे कदापि ।
केवल पीडा अनुभब गर्दथे घनघोर
मर्त्यहरू मृत्युदशनले हुन्छन् जगमुक्त ।
अमरहरू तर ओग्छन् मृत्युदशन बारबार ।
मर्दैनन् ती मृत्यु-घोटले केवल, केवल अनुभव गर्दछन्
मृत्युको तीक्ष्ण दशन प्रतिक्षण, प्रतिक्षण !
(१५)
लौह जंजीरले बद्ध
काट्दछ कटकट कंबर कटु वेदना ।
जर्काडएको छ लौँह कडीले पयर
अविचल ! बीच-बीचमा हेफिस्टस देव
करुण नजर लिई अड्छन्- घनहस्त ती-
सुस्केरा साथ, सहानुभूतिले कातर !
एक बिजोगको दृश्य भयो त्यो महानिर्जनमा ।
(१६)
तर क्राटोस कडा ! निर्दय छ, निर्दय क्रुर !
प्रस्तर-उर त्यो पुरुष विचित्र करुणाहीन,
हाँस्दछ प्रमिथसका मुखका विकृतरेखा--
लाई गिज्याई- गर्दै उपहास भयंकर !
भयंकर उपहास त्यस दीन दशामा दारण !
के विचित्रता यो कोहीमा ? पैशाचिकता !
उपहासशौक शृगालको मृतक-मांसका
रेखा-रेखाउपर ! केवल भावशुन्यता
एकदम खरी ! प्रत्यत्तरको निस्पष्ट अभाव !
उल्टो क्रिया मानसिक अतिविकृत !
हाँस्दछ ब्वाँसो अन्तरा झरेकी गौउपर
त्यस्तै हाँस्यो कुर, क्रूर त्यो क्राटोस,
जस्तो हाँस्छन् प्रबल नेदनाका क्षणमा
रोटीदास स्थूल मस्तिष्क, पाल्तू पशु,
कुनै अत्याचारी भुपतिका अन्यायको
विजोगदार शिकारमा सन्तहरूको !
(१७)
प्रत्येक चकुल, कब्जा, कीला, काँटा
गयौ क्राटौसले स्वागत, बेैदनाका सबधार ।
बिजय -ध्वनि नाद्यो समुच्च गगनमा,
अतिप्रसन्त त्यसले बारबार !त्यो क्रुर !
ढीडे सेवकजस्तो रोटीतुप्त अन्यायको,
अन्धो मालिक-पजारी । हड्डी-हड्डीका ध्वनिमा
गर्थ्यो प्रसन्न । यस्ता हुन्छन् सामान्य स्वभावमा
पालिएका आत्माहीन महदार हात चटुवा सब,
मृत हृदयहरू ! मासु हुन्छ शिला तिनका
मुटमा, यसरी बोत्यो बलबिश्वासी नीच त्यो
महाबीर प्रमिथस सामु, पैशाचिक ध्वनिका
कराल:
(१८)
"चोर, बदमाश, राजद्वोही, तँ नीच,
पागल प्रमिथस ! अब हेर् तेरो पातालपतन !
शठहरू महाशक्तिको गर्छन् जगमा विरोध,
यो तेरो दुष्प्रवृत्ति दुष्कम्मको उचित, उचित
फपक्ोणा । मगाउएाा उानाएान्ा नन गाई जीन
राजद्रोही हो, बुस् प्रमिषस ! नीच बागी स्वर्गको !
न्रहीत छ तेरो उच्चगर्वको बिशाल भाल !
जटिल बन्धनमा जकडिइस् अब स्तेच्छाको
यो भयंकर परिणाम ! ए अदबविनाको
अनागरिक सुरदेशको, चाख् यो अनन्त मजा !
(१९)
"बिधिको विध्यान विरुद्ध स्वर्गको इच्छाको
बरखिलाफ चल्ने तँ देवको दुश्मन !हेर्,
हेर् अन विधिको चाल 1 ए जिउसको शपथारि
महाप्रतिभा थियो तेरो, तर त्यो छ भयंकर
वि्कृति-गतिमा अफ अन्धताको अपेक्षा
बिलकूल आतट्म-विध्वेसिती ! तैँले गरिस् अति ।
अति स्वतन्त्रता, अति स्वेच्छाचारिता तेरो !
तेरो एकोहोरो दृढतामा अन्धो, लाटो भूत
आरुढ भएथ्यो ! मानिस्, तैँले अरूको उपदेश ?
कहाँ गयो अब गर्ब तेरो शतचर, चुर ?
नोको, बाछो सदृश बलिदान अगाडि
फुरफुर नाची के काम ? ए विशाल अभागी ।
(२०)
"विधिविजयी हुँ भन्थिस् । उठ्, सक्छस् भने,
अब किन सक्तैनस् उठन तँ रै प्रमिस ?
उचाल्, उचाल् अञ् शिर तेरो, महागर्बी !
सक्तैनस् ? छैन तँमा क्रोध, शरम, तेज ?
खोज् आफ्नो मोचन ए ! मस्तिष्क चतुर !
नत्र तँ युग, युग अनगिने, अनगिन,
रहलास् लाचार चट्टानमा दृढकीलित !
ए रूख, तै खापा भइस् भयंकर कब्जामा-
तेरा घमंडलाई धिक्कार, धिक्कार शातवार !
लाचार महागर्वी व्यक्तित्व ! । एक विशाल खंडहर !
(२१)
"अन बृढो गौरुको घन-टाउकोको के काम ?
यदि भुसुनाहरू फुंडमुँंड नहोच्याञन् उसलाई ?
अन अनन्त वेदना छ तेरो दाइजो, मूर्ख !
त्यस मर्खताको जसले कमाई यसलाई ।
वर्षाको ए जलतरंग ! ए चट्टानमा चट्टान !
तेरा वज्ज अभिप्रायहरू बरनेछन् धमिला भई,
धमिला, धमिला आँसुमा यगयग पहीं ।
ए स्वर्गले थिचिएको भुसुनो ! तँ गर् जप,
युग, युग अन जिउसको नाम, नत-शीर्ष ।
काकहरू गिज्याउलान् भुर्र पंखमा हाँसेफेँ
उडी-उडी तँलाई युग-युग ! ए अमोच्य
अनन्तको कालो कैदी । तँ गती गती तलड्लास्
लाखार महामरुमा डशाङरचांग एक सीनु झैँ महान्
खीसा तारा, नकली आँस् जस्ता, स्वर्ग भर् भर्
हेर्नेछन् हाँसी चमचम अलग बनी तेरो क्लेश !
चीलहरूको स्वतंत्र उडानको डाहाड गरी
तँ सलिलेक्षण बन्लास् पंखहीन पुरुष
ए दुर्भाग्यको दुर्भाग्य ! उपहास्य ए प्रमिथस !"
(२२)
रातो रंग चढेसरि भो प्रमियसको कपोलमा
बारबार ! यिन कु शब्दका जहरिला आक्षेप
घुट्को, घुद्को निले तर ती महाधीरले,
आखिर आतट्मदमतले ओजस्वी, महाप्रशान्त
बोलेनन् ती, जसरी बोल्दैन महाकाशको
समुच्छित नक्षत्र, स्यालहरूका उपहासमा प्रसन्न,
हेय नदीको तीर, सडल-पडलमा प्रसन्न ।
(२३)
क्राटोसका क्रर ध्वनिहरू आफैँ भए विलीन,
बराबर शब्द त्यो मरुमा बनस्पति देवता
रोए तरतर त्यस निष्ठुर उच्चारणमा
क्षणभर प्रमिधसले चिम्ले विपुल लोचन;
जस्तो ढुक्कुरहरू चिम्लन्छन् व्याधाका करमा
अति- निर्दोषिताले सहन नसके छै क्रुर
यथार्थको चोट, संसारको मुख देख्न नपर्ने
_ गरी ईष्याहीन निमीलन युगल दुगको ।
(२४)
तर जब ती कर्मचारीहरू गए दूर,
तब खोले उनले लोचन ककेससका
उच्चा;चलहरू समृद्र किनारनिर
छायादार थिए अपराष्टनमा, गरल-दष्ट !
युग युगका आँधी, मरीले थिए चाउरीदार
ती अचल रेखाहरू, दु:ःखसुखका अनुभवी
तिनउपर नजर डाले अभागी प्रमिथसले ।
(२५)
ती अचलहरू । स्वर्ग उडानको आशा कुंठित
भएसमान, फंका, तुषार, जरीसँग नित
संघर्षमा सीमित ! अति सुसंगठित
दयामय गात्र भईकन निर्मर, निर्करदार,
आइचघ दलप्रसूनमय उपकारी भाबहरूले,
गरलरंग थिए, मानो थिए जगबेदनाले
दष्ट ती अडग तपस्वी, तारानिकट अंग ।
(२६)
दूर, दूर तिनको दक्षिण पश्चिममा वरुण,
नेप्चून अभिघेय महान् जलदेव, पारावार-
साम्राज्य, प्रबल प्रतापी, वीचिदो विशाल
स्थलसीमित थिए गर्जदा लौह चट्रानमा
सफेत, बारबारको वेला गड्डगड शब्द
उर्ली एक उग्र चोटमा फर्कन्थ्यो छचात्तब्यात्न
हार् और छरवर छरवर पराजित जलसैन्य !
युग, युग यसरी स्थलमा जलले गरी
सामयिक आक्रमण, सुस्त, सुस्त अथक
समरका विजयी यव, यव जमीनमा ती
विशाल मत्स्य, कच्छप, जलजन्तु प्रजाका
प्रतिपालक थिए । कहिले होल्सियन-प्रशान्त !
कहिले तृफानमा राजसी महाप्रकोपका
झुन्ध, क्षुन्ध ! वीनि-निक्षिप्त ।
(२७)
तर तिनको जोर
चल्दैनथ्यो ती ककेसस पर्वत-श्रेणीको
लौह प्रस्तर-संगठन विदद्ध, बहु युग
ती सागरपमेत थिए समीरण सुस्केरा--
संयुक्त, विषादमय ! बिफलता झैँ विस्तृत,
उनका महाहृदयमा समेत थिए
असुन्दर कटकमय जलजन्तु, चिन्तासरि,
ञ्याउहरूका जेलमेल, मारहरूका साङ !
(२८)
प्रमियसले हेरै तब सागर सदृश गगन
व्योमराज ती, क्र्तु त्रत् सुवर्ण घन परिधान,
उग्र प्रतापी, दिनकर किरणी, हुन्थे
प्रतिदिन अश्रुपूर्णलोचन अन्धकारमा
मानो एक रहस्यमय विफलता विचित्र
डस्थी अन्तर-हृदय ती व्योमराजको पनि ।
नित्य-प्रकाश थिएन, तिनको पनि महाउर
कीलित थिए गिरि शिखरले मेदिनीमा
ती संसारोपरि सर्वोच्च अन्तरिक्ष सिंहासन ।
(२९)
तर बेदना, अन्तर-वेदना, अमरकी आँतकी,
नित्य ज्वलिता, मृक देदना, नि्यंत्रिता,
सृष्टिसाम् एकलासमा लागी बोल्न
आत्माका ध्वनिहरू, चिर भांडारित उरमा
जल थल, वन गिरि, व्योम-वेधी, वेधी ।
(३०)
"ए नीलिम आकाश । सदा मृत्युत्रासले त्रस्त,
ए नीलो भयको रंग । ए अतट गंभीर ।
नित्य-सीमित वज्रजतटहरूले चारोंओर,
ए अस्थिर नित्यभ्रान्त मरुटेवता !
गन्धवाहहरू सदा विलौनादार, वेदना,
असह्य वेदना, अनत्च्चारिता, अनिर्दचनीया,
अतिवेदना मेरी, मेरी, मेरी चिरसंँगिती !
म पूर्णताको अथक पुजारीको, म सुन्दरताको
एक उपासककी चिर, चिर संगिनी, संगिनी !
(३१)
बज्जवेधित ब्रणयुत ए पर्वतराज,
युग युग फक, हत, जलले शिल्पित ।
ए इतिहास पुरातन पर्वतहरूका सुज ।
चिर वेदनाका, मानव भूल, देवकापका
युग, युग खडा साक्षीहो ! मूक सदा,
केवल जलदघोषमा प्रत्युन्नादित
तिम्रो अन्तरदाह बोल्दछ पावसमा ।
भन, के यस्तो अतन्त वेदना, अनन्त,
तिमीहरूले देख्यौ युराका प्रगतिमा
'शतसहस्र ? बोल ए सतत रुदित नग हो !
पारावार भजेका विलौना-जलका शिर !
(३२)
ए दिनकर, वसन्त त्रतुका रुधिर-लोचन !
प्रतिदिन, प्रतिदिन तिमिर-संघर्षशील युवा,
प्रतिदिवस निपातित विधिले महोदधिमा,
ए, परिक्रमा गर्ने दु:खमयी पृ॒थिवीको,
अथक युवा, अहिले क्षितिजमा विराजमान
सिन्द्ुरी पश्चिमी वेला, अनन्त युगका
जोग, विजोगहरूका द्रष्टा, ए सदा ज्वलित !
बोल, बोल, के यो मम अन्तर्बेदना
सहस, सहस्र मार्तडहरूको झैँ छैन प्रचंड ?
(३३)
ए करकर फंफादन्तले क्रतु, क्रतु, चर्चित
महीएहपति, अनगिन, अनगिन दलका
विक्षुब्ध वेदनाका जलमय कन्दन शतवार,
कंटका६५कीर्ण अन्त, एक अनर्कटार बन,
ए दाबानल ध्वस्त बराबर, बोल, बोल
त्यस बेदनाले ध्वनि जो मानव भाषा
सक्तैन बोल्न यस संसारमा आज,
(३४)
ए प्रकाश-उपहासित सभीरका विस्तार्य
वाष्पस्रज बादल, आँसुहरूले निर्म्मित,
युग युग रोयौ तिमीहरू बिजुली नागिनी
अनल कलेवरा महती वेदताले दष्ट,
बरबर, बरबर, ए जलवाहहो ! बोल,
ए आँचीहरूका फपटले चूर, चूर च्यातिई
घरा, धरा, घृजा, घजा बनी बटारिँदा बराबर
घराधरका शिखरहरूमा, रोई, रोई, बोल,
बोल धराधारित धराधारक जीवहरूको
अन्तर्वेदना यो अनिर्वचनीय मेरो बोल !
(३५)
अमर वेदना अमरकी, अमर युगकी,
अमृतपथकी बेदना, अधरतिनाकी,
अनुच्चार्या, अचिन्तनीया, नित्यढरिनी,
आज अन्त:करको प्रमिथसकी रानी छ
भुंग्रो अमर, भस-भस जल्ने, अनिर्वाच्य !
एक कलेजाकी च्र घृजामा विराजिता,
शृलहस्ता चंडी उग्र रुधिरवदनी
महावेदना ! ज्वलित प्राणहरूसँग खेल्छे
उपहासकेलि, कौतूहल आह, आहको लिई
ओह, ओह, बेदनी महती, उग्र, उग्र ?
(३६)
"तुषारशिकार, स्याँठहरूको श्वासभूमि,
असिनाको तारो, ग्रीष्पको चह्ललोसमान,
शंखाकपेटाको चट्टान भित्तिकासदश म,
म प्रमिधस, दृढ-कीलित यो पएस्तरमा समुच्न्,
असहन सहनेछ्नु सहन नसकी, नसकी ।
क्षण क्षण क्षयशील क्षण, क्षण संवर्द्धित ।
मृत्युको मलम यहाँ छैन मलाई अमर,
मर्दिनँ म, न वेदना मर्छ, मेरी संगिनी !
न मार्न सक्तछे मलाई त्यसले मृत्यु बनी ।
(३७)
हाय, मैरौ कति अपराध ? के अभियोग ?
केवल, केवल, केवल, मानवप्रेम नीडर !
मानवप्रेमको मेरो अनिर्वचनीय अभिशाप,
अति आत्मविस्मृतिलाई छ जुन् घोर ज्वलन्
जस्तो दारुण तपस्वी दारलाई भृगारहीन,
उ महीरुहको जरहितैषी चोइटो करको
मूक क्तुवेदना, वंचरो खाइ रसहीन
नांगो बलिङ निन्दनीय लत्याईँदो ल्याइँदो
अगिन-गन्दिर अगाडि खरानी बनाइन
चुइँचुईँ गर्दै जल्दछ, सुक्खा आँसु निचोरी
केवल उसको अभिशाप मानवहरूको हित !
(३८)
"राक्षस द:ख मेरो, अजङ, अजङ, अजङ
जंगी, जंगी प्रतिक्षण फुल्दछ महत्चचेता,
विशालांग, ओह, बडवानल पीडा मनवनको !
ध्वस्त छ अन्तर सब, आशाको हरितता सब
नष्ट ध्वस्त छ एक खैरो खंडहरमा,
उफ, सूर्य-ज्वलन । उफ् तूर्यज्वलन !
सर्वस्व विदीर्ण ! सर्वकल्पना भस्मसात् ।
तर यस ज्वालामा अमर पुतली देख्दछ
एक आफ्नौ अमरत्न, एक अमरत्वको महत्त्व !
(३९)
"पृथिबीमंडलसरि गढ्गो बन्दछ
शिर मेरो, आकाशसदुश अनलदष्ट
शीशा, शीशा मनको पातलो गुरु बोर ।
नित्य चिता चिन्तन ! दन्धनसरि सब तन !
अणु, अणु वेधित, विदीर्ण विचारका !
रफोट, स्फोट वेदनाका प्रतिभाव
बिफलता५कल प्रतिक्षण, प्रतिक्षण,
एक क्रुर किरकिरी खान्छ अस्थिपंजर
मेरो, रगडी, रगडी । औह, उरको यो
वञ्च-चुकुल । औह, अनन्त कालकीलित
प्रमिथस !
(४०)
"हा, प्रमिथस ! अनुचित दंडको
शिकार तँ संसारमा, निरपराधिनी मतिको
कुवेर । तानाशाहीको लौहपदले संदलित !
पंख काटिएको देवद्िज ! भसभस, भसभस,
अत्गित, अनगित अनृच्चारित शुभकामना
लक्ष्य, लक्ष्यको ज्वाला, मूक, मुक, प्रमियस !
र पिल्सिँदो हितैषी पृथिवी पुत्रहरूको !
निष्क्रियताले अन अगुल्टो रोसिरहन्छै
शाक्तिहरूका अन्तरमुखमा तेरो प्रमिस,
क्र बिधिले उपहासित ! ए अकेला सहन
कुर यातनाको यो ककेससको मरूमा !
(४१)
"संसारका पाप, असुन्दरता बढार्न सक्ने
टाइटान मन कक्षस्वरूप, गह्यरमा
बाँधिएफेँ, फक्न नपाई, पिल्सी जल्दछ
भसभस ! तेरो प्रमिथस, विशाल शक्तिको
विशाल हलचलमा अत्याचार अवरुद्ध
जनताको हृदय म अनगिन, अनगिन,
जल्दछ, जल्दछ तेरो दिल ! निष्कियताको
शिकार ! उच्चारणको गभीर अभावमा हाग ।
ओह, दिवसनिशा, ओह, कालो उज्यालो दु:ख !
(४२)
"ए आशाका भ्वाङ झैँ रित्ता खाडीहरू !
ए अस्तित्न-दाहक सान्ध्य अन्धकार !
ए प्रेत पहँला शेका पर्खिरहेका
वन्त बिस्मृत पत्तीहरू अनगिन !
दश हजार, दश हजार समा तक लामा
यो अनकटारमा प्रमिथसको कैद !
मुड्की मुड्की नपुंसक छातीमा प्रतिदिन
मोचन महादूर छ, महादुर छ, महादूर !
(४३)
"हाय, अमर हुनुको चिरकालीन चिच्याहट,
अमर चेतको नित्य ज्वलनको अन्सर्दाह !
अथाह, अगोचर अध्याटमवेदना अन्तर !
अमेट समय, अमेट स्मृति पनरावर्तिनी !
हरिया वरण, हरिया व्रण, हरिया वरण ।
अन्धकारविलीन पर्वतहरू मूर्छामा
आफ्नो अस्तित्वको बस्छन्, रजनीमा ।
त्यो पनि छ्वैन मलाई । म अमर प्रमिथस
अन्धकारमा अफ छु उज्यालो, एक ज्वलन !
हरएक विचार अमर करोसरि लाग्दछ
मनमा किरकिर किरकिर कडोरबार !
(४४)
"विजोग भनेको बुझनुको, गर्न नसक्नुको
अन्तर ! अन्तर बिचार र कर्म्महरूको ।
देख्न सम्नु अपराध छ संसारमा, अरूभन्दा
द्र ! तनभन्दा मनका कण-कण छन् दु:खी ।
बाबियोको दाम्लो पशुको, आत्माको अमर कीलन !
आटमा अक छ अभागी अनत्त वेदना-भौगी !
पुष्पहकूको फटाहा हाँसोले प्रसत्त बाहिर
प॒थिवी छन् अनल-उदरा गभीर गन्धक-गर्भा !
खोक्रा छाया-सद्श, नकली स्तंभका छन् पर्वत ।
अन्धकार नै शासन गर्दछ दुनियाँ अझ्तक
निशा, निशा छ दिवस... । जागरण छैन यहाँ ।
सुषप्त छन् दुनियाँ सारा । सुषुप्त छन् प्रकृति !
(४५)
"तर है देवाधिराज, हे अत्याचारी स्वर्गराज,
हे शक्तिमत्त जिउस महादेव, जसका बज अघि
अचलमाला काट्छन् मूल, मूलतक, धरधर, गुंजित ।
हे असहन अह डृञ्छाको, हे महागर्वी,
तिम्रो क्रोध म कुल्चिन्छु पयरले मार झैं, सार झैं,
भसको आगो कैँ बलवान्, यो क्रोध विकार हो,
यो बूढो आत्म-प्रदर्शन, प्रकृतिको मूठो ज्वर !
तिमी छौ असहन, म छु सहन, तिम्रो उल्टो ।
तिमी छौ महाक्रोधान्ध, म छु अतिशान्तिले
नित्योन्मीलित निर्मल दुग नित्य अडरा, शान्त ।
दृश्मनका गुण भावहरू हुन् हाम्रा अवकाश
तिनेका पाठ पढीकन हामी हुन्छौं विपरीत-
बल-संयुक्त, तिम्रो अनन्त विलास छ, स्वर्गराज !
मेरो अनन्त वेदना धन । संपद् मैरो पाठघ ब्लेश
तिमी पढ्दैनौ केही स्वर्गमा, म धरामा पढ्दछु,
पढिरहेछु प्रतिक्षण । कुलिश तिम्रो छ महाशस्त्र,
मेरो छ कोमत, अतिकोमल कर्णा केवल ।
तिम्रो महागर्वको रवाफ छ, तिम्रो भैरवनाद ।
प्रमिथसको विनयको सुन्दरता छ जगत्मा,
सब सुन्दरताको सुन्दरता । प्रमिथसको मुटुको
ढुक्कर सातो बोल्दछ सानो स्वर अगाध सत्यको ।
त्यस स्वरले संसार-विजयी बनी लेला सतत
साम्राज्य, समस्तका हृदयमा भविष्यमा
जिउस, ए अत्याचारी । लौह न्याय होइन न्याय ।
न्याय भनेको आँसभन्दा कडा छ एक चीज,
तर वज्जभन्दा बहत नरम, विवेकका साथ ।
विवेक राजा हो, तिमी होइनौ, होइनौ तिमी
स्वर्गका रै अधिराज ! विवेकले जित्नेछ तिमीलाई ।
(४६)
"निहराउनेछैन म शीर्ष मेरो, जिउस तँ !
कहिल्यै तेरो अगाडि ! म छु न्यायपक्षमा नितान्त ।
तेरो पयर मेरो शिरलायक छैन स्वर्गराज ।
जग्नतक यस निर्दोषिताको सुवर्णताज
सुल्किरहला मेरो उच्च ललाटमा अविनत
जिउस ! तेरा निद्रामा छाया पर्नेछन् अनिष्ट
सपनाका अनेक, अनेक यी वेदनाका मेरा
प्रतिदिन, प्रतिदिन ! अमर, अजेय छ यो प्रमिथस !
अमानुष अत्याचार अघि अचिनत शीर्ष
अचलमा अचल । यस टाइटान् आत्माले कहीँ
मानव-जातिको महाप्रलयलाई गर्नेछन
राजी, सजिलो स्वीकार ! हे स्वर्गराज ! डरा,
डरा त्यस वेदनाको अतितीव्रताले स्वर्गराज !
जसले चिराचिरा छन् ककेससका नगवर्ग !
(४७)
"ए अलिम्पस पर्वतको अत्याचारी देवेन्द्र !
घाम फ्याँक्दछन् पालिसदार शस्त्रहरू तेरा,
सेता, धारीला लौहशस्त्र ! अयुत असिले
आशमान बनाई रुलरुल तेरो अकाटच
हुकुम चल्दछ स्वर्गबाट, पर्वतहरू कम्पी !
बिजुलीकँ शीघवेग ! तर सहस्र, सहस्र असि
विरुद्ध बनाई व्यायत छाती महावीरको
अवरोधक, प्रमिथस कड्कन्छ तेरो अगाडि
तँ जिउस होस् अन्यायी ! महामानबशत्रृ !
एक दृशारामा तेरा दुगरर्छन् अयुत सवार
आकाशमा, आज्ञाप्रणका निमित्त जहाँ,
एक, अकेला बिजननद्ध दु:खी आहको
आकल आह्वानले अड्नेछन् ती आकाशपथमा
अकमक्क एकबार ! आकुल । वेदना जगविजयी
विदिर्दछे स्वर्ग जन, वेधी बराबर विन्रुध-उर !
(४८)
"म पनि खु अमर ! ए अमर जिउस देवेन्द्र !
सत्य उत्थान हो । असत्य पतन अमरहरूको ।
डर भनेको जानी जानी अमरले रारिएको
अन्यायको हो परिणाम चैतन्य ! म इर्दिनँ !
सहनशीलता नै हो देवताको सच्चा देवत्व,
अमर वेदनामा यो अमरको अमरगुण !
प्रमिथस छ मानव संहार-विरोधी विनुध ।
(४९)
"दिव्य स्वतंत्रता आउली, सुनौली सुन्दरी,
प्रसन्न-बेदनी, अवसर खोजिरहेकी जोछ
अनन्त समयको खंड, खंडलाई बिनी ।
तब सुन्ला स्वर्गको स्वेच्छाचारी देवराज
सृवर्ण युगका दरबाजाको चतुर कब्जा
चुइँचुईँ चलेको आवाज नव प्रभातमा
यस खग्रास गहणमनिका मानवताको ।
(५०)
"ए जिउस जा । कुत्ताहरूलाई बोला सकल
सकल भुस्याहा जगका, रोटीमस्तहरू सब
रातभर नसुत्ने भुकाहा भक्तहरू विषमता-
प॒जारीहरू, मलमिठासे मुखका, शँगहीन,
बांगा पुच्छर हल्लाउनामा बडा चतुर
दुई पयरमा खडा, लातका तपस्वीहरू,
विरोधशृन्य ती लत्याहा, बिगेका हुँडारहरू
सबलाई बोला र बना एक नवीन स्वर्ग !
एक नवीन वैकैँठ कक्कुरहरूको सुवर्णमय
भुवन सजिलो सकल सुत्रै, साधु गरीबमा ।
त्यहाँ गर शासन नि्ष्कटक ए स्वेच्छाचारी !
न कि यस महासाहसी अतितेजीको उरमा !
(५१)
"यस प्रमिथसतले बिश्वप्रेमको महाध्वजा
एक रोज उचाल्नेछ जगतमा ! ए जिउस, महाक्रर !
सत्यसिद्धान्तहीन शासक संकुचित दृगले
विरालोफेँ, उल्कझैँ नव युगको हेर्ला ज्योति !
अनन्तकाल छु, अनस्तकाल छ, अनन्तकाल ।
एक दिवस उतको गर्भबाट होला प्रसूत ।
जब सशैलसागरा प्रसन्नवदनी वसुन्धरा
पुलकित होलिन् नव प्रातमा सत्य-विजयको
देवसंपद्हरू चहकिला चम्केलान् पृथिवीभर
अहा, वेदना ! उफ, ओह, ओह, महती वेदना !
महान् विचार संकष्ट ! महाभाव जन्मको
उग्र दशन !
(५२)
"हेर् फक नशामा तेरो अन्धक्रोधको ज्वाला
दुगुरिरहेछ ममा हे क्र्र क्रर, स्वर्गराज !
तर ममा म प्रमिथसमा छ विदित एक
महागोप्य ! महारहस्य जो तँ जान्दैनस् स्वर्गराज !
त्यसले दिनेछ स्वर्गको अलमस्त उरमा पनि
बरामर सुइरा ! असत्यको राज्यको आयु जो
अल्प गराउँछ त्यो महासत्य तँ जान्दैनस्
देवराज ! समयपटमा अंकित छ तेरो पतन ।
गणित छन् दिन तेरा ! जिउस हे गर्वी, हे क्रोधान्ध !
(५३)
"सुन हे पर्वत, सुन नाला, सुन सागर,
ज्वालामुखी सुन, सुन हे धरा, आकाश !
मिथ्याको शासक स्वर्गको त्यो जिउस गिर्नेछ,
गिर्नेछ, गिर्नेछ, शतचर्ण ! सुन भविष्यवाणी !
भविष्यवाणी मेरो ! पुलकित भई सुन हे श्रोतृगण
सारा क्दरतका ! हे भीरु भीरु श्रोतृवर्ग ! तिमीहरू
सुन यत्ति ! यो टाइ्टान आट्मा-विजवी होला
एक वार ! एक वार अनन्त नीतिको उदार स्थितिमा
शिर्नेछ, गिरनेछ, गिर्नेछ त्यो क्रूर स्वर्गराज !
एक महागोप्य छ अश्रुत अझ ए गिरिवरहो !
एक महारहस्य ! अफ छैन त्यो उच्चारित जगमा !"
(५४)
यो टाइटान् आत्माको महाघोष पर्बतगूँजी
सगर्व उठ्यो, महावेदनाको गर्भबाट गभीर ।
काँपे पर्वत, कन्दरा उपत्यका, शंग, शँग ।
आकाश छायमुहार भयो सहसा । त्रासको लहर
चल्यो विश्वमा एक बार । जस्तो महाक्रान्तिकार
त्रिलोचन एक महाकविको उन्मादित उद्गार
अयुत मानवताको उद्देलित पार्दछ पारावार,
पहिले चासले, चकित । अनि जोशले, उत्साहले
एक उष्ण लहरसमान, लोचन, लोचन उत्तैजी ।
हृदय, हृदय घडकाउँदो शीघ्र, शीघ्र स्पन्दनमा !
(५५)
तब पुलकित अवनी प्रसन्न भइन् त्यहाँ
शस्यरोममा लहलह सरसर ! शीतल प्रवात
ननप्रनुद्ध दक्षिण सागरतटको बल्यो
ओस-आँत, सुशीतल वनदलचलनीद्वारा ।
त्यल्ले मुत्तान्यो महावीर प्रमिथसको ललाट
वेदनास्वैद चिटचिट ! महान् सागर सहर्ष,
गीष्म अर्कको ज्वलित बिम्ब डुबाई, हाँस्यो,
सिन्दुर छरवर पहिले, अब गोधूली प्रसन्न ।
(५६)
अनि तारा आइन् सांध्यकालकी सुन्दरी,
गुलाफी बादल कल्चेकी, स्वर्गा,वतरिता,
अश्रुवर्तुला, सबभन्दा पहिली आकाशमा,
तीव्र तेजले चमचम ! आइन् ती हेर्न व्योमबाट
त्यस अनकंटार एकलासको महावीर,
प्रस्तरकीलित ! स्वर्गको घंकावट गर्ने
उसकी महाललाट हेरी ती मुस्करिन् ।
(५७)
तर ती महावीर, क्षणभरको महाप्रयासले
क्लात्त, अलि लोलाए अब, ललित गोधूली
अघि, अलि सुस्त अनि अन्धकार, राकस झैँ
व्यायतास्य वैरियो छूप रंगउपर,
निगलित भए तब ककेससका गिरिरेखा ।
चकमन्न सुनसान शासन गर्न लाग्यो संसार ।