Jump to content

Prometheus/shastha-sarga

From Nepali Proofreaders
Revision as of 02:32, 1 July 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Prometheus.pdf" from=67 to=77/>")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
षष्ठ सर्ग

(१)
यति उच्चारण गरी मानवमित्र प्रमिथसले
प्रदर्शन गरै अगिन-स्फुलिंगको क्लिमिल,
खोक्रो निगालोको नलीमा त्यो चम्क्यो जसरी
नागमणि चम्कन्छ अँध्यारामा, घराका स्नायुमा,
ञ्ल्ल उज्याली अधोधरा प्रदेश, नागराजको,
अयवा जसरी मत्युका राजा, प्लुटो नामक,
जसले चाउरीवाली माता सिरीज पृथिवीको,
नोगयानका उडान-समयमा मौका पारी
धरातनया प्रोसर्पिना प्यारीलाई पुष्पलब्धा
लुटे, अमितसुन्दरी, इच्छाविरुद्ध- अनि बाँच्चे
एक अनारको रातो रसदार दानाले प्रेमसूत्रमा,
छ मास बस्न आफुसँग मणिरत्न समुज्ज्वल
असौर संसारमा आफ्नो- मृत्युका राजा, प्लुटो
जसरी, अतिचनी, अनर्क जगत्मा विलास-प्रकोष्ट
असाधारण मणिले पार्छन्‌ रुककक, रकरुक,
त्यसरी त्यो निगालामा चम्क्यो- नील निशाको
उरमा तिमिरमय तारासरि- सेतो रंगिलो
धप्पधप्प, त्यो अगिनकणी, अखि खाने कर क्षेपक ।

(२)
त्यो विचित्र कबुल झैं फल्क्यो रुलक्ल धरामा,
एपम वार अवतरित-निशामा उडुछवि झैं
विशाल संभावनाको अनलकणी त्यो चम्क्यो,
उद्दीप्त कविको मृटुचचरो झैं । मानसवहिन
तपस्वीको सदुश, वीरहरूको जोशसरि,
शहीदहरूको भावसरि । सित राप प्राथमिक,
बष्नि-बिन्दु सृष्टिको उदयको झैं सुनसान

माभीषण शक्ति-संयुक्त-देवताको आत्मासरि ।
हेरै मानवहरूले त्यो चमत्क्त, प्रशंसाले,
केवल अन्दाजी त्यसको स्वभाव !... सहर्ष !

(३)
स्वर्गको आगो, त्या भीषण, हितकर पदार्थ,
जो पकड-पार्‌ थियो मानबको अफ्सम्म-
त्यो सेतो दुश्य गरम औं चक्षु- आक्रामक
ज्योति, जो अनगिन ताराहरूमा दुगु्थ्यो,
आँखाका परेलासरि, किमफिम, चमचम !
त्यो धकधक पदार्थ जो अविज्ञात, अपोलोको
ओज थियो, जीवनदाता, वनस्पति -प्रिय,
जसले बादलको बाक्लो वारक माडी छैडी
ल्याउँथ्यो दिन-नाशपछ्वाडि सृजन नयाँ,
उघारी नयाँ जन्मँदो विश्वको अरुण दुग ।
त्यो आगौ जो कहिले, कहिले महारण्यमा
स्वर्गको धुपको चर्को छूतले सल्कन्थ्यो देनदन
भीषण, महाभीषण... जो नास्दछ सब, जिलाउँछ

(४)
सारा ! त्यो आगो, त्यो ज्योति-क्षेपक, त्यो 'चमटकार
मुख बाए कसैले त्यहाँ- कसैले हेरे वाल्ल ।
कोही भयभीत भई सोधे- खदिन यसले ?
बनलाई डढेलोले जै मानवजाति समस्त ?"
प्रभिथसले दिए प्रत्युत्तर : खान्छ, खिलाउँछ,
पाल्दछ, फाल्दछ, सोच्दछ, पोस्दछ यो आगो ।
यही संसारको सृष्टिबीच ! यही संसार-
प्रभक्षक, यो पिता, यो काल, यो मित्र यो अरि ।
सदुपयोगको सहायक, दुरुपयोगको
ध्वंसक यो आगो ! यो भीषण तत्व, यौ स्वर्गमा
नक्षत्रको पोशाक, आकाशको संपोषक !
देबहरूको देबत्ब, यसमा मृत्यु अमृतको
संयोग ! दूर पूर्वमा गंसलाई मानी देवदूत
प॒जा गर्छन्‌- यही नभई देवमा हुन्न अन्न
शक्ति, ओज, साग्राज्य ! पही आलिम्पस पर्वतको
उदरदरीको घकधक ! यो सृष्टिको प्रभात ।
यो शक्ति, यो तभ्यता, यो सर्वस्व, पसलाई
राम्ररी चिन मानवहो ! यसबाट हुन्न बिनाशा,

परिचयपछि यो हा जमत यो अनन्तशक्ति !"

(५)
पएमिथसले तब त्यस अगितकणीले बाले
प्रथम दीपशिखा संसारमा- चमत्कृतिपूर्ण ।
सल्लोको दिनभर मरमर गर्ने हरित
सियापातहरूको मुप्पाले सुन्दर रूखको-
पर्वतपाद निम्मगाउपरको, जलानुकरण
ध्वन्तिले मुखरित वक्षको खोटोदार चोड्टो
प्रस्तरशस्त्रले चिरी, दियालो बाले सुन्दर ।
नीलो, नीलो पहिले त्यो ज्वाला रुबाल्ल, बल्यो, दीप्त,
हतिकँदै, सुल्केपछि, अस्थिर डुलडुल ! मानो
प॒थिवी औ प॒थिवीका प्रवात उसको निमित्त
थिएनन्‌ स्थिरताका स्थान ! तर्‌ पृथिवी हाँसिन्‌,
मधुर मन्दस्मिता निशीथितीमा दूरतक !
एक पातलो उज्यालो माधुर्य फेलियो वन,
माँग, बटा, चट्टान, गुफाभर-उदीपक,
आकार-प्रदर्शक, सुन्दर ! मानौ रातमा,
सानो मधुरो सूर्य उदायो वसुन्धरामा,
अथवा उनको एक अंग सरेकँ, रमणीय !
अहा, अह्दा, त्यो 'चमचम ! अहा, अहा, त्यो रुल्ल ।
कालो सुनसानले हाय्यो त्यसको भेदक शिब्बा
सामु, त्रस्त, दूरपलायनशील । तारा छै
प॒थिवीको सतहमा रातो त्यौ शिखा नाच्यो
कति राम्रो सुलकुल, बुलकुल, चमचम
नाच, ढृदयाह्लादक ! मानव जाति सहर्ष
हेर्न लाग्यो त्यो विचित्र ज्योति अप्सरा चंचल !

(६)
यो प्रथम आविष्कार दीपशिखाको सुन्दर,
आविष्कारहरूकी भई जननी, नव नजर !
अँध्यारो चट्टान-कोठरी चम्किउठघो सुन्दर,
सानो स्वर्गसमान सुदीप्त- मानिसका मुख
कति राम्रा देखिए अब ! आप्स आपसमा
प्रेम बढी परस्पर मुग्ध मानव युवक, युवति,
लागे प्रशंसन आकार, वर्ण मिठास, हिसी ।
अनि लागे नाच्न उठी तीङ सिँगारी फूलले,
फलको हाँगो बोकी लटरम्म, गुहामा सुन्दर;

चिल्लापाते लहराहरूको मुम्कादार कम्मरबन्दी-
लाई लाल गाल मसकदार मुस्क्रीवाला,
लच्की, लजिली, लुफ्तदार-ललित नृत्य-लोल
भावान्दोलित अंग हिलाई खिलखिल, चमचम !
मसरी गाए तिनले मधुर प्रकाशमा प्रयम
प्रमिथसीय प्रदीपको पवन प्रचंचल, चमचम ।
भाषामा अईस्फुटित जसका सुन्दर गेडा,
हाम्रा राब्दहरूभन्दा औपन्यासिक, अत्यर्थ,
संकेत थिए जुलिक्दा भाव, भावका उद्दीपित ।

(७)
"परम परम थैऔ ।
परम परम थेऔ ।
हेल्लिल्लिल्लिल्ती,
हेल्लिष्लिल्लिल्ली !
ओह, मिरावीली ! ओह, मिरावीली !
फ्लिकर, फ्लिकर, हेलिओस्‌ ! हेच्िल्लिल्रिली ।
लुस, लुस, लुमिनोस, लुसन्त लुसन्त च्ौस्‌ ।
लुस, लुस, जिया, हे्लिन्निब्रिल्ली ।
हेल्लिल्लिल्लिल्ली !
भाक्‌ ओ, लोक्‌ ओ, आन्थोस्‌ डृरिनयस्‌ !
स्फ्र, स्फुर, मरमरे, हेल्लिल्लिल्लिल्ली !
हेल्लिल्लिल्लिल्ली !
हेलेना, हेलेना, हैल्लिल्लिल्लिल्ली !

(८)
यसरी दीपशिखा लासको उल्लास गाउँदै
वर्वरध्वनिमा सुन्दर, तिनले खुशियाली
खुब मनाए गष्वरहरूमा त्यस रात "धन्य,
धन्य !" भन्दथे ती प्रमिथस, परमदेवको ।
अनि म्यासहरू बाली हेरे, शृष्क जार, पात,
मीठो न्यानो आयो लुगलुग सेतो रातमा, अहा !
कति दनदन, कति दनदन, रमरम !
अनि पोले, पकाए मासु काँचो, कति मीठो !
अहा, क्या बुलन्द स्वाद, तब न मृगमांस
मृगमांस ! ओह, सब चीजमा आयो अमृत !
अमृतको स्वाद ! त्यो अरिनभित्र छिपेको, गया स्वाद,
बुलन्द ! तब न आगो, तब न ज्वाला, चमत्कार !

(९)
तब एक चचले मानवले प्रेरणप्रधात
एक समात्यो अगुल्टो, छाम्त अगिनको शक्ति !
च्वाम्म चुम्यो चर्म्म आगोले भीषणजिह्न,
रातो तपतप, चरचर ! डाम्यो, डाम्यो कोमलमाँस
सोला दी, पोली । उपय्रो भयानक त्यो, चितुवा ठेँ,
मत्यस्वरूप गोमनले ठुँगेडँ- घनघोर ।
बुर्लुक्क, नुर्लुक्क । भीषण करायो गल्नर धर्काई ।
प्रमिथस आई हेरे- लगाइदिए बूटी, पहिले
सेकाउन लगाई त्यही आगोमा-नमाने पनि,
जबर्दस्त ! अनि उनको शीतल उपचारले
संतृष्ट त्यो पस्य्रो पाउमा प्रश्न गरी "के गर्छु
आज रातमा, बाई मुख आकाशतिर ?"
"मर्दैनस्‌" भने उनले । "यो गोमन, अजिंगर,
विषधर होइन आगो- तँलाई हुन्छ निको भोलि ।"
सब छक्क परे । के गजब, त्यसरी डसिएपछि,
त्यसरी उफ्रेपछि दु:खले कसरी नाँच्दछ
त्यो दुईखुट्टे भाइ ?..." आश्वासित त्यो सुत्न गयो,
स्याउलाहरूमा फ्लदार आशादार॒ कतब्ञ ।

(१०)
यसरी ती महादेव भए मानवका प्रिय,
अतिप्रिय, अतिशय प्रिय प्रथम युगमा !
अनि मानिस लाग्यो इशारामा नाच्न, सत्वर,
आण्यमा लाग्यो दुगुर्न देव अधि, भयहीन
हुनगो उनको अतिमानब छायामा, बल्यो
आश्वासित मानवजातिमा, चमत्कारद्वारा
ककाचाँध, एक भीषण क्रान्तिको हताशन
स्वर्गविद्द्ध ! लागे तारा लाउन मानिसहरू
"जिउसको पतन, महापतन ! परम थेओस"
(किनकि प॒मियसलाई यसरी संबोधन
गर्थे मानिस-"अमर रह्न्‌ सदा सुपूज्य !")
१ ),५ १
त्यही छ ठोस... अरू सब अल्पस पर्वतका तुषार
अल्पसमय शिखरोद्भासी, पछि विलीन !

(३३)
"किन देखिन्न त्यो जगत्को चत्र कर्म्मी यहाँ ?
किन छन्‌ यहाँ द्रव्यग्‌ण जस्ता यी पाइन्छन्‌ ?

किन, के कारण अल्प छ जीवन हाम्रो ?
पी विषय कल्पना र विबेकका बहाड हन्‌ ।
तर ठोत वत्तु हो आत्मा, जो मर्दैन ।
आत्माउपर होला अर्को परमात्मा पनि ।
होओस्‌ या नहोओस्‌ हामीलाई तर
छैन अति परबाह ! आत्मा, एक अक्षर तत,
यही छ प्रशस्त, प्रशस्त, हो, मानवहो !
तिमीहरू मर्नेछैनौ- मर्नेछैनौ- मर्दैनौ ।

(३४)
"तिम्रो जाति छ अफ स्वर्गको तानाशाहीले
घन्किड्रहेको महाप्रलयले, महाप्रलयले !
तर त्यो जिउस तानाशाही पनि हो तिमीजस्तै
केवल आत्मा...अमरहरू जो असल गर्दछन्‌
बन्दछन्‌ देवहरू, जो गर्दछन्‌ खराब, दानव ।
त्यो स्वर्गको राजा जसले ध्वंसन शपथ्यो
तिमीहरूकन त्यो होइन देवता तिम्रो
मुस्तेद बन संग्राम गर्न ₹ मानव ! त्यस सँगमा
छाती बनाङ पत्थर अब हड्डी बनाउ बज्ज ।
उसको कुलिश पनि हो आफ्नो पुजारीको हाड ।
स्वर्गविरुद्ध गन बलवा... होओ सब क्राल्तिकार !
अन्यायअगाडि फुक्नु होद्दन मानवहो !
महावीरता, महाविकास ! अन्याय हटाउ,
मूलोच्छेदन गर त्यसको, जो तिमीउपर
गर्दछ महाक्र्रताको निन्दनीय व्यबहार !
लड, लड, संघर्ष गर, गर आत्मनिर्णय ।...

(३५)
"स्वर्ग छ आज बदलीदार...क्रर, प्रकपित
उफ्र, उफ्र मानवहो ! लात देओ त्यो घनमा ।
आत्मनिर्णयको अधिकार छ तिम्रो सदा
स्वर्ग विरुद्ध पनि । मानव, नहोओ हताश ।
नंगा आत्मा निस्केला सत्यप्रकाश तारासरि
धपधप कुनै कुनामा यस विश्व गगनको,
पदि भौतिक रणमा तिमीहरू हुनेछौ मानब
सर्वस्व-वञ्चित ! सत्य छ, सत्य छु विजयी
सब संसारमा, सब कालमा सब अवकाशमा
मानव !

(३६)
"छैन यो अक्षर हामीमा भन्नेछौ कोही
हताश सदाका लागि ! त्यस्तै हवस्‌ तापनि मानव,
प्रकृतिको त्ररणस्वरूप अह्दार्य तिराड्मा
यो जीवन चाँडो तिरिए के भो तिमीलाई ?
खृअ खराब मृत्यु हो ! मानन, खराबको शिखर ।
त्यही नचढी कसको जान छ उसपारि ?
यंत्र भए टुटौला चकनाचर, कर्म्म गरीकन,
मंत्र भए उठौला चढबढ चमत्कृतिसँग ।
तर असत्यमा छ हार मानव सत्यमा छ जीत ।
क्षिनकि छ असत्य आत्मबिरोध जो आफ्नो
अत्तर-अन्तरको सहिँदो हो नित्यको भस-भस ।
सत्यप्रतिष्ठ बन । तानाशाही स्वर्गविरुद्ध
हामी गरौँला महाबिजयी सत्य संघर्ष ।
सत्य नै हो गहाबल, महामंत्र मातन !

(३७)
"अनंत पाक्तिमान्‌ सत्यका छन्‌ शीर्ष सहस,
सहसवाद ! अयुत वदनले बोल्दछ उसले
हृददेशको एक कणीमा त्यो बिराट स्वरूप
अन्त:स्थित हुन्छ- एक सच्चाइमा मिलिक्क !
विश्वव्यापक उही छ, उही मुटुको नसा मानवको ।
उसैको छ आखिरमा स्वर्गको सिंहासन ।
क छ अक्षर, अम्रर मानव । हामी डगाऔँला
सत्यले असत्यको राज । सत्य हो हीरा
जो कटकट काट्दछ इन्द्रजाल तिमिरको
निशामा भयंकरी ...ताराज्योतिसमान ।
शान्त ढुककुर ध्वनि उसको प्रतिक्षण जित्दछ
उग्रता सब विकृत रूपका । निडर होङ मानव !

(३८)
"उग्रा, संसाकेशिनी, अनलेक्षिणी चंडी झैँ
गर्जेली प्रकृपिता प्रकृति- महासागर छै
प्रभंजन-प्रहारले वीचि वीचि दोलयमान !
भूकंपी उसको गतिलाई एक जाद्ले
महासत्यको शम्नेछ एकै क्षणमा प्रशान्त ।

(३९)
"तब डराउला मापाशस्त्र जिउस इन्द्रजाली
उच्च स्वर्गको, अभ्रपार ! त्यो क्रुर शक्तिबिश्वासी
अनैतिक आत्माको होला अन्त महापतन ।

सत्यको होला शान अड्डा तब संसारमा ।
भज्ला सारा दुनियाँ हँदै तब सत्यज्योति
विद्युत्समान विलसित प्रमिथसको मुहारको ।

(४०)
"कम्पकारी अत्याचार शस्त्राधिरूढ
क्रूर स्वर्गको, चार पयरमा टेकीकन
खाला जब कंटीला घाँस पछ्नुताउका
ताजा ताजा तब नबेपींध खाल्टोले
मुख बाउला अगाध निल्न जिउसको शक्ति ।
चर्म्मचक्षुले अन्ध, दुर्बलताले निर्दयी,
जिउस गिर्ला, नक्कली शात्रको स्वर्गा;धिराज,
आफ्ना अन्तरका आत्मविरोधहरूले पतित ।
मानव, हामी छौँ सत्यपक्षमा । नडराओ मानव !

(४१)
"जब रुंझामा पहेँलो पट्टी झैँ सत्य आँधीले
बढारिँदो लाचार जिउस गिर्ला तल, तल,
विस्मृतिकी बैतरणीले निल्ली उत्तलाई ।
झ होला तब 'लेथी' नदीवार एक छाया उँ ।
'माववलाई शासन गर्नेछैन पशुशक्तिले तब ।
आशावादी बन मानवहो, तिस्रो छ महाचिजय
तिम्रो सत्यपक्षमा म प्रमिथस छु जिउसविरुद्ध" ।

(४२)
यसरी प्रमिथसले संबौधित मानव-जाति
उत्तेजित बन्यो प्रतिक्षण, एतिक्षण बसै
अलिकल संकल घार हँ मानव-घर, नगर,
_सलिल किनाराहरूमा, अति उब्जनीदार
शहर-योप्ली धरातल बन्यो रमणीय,
प्रतिदिन समन्नत, प्रगतिशीत मानवले
गन्यो सहसमुखी समुन्तति । कृषि, वाणिज्य बढे ।
आइय भयो जनसंघ आशावादी सभ्यता
बन्दी प्रति उज्याती घनी बनी ।

(४३)
तब हेरे क्रर जिउसले, उच्च स्वर्गबाट
मानवको पृथिवीमा तरखर ! नवजागृत
मन्‌प्य-निर्माणशील, नव सभ्यता रच्थ्यो ।
दिन दिन प्रगतिशील पुरुष बन्दो, देवसमान,
देखी त्यसकन जिउसले, महाक्रोध गरै
प्रमिथसको जसले यसलाई बनाय्रो यति उन्नत ।

उनका भौँमा आँधी चढे क्रुर, उनी बोले,
"झरो नवजाति निर्माणको उच्च स्वप्न
सब ध्वस्त गस्यो यस राकत प्रमिथसले !
त्यो निन्दनीय जीव, मानवनामा, कीटसम,
जागृत बनाउनामा यसलाई केको चासो ?
देवाधिकार खोज्दछ अब यसले, यो कमिजीव !
शत, शत धिक्कार, घिक्कार, त्यस प्रमियसलाई !

(४४)
"यो कसको बलबा हो ? मेरो इच्छाबिरुद्ध
त्यही अभागी प्रमिथसको ! त्यसते दियो
मानवलाई चोरीकन आगो । त्यो बदमाश आगोचोर !
त्यो मानवको नाङ्के, त्यो न्यूतजीवको साखो
पाद पाउला अब मेरो महाक्रोधको गति !
_त्यो भेडागोठालो मान्छेको, त्यो वानरको
प॒च्छरशस्त्र, त्यो प्रमिथस । त्यो पनि मेरो बागी ?
शतच्र, शतच्र गराउँला पाजीको शीर्ष !

(४५)
"सर्व-शक्तिशाती म स्वर्गमा, निष्कटक मेरो
यो स्वर्गको सिंहासन ! अयुत सुरहरू यहाँ
कंपायमान यरथर पर्खन्छन्‌ मेरो अकाट्य
दैवेच्छा और देववचन ! साहस हुन्छ यहाँ कसको,
एक कदम चल्न पनि म विरुढ ? मेरा इशारामा
कोटि, कोटि असि रुल्कन्छन्‌ बिजुली झै नभमा ।
त्यसको कत्रो मुटु हो यो ? कत्रो अपर्व साहस ?
सर्वशक्तिसम्पन्न जिउस मसँग गर्न विरोध ?"

(४६)
तडित्त्यरित इच्छा हुन्छन्‌ जिउस देवको,
अभ्रघोष गर्जन महास्वर्गमा घनघोर,
फंशाक्रोर्ष तिनको श्वास, श्वासले गर्दछ
शतचर संसार, संसार समीपमा रहन्छन्‌
बलदेव क्राटोस, तथा शक्तिदेव विधा
भयंकर दुवै मूर्ति ती, सिंहासनका अगल; बगल,
तावेदार रहन्छन्‌ देवराजका प्रबल इच्छामा ।

(४७)
तब कृद्ध जिउस सुरैन्द्रते, स्वर्गका
यी दुईलाई अहाए बारिबाह घोषते :
"जञाओ तिमीहरू दुवै, जाओ शीभ्न, शीघ्र
बोलाउन जाओ ! के हेरिरहन्छौ यहाँ ?

जाओ बोलाउन हेफिस्टस अगितदेवलाई,
सर्वदेवमा महाप्रबल... त्यो मानवमित्र,
त्यो दुष्ट प्रमिथसलाई दंड छ दिनु आज ।"

(४८)
आए तब अल्प समयमै माणिक गात्र
महातेजी देवबीच अतिप्रबल, हेफिस्टस ।
ती थिए प्रबलगात्र अरुणजिह्व अनल,
साकार ! देवराजअगाडि आईकन पस्ने
बोते, "प्रभुको कुन प्रबल इच्छाको प्रेरण ?"

(४९)
क्रोधारिनिले देदीप्यमान युगललोचन
महादेव जिउसका धप्के घपधप, घपधप ।
अञभ्चघोष बोले हेफिस्टसप्रति, उच्च नादमा,
"जा हताशन देव, मेरो महाक्रोद
प्रदर्शन गर त्यस बागी प्रमिथसउपर,
जसले मानव-साम्राज्य खडा गर्न ताकि-
रहेछ संसारमा, मैरो उच्च इच्छाको विरुद्ध !

(५०)
"ज्ञाङ क्रोधान्ध बनी अनलदेव, सल्काक
त्यो स्वर्गको बागी मानवनायक प्रमिथस
महामुर्खलाई पृथिवीमा ! त्यसकन कैद गर,
जा, कक्रचाक, शिंथियाको महामरुमा लैजाक
बाँध चट्टानमा त्यो पटमूर्खलाई ! त्यो उल्लु,
त्यो स्वर्गको अनलचोर राठ प्रमिथसलाई !
बाँध फलामका जंजीरले, जकडी जबर्दस्त ।
अनि देखाओस्‌ महामूर्ख त्यो मेरो अनादर !

(५१)
"म्रानवलाई, प॒थिवीको त्यो कमि, कीटलाई
दुर्बल दया गैरकानूनी गर्न प्रदर्शन
नाक नभएको त्यो नकच्चरो एमिथस !
नाजुकउपर कहाँ देवको प्रेम ? सहानुभूति कहाँ ?
के देदता दुर्ननका पछि लागी खोज्छन्‌
विश्वका सकल वीरहरू त्यो ? कस्तो मूर्ख !
भुसुनालाई विकास्न ! कूमिलाई दिन अधिकार ।
स्वर्गको आगोको चोरी भयो मानवनिमित्त ।
तर त्यो चोर, देव भए पनि घाहा पाउला
नारकीय दंड, अमरत्बको नित्य उपहास,
जाक, हेफिस्टस, बाँध नाँच त्यो मदमाश

प्रथम शठ प्रमियसलाई लौह जंजीरले
बाँध ।"

(५२)
आकाशभर बादल छाए त्यस बेला,
उग्र भ्रयो मेघनाद- मानवजाति कंपायमान,
उल्काका अनेक शंकाले दिनरात सभाक्रान्त
देख्न लाग्यो अनेक दाएण सपना, अकथनीय !
जब हेफिस्टस अगिनदेव, नतशिर जिउसअगि,
ओर्तै पृथिवीतिर बादलमा राख्न महा आज्ञा ।

(५३)
शायद प्रमिथसको जस्तै बदमाशीले विह्वल
स्वर्गाधिराजहरूका क्रोधानलमा शतचर
यो कलेजाफार अगिनचोर प्रवृत्तिले दुष्ट
नित्य विफल नित्योद्योगीते आत्मा मानव
देवकोटीय । अरु चाहन्छस्‌ अनेकानेक
दुष्ट, दुष्ट असहन-सहन संसारमा क्रूर ?
एकछिन पर्खी, सुस्ता अग ए लेखनीहस्त !
विचार गर, यस विशाल संग्राममा
प्रकाशनिमित्त यस मानव-संसारमा,
तँ चर, च्र जीवनको अग्रसरण अज
तेतो महाप्रलय नहोला ? के त॑ पनि होस्‌ प्रमिथस ?
हा, एक महानिशामा एक जूनकीरी पिलपिल !