Jump to content

Prometheus/panchama-sarga

From Nepali Proofreaders
Revision as of 02:32, 1 July 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Prometheus.pdf" from=53 to=76/>")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
पञ्चम सर्ग

(१)
उलट-पेकावट माटोको, साह्रो जिद्दी, जमाहा,
पसिजाउँछ खेत-कोराहालाई गँगटोमा
जब हुन्छन्‌ दिन-आँखा । गुट, गुट बालुवाका,
माटाका, बलवा गर्छन्‌ परिवर्तनको दीक्षक,
क्रान्तिकार कट्किँदो धातुध्बनि कोदालीसँग,
जो घुसनुपर्दछ तिनका अन्धकारमा,
दाँत बजाई, क्रन्दी । त्यसरी युग, युग गरे
जन मन कृषकले सस्वैद परिश्रम,
प्रचंड मार्तडमनि तानाशाही, रस-शोषक
जब तिनका मेहनतमा अम्लान्त, द्रवित
कडा अदनको स्वर्गलि बर्साउँछ सजल
नर्माउने धूली-धौनिनी, धारा, पाबसमा,
तब लहलहाउँछ हरियो संसार, नवस्वप्न ।
यसरी प्रथम परिष्कृतिका किसान प्रमिथस
लागे क्षेत्रमा स्वकीय अथक परिश्रमले ।

(२)
त्यो प्रथम अगिन जो सृजनाको हृदय हो नितान्त,
जो किल्काउँछ सेता शिखा पूर्वीय अचलका,
प्रलय प्रलयी, प्रथम बिहंगको क्रन्दनमा,
जसको समरेखी स्वरूप छ कवि औ नवी,
ञ्रिल्किन्ध्यो नरमित्रको उरमा, बडो विचित्र,
एक बाटुलो सपना झैँ ज्वालामय धपच्प ।
उनी देख्दथे एक महास्बप्न, बिकासशील-
दीपणिखा कै जो किरणहरूको विस्तारमा
एक नवीन जगत जगाउन खोज्थ्मो स्वकीय,
-एक सर्य-भावना, मर प्रातको, दिवस

जब अज शौशवमा हुन्छ पल्लव-लोहित ।

(३)
समतामा राखी व्यबहार मानबसँग, तिनी
लागे देखाउन अद्भुत चमत्कार, जसरी
क्षितिजतलका दिनकरले समताप्ताथ
ताजब जगत्‌को नव उद्बोधन गर्दछन्‌ ।
चिरकाल अवलम्बित हुस्सू दृश्यउपर,
दृष्टपविरोधी दूरताको मुखको अवगुंठन,
चिरिन्छ मूर्खको शाती खैँ, स्वकीय शठताले,
धाँजा, धाँजा, बुद्धिको नव उज्यालोमा । बिहग
सुषुप्त खोल्दछन्‌ दृग, माँस-पद्टल उचाली ।
प्रलयच्ायाले शीतांग संसार सिहरन्छ,
नवश्वास । मिद्दछन्‌ एकलासका अश्रलास ।
स्वर्ग बनेर आउँछ पृथिवी एक क्षण ।
कविको सपनाको उज्यालोले चित्रित जगत्‌
तृल्य जन-मनमा, तवरूप उदाउँछ विश्व ।
अनि कंपित तरुपल्लव, त्रस्त प्रभातमा,
आश्वासित बन्दै आउँद्न्‌ सम व्यवहारले,
जबतक छिरबिराउँदो जगत्‌ हुन्न पूर्ण-
प्रबुद्ध ! त्यसरी प्रमिथसले आफ्नो तेज फिँजारे ।

(४)
एक थन्द्रले गर्दा वसन्त वन बन्न जान्छ
एक परी-वास, प्रभावित । कल्पनाले नव-
सृष्ट, सजीव, तिमिरविलीन कुसुम-सौन्दर्य
फुद्दछ फेरि कोमल रंगमा नजरअघि ।
नेलहर अंबुधिको बिशाल उर हिल्दछ,
भाव-छालले चल, छचल, जल स्तन झैं
फेन मुन्टो मधुर, सौन्दर्यको, तरल, सजीव ।
त्यसरी एक महापुरुषको प्रभावामृत ।
पूर्ण परिवर्तित पार्दछ संसारको स्वरूप ।

(५)
यसरी तन ती मानवमभित्रले स्वर्गविरुद्ध
मानवलाई रारै सम्बोधन ...स्वरमा निर्भीक !
"ए मानब, नित नतमस्तक स्वगधिराज
सामुन्ने, हे प्रलयसंशयी, नडराओऔ, नडर,
आज छौ वाजका कर पखरेटाका हाँकका
मनि पंछीतुल्य निर्दोप, तर छ बाजको

बाज तिम्रो सामु आज, स्वर्गाधिष्ठाताको बागी,
बागी प्रमिथस, निर्भीक, स्वपक्षमा अब तिम्रो,

(६)
"प्रकाशस्वरूप पुथिवीको अगृ॒त छेकी,
जव लाग्दछ ग्रहण दिनकरमा मध्य-स्वर्ग,
दैत्यग्रस्त झैँ तिमीहरू, पाउँछौ आफूलाई
प्रलयका पख्ेटामनि, कालो बाजको पंख-
समान, तर तिमीहरू अरु पुज्न खोज्दछौ
त्यही मत्युस्वरूप दानब जो मानब-रिपु,
तानाशाही पुजारीहो, नचुँड सुन्दर प्रसून,
कोमलता च्याती चढाउन त्यस क्ररको
कठोर पाउमा जो कल्ची फाँड्न चाहन्छ
तिम्रो जाति स्वकीय । मानवहो, होशियार !
होशियार सुरप्रका दयाहीन देवदेखि
रहो, रहो, मानब ! नगर पूजा जिउसको ।

(७)
"अतिबलीको पुजा कायरता हो स्वभावको,
अतिनैतिकको अर्चन आत्मबल जगत्को ।
आत्मा छ तिम्रो मानवहो । पूजन गर अब
त्यस अक्षरलाई जो तिमीहरू हौ आफै ।
यो अमर चरो आउँछ, उड्दछ समय, समय,
विलीन हुन अन्तमा शून्याकाशमा अनन्त ।
यो अगिन-स्फलिंग जो निभेरैँ भाग्दछ दर,
बल्न अर्को घ्रुवमा, अर्का गगनमनि, यो
यस ठाउँको सीमित चेतको भ्रममा पर्दा
बिलाउँछ जस्तो लाग्दछ सबलाई । तरयो
वर धुवमा छ, मरेपछि पनि, फलफुल ।
मर्दैनौ हे अमर मानबहो ! मृत्यु हो छाया ।
भ्रम, केबल उपहास, केबल छायालिंगन !

(८)
"त्यो ज्वाला हो यस दाउरामा...ज्वालाभन्दा ज्वाला ।
समकालीन सब सुरको, सब नक्षत्रअघि
त्यसको अस्तित्व एकलो, उज्यालो, चमचम !
सृनसानमा, जो सब चीजको हो मृत्यु महान्‌
त्यो अमर, ढुक्कुर ढुकढुक गर्थ्यौ तेजोमय,
सुगन्ध झैं ज्योति निकाली, फिँजाई, अनन्तको
पुछारतक दुईतर्फ । त्यही किरणमा जन्मी

सुजना सुन्दरी पंगारमयी । जन मर्छ यो,
फूल-पात-पहाड-जल-तारा-आका शसहित
तब पनि मर्दैन त्यो-मर्दैन त्यो-मर्दैन ।
त्यो डोरी हो, सर्प होइन, हे मानवहो, हँस्सी,
उडाऔँ त्यसको, नबनौँ लाछी, नबनौँ कातर !

(९)
"सर्वस्व जलेको सूर्यलाई हेर, गगनमा ।
त्यो सधैँ जिउँदो सेतो राप पृथिवीअघि
त्यो अमर अपोलो कसरी जियो देह-भस्म ?
यसरी जिइन्छ मृत्युको पश्चाद-देबताहरू
पो जान्दछन्‌ जो तिमीहरू जान्दैनौ, है मानव !
यत्ति फरक मानब, देवता बीच-यत्ति ।
तिमीहरू हौ उही अमरबीज-तर अज्ञानी ।
तिनीहरू स्फुटित पल्लब; तिमीहरू तर
बीजकोष मृत्तिकामा, तुषारमनि आच्छन्न ।
"ओ तेज, कारा तोड्न सिका" भन । "ओ किरण,
उक्लन स्तरउपर उपरिस्तरमा अक,
ग्रन्थि, ग्रन्थि छिचोल्न सिका तमका । बिरुवा झैँ
हामी प्रस्फुटित हुन्छौं बीजकोषबाट खुलामा ।
उक्लन दे" भन, "पूर्ण स्वरूपतिर । आफै हन
सच्चा, यथार्थ अभ्चम" मत्यु अँध्यारोको नाम ।
नाम उज्यालोको अमृत । त्यही, त्यही आत्मा, आत्मा,
चिन, बन, बल, दनदन बल, मानवहो !
हँस्सी उडाऔ अतिबलको, हँस्सी उडाओ नर !
जस्तो हाँस्दछ रुदा तारा तिमिर चिरी चरक्क,
बिलयबिलासी मध्यनिशामा । मर त्यसरी,
नमर्न, नगर्न नित्य । क्रान्ति, क्रान्ति, क्रान्ति गर !
तिमिरको बिरुद्ध उठ सशक्त, हो मानव,
गिज्याई मर अन्धकार, रातो वा सैतो रापमा,
अमरत्नको लेक चेत, स्वर्गविरुढ उठ ।"

(१०)
यसरी प्रमिथसते बोले, भाबको भाषामा
सांकेतिक, ध्वनिमय, उच्च स्वर- मानव भौ
पहिले विस्मित...अनि जिज्ञासु, अनि प्रगाढ
प्रभावले .संचालित । अनुयायी भए उनका

बहुसंख्य तन, त्यस प्रथम युगमा मानवको ।
आत्माको थियो एक ज्ञान जसले गर्दा
समुत्सुक मानब, एक निशापछि दिवस
पाएसरि उद्घाटित सुवर्णपूर्वमा, फर्क्यो
जिउस नामको बादलबाट-प्रलयछाय,
अनि प्रमिथसले उपदेश दिए यसरी:

(११)
मधुरध्वनित भावहरूको संगीतमय
प्रमियसीय संचालनमा ती मानव-जाति,
भाषामुख बन्दा अनुकरणले, लागे सुन्त
दिव्य वाणी, प्रथम विगहको झैँ, दिवस-कथा,
"मानवही, मर्दैनौ । भविष्य सुनौला तिम्रो,
तिमीहरूको आकाश, तिम्री पृथिवी, तिम्रो
संसार, संसारको दोलत, तिम्रा उडु-रत्,
तिम्रो सब पारावार, वानरपत साम्राज्य,
रणुतीर झैँ सरितांपतिका तिम्रा दिबस,
तिम्रो सब अनन्त । अन्त सब तिम्रो मानव ।
हे रंकहो, चिन राजा आफैभित्र । बन बागी--
बागी त्यस विरुद्ध जो तिम्रो हो महाकाल ।
है सृष्ट विश्वका उत्तराधिकारीहरूहो,
अधिकारनिमित्त लड आफ्ना, निडर, अमर,

(१२)
"अँध्यारामा छौँ तिमीहरू अझ मानबहो,
छौँ अरु लाखौँ भ्रमका शिकार, लटमुखा,
कुइराका काक, तिम्रो जातीय गगनमा
डाल्न नयाँ प्रकाश, बढार्न कृुइरो आकाशको,
नव जन्म दिन तिम्रो जातिलाई बहुमूल्य
अवतरित छु पुथिवीमा, म अमर प्रमिथस,
भ्रगंकर बागी स्वर्गको । तिम्रो निमित्त,

(१३)
"कीटहरू बिउंरुन्छन्‌ किरणसँग मर्दछन्‌
लामखुट्टेको दिनको जीवन । मासभर
कारहरूको ...छ महीना धानको । मानन
ताराहरूभन्दा जिउँदछ जो, ज्योतिसंपन्न,
हाय ! डराउँछ बेकार, अमृत आत्मा, तँ जाग्‌ू,
जाग्‌ जाज्वल्य, जाज्वल्य जागू, जाज्वल्य, घकघधक !
जाग्‌ हे सेतो राप, प्रथम राप नक्षत्रको ।

तँ भित्र छ एक अमर स्फुलिंग अन्तर्गत ।
म छु निर्भीक । म छु प्रशान्त । निःशंक आज,
उदयचली झैँ निडर, प्रकाशतपस्बी
निडर, वेदनाहरूको समस्त, कल्पनीय
हाँकसाथ बल्दछ मेरो अक्षर तत्त्व महान्‌
म ज्वाला हुँ, म होइन माउरीहरूको मैन,
यो हुन्छ खरानी, त्यो प्रकाश... फलफुल, कलकल,
रुलमल, रुल्कन्छ अनिर्वाप्य व्यापक
मैरो अन्तर्गत । ए मानव, छाम्‌ तँ अल्त-
स्तल आफ्नो निश्चित हातले, हे मानव,

(१४)
"अज्ञान त्यसैको, अन्धकार झैँ बस्छ तँमा ।
मनमा अफ छ रात, कुइराहरू डै उद्दछन्‌
अज्ञानले उत्पादित डरको चीसोमा, नर ।
अन्धविश्वास, भ्रम, छाया खोक्रा, भित्र, भित्र ।
मासुले रंगिएको यो शवल चैतन्य पछाडि
वसन्तको अरुण अस्तकालीन दिवाकरको
हृदयसमान छ सेतो, चैतो अनलपिंड,
बातावरण पछ्चाडि, ...सुनसान सक्तैन,
सक्तैन निल्न तँलाई, मानव, नडरा तँ,
नील सुनसानको अनन्त उर फारी तँ
माथिबाट उदाउँछस्‌, तलबाट निभे, पृथिवीमा ।
अन्धकारसँग संघर्ष गर्नु हो अमर जीवन ।

(१५)
"आज छ एक ग्रहणको दिन- विश्वप्रलयको
एक नराम्रो छाया पर्दछ नर-जातिमा,
एक प्रकाशाभाव- एक मृत्युको सूतक
संसारमा, अपवित्र, अमृत रजतपात्रको
पिउँदछ आज तिम्रो कालो नाग, मुख बाई
कालो विषधर जसको दो नाम महाक्रोध,
असहन जसको स्वरूप, ध्वंतक फँफकार
जसको क्रिया, मृत्युदशन जसको परिणाम ।
आगो ओकेल्दछ त्यो, विषमय ज्वाला भयंकर,
अपृत उदरबाट अन्धकारमय- क्रोध,
महाक्रोध जिउसको-जसको निवास दिवस ।
रहनुपर्दछ सचेत मानवले जब अचेत

मूर्छा-धमिल बन्दछ अप्रकाशसृष्ट विश्व ।
शृद्धिसाथ, सम्बी आफ्नो अमृतत्वको अधिकार
छायादार कुसमयमा बस ए जीया-तनय
मानवहो, सबलहुदय बनी क्रान्ति गर,
उठ गर्म जोश, लड्न वबजसँग स्वर्गराजको ।
तिम्रो छ जीवनको अधिकार स्वर्गविरुद् ।

(१६)
"जलबिन्द॒ जो मिल्छ सिन्धुमा सहर्ष अमर ।
जो सदस्य प्रशस्यतासँग जातिमा, अमर ।
जो नंगा बन्दछ तारा शृन्यमा सदा, अमर ।
अमर ती जो तनुका सब त्रासबाट विमुक्त,
अमर, अमर शहीद- अमर सब बीर,
आत्मा चिन्ने सदा अमर । तर, मर, न अमर ।
ती जो काँप्दछन्‌ रंगीन बुदबद झैँ तटमा
प्रतियोकामा समुद्री हावाको । ती न अमर
जो जान्दैनन्‌ यो अगिन-स्फूलिंग- यो अक्षरबीज !
अमर साहसी) कातर न अमर, डर मर,
निडर अमर, अमर सब जो मर्दछन्‌ जिउन,
जिउन अमर, अमर अचल, अडग स्वतत्त्वमा ।
न अमर ती जो हाबासाथ बहन्छन्‌ मेकार,
अमर सच्चा मानब । कच्चाचाहिँ न अरर्‌ ।
अमरत्व चिन आफ्नो ए मानव- क्रान्ति गर्‌ ।
तिमिरसँग संघर्ष अमर्‌ । निद्रा मर ।

(१७)
"उज्यालोले जित्ने छ संसार, न अँध्यारोले ।
जड राजा होइन यसको स्पन्दनशील
सचेत अक्षर यसको सम्राट्‌, ज्वाला राजा ।
ज्वाला रानी । नत्र प्रलय । सुनसान । नामेट ।
अन्धकारको महागह्वरमा एक जीव,
एकलासमा, ज्योति विलासी मानव ! चिरिन्न,
चुँडिन्न, भिजाइन्न, दहन्न, सुनसान हुन्न,
नरहन्न त्यो अक्षर घन्य ! निर्दैन्य, करसैन्य ।
त्यही होङ तिमीहरू मानव । अधिकपित
अग्रसर बन यस धृसर दिवसमा जिउन,
मृत्यसँग खेल्न्‌ छ कस्ती आज हाँक, हाँक रे,
नत्र खाला हवांग्रांग, अँध्यारो राँगबाट उफ्री,

थोप्ले चितुवाको ढुकनीले । पछुताउ बेकार
काँचका लोचन ली पस्नैली जालीदार, निर्जीव ।
यो रणथल हो । यौ संग्राम भूमि । यो अख्राडा ।
यो होइन हरियो मरुयलको सुस्ती -शय्या,
यो पृथिवी । रणको दिबस उदय, रणको अन्त !
लोहित संसारको आदिकाल, अरुण अस्त,

(१८)
"सड्दो मलको कोरादार भवनमा खडा
हेर्‌, यो हरिको बिएवा जलघुवा, शिशु,
जरा-नंग्रा बटारी डरसँग प॒थिवी पक्रँदो
प्रभंजनले भयभीत । यसको स्थादर प्राण
चौस्‌, चौस्‌ जप्दछ । अमत घामका लागि,
विकासशील उपरैतिर फैली । सब दिशा
मरकत । मुकुल-कोमल शिशु सुकर
फैलाई जीबनेच्छु यो माग्दछ अमृत -हाना,
घाम, घाम, हावा । तर प्रतिदिवस नहल्ली,
च्युतित्रस्त यो, बायु व्यायाममा बढ्ला ! ?
बढ्ला के संगठित तन्‌, लौह मशल बन्न ! ?
आँधीका पथमा छ कीलित यो जीवन,
अमृत भाबी, मृत्युछाय गगनमनि, प्यासी,
करुण देवका आँसुहरूको । तर यसलाई
चाहिन्छ गति, चाहिन्छ संचालन प्रतिदिन,
यसनिमित्त कि यो बढोस्‌ कुलिश-काय
हाँकी शतवर्षको स्वरूप, शत सेता दाद्ठा
तीब्र, तीव्र छन्‌ जसका । मानवहो, कर्म्म गर,

(१९)
"सुरेन्द्र स्वर्गका, मानव-असहन लाल छन्‌,
क्षितिजमा आगन्तुक आँधीको आँखासद्‌श ।
थ्यौस्‌ जसबाट उनले लिए नाम जिउस,
जो उनको सिंहासन, आज छ प्रकृपित
फंग्ाका इंगितमा, तिमीहरूउपर कूर्लन्छन्‌,
क्रद्ध जन तक पतिको लाल धंकीले वस्त,
गिरिगह्वर, क्षमा-प्रार्थक उनसँग डरले
गर्गरिन्छन्‌ पहरो गएफेँ...दूर, दूरतक
श्रव्य यहाँ, तर क्रोधीसँग अन्धौ, क्रोधी बन ।
हाँकलाई हाँक हाँकले, डाँकलाई डाँकले ।

सत्य छ तिम्रो पक्ष । प्रमिथस तिम्रो मित्र ।

(२०)
"मानिस एक तारा हो आफ्नो अन्धकारमा । -
एक अकेला, काफी, अन्तरिक्षमा आफ्नो ।
आफ्नो जगत्‌को सृष्टा । आफ्नो जगत्को मालिक ।
एक, अकेला योद्धा । आफ्नो प्रकाश, आफ्नो मार्ग ।
बिचारहरू उसका किरण-केन्द्र ज्योतिर्मय
आफै उ, मानिस । यिनै किरणको सब सिर्जना ।
यिनै किरणको उसको साम्राज्य, जगत्मा ।
सानी सूर्य हो मानिस, सानो जगत्‌ प्रकाश !
अपोलो हिरण्मयार्कको प्रभातसंगीत ।
सुबर्ण तँत्रीमा, घन पर्दाको पछाडि, वेधित,
सुर-संगति हो अमृतको । त्यो अमृतको
संगीत फुर्दछ अन्तस्तलमा विश्वविशद्ध
आफ्नो स्वर पाओ हे घराचरहो, मानव !
पाओ आफ्नो संगीत जसका स्वर, स्वरमा
निहित सपनाहरू, कंक्त, हाल्लान्‌ जरा धरामा,
कलापुष्प-परिणाम, स्वर्ग दोस्रो बसुन्धरा
बन्लिन्‌, शून्यमनि-प्रोज्ज्वत नर-साग्राज्य ।

(२१)
"ढुंगो जब फ्याँम्छौँ बेलहर उरमा सरको
सरसर सर्पी खलबल जल बाटुलो लहर
फैलिन्छ तीरतक बारबार त्यहाँ बिलाउन
छलछल, छलछल, प्रश्नशील- "के भयो ?" भनी
त्यो त्राततरल पदार्थ । त्यसरी जिउसको
क्रुर, ध्वंसक शपफ्थको फेंकले नरजाति-
हृदय छ काँप्दो बारबार, अस्थिर- लाचार ।
तर के सक्तैनौ शक्तिशाली जल तिमीहरू
प्लाबन-पर्ण साम्राज्य जिउसको, कटु चोटमा ?
बरु आफ्नो शक्ति रे जलदृग जातिहो, बिउँरु ।

(२२)
"तर नडराओ नर, मछु तिम्रो आत्मीय ।
म सत्यवर्म्म म अग्राख घामपातरीको, प्रमियत ।
अन्ध क्रोधको अरि म । म अन्याय-असहन ।
म दृढतत्त्व । म बु्दखु दीनबन्धुको महत्व ।
म हुँ घाम ओसाएकाको । म-हुँ पानी सुकेकाको ।
म क्लान्तको जुन ।म सुषुप्तको हुँ जागृति ।

म स्वप्न अस्बप्नको । म मलम आर्तहरूको ।
म निराशाको आशा । म अभित्रको एक मित्र ।
म दत्त । म चढेको वेदीमा तिम्रो । म चरू ।
म तिम्रो अगुवा । तिम्रो सेवक । म तिम्री, तिमी ।
म स्वत्वहीन, म सकल मानव । मन मै ।
नांगो तारा, सेतो राप म- मानव, विश्वास गर
परम मित्रमा तिम्रो । चौविरुदढ्ध उठ सारा
किनकि आकाशमा छ दानव मानबकी- राजा

(२३)
"शत जीवन नौका एक अयुत प्राणीलाई
एक अपोलो प्राण । एक घराको उद्दारक ।
संफ, बिउँदी, प्रमिषस- तिम्रो सामु खडा यहाँ ।
यौ मैन बलेको छ- प्रमिधस केवल ज्वाला हो !
बेदना तीब्रले विभिन्न उसको उरमा निडर
मृत्युजयी भावनाले लाएकी छ नीड सुचिर ।
मानव उसको देवता भएको छ, सुप्ज्य ।
उसको सेवा प्राण । शंका छ भने छाया ईैँ
मानवहो, आओ पाषाणाशस्त्र, छैड यो छाती,
रक्त-चुसाहा नोकले कढे । मर्न नरनिमित्त
मैरो स्वर्ग, मेरो जीवन । अभिप्राय सफल
मेरो, अमरत्वको विलासी वर तिरस्कार !
धिक्‌ ती इन्द्रिय नाम पशुका हरिया चारा,
धिक. स्वर्ग जो मानवताबाट विमुख छ आज ।
धिक्‌ त्यो देवत्व जसमा दीप्ति ह्वैन नर-निमित्त,
यौटा मार्ग-प्रदर्शन ! घिक्‌ संगीत, नृत्य, बाद्य
बैँस हरा फूलरंगा चाँदनी छिरबिर वनमा !
घिक्‌ शौकको नाम दिवौकसको ! धिक्‌ त्यसलाई
जो पिउँदछ, नाच्दछ, चुंदछ, चुद्की बजाउँछ !
नुपुर-लठुवा, मदमस्त शक्तिमान्‌ चौपायाकन
बेश्वुंग धिक्‌ त्यो अमित सौत्दर्यकी खानी,
नित पु्वाति रानी भीनसको सुडोल डालको
पुत्र, नंगा मदनदेव क्यूपिडलाई सपक्ष !
जसको अन्धो साम्राज्य, आज छ संसार दृषित--
दुष्ट देवको दु:ःशासनले दुदन्ति नितान्त ।

(२४)
रमेरो आगो सेतो छ, बेराग, बौद्धिक, सुन्दर ।

आकाशसँग सम-कालीन- तिमिरारि ।
टिप पो आगो...नर्कटका मुरलीको धकधक !
बाल चिराँक बलबाको- मानवहो, क्रान्ति गर !

(२५)
"गर्न जन्मैनौ तिमीहरू जिउन, जिउन,
जिउन जन्म्यौ । यी अंग हुन्‌ रिपुबलका व्यंग्य
कर्म्म जित्दछ-. भाग्य जसका अन्ध प्रदानमा
लाचार बनी हन्छौ, आत्मबल गरी तदा खारेज ।
ए ! भ्रमबाट उठ...उक्ल कुइरोको परतिर ।
त्रास अज्ञान हो । ज्ञान हो शान्ति...निर्भयता ।
मर्दैनौं भनी जानी उठ । नत्र तिमीहरू
मौ, वनस्पति झैँ छ-प्रासका, पहेँलपात सब ।
ढुनक गरी मुटु चल सत्यमार्गमा, हे देही ।
को जित्ने तिम्रो हृदय-राज्य असत्‌ले यहाँ ?
को दने अदम, जो आफू छ अंधम सबमाथि ।
के बादल जिए त्रिकाल ? के कुलिशले पाल्यौ
यी पल्लव-सुन्दरी बसुन्धरा नित्य ? बिजुली
नाच्छे विलासिनी द्यौकी-अन्धकारमा, जगतको
आँखामा भई फूटो रवाफ, अन्धकारले
फोर्न नजर दोब्नर ! यो कूट शान हो, यो झूट,
यो माथिको इन्द्रजाल सन- यी त्रास, यी आस,
खोक्रा मोहनीहरूले सिँगार्दछन्‌ सिंहासन
छकाउन ए मानव ईश्वरको । ताम भयो
अब माकरजाल, माकरजाल, माक्रजाल !
आत्मा जगाक, आत्मा जगाठ, जगाक आत्मा !
त्यही सत्पधमा ईश्वर, त्यही बिश्व-सग्राट !

(२६)
"ब्विर्वा- अन्धा छन्‌- तर ती भज्छन्‌ प्रकाश, प्रकाश ।
के तिमीहरू दुगसम्पन्न नर्‌ लुक्छौ तममा ?
औ मूर्खता, तँ आफूले आफू नबफ्ने रोग ।
जल्‌, हो भस्म, तेरो चिताको आगो ज्ञान ।
शून्यमा छ सर्वस्व । खाली छ धनी । खाली धनी ।
लिने गरीब छन्‌ । दिने कबेर देव छन्‌, क्रोसस ।
दै मानव सर्वस्व लिनलाई तेरो ।

(२७)
"के गर्ला त्यो देवराजले मलाई आखिर ?
जो मर्ख क्रोधको जरोले छ बेहोश, अन्ध ।
त्योभन्दा म सबल, त्यौ भीषण बडवानल,

त्यो खहरे...म शान्त विपिन-प्रसून प्रचुर ।
म महासागर जो पचाउँछ अनलराशि,
प्रशान्त, बेतृफान, क्रोध अस्बस्थ देवत्व हो ।
क्रोष्ले मर्छन्‌ अमर... अक्रोधले जिउँछन्‌ नित्य
दयाले बलिया हुन्छन्‌ । कोमलताका करले
भेट्टाउँछन्‌ कूलिश, अस्वाभाविक त्यो च्याँठ
अघर्म्म हो, अमर्म्म हो, अकर्म हो सुरको ।
नादान जिउसको कराऔ पतन, महापतन !
क्रान्ति अमर होस्‌, क्रान्ति अमर, क्रान्ति अमर ।
चिच्याओ, नदनाओ स्वर, आत्माको त्यो सार ।
बोल सय, बोल हजार, बोल पारावार,
कान्ति अमर, अमर क्रान्ति, क्रान्ति अमर ।

(२८)
"ठोक्‌ ए, पिटिउँ-सुनको तवक रुलफ्लञुल ।
घौटद्‌ ए-मसिनिउँ-लोहाधार असल
पिस्‌ रै आगो जो छ सुतेको फिलिक्िक्रिल ।
काट्‌ रे ब्नुला अटूट, फार्‌ रे ब्नुँला अफार,
छाती उघार्‌-हीरा देखाउँला जग-दुगमा
पानीदार, अबल, रुलरूल । जा लैजा कारा
तारा चंकेला, छंकेला दुगहीन निशामा कर ।
भर्‌ तुषार प्रवासको उरमा सेतो भाल्‌ घ्रौव ।
वसन्तमा उम्रैलान्‌, रोपिरहेका बीज अमर ।
घर्‌ घर्‌ कृत्ता स्वर्गको । घर्‌, धर्‌, घर्‌, घरघर
घरा छन्‌ जसका शासनमा, मानवमाता,
जल्दी उरमा हरहर हरहर, रे कुत्ता घर्‌, घर

(२९)
"तँले दिएका दंड आनत्द...शूलहरू फूल ।
जति फार्छस्‌, उति उक्लौंला । जति हान्छस्‌, उति सूक्ष्म ।
आह शहीदको शोक, मौत बीरको घोर मजा !
अन्धकारमा हीरा बने कोयला, थिचिई ।
तेरा अत्याचारहरू हाम्रा सुनखानी, हीराखानी ।
निस्पट्ट अन्धकारमा पढ्नेछौं बीरका अक्षर ।
अब्ारलाई बार्‌ ए पागल, अनिवार निवार्‌ शठ ।
ए कालो चट्टान ! चूर, चूर हुनेछस्‌ एक दिन,
सागर सागरका रुपेटाले, चटलट, करकर,
सूर्यानलले खाने छ तेरो लौह शासन, चर्‌ ।
बोल हो मानव, फझरोस्‌, फरोस्‌, गिरोस्‌ । जिउस्‌ द्यौको ।

(३०)
 "सुन्‌ ए जिउस स्वर्गको, मेरो महामरुसिद्वान्त,
सुनसान मेरो निकेतन । एकान्त जहान मेरा ।
निमिटान्न धन । अस्थि-खंड चर मेरो स्वरूप ।
धकधक मेरो जोश, हृदय केन्द्रमा पानी ।
कंटकमय मेरो रबास । गुलनुलको आत्मा ।
दूर, दूर मेरो क्रन्दन...आाती बिछाई भुइँमा
कल्प, कल्प मेरो तपस्या स्वतत्वमा, स्वर्गराज ।

(३१)
"निमिटान्तन डर-निमिटान्न आस-निमिटान्न
सर्वस्व नरसेवामा-सुनसान मैरो साथी ।
अभित्र काराकोठरीभिन्र पवित्र रहुँला
तेजोमय मानवमित्र, डरलाई जितेँ मेले ।
डर भनेको चीसो, हरियो शाद्वलकपन,
पुथिवीका रौँका त्रास, अणु, अणु मेरा अभय,
आफ्नो अस्तित्वउपरको त्यो जीन संदेह जितृँ ।
डर तबतक जबतक जीवन-सरिता ननुमी
तीरमा उभिई काँप्छ मूर्ख, प्रत्येक धारमा,
बेगदार, डुबिसकैको मानव सागरमा,
निसास्सिन्न, निसास्सिन्न, म हुँ सागर-पौडाहा ।
म अगाध-डुबुल्की-मार, म सदा तयार, तयार,
तयार उड्न, तयार बुड्न, तयार गुड्न, होस्‌
जुन दिशा, जहाँ म आँधी उडाउँछु पैयाँमा,
तयार छु काटिन, माटिन, फाटिन, लाटिन
माटामा टवाङ्ट्वाङ्ती तीन टाउको थापी तयार,
सुइरिन, रोपिन, शूलिन, घोचिन, सब तयार ।
कीलिन, कुल्चिइन, लौह पयरमा लहू हुन,
तयार, तयार छ यो प्रमिर्थस, जाँचिन
विश्वपरीक्षामा, विशवखलीमा, विश्ववल्लीमा,
जिई, मरी, मरी, जिई, प्रमिस, छ तयार
धुलिन सुन्निन जनताको निमित्त सदा ।
'मानवता' स्वणक्षिरमा अंकित अमेरट,
हेर यो टाइटन उरलाई चिरेर चरक्क,
सेवा मानवको मेरो मेवा-अरू गरल ।

(३२)
"शान्ति सडल हो बस्तु- भ्रान्तिकी महारानी ।
क्रान्ति कान्ति हो, क्रान्ति, त्यो पोखरी बेग्रोत ।
पानी-कैद, म्याउमती, लमखुट्राकी जननी,

क्रेट-प्रचर यो खोलो-श्ष्लक्ल, चंचल,
बेरोक शहदार, ध्वत्तिदार, लाचारी, दीना,
जोशंकी काली विधुवा रुन्छे बेकार भुईँमा ।
सबलता हो जीननश्री, नसा-नसामा कर्म्मजोश
अस्तित्वको आफ्नो अडग होश, आ कालहाँका
क्रान्ति, प्रेपसी, आ ज्वाला प्यारी, आ प्राणदायिती
सिर्जी नव संसार एक स्वप्नज्वालाको जाद्‌मा ।
जाग्‌ रे मातव, मानव जाग्‌ रे, जाग्‌ रे मनु ।
यही मेरो जागा मंत्र ।

(३३)
"असुन्दरको सहन
अन्धता आँखाको, मुटुको मुर्दापन-मगजको
महान्युनता... साहसको अभाव, नीतिको नामेट,
विकासको त्यो बेहोशी-त्यो आत्माको मूर्च्छापन,
धिक्‌ आँखा ती जो बलवा गर्दैनन्‌ त्यसदेखि,
काँचका पुतली धिक ती धँधाकान धिक्‌ छाती त्यो
जो चटचटिँदैन त्यसलाई निभाउन, सुन्दर,
सुन्दरका लागि । भयले असुन्दर-स्वीकार
गर्न लगाउँछ अनुशासितमा-लटमुखा, शिलान्ध ।
म सुन्दर हुँ-सुन्दरको स्वरूप-असुन्दरता
मेरो हो विपरीत नक्षत्र, उल्टो धुव, पाताल ।
म आत्मा जस्तो सुन्दर छु उस्तै चाहन्छु सुन्दर
संसार, कर्म्म, परिस्थिति, प्रबन्ध... बिकास
आफ्नो औं अरूको, मानबहो, सुन्दर भज
बन सुन्दर, गर सुन्दर, मिल सुन्दरसाथ ।

(३४)
"यही मिल्को हो नव-प्भ्यताको दाबानल
दनदन, दनदन, धकधक, शुष्क पत्रको
चरुचर्वण यसको, पहैँलपात बिचार,
यही ज्वालामा हुन्छन्‌ विलीन, मूर्ख युगका सब,
कीरा सडलपडलका मर्छन्‌ यहीँ-नि्कबा ।
सब विषजार । कँटिला असुन्दर प्रकृतिमार ।
यसमा जली प्रकृति, यौ जली आत्मा, मानिस
बन्दछ अन्धकारफार समय-बिजेता तारा,
जिउसविरुद्ध उठ हे मानवहो सारा,
यही हो स्वर्गको आगो । यही आत्माको अमृतचारा ।

षष्ठ सर्ग

(१)
यति उच्चारण गरी मानवमित्र प्रमिथसले
प्रदर्शन गरै अगिन-स्फुलिंगको क्लिमिल,
खोक्रो निगालोको नलीमा त्यो चम्क्यो जसरी
नागमणि चम्कन्छ अँध्यारामा, घराका स्नायुमा,
ञ्ल्ल उज्याली अधोधरा प्रदेश, नागराजको,
अयवा जसरी मत्युका राजा, प्लुटो नामक,
जसले चाउरीवाली माता सिरीज पृथिवीको,
नोगयानका उडान-समयमा मौका पारी
धरातनया प्रोसर्पिना प्यारीलाई पुष्पलब्धा
लुटे, अमितसुन्दरी, इच्छाविरुद्ध- अनि बाँच्चे
एक अनारको रातो रसदार दानाले प्रेमसूत्रमा,
छ मास बस्न आफुसँग मणिरत्न समुज्ज्वल
असौर संसारमा आफ्नो- मृत्युका राजा, प्लुटो
जसरी, अतिचनी, अनर्क जगत्मा विलास-प्रकोष्ट
असाधारण मणिले पार्छन्‌ रुककक, रकरुक,
त्यसरी त्यो निगालामा चम्क्यो- नील निशाको
उरमा तिमिरमय तारासरि- सेतो रंगिलो
धप्पधप्प, त्यो अगिनकणी, अखि खाने कर क्षेपक ।

(२)
त्यो विचित्र कबुल झैं फल्क्यो रुलक्ल धरामा,
एपम वार अवतरित-निशामा उडुछवि झैं
विशाल संभावनाको अनलकणी त्यो चम्क्यो,
उद्दीप्त कविको मृटुचचरो झैं । मानसवहिन
तपस्वीको सदुश, वीरहरूको जोशसरि,
शहीदहरूको भावसरि । सित राप प्राथमिक,
बष्नि-बिन्दु सृष्टिको उदयको झैं सुनसान

माभीषण शक्ति-संयुक्त-देवताको आत्मासरि ।
हेरै मानवहरूले त्यो चमत्क्त, प्रशंसाले,
केवल अन्दाजी त्यसको स्वभाव !... सहर्ष !

(३)
स्वर्गको आगो, त्या भीषण, हितकर पदार्थ,
जो पकड-पार्‌ थियो मानबको अफ्सम्म-
त्यो सेतो दुश्य गरम औं चक्षु- आक्रामक
ज्योति, जो अनगिन ताराहरूमा दुगु्थ्यो,
आँखाका परेलासरि, किमफिम, चमचम !
त्यो धकधक पदार्थ जो अविज्ञात, अपोलोको
ओज थियो, जीवनदाता, वनस्पति -प्रिय,
जसले बादलको बाक्लो वारक माडी छैडी
ल्याउँथ्यो दिन-नाशपछ्वाडि सृजन नयाँ,
उघारी नयाँ जन्मँदो विश्वको अरुण दुग ।
त्यो आगौ जो कहिले, कहिले महारण्यमा
स्वर्गको धुपको चर्को छूतले सल्कन्थ्यो देनदन
भीषण, महाभीषण... जो नास्दछ सब, जिलाउँछ

(४)
सारा ! त्यो आगो, त्यो ज्योति-क्षेपक, त्यो 'चमटकार
मुख बाए कसैले त्यहाँ- कसैले हेरे वाल्ल ।
कोही भयभीत भई सोधे- खदिन यसले ?
बनलाई डढेलोले जै मानवजाति समस्त ?"
प्रभिथसले दिए प्रत्युत्तर : खान्छ, खिलाउँछ,
पाल्दछ, फाल्दछ, सोच्दछ, पोस्दछ यो आगो ।
यही संसारको सृष्टिबीच ! यही संसार-
प्रभक्षक, यो पिता, यो काल, यो मित्र यो अरि ।
सदुपयोगको सहायक, दुरुपयोगको
ध्वंसक यो आगो ! यो भीषण तत्व, यौ स्वर्गमा
नक्षत्रको पोशाक, आकाशको संपोषक !
देबहरूको देबत्ब, यसमा मृत्यु अमृतको
संयोग ! दूर पूर्वमा गंसलाई मानी देवदूत
प॒जा गर्छन्‌- यही नभई देवमा हुन्न अन्न
शक्ति, ओज, साग्राज्य ! पही आलिम्पस पर्वतको
उदरदरीको घकधक ! यो सृष्टिको प्रभात ।
यो शक्ति, यो तभ्यता, यो सर्वस्व, पसलाई
राम्ररी चिन मानवहो ! यसबाट हुन्न बिनाशा,

परिचयपछि यो हा जमत यो अनन्तशक्ति !"

(५)
पएमिथसले तब त्यस अगितकणीले बाले
प्रथम दीपशिखा संसारमा- चमत्कृतिपूर्ण ।
सल्लोको दिनभर मरमर गर्ने हरित
सियापातहरूको मुप्पाले सुन्दर रूखको-
पर्वतपाद निम्मगाउपरको, जलानुकरण
ध्वन्तिले मुखरित वक्षको खोटोदार चोड्टो
प्रस्तरशस्त्रले चिरी, दियालो बाले सुन्दर ।
नीलो, नीलो पहिले त्यो ज्वाला रुबाल्ल, बल्यो, दीप्त,
हतिकँदै, सुल्केपछि, अस्थिर डुलडुल ! मानो
प॒थिवी औ प॒थिवीका प्रवात उसको निमित्त
थिएनन्‌ स्थिरताका स्थान ! तर्‌ पृथिवी हाँसिन्‌,
मधुर मन्दस्मिता निशीथितीमा दूरतक !
एक पातलो उज्यालो माधुर्य फेलियो वन,
माँग, बटा, चट्टान, गुफाभर-उदीपक,
आकार-प्रदर्शक, सुन्दर ! मानौ रातमा,
सानो मधुरो सूर्य उदायो वसुन्धरामा,
अथवा उनको एक अंग सरेकँ, रमणीय !
अहा, अह्दा, त्यो 'चमचम ! अहा, अहा, त्यो रुल्ल ।
कालो सुनसानले हाय्यो त्यसको भेदक शिब्बा
सामु, त्रस्त, दूरपलायनशील । तारा छै
प॒थिवीको सतहमा रातो त्यौ शिखा नाच्यो
कति राम्रो सुलकुल, बुलकुल, चमचम
नाच, ढृदयाह्लादक ! मानव जाति सहर्ष
हेर्न लाग्यो त्यो विचित्र ज्योति अप्सरा चंचल !

(६)
यो प्रथम आविष्कार दीपशिखाको सुन्दर,
आविष्कारहरूकी भई जननी, नव नजर !
अँध्यारो चट्टान-कोठरी चम्किउठघो सुन्दर,
सानो स्वर्गसमान सुदीप्त- मानिसका मुख
कति राम्रा देखिए अब ! आप्स आपसमा
प्रेम बढी परस्पर मुग्ध मानव युवक, युवति,
लागे प्रशंसन आकार, वर्ण मिठास, हिसी ।
अनि लागे नाच्न उठी तीङ सिँगारी फूलले,
फलको हाँगो बोकी लटरम्म, गुहामा सुन्दर;

चिल्लापाते लहराहरूको मुम्कादार कम्मरबन्दी-
लाई लाल गाल मसकदार मुस्क्रीवाला,
लच्की, लजिली, लुफ्तदार-ललित नृत्य-लोल
भावान्दोलित अंग हिलाई खिलखिल, चमचम !
मसरी गाए तिनले मधुर प्रकाशमा प्रयम
प्रमिथसीय प्रदीपको पवन प्रचंचल, चमचम ।
भाषामा अईस्फुटित जसका सुन्दर गेडा,
हाम्रा राब्दहरूभन्दा औपन्यासिक, अत्यर्थ,
संकेत थिए जुलिक्दा भाव, भावका उद्दीपित ।

(७)
"परम परम थैऔ ।
परम परम थेऔ ।
हेल्लिल्लिल्लिल्ती,
हेल्लिष्लिल्लिल्ली !
ओह, मिरावीली ! ओह, मिरावीली !
फ्लिकर, फ्लिकर, हेलिओस्‌ ! हेच्िल्लिल्रिली ।
लुस, लुस, लुमिनोस, लुसन्त लुसन्त च्ौस्‌ ।
लुस, लुस, जिया, हे्लिन्निब्रिल्ली ।
हेल्लिल्लिल्लिल्ली !
भाक्‌ ओ, लोक्‌ ओ, आन्थोस्‌ डृरिनयस्‌ !
स्फ्र, स्फुर, मरमरे, हेल्लिल्लिल्लिल्ली !
हेल्लिल्लिल्लिल्ली !
हेलेना, हेलेना, हैल्लिल्लिल्लिल्ली !

(८)
यसरी दीपशिखा लासको उल्लास गाउँदै
वर्वरध्वनिमा सुन्दर, तिनले खुशियाली
खुब मनाए गष्वरहरूमा त्यस रात "धन्य,
धन्य !" भन्दथे ती प्रमिथस, परमदेवको ।
अनि म्यासहरू बाली हेरे, शृष्क जार, पात,
मीठो न्यानो आयो लुगलुग सेतो रातमा, अहा !
कति दनदन, कति दनदन, रमरम !
अनि पोले, पकाए मासु काँचो, कति मीठो !
अहा, क्या बुलन्द स्वाद, तब न मृगमांस
मृगमांस ! ओह, सब चीजमा आयो अमृत !
अमृतको स्वाद ! त्यो अरिनभित्र छिपेको, गया स्वाद,
बुलन्द ! तब न आगो, तब न ज्वाला, चमत्कार !

(९)
तब एक चचले मानवले प्रेरणप्रधात
एक समात्यो अगुल्टो, छाम्त अगिनको शक्ति !
च्वाम्म चुम्यो चर्म्म आगोले भीषणजिह्न,
रातो तपतप, चरचर ! डाम्यो, डाम्यो कोमलमाँस
सोला दी, पोली । उपय्रो भयानक त्यो, चितुवा ठेँ,
मत्यस्वरूप गोमनले ठुँगेडँ- घनघोर ।
बुर्लुक्क, नुर्लुक्क । भीषण करायो गल्नर धर्काई ।
प्रमिथस आई हेरे- लगाइदिए बूटी, पहिले
सेकाउन लगाई त्यही आगोमा-नमाने पनि,
जबर्दस्त ! अनि उनको शीतल उपचारले
संतृष्ट त्यो पस्य्रो पाउमा प्रश्न गरी "के गर्छु
आज रातमा, बाई मुख आकाशतिर ?"
"मर्दैनस्‌" भने उनले । "यो गोमन, अजिंगर,
विषधर होइन आगो- तँलाई हुन्छ निको भोलि ।"
सब छक्क परे । के गजब, त्यसरी डसिएपछि,
त्यसरी उफ्रेपछि दु:खले कसरी नाँच्दछ
त्यो दुईखुट्टे भाइ ?..." आश्वासित त्यो सुत्न गयो,
स्याउलाहरूमा फ्लदार आशादार॒ कतब्ञ ।

(१०)
यसरी ती महादेव भए मानवका प्रिय,
अतिप्रिय, अतिशय प्रिय प्रथम युगमा !
अनि मानिस लाग्यो इशारामा नाच्न, सत्वर,
आण्यमा लाग्यो दुगुर्न देव अधि, भयहीन
हुनगो उनको अतिमानब छायामा, बल्यो
आश्वासित मानवजातिमा, चमत्कारद्वारा
ककाचाँध, एक भीषण क्रान्तिको हताशन
स्वर्गविद्द्ध ! लागे तारा लाउन मानिसहरू
"जिउसको पतन, महापतन ! परम थेओस"
(किनकि प॒मियसलाई यसरी संबोधन
गर्थे मानिस-"अमर रह्न्‌ सदा सुपूज्य !")
१ ),५ १
त्यही छ ठोस... अरू सब अल्पस पर्वतका तुषार
अल्पसमय शिखरोद्भासी, पछि विलीन !

(३३)
"किन देखिन्न त्यो जगत्को चत्र कर्म्मी यहाँ ?
किन छन्‌ यहाँ द्रव्यग्‌ण जस्ता यी पाइन्छन्‌ ?

किन, के कारण अल्प छ जीवन हाम्रो ?
पी विषय कल्पना र विबेकका बहाड हन्‌ ।
तर ठोत वत्तु हो आत्मा, जो मर्दैन ।
आत्माउपर होला अर्को परमात्मा पनि ।
होओस्‌ या नहोओस्‌ हामीलाई तर
छैन अति परबाह ! आत्मा, एक अक्षर तत,
यही छ प्रशस्त, प्रशस्त, हो, मानवहो !
तिमीहरू मर्नेछैनौ- मर्नेछैनौ- मर्दैनौ ।

(३४)
"तिम्रो जाति छ अफ स्वर्गको तानाशाहीले
घन्किड्रहेको महाप्रलयले, महाप्रलयले !
तर त्यो जिउस तानाशाही पनि हो तिमीजस्तै
केवल आत्मा...अमरहरू जो असल गर्दछन्‌
बन्दछन्‌ देवहरू, जो गर्दछन्‌ खराब, दानव ।
त्यो स्वर्गको राजा जसले ध्वंसन शपथ्यो
तिमीहरूकन त्यो होइन देवता तिम्रो
मुस्तेद बन संग्राम गर्न ₹ मानव ! त्यस सँगमा
छाती बनाङ पत्थर अब हड्डी बनाउ बज्ज ।
उसको कुलिश पनि हो आफ्नो पुजारीको हाड ।
स्वर्गविरुद्ध गन बलवा... होओ सब क्राल्तिकार !
अन्यायअगाडि फुक्नु होद्दन मानवहो !
महावीरता, महाविकास ! अन्याय हटाउ,
मूलोच्छेदन गर त्यसको, जो तिमीउपर
गर्दछ महाक्र्रताको निन्दनीय व्यबहार !
लड, लड, संघर्ष गर, गर आत्मनिर्णय ।...

(३५)
"स्वर्ग छ आज बदलीदार...क्रर, प्रकपित
उफ्र, उफ्र मानवहो ! लात देओ त्यो घनमा ।
आत्मनिर्णयको अधिकार छ तिम्रो सदा
स्वर्ग विरुद्ध पनि । मानव, नहोओ हताश ।
नंगा आत्मा निस्केला सत्यप्रकाश तारासरि
धपधप कुनै कुनामा यस विश्व गगनको,
पदि भौतिक रणमा तिमीहरू हुनेछौ मानब
सर्वस्व-वञ्चित ! सत्य छ, सत्य छु विजयी
सब संसारमा, सब कालमा सब अवकाशमा
मानव !

(३६)
"छैन यो अक्षर हामीमा भन्नेछौ कोही
हताश सदाका लागि ! त्यस्तै हवस्‌ तापनि मानव,
प्रकृतिको त्ररणस्वरूप अह्दार्य तिराड्मा
यो जीवन चाँडो तिरिए के भो तिमीलाई ?
खृअ खराब मृत्यु हो ! मानन, खराबको शिखर ।
त्यही नचढी कसको जान छ उसपारि ?
यंत्र भए टुटौला चकनाचर, कर्म्म गरीकन,
मंत्र भए उठौला चढबढ चमत्कृतिसँग ।
तर असत्यमा छ हार मानव सत्यमा छ जीत ।
क्षिनकि छ असत्य आत्मबिरोध जो आफ्नो
अत्तर-अन्तरको सहिँदो हो नित्यको भस-भस ।
सत्यप्रतिष्ठ बन । तानाशाही स्वर्गविरुद्ध
हामी गरौँला महाबिजयी सत्य संघर्ष ।
सत्य नै हो गहाबल, महामंत्र मातन !

(३७)
"अनंत पाक्तिमान्‌ सत्यका छन्‌ शीर्ष सहस,
सहसवाद ! अयुत वदनले बोल्दछ उसले
हृददेशको एक कणीमा त्यो बिराट स्वरूप
अन्त:स्थित हुन्छ- एक सच्चाइमा मिलिक्क !
विश्वव्यापक उही छ, उही मुटुको नसा मानवको ।
उसैको छ आखिरमा स्वर्गको सिंहासन ।
क छ अक्षर, अम्रर मानव । हामी डगाऔँला
सत्यले असत्यको राज । सत्य हो हीरा
जो कटकट काट्दछ इन्द्रजाल तिमिरको
निशामा भयंकरी ...ताराज्योतिसमान ।
शान्त ढुककुर ध्वनि उसको प्रतिक्षण जित्दछ
उग्रता सब विकृत रूपका । निडर होङ मानव !

(३८)
"उग्रा, संसाकेशिनी, अनलेक्षिणी चंडी झैँ
गर्जेली प्रकृपिता प्रकृति- महासागर छै
प्रभंजन-प्रहारले वीचि वीचि दोलयमान !
भूकंपी उसको गतिलाई एक जाद्ले
महासत्यको शम्नेछ एकै क्षणमा प्रशान्त ।

(३९)
"तब डराउला मापाशस्त्र जिउस इन्द्रजाली
उच्च स्वर्गको, अभ्रपार ! त्यो क्रुर शक्तिबिश्वासी
अनैतिक आत्माको होला अन्त महापतन ।

सत्यको होला शान अड्डा तब संसारमा ।
भज्ला सारा दुनियाँ हँदै तब सत्यज्योति
विद्युत्समान विलसित प्रमिथसको मुहारको ।

(४०)
"कम्पकारी अत्याचार शस्त्राधिरूढ
क्रूर स्वर्गको, चार पयरमा टेकीकन
खाला जब कंटीला घाँस पछ्नुताउका
ताजा ताजा तब नबेपींध खाल्टोले
मुख बाउला अगाध निल्न जिउसको शक्ति ।
चर्म्मचक्षुले अन्ध, दुर्बलताले निर्दयी,
जिउस गिर्ला, नक्कली शात्रको स्वर्गा;धिराज,
आफ्ना अन्तरका आत्मविरोधहरूले पतित ।
मानव, हामी छौँ सत्यपक्षमा । नडराओ मानव !

(४१)
"जब रुंझामा पहेँलो पट्टी झैँ सत्य आँधीले
बढारिँदो लाचार जिउस गिर्ला तल, तल,
विस्मृतिकी बैतरणीले निल्ली उत्तलाई ।
झ होला तब 'लेथी' नदीवार एक छाया उँ ।
'माववलाई शासन गर्नेछैन पशुशक्तिले तब ।
आशावादी बन मानवहो, तिस्रो छ महाचिजय
तिम्रो सत्यपक्षमा म प्रमिथस छु जिउसविरुद्ध" ।

(४२)
यसरी प्रमिथसले संबौधित मानव-जाति
उत्तेजित बन्यो प्रतिक्षण, एतिक्षण बसै
अलिकल संकल घार हँ मानव-घर, नगर,
_सलिल किनाराहरूमा, अति उब्जनीदार
शहर-योप्ली धरातल बन्यो रमणीय,
प्रतिदिन समन्नत, प्रगतिशीत मानवले
गन्यो सहसमुखी समुन्तति । कृषि, वाणिज्य बढे ।
आइय भयो जनसंघ आशावादी सभ्यता
बन्दी प्रति उज्याती घनी बनी ।

(४३)
तब हेरे क्रर जिउसले, उच्च स्वर्गबाट
मानवको पृथिवीमा तरखर ! नवजागृत
मन्‌प्य-निर्माणशील, नव सभ्यता रच्थ्यो ।
दिन दिन प्रगतिशील पुरुष बन्दो, देवसमान,
देखी त्यसकन जिउसले, महाक्रोध गरै
प्रमिथसको जसले यसलाई बनाय्रो यति उन्नत ।

उनका भौँमा आँधी चढे क्रुर, उनी बोले,
"झरो नवजाति निर्माणको उच्च स्वप्न
सब ध्वस्त गस्यो यस राकत प्रमिथसले !
त्यो निन्दनीय जीव, मानवनामा, कीटसम,
जागृत बनाउनामा यसलाई केको चासो ?
देवाधिकार खोज्दछ अब यसले, यो कमिजीव !
शत, शत धिक्कार, घिक्कार, त्यस प्रमियसलाई !

(४४)
"यो कसको बलबा हो ? मेरो इच्छाबिरुद्ध
त्यही अभागी प्रमिथसको ! त्यसते दियो
मानवलाई चोरीकन आगो । त्यो बदमाश आगोचोर !
त्यो मानवको नाङ्के, त्यो न्यूतजीवको साखो
पाद पाउला अब मेरो महाक्रोधको गति !
_त्यो भेडागोठालो मान्छेको, त्यो वानरको
प॒च्छरशस्त्र, त्यो प्रमिथस । त्यो पनि मेरो बागी ?
शतच्र, शतच्र गराउँला पाजीको शीर्ष !

(४५)
"सर्व-शक्तिशाती म स्वर्गमा, निष्कटक मेरो
यो स्वर्गको सिंहासन ! अयुत सुरहरू यहाँ
कंपायमान यरथर पर्खन्छन्‌ मेरो अकाट्य
दैवेच्छा और देववचन ! साहस हुन्छ यहाँ कसको,
एक कदम चल्न पनि म विरुढ ? मेरा इशारामा
कोटि, कोटि असि रुल्कन्छन्‌ बिजुली झै नभमा ।
त्यसको कत्रो मुटु हो यो ? कत्रो अपर्व साहस ?
सर्वशक्तिसम्पन्न जिउस मसँग गर्न विरोध ?"

(४६)
तडित्त्यरित इच्छा हुन्छन्‌ जिउस देवको,
अभ्रघोष गर्जन महास्वर्गमा घनघोर,
फंशाक्रोर्ष तिनको श्वास, श्वासले गर्दछ
शतचर संसार, संसार समीपमा रहन्छन्‌
बलदेव क्राटोस, तथा शक्तिदेव विधा
भयंकर दुवै मूर्ति ती, सिंहासनका अगल; बगल,
तावेदार रहन्छन्‌ देवराजका प्रबल इच्छामा ।

(४७)
तब कृद्ध जिउस सुरैन्द्रते, स्वर्गका
यी दुईलाई अहाए बारिबाह घोषते :
"जञाओ तिमीहरू दुवै, जाओ शीभ्न, शीघ्र
बोलाउन जाओ ! के हेरिरहन्छौ यहाँ ?

जाओ बोलाउन हेफिस्टस अगितदेवलाई,
सर्वदेवमा महाप्रबल... त्यो मानवमित्र,
त्यो दुष्ट प्रमिथसलाई दंड छ दिनु आज ।"

(४८)
आए तब अल्प समयमै माणिक गात्र
महातेजी देवबीच अतिप्रबल, हेफिस्टस ।
ती थिए प्रबलगात्र अरुणजिह्व अनल,
साकार ! देवराजअगाडि आईकन पस्ने
बोते, "प्रभुको कुन प्रबल इच्छाको प्रेरण ?"

(४९)
क्रोधारिनिले देदीप्यमान युगललोचन
महादेव जिउसका धप्के घपधप, घपधप ।
अञभ्चघोष बोले हेफिस्टसप्रति, उच्च नादमा,
"जा हताशन देव, मेरो महाक्रोद
प्रदर्शन गर त्यस बागी प्रमिथसउपर,
जसले मानव-साम्राज्य खडा गर्न ताकि-
रहेछ संसारमा, मैरो उच्च इच्छाको विरुद्ध !

(५०)
"ज्ञाङ क्रोधान्ध बनी अनलदेव, सल्काक
त्यो स्वर्गको बागी मानवनायक प्रमिथस
महामुर्खलाई पृथिवीमा ! त्यसकन कैद गर,
जा, कक्रचाक, शिंथियाको महामरुमा लैजाक
बाँध चट्टानमा त्यो पटमूर्खलाई ! त्यो उल्लु,
त्यो स्वर्गको अनलचोर राठ प्रमिथसलाई !
बाँध फलामका जंजीरले, जकडी जबर्दस्त ।
अनि देखाओस्‌ महामूर्ख त्यो मेरो अनादर !

(५१)
"म्रानवलाई, प॒थिवीको त्यो कमि, कीटलाई
दुर्बल दया गैरकानूनी गर्न प्रदर्शन
नाक नभएको त्यो नकच्चरो एमिथस !
नाजुकउपर कहाँ देवको प्रेम ? सहानुभूति कहाँ ?
के देदता दुर्ननका पछि लागी खोज्छन्‌
विश्वका सकल वीरहरू त्यो ? कस्तो मूर्ख !
भुसुनालाई विकास्न ! कूमिलाई दिन अधिकार ।
स्वर्गको आगोको चोरी भयो मानवनिमित्त ।
तर त्यो चोर, देव भए पनि घाहा पाउला
नारकीय दंड, अमरत्बको नित्य उपहास,
जाक, हेफिस्टस, बाँध नाँच त्यो मदमाश