Prometheus/chaturtha-sarga
(१४)
सद्भावनाले प्रेरित प्रमिथसले हाले
एक खोक्रो निगालोमा धक्क गर्दा एक
स्वर्गको अगिनबीज ! रहस्यमय एक स्फुलिंग !
अनि अनल चोरी यसरी, ओर्लिए अवनी,
स्वर्गका शानदार घराधरका कराली-तल,
मानवोद्धरणनिमित्त, कोमल भावनायुक्त !
यस दिव्य चोरीको महत्व छ अकथनीय |
जस्तो गगन-स्पर्शी हिमालय शृङ्ग गर्दछ-
स्वर्गको आधा उघारिएको सुवर्णद्वारमा
छिरी, प्रथम स्फुलिंग चोर्ने सबेर साहस,
सौर नटी रहँदा अफ चीसी, प्रकाशमा अचेत !
(१५)
अथवा जस्तो गर्दछ एकलास-विलासी कवि !
निमीलित लौचन, अन्तर-प्रकाशमात,
उह्टीन उच्च स्तरमा भावका, स्वनिर्म्मित
दिव्य मुरतीमा छन्दको, क टिप्दछ फिलिंगो
अमर अँगनोबाट अलक्षित ! अबभास !
एक सुनौला धपघप, आँखामा, अन्तरको,
सबेरा विहगद्ग झैँ । अनि भविच्य-बाणी
उद्देल्दछ जन-मन-सागरमा, पूर्णप्रभ !
खलबलिन्छन् सुषुप्त भाव, घचघचिँदा, दिव्य ।
चकित नर विउुँफिन्छु गजबमा, संदेशले
उसको अभिनव । स्वतनुविस्मृत क पागल
पघाल्दछ पत्यर स्वरले, सहानुभूतिशील,
आदर्शमा स्वकल्पित । अनि हुन्छ समुत्यान
एक वार नर-समाजको विश्चित्र तवरले ।
(१६)
कलाहीन पशुनर अकमक्क प्रलयत्रस्त-
तर्फ यति करुणाले अभिभूत प्रमियस
ओर्ले अरिन-पर्वतबाट नाकको, उपकार--
प्रवत्त ! निर्भय थियो उनको प्रशान्त हृदय,
असलको अमिट चेतले दु:ख-हाँका, प्रसन्न ।
एक निगालोको खोक्रो उदरमा अनलबीज
डाली, चले ती भूतलतिर, चिन्ताशील, ओलिंदा,
एक अकेला, बेमह्त, स्वकीय भावमार्गमा
स्वयं अग्रसर, मानब महामित्र महादेव !
(१७)
हुताशन, यही छ संसारको सारमय तत्व
महत्त्वपूर्ण ! यो प्रकाशको पिता, अविशलेष्य !
यही अपोलो सूर्यदेवको दिव्य कलेवर,
दागहीन, यही देवतनु, यही देवसार,
यही जगच्चक्षुको शक्ति, यही जीवनदाता,
सजन-पालन-प्रलयको यही छ कारण !
यही अमृत, यही मृत्यु यही आशा, त्रास यही,
धवाँ-धोती शतजिह्व अनलदेवता व्यापक
यही विश्वधार ! पर्वत-शिखरको साम्राज्यधार
प्रात; साँझ, यही जगत् बनाउँछ अध्यृष्य,
सर्व घर्म्मको मर्म्मको दागहरण यही,
यही सती, शहीदको आहदार विलास !
यसले गरी जन्मी सभ्यता संसारमा । कबि
यसले जाग्दछ, मुल्की हृदय ! यही भावना
दिव्य, दिव्यको सृजन-राप ! यही महावीरको
स्वसृष्ट धपधप आश्चर्यकार, हताशन !
स्वर्ग र पृथिवीबीचको सीमा यही, पावक !
(१८)
रै अनल, सर्वभक्षी, विपिन-विध्वंसक तिमी !
तिम्रो प्रबल महाकोप ! कसले देख्यो तिम्रो
उग्र नृत्य वन-खाश्चमा, जब ज्वालामुख तिमी
उफ्री, उफ्री, नाची, नाची, चर्चर चबाउँछौ
युग-युगका पैदाबारी, पत्र-दारु । स्बरूप !
अन्नको विशाल वन-भांडारमा तिम्रो देव !
जब महाभोजको हन्छ महोत्सव साह्रलाद !
हुरँ, हुर, मर्तका फूँक, फुँकमा भर्भराउँदा,
दनदनाउँदा तिमी चर्वण गर्छौ चरु कै वन ।
ध्वंसक वेगले पार्न निमिटान्न महारण्य
रूख रूख कुद्दा, मुस्ला मुस्ला, ह्वार, ह्वार, हुरिदा,
अनन्तजिह्न, रुधिरलाल, अति गरम भिजाज ।
फारहरू उड्छन् राँग सँग सुलसी, प्रोज्ज्बल
ज्वालामा धृवाँबादल साथ ! तब प्रचुरजीव
अरण्य प्रलयाभिमुख छाद्रछ उदरबाट
टाप, शंग, पंख, भयभीत असँंब्व्य सवेग,
जीवन-मरणका धावनमा; पलायनमति,
पशु युथ यूथ जान्दछन्, तिम्रो महवेग उग्र
वानस्पत संसारमा ! रे सर्वभक्षी ! रे अनल !
रै शार्दुलका महाशार्दूल ! रे विश्व-निगलक !
(१९)
आगो देवत्वको गरम राप हो मानवको ।
आगो अपोलोदेवको धकधक संगीत जोश ।
आगो जीवनको ज्वलन्त अनुहार ! आगो आत्मा ।
भावको हृदय यही आगी । प्रेमानलले
जन कपूर कपोलमा छुन्छ अरुणताले
हृदयरुधिर सब मदिरा पारी, रन्न, रन्ने,
बल्दछ देवता मानिसमा । सब श्रेष्ठ मनृष्य
उच्चताका चुलीमा मुल्ल मुल्ल बल्दछन् आगोले
बाहीद आगो, आगो महावीर, कवि आगो,
आगो प्रथम चुलीको निशान्तमा, महानवी ।
जब धप्कन्छ हृदयवहिन आदर्शले नर
तनुविस्मृत, विशुद्धचेता उड्दछ आफू पर,
अति-मानब उडानमा, जगतृको चमत्कार !
दिवस-सिर्जना वर्तुल सितराग सौरानल !
विश्वनिशापछि आगैले मुल्क्यो प्रकृति-उदय,
विशाल, शबल, महिमाशील, सब आगो, आगो !
आगी आरंभ, अगिन अन्त, अनल जीवन !
(२०)
जब सन्नाटा निमिटात्त निशाको दृश्यपटमा,
युगातरी दुर/ तार रुदित, ओसदार, अल्पी,
सजन-प्रकाशको प॒थम रश्मि झुल्कन्छ
यूनानी गिरिका टुपीमा, तुषार-धवल,
जल-बाष्पको तहालु परिरंभणमा, सस्नेह !
तब तनुभस्म नितान्त अग्रिन, स्वर्गका कति,
अपोलो अभिधेय, सुवर्ण वीनमा, गुलाफदार,
एक नवोदित दिव्य स्वप्नको संगीतमय
गर्छन् विश्वव्यापक. संकार, मधुरभीड ।
कलाकार गगनका ती ज्योतिकलेबर,
नक्षत्रनटी परिवेष्टित, पृथिवी नचाउँदा,
धकधक उम्लन्छन् सुनौला रसले; छिरबिर
पर्दछ आकाश ध्वनि-ध्वनिमा अन्तरिक्ष
स्पन्दी, प्रभावित बनी, मुल्किँदै । अनि आकार,
हजार, हजार, उच्रन्छन्, वस्तुका, नवोद्वोधित,
बन्दछ विश्व महाप्रलयवाद एक वार्
फेर, सरूपराग, सुन्दर, स्वप्न-मन्दिर झैँ,
त्यस बेला फल्दछ सुन्तला अभ्र, सुन्दरले
समृच्छ्युवसित, शानदार, अनि सुषुप्त पंख
सृजनानलका आमंत्रणमा शीत पबनमा
छात्तिन्छन्, सजोश । नवजीवन पाउँछ संसार ।
आगो, आगो, आगो चित्रन्छ संसार अभिनव,
आगो- अपोलो संगीतकोविदको हृदयको ।
(२१)
आलिम्पस पर्वतको हृदयमा छ अरिन ।
अग्रिनशिखरमा उसको । समुच्च स्वर्गमा
यूनानी देवहरूका एक नाक-नग छ,
अनलाचल, अरुणाचल, अनिर्वापित
अमर अगिन युगयुग बल्दछ त्यस ठाउँमा,
हरहर, हरहर्, समयभक्षक, वहिन त्यो
फ्याँक्दछ स्फलिंग संसारमा प्रतिदिवस, धप्प,
धप्प, दिनत्मणिछूप, अनि प्रतिनिशा प्याँम्दछ ।
एक छरबर, किल्का, किल्काको, सुनील पटमा,
ध्वान्तको गरी उज्यालो डाहाड, शंगारमय !
त्यही आगामा डाली मर्त्य-कलेबरका कलुष
आत्मा असल उद्दछन् जुपिटरका पदतिर,
जहाँ अयुत दिवौकस प्रशंसामुख बस्छन्,
पक्षदार्, प्रस्तुत, कर जोडी महागौरवी
पाश्वमा, तम्रशिर, त्यही वबष्टिलमा राख्दछन्
उन्नती भयानक पवि, जो, दंडक उगुवेग,
घनवारीद्वारा, विक्षिप्त ओर्लन्छ अघौधमा
सांसारिक, शतच्र, पार्न पापी, घर्म्मपतित,
एक आगोको भीषण चटरचाङ-विश्वकप ।
(२२)
त्यही हुताशन भांडारबाट स्वर्गको दूर,
चोरी एक अमर बीज, प्रमिथस ओर्ले,
ज्वालामुखीको बटुको मुख तल,' अवनीमा ।
न खहरियो उनको देव-अंग, अनलाबिबाध्य !
बलवाको जोश ओजदार मुहारमा बस्थ्यो,
निर्भीक, सवेग उनी ओर्ले वसुन्धरातिर,
थाहविना स्वर्गाधिराजको, सहज-प्रकोध्य ।
नर्कटको खोक्रो उदर, अनलबीजले,
भयो उज्यालो, जस्तो कोही प्रसूनका घंटीमा,
नीलराग, अधोमुद्, बच्योतहरू पस्छन् राती,
नीरदीवार कोमल हरियो च्ुतिले छेडी,
सुन्दर दृश्य ! अथघा जसरी उत्तरीय तारा,
धुबोपरि, टक्क अडानमा अमित युग,
हेर्दछ दुई नटी साथ लिई, अर्ढखंड भूको,
उत्तर फग्लेँटो, क्षितिजबाट यमपुरी-बिरुदध,
सेतो, चमचम, सजीव, नैश तिमिर डाँटी,
त्यसरी त्यो तातो भीषणता चंकियो सजीव,
तेजोमय, चर्का सेतो, किरण-विस्तारक अल्पार्क,
(२३)
सवेग ओर्लिए अनलचौर पृथिवीतिर
मौन, गंभीर उडानमा, छोडी देवहरूको
राजधानी म्िलिमिल, सुनर्णचूड, फिफिल्यांड,
अनि पसै उनी बीच दैसाँधमा, भू-स्वर्गको,
गोधुलीमय, जहाँ विस्मारिणी मृत्युसरिता,
कोलाहलमय बरिथन्, जगत् -जीबनपार,
तन प्रवेश गरे पुथिबीमा, मरकतांगिनी,
पुष्पप्रिया, विशालस्तनी, संकुचितमुखी,
जलकांची पिलिमिल, मृषिक पहाडहरू
अर्ना बन्दै आए अवतरणमा, उनको,
आखिर ठोस मृत्तिका छोयो, शस्यदार, पदले
एक धराधरमा भूको । तल, तल, कुदरो,
अरुणरागमा नबोदित अर्कको, अर्द्प्रबुद्ध
जंगली जन-समूहउपर लर्बराउँथ्यो,
पबन-प्रहारित मन्द-व्यूह, व्यूह, खंड, खंड,
जस्तो बादलमा देखिन्छन् साउन मासमा ।
त्यो बाफको लहरीदार पारावार, वेधित
रशि्मिहरूले, रंगियो प्रथमवार । इृन्द्रेणी,
जल-बँद सावलंब रुख्ल्की सप्तरागिणी,
दोब्बर, तेब्बर लचकमा, अन्तरिक्ष-संगार,
अनि संवरद्धनशील करले कराकरले
लागे फाँड्न त्यसको घन कलेवर; खितर
बितर भयो पछि सपना झैँ त्यो करवार ।
(२४)
अनि देखे चर्म्मवतन भू-कमि मानवले
सभय, महादेवको महत्त्वसूचक स्वरूप,
छायाहीन, अजङका टाइटन्, विशालबाहु,
अग्ला, गोरा, सुपुष्टवक्ष, निपुलेक्षण,
निर्मल चेहरा, शारढीय आकाश-सदुश,
शंकाहीन, अभयप्रशान्त, प्रगाढ करुण,
महापर्वतको गंभीर मुहारतुल्य ! सम्च्च
यत्ति थिए उती मानवबाट, जत्ति पहाड ।
सजिलो श्रेष्ठताले शीघ उनी आए सदय
नरहरूसामु, तर नरहरू भयभीत बने,
जस्तो अविकसित जीबउपर पर्दछ
विचित्र त्रास विकसितको-- एक छायासरि,
दुस्साहसित पारी तित्रको चेहरा सामान्य ।
कोही भागिहाले अधोधरा अन्धकारमा;
कोही चढे रूख; कोही राडीपछाडि लुके ।
"को आयो ? को आयो ? के आयो ?" को कोलाहल थियो
अगाडि जो, सुदूर हुँदा आगन्तुक, अन भो जन्द !
अनि एक दुई महानायक ठहरिएका,
अडबज्जग त्यस बेलाका, हेर्न थाले लुकी,
करिविपुल कल्पचिर प्रस्तरको पीठ
पछाडिबाट, दुकद्क मुटु, च्याती चाक्षष
परीक्षक स्नायुग्रन्थि ! मुखरेखा-बविकत !
"को आयो पो ? को आयो ? किन आयो ? कहाँबाट ?"
मुटुको ढुकढुकले रुन् सन् शीघ प्रश्नले सोध्यो,
मांसभित्तिका खोंखली ढघाक ढघाक पारी, घचघच
अविदित द्वार झैँ- "को आयो ?के ठाउँको जीव ?"
भयभीता जिज्ञासा तोडमा परी जान्न, उग्र,
जीवन ? मरण ? मरण ! जीवन ? के खान आयो
यसले सब नरजाति यहाँ ? मुगखंड झैं
प्रस्तर-हँसियाले एक फरूपटमा चोड्टिने,
प्रबल बाहुका प्रहारले ? तरंगशील त्रस्त
द्ृदय आदमपुत्र अनिशिचत रह्यो चिर,
बढ्न, हेटद्न नजानी, कीलित । तर उसको साथ
हथियार थिएन भीषणधार । उ थियो प्रशान्त !
कोही राकस पुरुखा गै, अतीतमा कल्पित ।
(२५)
कृहिरोको घरघरले, पाबस म्ख, ध्वनित
महाकाश कप्रे, ताराघर अरू बेलाको,
गोल आँखा खानेको पथ, चटरचाङ-रिसाहा,
मीठी शीतलीको अरू बेलाको मृख-मिठास,
तर्साउँय्यो बराबर जंगी जो, कोही भएकै
जाद्गर-त्यसले बोलेको सुनी, सुनी, सदा
फिल्केको हेरी, हेरी, विचित्र, भाषा प्रथम
मानवहृदयसँग लाउन लागेकी थिई
मित्यारी, गोधलीमा । सिलिङ बिलिङ-- भीषण !
भयो सर्पको नाम, जसले घुंटी फुलाई
फँक्दा स्योांक्क । भुलभुले रगत मात्र भेटी,
बाई हुन्थ्यो मुख बाई मानिस-भाइ, लन्यांग !
लकारले लासियो विलासिनीको नाम ।
अनि झ्वाल्ल भने आकाश बल्नुलाई मुयाप्प
भयो त्यसको निभ्नुको नाम, ग्रारले हानेसैँ,
ञ्याप्प, अनि बिजुलीलाई भन्न लागे म्लिफ्लि !
आश्चर्यजनक, त्रासजनक बाकार भयो शाब्द ।
द्वित्वमा बाबा ! या बाब्बा ! शिशुको, प्रौढको समेत ।
नाघलाई भन्न लागे ह्वाङ्ग्राङ-ध्वन्यर्थक,
शब्दहरूको प्रथम प्रसव भयो वाङ्मयमा,
प्रथम मात्रव रूलफूल गर्ने हुनाले
नाम भयो जल, पानीको । हरहर हावाताम
पहिले । रुररुर नाम भयो रुनाँ । हेल्योस्
भन्न लागे रुल्सलाउँदो सूर्यलाई पछि ।
यसरी जन्मिँदी मानन-भाषा प्रकृतिबाट
अनुकरण-प्रयासिनी, वस्तुगति-संगता,
बढ्थी प्रतिदिन, मौखिक शव्दस्तायुका विकास-
साथसाथ । तर त्यस बैला अफ मानवले
स्पष्टोच्चारणमा व्यक्त गर्न सकेन त्यो भय
जो अतिमानव प्रमिधसको आगमनले
गयो संचार जताततै । कपिसद॒श कंकुँ
गर्दै सबले गिरि-उदरमा प्रकाश गरै
दृदयको मरणभावी छायादार भाव,
जसको नाम आज भयो भय । निभाउँछ कि ?
करिल्लिलिल्ली झैँ कोप्रे कँचा आकाशले, यसले
हामी मानवलाई सारा ? यसरी त्रस्त भए
नरजाति प्रथम युगका, प्रमिषस अघि,
यस अपूर्व खतराको पूर्ण बोल नपाई ।
(२६)
परदेशी बिरोधी अविकसित जातितुल्य
ती हेर्थ शंकालु, चिहाई ! आयौ यौ के गर्न ?
प॒च्छे ताराको आगमनलाई जसरी हेर्छन्
अन्धविशवासी आकल जीव ! मृत्यु या अमृत,
यो के होला ? जाँचे कसैले उनका लोचन,
कति छ इर्षा त्यसमा भनी कसैले ललाट !
सूर्यसामु आँखाका नानी झैं कायर तिनीहरू,
खुत्ने, दुस्साहसित- ती देवको तेजअघि ।
(२७)
तर प्रशान्त ती महापुरुष प्रमिथस
गंभीर मुखरेखासाथ बढे मानवसामु,
परिवर्तनविमुख, नव्पताविरोधी अघि !
प्रथम नवी झैँ सभ्यताका, नवजीवनका,
अन्नि उनको शात्त चालले आश्वासित
अलि, अलि, प्रथम मानव, अलिअलि गर्दै,
नजीक हुने गर्न थाले प्रयत्न, ससाहस,
जब उनी एक घर बनाई, प्रस्तरको,
बसे मानब -बस्तीबीच, त्यस प्रयम यगमा ।