Prometheus/tritiya-sarga
(१)
यसबीचमा
दैउता-राकस लडादँबीचमा,
एक नयाँ जन्तुको भयो जनम,
जसरी जन्मन्छन् घमासानबाट
नयाँ, नयाँ वस्तुहरू विचार-पार ।
हिउँद-ारमको तँछौड मछोडमा
फुल्छन् फूल ।
जातिको कालको छायाको डर्,
जो हो लडाईँ,
शक्ति बिकस्दछ एक जरो कै
कसर अफाली,
त्यस समयमा उच्चारित रणशक्ति
मुल्कन्छ यताउति नबनिर्माणमा,
एक नयाँ उज्यालो डाली ।
(२)
तब एक नयाँ जीव जन्म्यो पृथिवीमा,
मानव-नामा,
जसमा चमत्कारहरू थिए अविकसित,
केवल संभावनामा ।
प्रथम रश्मिको जन्मसमान,
छटपट गर्दो तिमिरसँग व्यापक,
दुर्बल;
अगिनस्फुलिंग-सद्श बादलभित्र,
कबलदार, विचित्र,
तर अफ शंका-संयुक्त भविष्य भएको,
अनिडिचत ।
(३)
मानेवहरू !
क्षद्र, दरिद्र, जीवहरू, मलित;
बाँदरहरूभन्दा एकै सिँढी चढेका,
गरीब जन्तुहरू,
प्रकतशक्तिका सामु लाचार वदन,
हावाका पराल,
समुद्र लहरका रुयाउ
निवास गर्थे गिरिगहबरमा गृहहीन,
पशुभन्दा कजमोर ।
संदेहा५५क्रान्त, अन्धकारमा .भयभीत,
अविदित त्रस्त, ती,
मृत्युसँग नित्य खेल्थे कस्ती ।
नित्य मृत्युका छायामा ।
थरथर काँप्थे प्रकृत प्रकोप अघि,
अज्ञात-बीजँ ।
बर्बर पूजा गर्थे दुष्ट देवका अविदित ।
(४)
दुईखुट्टे, बनजन्तु अगाडि लाचार ।
टक्क टिँगरा,
टुकुटुक हिँड्ने, धावनमा
पशुले पराजित;
क्षैतिजवदन, न-खछीटा,
लटमुख, तर्सालु,
दुई उपहास्य मुँडन करले सज्जित,
रोमहीन,
दाँत देखाई हर्ष प्रकट गर्ने, डिच्च,
'बर्बर हल्लादार ध्वनिका लटपट,
विचित्र वानररूप, पुच्छरहीन,
शिकारमा पिल्लाडिएका सब जन्तु पछि,
कोमल चर्म्म, वर्म्महीन,
मानवहरू थिए प्रथम अवस्थामा
लाचार, लाचार ।
(५)
तर शक्तिशाली महादेव जिउसको
शासनकालमा, शान्त भयो संसार ।
ज्वालामुख गार्जन उग्र समरका
शान्त भए; जस्तो शक्तिदार
जादूगरको जाद्ले बढार्दछ
घर्नाँको घन मुस्लो गह्वर-मृुखबाट
प्राचीन, निर्मलाई छलंग आकाश,
प्राचीन कहानीमा ।
(६)
एक प्रबल शक्तिशालीका बाहुनलले
विचित्र, जाद् डाल्दछ शान्तिको, संसारमा ।
जिउसँ देवराजको अवर्णनीय ओजले
नैश तिमिर-व्यूह-भंग गरेरै ल्यायो प्रात,
शान्त, सुवर्ण, शीतल मधर, संसारमा ।
यूरानसका राक्षस-पुत्रहरू भए केद
अन्ध गुफामा । स्थल जल उपर उघध्य्रो
नयाँ सुषमा । शिशु-मुख झैँ स्वच्छ, स्वस्थ, गुलाफी
नव जागृतिको भयो मुहार । आत्माको विजय भयो ।
शान्ति मस्किन् मीढी, संगीत सदृश सुन्दरी ।
श्यामल शस्यले लहलह सिँगा-यो बसुन्धरा ।
'शीतल चल्यो समीरण स्वच्छाकाशमा,
ओस-आँत । पुष्पवती प्रकृति रंगिली भइन् ।
वर्षा नाचिन् गगन-सुल्दरी विन्दुन्पुरा छमछम ।
नवीन उज्यालोमा संदेशमय नव युगको
प्रकाशोन्मुख उद्गीत उड्डीन बहनिहग
बोले महादेव -स्तुति, देवदूतहरू स्वर्गका ।
(७)
तर यस्ती वसुन्धरामा, हँसिली, खुशिली, रसिली,
जब जिउसले नजर ओराले ओजदार
परीक्षा गरी चौडा, जस्तो हेर्दख चील,
नकित भए तिनी देवराज, अनि क्रोधान्ध भए ।
यो अनुपम सुन्दरताको चित्रपटमा
कमजोर, लाचार, उपहास्य थियो मानव ।
(८)
पूर्वविना, कवूलविना, बिना उज्ज्वल भविष्य,
लटमुख मानब, शक्तिहीन,
पिपीलिका-सदुश नवजात,
लखर दुनियामा, जुंड मुड लखर,;
खानापछि स्वेदयक्त दुगर्दो, स्वाँ, स्वाँ,
शिकारले बराबर शिकारिँदो थियौँ;
ओजहीन- भूलहरूको भुल्भुलैयामा
लखर--लखर-आदर्शहीन;
अविकसित विवेकको मिरमिरमा
गोधलिजीव-अज्ञानान्ध मानव ।
(९)
जस्तो सन्नादित वर्षागरानमनि
कीचडमा सडल वस्तुहरूबाट
नव कीट-जञात निरीक्षी भन्दछ घर-धनी,
"के जन्मिए यी ? कुन जीव ?-
ध्वंसँ यिनकन । ध्बंसनको गरर तजबीज ।
यी सुंड; मुड बेकारका कीरा, नवकष्ट !"
त्यस्तै निरीक्षण गरी सकल भूमंडलको,
बोले क्रुद्ध देबसिंह स्वर्गका, जिउस महान्,
च्याँठद्वारा, न्युन स्तरका जीव निरीक्षणको ।
(१०)
नाह उचाली बलवान् देव विक्रमी बोले,
कोघान्ध,
"को यी ? भूकीट नव ?
को यी नव सलहका बथान ?
मुड, मुड, ध्येयहीन, किरिकिरिलाग्दा
मेरा देवद्गमा ? लखर ? लखर ?
लमखुट्टे यी ? लंपू, लविघर ?
गडल-आँख दुईहाते जाति ?
घीनलारदा यी मातव ?......
मेरा साम्राज्यमा सुन्दर, सुध्घर ?......
(११)
"देख्दैमा यी बलविहीन भसुना भूका
भसक्क निभाउँ मैं लाग्छ मलाई,
यी भूकीट !... कै काम यिनीहरू जन्मे
पापी, दुर्बलताको अघौध समान ?
प्रसून-प्रसन्ना पृथिवीका पन्ना भुईँमा
नसुहाउँदा नालायक, यी मानव ?
यिनको कमजोर अनुहार मलाई च्याँद्दछ;:
घ्वस्त म गर्दछु यिनको समस्त ।
मेरो देव-शपथध ।
एक समुज्ज्वल देवसम भू सुहाउँदो
जाति म राख्दछु, यिनको बदला ।
यिनको गर्छु म विध्यंस ।"
(१२)
अहो ! भयंकर देव-शपथ स्वर्ग-राजको !
त्यत्त दित आकाश अँध्यारो प्रयो घनघोर ।
उनको भूका खंडखंड मैं संशामय,
मुम्मिए सुलसी घन विद्युन्मय, गर्जनशील ।
बन्धन फोई समरका शक्तिहरू
हाबा भरी उर्ले; प्रभजन-भंजित डाल
घडाकसाथ गिरे भू्कपमा, त्यस दिन,
शतायु, शतायु...कमजोर जातिसरी
पत्ती प्रलयत्रस्त कराए डाल, डाल ।
आकाश भयो तुमुल, शब्दायमान ।
मानव-जाति गिरिगह्वरमा गुप्त
बस्यो थरथर काँपी, प्रलयत्रस्त ।
(१३)
भयंकर जिउसको भयंकर शपथ
सुन्दा प्रमिथसले, महावीर टाइटान्,
ज्ञान-गँभीर गोडे चिरकाल गंभीर ।
विवेकबली ती बसे एकान्तमा
अतिशान्त । पारावार थिए करुणाका
पूरा तित्री । मानवतर्फ भए सदय,
द्रवितद्दृदय, सुकोमल, चिन्ताशील ।
(१४)
उनको बनोटदार॒ मुहारमा मन्मथविजयी
आऔजस्बी, अपराजितद्युति, आई कोमल ज्योति
दयाको । जसरी कोमलीकृत शैलमाल्यमा
आवाढ पार्दछ छाया जलमय दानी घनको
हृदय-द्राविणी जलदृशी दीनसखा सुन्दरी
कोमलाकृति, दानी प्रकतिकी, सुकृतिमुखी दया,
जो वर्षा जस्ती छ अनामंचित स्वर्गावतरिणी
धोविनी दिलका कसरकी-दया ।
देवत्नकी प्रतिभा, दलितकी दाई, आई.
आई उनका मुहारमा, नैरक्ष प्रदेशमा पावस झैँ
पावस रै ओस आँत, शीतल शबास-संयुक्त,
मलमसमान आतपमा धमकीदार,
एकलासमा गिरिपार्श्वमा सुदूर
यूतानतिर
(१५)
उनले भने: "त्यो कालो, कृहिँदो दाना
कुहरका मनि, कोकिल-काल अगाडि,
मुदाच्छन्ल, तुषारमरुमा मर्दौ, दुर्बल,
सक्तैन पलाउन त्यो ? बाँफको बीउ हो ।
यसमा छ संभावना अत्त्त । अनन्त !
यो किल्कोले सल्काउन सक्तैन संसार ?
प्रथम रशि्मिमा तिमिराक्रान्त छैन के
नव दिवसको गौरवको रवदार कबूल ?
मानवको पनि नव दिवस आउला विकास-शील ।"
(१६)
विशाल शक्तिको अँध्यारो बीउ झै
रङमडिएको मानव, दशामा दयनीय,
आजछ निन्दनीय, तर भोलि नहोला
प्रशंसनीय ? बेचारा आत्मा यस रातमा
हातमा शाक्तिहीन हिँड्दछ, शिलान्ध बिलकुल ।
दयनीय छ उसको वर्तमान, भविष्य अनिडिचत ।
ञ न चिन्दछ आफूलाई, दृष्टिविताको नजर !
सुन्नुविताको श्रवण समान छ, लाचार !
म उसको आँखाबाट कालो अँध्यारो फिक्छु ।
उस्का कानका जाली बनाउँछु, अतिचंख ।
यस दुर्नल जातिको प्रलय घमकीमा,
क्र्र स्वर्गमनि, म बन्दछु मानब उद्घारक ।
(१७)
करुणाले कोमल पृथिवीतरफ प्रेरित,
प्रमियसले हाले एक खोक्रो निगालोमा
अरिनबीज अग्निबीज रहस्यमय, एक स्फुलिंग ।
जस्तो डाल्दछु, अवभासका क्षणमा,
मात्रव भावले उत्तेजित कविवर कुनै,
निरमीलित लोचन, अन्तर प्रकाशमान,
एक सुनौला धपधप, मुरलीमा, स्वनिर्मित,
सप्तछिद्र, एकलासको मुटु चोरी,
नव प्राव अनल एक विकासयुगको
अभिनव । उसका जोशीला भावलहरीमा
छर्बरिन्छ नयाँ रंग जन-मन-धन-समूहमा,
खल्बलाई सुषुप्त विहग-भाव प्रभावित ।
प्रस्थान गरे तिनी तब मानव-बस्तीतिर
प॒धथिवीमा । उनको ताक थियौ जगाउन
तृष्प्त आत्मा मानबको..................
(१८)
पशुचर्म्म-विभूषित, मैला धैला,
थिए मानन, विच्वाविहीन, कलाश्न्य;
बिकसित पशु भरखर;
विचित्र ध्वनियुत जंगली भाषा बोल्थे ।
अकमक्क परीकन हेर्थे । थिए शंकाघारी ।
काँचो मासु चबाइरहेका, कुक्कुर दाँत:
पाषाणशस्त्र, अतिशय अझ खप्ता रोमदार,
आप्स-कलही; भयंकर क्रो्मा,
नत्र लटमुखा लाटा । जे पनि पूजा गर्थे
जे संगै अति भयंकर स्बरूप,
(१९)
ती सब आए मानव-जाति जिज्चासायुत
हेर्न महादेव प्रमियसको अवनि-अवतरण,
सूर्यले अविलोचित गह्वरद्वारमा गिरिका,
फुड, मुँड, विस्मित ।
(२०)
देखे तिनले अजङ देवजीव प्रमिथस,
आजानुबाहु उज्याला, अग्ला, महत्त्नपूर्ण,
बिपुलेक्षण, देवत्व मल्किरहेका,
छायाहीन...निर्मल थिए ती बिबुधवर,
जस्तो शरदीय आकाश, शंकाहीन, प्रगाढ ।
करुण भालमा तिनको थियो कोमलता,
' छाया सढुश जलदको जस्तो तुहिनाचलमा ।
(२१)
मानव-जातिले, भयार्त, देखे तिनलाई ।
हेरै शंका$५9क्रान्त नजरले, जस्तो परदेशी-
हरूलाई गर्छन् निरीक्षण अविकसित;
अथवा पुच्छ्ने ताराको आगमनलाई
अन्ध-विश्वासले आक्ल जीवहरू ।
तिनले बुझेनन् ती अति ओजस्वी
सर्वनाश थिए या सर्बोद्वार; मृत्यु या अमृत ।
जाँचे आँखा कसैले, इर्षाको निम्ति
कसैले हेरै उच्च ललाट । कोही कातर
जँगली लज्जाले प्रवेश गरे गुहामा ।
न्यून जातिहरू ती अतिश्रेष्ठ अघि
दुस्साहसित, लखर, लखर चले ।
सूर्यकिरण सामु अतितेजी जसरी
नानी खेचिन जान्छ जगतको, सानो;
ती टटोल्न लागे, शंकायुत, उनको मुहार ।
देवतेजले कातर हृदयमा उठ्थे
बहुविद लहरी संशयका, अन्धकारमा
आगमनका अभिप्रायको उनको ।
(२२)
विश्वास दिए प्रमिथसले मानवगणमा,
एक नयाँ आश्वासन । जसरी दिन्छन् नेता
ग्रामीण लटमुख परिवर्तन निमुखलाई,
संशयशील, नवागन्तुकका प्रथम दर्शनले ।
प्रथम नवी जँँ मानवका ती मानवसाथ
सम व्यवहारले समतासँग बसीकन
लागे देखाउन अदभुत चमत्कार स्वकीय ।
श्रद्धाको बसाले जग, विश्वास जमाई ।
यसरी उनबाट संबोधित भयो मानबव-जाति:
(२३)
"ए मानव ! क्षृद्रताले सधैँ नीचा शिर जगमा !
प्रलयसंशयी, शंकाक्रान्त अनिश्चित ।
मृत्यु तिम्रो हृदयमा पार्दछ कालो छाया,
सूर्यग्रहण सदश, प्रकाशको अमृत
छैकी, छेकी । राह-ग्रस्त झैँ तिमीहरू-
अरु तिमिराच्छन्ल छौ । द्वैन भविष्य निश्चित ।
तिम्रो बदलीलाई उघार्न; डाल्न नयाँ प्रकाश
तिम्रो जातीय गगनमा; नव जन्म दिन
तिम्रो मृतप्राय जीवनलाई गर्न भविष्य-निर्माण,
अवतरित छु वसुन्धरामा म प्रमिथस ।
(२४)
"सुन मैरो उपदेश । मानव मर्नेद्वैन ।
एक सुनौला भविष्य छ उसको, चिरकालीन ।
अक्षर पर्दछ चिन्नु केबल; अमर बीज ।
तिमीहरू न कीट होङ, दिवसजीवी,
न सलह...पशुउपर छै तिम्रो साम्राज्य
वनस्पति झैँ मदैनौ तिमीहरू, मानव ।
एक स्थलमा बढी, विकसी, मल बन्न उहीँ ।
एक अमर रफुलिंग छ तिम्रो अन्तर्गत ।
(२५)
यो मिरमिरे हो-- यसपछि हन्छ सुवर्ण प्रात ।
ज्ञान हन्छ प्राप्त अविज्ञात । आशाले उठ,
जोशिला जन हो, संघर्ष गरी तिमिरसँग,
जो तिम्रो शत्र । मर्दछ व्यक्ति, जिउँदछ जाति ।
एक अनैकको छ खाच्च जगत्मा, बहुपोष ।
त्यही अमर जो अक्षर चिन्दछ स्वजातिको ।
त्यो जलविन्दु जो जलमा गिर्दछ मर्दैन ।
जो गिर्छ रेणुमा हुन्छ अदृश्य विलीन ।
जो स्वार्थी एकलासी ताप्दछ घाम
परिणत हुन्छ लघु बाफमा, वामुविलीन ।
(२६)
"आज छ एक ग्रहणको दिन-ग्रहण
जो हो छाया विश्व प्रलयको, प्रकाशाभाव,
मत्युको सृतक संसारमा, अपनित्र,
जसमा रहनुपर्दछ सचेत मानवले,
शुद्धिसाथ; सम्बी आफ्नो जवाफदेही जगमा ।
मानबहो ! यस छायादार कृसमयमा
प्रकाश भजी, बलियो हृदय गर सारा ।
(२७)
"सुरेन्द्र स्वर्गका, असहन-स्वभाव,
कृप्रवच्धले मानवको लागि किरकिर,-
जस्तो लेस्याइला हरिया लमखुट्रे
जलजीव क्षारमा हुनाले लखर
मानन-दुगमा चढ्छ विचित्र च्याँठ,-
जिउस क्रोधान्ध छन् मानवसँग आज ।
उनको भरेखा लाल, लाल; जस्तो हरी
चकिनुअघि धलिपुंज अरुण क्षितिज ।
उनका भ्र्रेखामा तिम्रो छ विनाश
स्पष्ट लिखित आज । विनाश भयंकर !
(२८)
"तर नडराओ, ए मनुच्यहो ! म छु ।
म प्रमिथस । म मानवमित्र । म नरसैबक ।
म क्रुर जिउसको अन्ध क्रोधको अरि ।
अन्याय-असहन, मानवपक्षको एक देव ।
स्वर्ग छ कातर सब, जिउस अगाडि,
अतिप्रबल तर्जित । म बन्छु क्रान्तिकार,
तानाशाही विरोधी स्वर्गको, मानव निमित्त ।
नडराओ, ए मनुष्यह्वो ! म छु मानवमित्र ।
(२९)
"शत शत जीवको नौका मझ्घार
एक माफी तार्दछ...एक मल्लाह चत्र ।
देव-प्रतिभाको विश्वास गर । म पनि छु
एक अमर...विचार तेज हो, दिनको ३
एक दिवाकरका करहीन सहस्कर छन्
सहस्र बिस्तार । यस्ता छन् शुड, उत्तेजक विचार,
तमप्रणाश । बिबेकको साम्राज्य संसारमा,
विचारको अनन्त बिजय, भावको ए भब ।
मपछि लाग ए अनिश्चित छायात्रस्त मानव !
(३०)
"न लेक वास जो बढ्दछ लहर, लहरमा
क्रुर, क्रुर...अन्ध निशामा प्रलयडर
पाषाणपातले चलेर सलिल उपर ।
पतनचिन्ताशील जाति हुन्छन्, लखर,
स्थगित निर्माण, अवरुद्ध समुन्नति,
मृत्युको हमेशी स्मृतिमा ट्टफूट
दहन, घनघोर । चिन्ता छ चिताकी माता ।
आशानादी बन । संग घाम । संरुू उज्यालो ।
उपास उषा, ज्योति । उड्न गर प्रयत्न ।
आशा हो आघा जीवन । लड तिमिरसँग,
तिम्रो जीवन । अघिकार समर्थनमा
म सहनेछनु क्रर, क्रूर यातना विशाल ।
(३१)
"तल नहेर अन्धकारतिर । माथितिर
दृष्टि लगारु; जस्तो गर्छन्, शाकपात पनि ।
हात पयर खियाक- कोशिश गर ।
नमर मानबहो लाचार, निराशमा ।
दुस्साहसित नबन तानाशाही अघि ।
बल सत्य हो । पशृता होइन शक्ति बुफु ।
देवराजमा प्नि पशृत्वको छ प्रशस्त अंश ।
दुर्बल -असहन तिनले लिए क्रुर शपथ ।
त्यसको म छु बागी मानव । म ध्वंसन दिन्नँ,
तिम्रो जातिबीज । म संरक्षक हुँ तिम्रो ।
(३२)
"के गर्ला त्यो देबराज आखिर मलाई ?
त्यो कोधान्ध ?
क्रोध भनेको एक जरोको वेग हो,
अस्वस्थ प्रकृतिको, अस्वाभाविक च्याँठ,
एक उग्र गरम, जो उचाल्दछ खलबल्याई
उयलित स्नायु, स्नायु, आयु गरी क्षीण ।
ढोक्ला, पिटला, रगताउला छरछर देह,
बागीउपर हरी होला, आँधी, आँधी,
उग्रवेग । तर म रहला अग्राख्न ।
देला दुःख अनन्त, दंड भनी उसले,
तर तिनलाई परिणत गला शौकमा,
अतुभवको आनन्द बनाई उपदेशयुक्त ।
मैले डरलाई जितेको छु, ए मानव !
डर केवल जड, जड रोमको कंपहरू हुन् ।
आफ्नो अस्तित्वउपरका जीना संदेह ।
म तयार छु; तयार, रुगाको घोडा चढ्न;
तयार छु डुब्न नेत्रजल सागरमा;
तयार, सुद्ररिन, रोपिन, क्टिन, हतौडिन,
कीलिन, कल्चिन लौह पयरले दृष्टका;
तयार, परीक्षित हुन अनन्तमा
अनन्त बेदनाले आज; तयार, खान खलि ।
केबल सत्यको अमृत मेरो, मानवताको मिठास ।
यी दुई चीज किकेपछि विश्व छ ररल, गरल ।
(३३)
"् कान्तिकार छु- म स्वर्राको बागी ।
विषम, अविवेकी स्वर्गको, शक्ति-सिद्धान्तयुत,
पाशव-शक्ति...म देवत्यको छु समर्थक ।
सत्य शाह हो, असत्य दास 1 सत्य छ मेरो हतियार ।
भ्रैले ल्याएँ मानवहरूहो ! तिमीहरू-निम्ति
एक स्वर्शिक बरदान- एक मेरो दयाको बक्सीस-
दैवा,नलबीज ! यो खोक्रो नर्कटको उदरमा
निहित शक्ति एक, विचित्र अगिनस्फुलिंग !
मानो सुवर्ण-किल्को कै घपधप बल्दो
तमसावत, मिरमिर अघि, प्राची शिखरमा;
जसमा छ असीम शक्ति गूढ... चकाचौंधिन
विस्तारले त्रिभुवन, रज्मिहरूको रहस्य !
यो क्ल्को सारा कताको जननी हो ।
यसमा सब सभ्यताको, सुखको धप्को ।
(३४)
"कल्पना रार अयुत शाखायुत महामहीएह
वनिश्वमूल । अन्धकारमा रहस्यमय छन्
उसका जराहरू अविदित; अनन्त रनायु
रस-संचारक, दलहरू अनगिन, अनगिन,
विश्वयुग, युग आउँदा, बढ्दा, क्षीण हुँदा;
हजार हुरीको जोरी... नित्य हरित, सुन्दर,
बिह उड्डीयमान, प्रकाशोन्मुख,
सुवर्ण-फलयुक्त त्यस्तै छ हुने
मानव-जीवन, मानवहो ! त्यसको
निर्माण गर यत्त स्फुलिंगका रापले ।
अमर बन । अक्षर बन । सुत्दर बन । भूविजयी ।
स्वर्गोच्च बन्न । देवपराजय गर मानव !"
(३५)
यति उच्चारण गरी प्रमिधस महादेवले
प्रदर्शन गरे अगिनस्फुलिंगको किलिफ्रिल ।
प्रपधप गर्दो कणीको उद्घाटन गरे
नर्कटको पेटमा । विचित्र ज्योतिले धप्क्यो
अनलाण्, देदीप्यमान-त्यो स्वर्गको आगो ।
शक्तिशिखा झैं अथवा शिरोविश्दुकी
तारासद्ृश सितराप ! विचित्र कबूल झैँ फुल्क्यो ।
विशाल संभावनाको अनल-बीज सदृश !
एक मानसिक बह्िन-समान सुनसानमा
कवि-हृदयको, मझिल्ल, किल्ल, किफिल्ल ।
(३६)
घन्य ! घन्य ! छौ अनलदेव तिमी !
ए जगजीनत दाता ! बन निर्माता !
विषिन-विध्यंस ! सुजन, प्रलय तिमी,
संपोषण तिमी सब संसारका ।
चर्षणबाट उत्पन्न ! सूर्यका सखा !
हृतभुक् ! सर्वशृद्धिकर । भयंकर !
नागरोदरनीड ! पारावारनिवास !
पर्वत-शिखरका नृत्यका नितशौँकीन ।
घर्वाघोती शातजिहब अनलदेव !
(३७)
ए पावक, ए जाज्वल्य, रशिमपति !
तिमिर-सिंह तिमी, प्राचीप्रतीचीप्रिय !
पार्सीहरूका परमेश्वर वेदका आत्मा !
जीवन - तिम्रो अतितेज्ञको एक हो स्यन्दन ।
तिम्रै पोषक न्यानोले जन्मी
मानेव-सभ्यता जोशिली, सखमकदार् ।
तिम्रो रापविना कवि न बन्यो कोही ।
तिम्रो तापबिना न एक महावीर ।
तिमी घरका प्रकाश मनका विकास ।
(३८)
तिमी परिचित थिएनौ मानबको पृथिबीमा,
ए हुताशन, प्रथम युगमा मानवको ।
तिम्रो वरदान विचित्र थियो वसुन्धरालाई ।
मानवलाई आत्माको चेत फैँ नव-विकसित
आयौ तिमी-प्रमिथसका वरदान ।
(३९)
अन्धकार हटाउन, नवप्रकाश फिँजाउन,
मानवको आयौ, अरिनदेव !......
नबप्राण-संबार गरी नरनारीहरूमा
त्यस बैला । एक नवजीवनको स्वप्न-समान
स्वीकार गरे मनुजहरूले तिमीलाई,
अति क्तब्च !...प्रमिथस महान् मानसमित्र
सुपृजित भए प्रथम मानव-समाजमा,
नवप्राप्त परमेश्वर छै प्रतीचीका ।
(४०)
अनेक चमत्कुतिहरूले नित्य चकित
प्रकाशतिर फैलियो उन्नतिशील
मानव-संसारमा, सभ्यतामा अग्रसर ।
जसरी गायश्रीजप सवितोपासक--
फूलबिश्वाहरू गीष्ममा फुल्छन्,
चौडापात, सुगन्धमय आँत, सुन्दर, सुन्दर ।
(४१)
यस अनलबीजको चमत्कारको
वर्णन गर्नुअधि, अनगिन,
बिसाउँछु विफलता व्यथित लेखनी
शब्द-हार । चुच्ची औँलाकी चरी यो,
लमपुच्छै, सिताकाशमा पत्रपत्रको
नँग्दी नील, नील कण, नुच्ची भई ॥
खोज्छे उजाउन आफ्नो चरीचुच्चो
अर्को जोशको रोशनीमा समुच्च ।