Prometheus/dwitiya-sarga
(१)
तब भन जननी ! विश्ववेदिनी !
कसरी,
युरानस देवले जीयासँग
जोडे सम्बत्ध विवाहको
युरानस, स्वर्गमंडलका ओजस्वी सुर,
आदितेयहरूका पूर्वपूरष,
महाप्रबल भृनविजयी सुरसन्ततिका जनक
ओजस्ती युरानस, स्वर्गका ।
(२)
तिनका त्रय तनय भए,
ब्वायरिओस्, गाइज और कटोस,
यी थिए अजङ महावीर, विशालगात्र,
पंचदशशीर्ष, शतवाहु, महीरुहमानव
(३)
यिनपछि भए समयमा प्रसूत
साड्क्लोप्स्, आर्जोस्, स्टेरोपस्
र ग्रन्टीजूहरू-
एकनेत्र, महादैह, महावीरहरू,
जस्तो जन्मिन्छ अजङ अचल पाशर्वमा
बार, वृक्षराज, संघारोधी,
लौह कलेवर, सहसकर, अयुतदल-मंडित
शतायु उन्नतशीर्ष ।
(४)
तर अतिप्रबल, उच्छुंखल अतिबलले,
लोहतनु ती महावीर
अदबले दबिएनन् जब जनकका,
स्वेच्छाचारी तिनलाई
कैद गरे युरानस महादेवले,
अथाह, अन्धकारमय, वेपीध खाडीमा,
त्यति पहिरो जति छ पाताल--
(५)
जस्तो तुहिना५चलका सफेद कोखका
सन्तान
जलनाग निम्नग शलशिल्पक खोलो,
महावेग,
स्वेच्छाचारी, वक्र विन्यासमा स्वपथ रौलको,
शिलाबाह, नृक्षोन्मूलक,
सुड्दछ गडगड अनिरुद्ध, अबिजेय,
पितासद्श बीर जलपुत्र,
अनि,
लाख दृश्यपटको उच्छुंखल चारकलाई
अघोगतिका करालीमा, मिल्दछ
केबल खाडी जीवन...मैदान चहारी रून् गड्दो
चल्दछ सागरोन्मुख, त्रिकोण रेणु रची,
गिर्न महापातालमा अगाध,
अश्रुमय--
त्यहाँ कैद हुन ।
(६)
परथम पुत्रसंख्यामा अभागिनी
बीर जननी जीयाले जन्माइन्
तेरह तनय महावीर अब फेरि ।
छ तनय, छ तनया,-जसमध्ये
कनिष्ठहरूको नाम थियो
टाइटान्- अजङ् महावीर, अतिबलवान्
कनिष्ठतमको नाम थियो
क्रोनोस्.........
(७)
जसरी महादारु दारुण गतिले ध्वस्त,
प्रभजनका रुपेटाले, घनघोर,
तरुजननी मही जन्माउँछिन् अरू
निशाल गात्र बिहगनीड,
दोस्रा युगका सन्तान ।
(८)
ज्येष्ठ पुत्रहरू कैद परे जब,
ती उच्छुंखल,
जनुनीद्ृदय जीयाको भो अतिभरन, अतिप्रकृपित,
जस्तो शावक खोर परेकी सिंहिनी
अख्ुदुृशी, छटपट गर्छै ग्रीष्मबादलमनि,
गर्जी घनघोर विरोध,
गह्वरनिनादिनी महाकाली जंगलकी ।
(९)
"पुत्ररत्न महाप्रबल रुञ्रास्वरूप
कैद गरीकन खाडीमा अगाध
शासन गर्नु पिताले कति दृष्ट !"
रुन्थिन् रुष्ट जननी जीया,
"शानकभक्षी पशुराजसरि छन्
यरानस ।
आफूभन्दा विजयी बन्लान् पुत्र भनी
लौह क्ररताले भ्रृकंचित !
को देख्दछ आफ्नो अपराध ?
यस्ता क्रर पिताले के गर्दैनन् अब ?
यिस्छन्, मिच्छन्, खान्छन् सन्तान ।
यी विडालका भालेहरूको के विश्वास ?
(१०)
"जस्तो समुच्छित चट्टानको महावक्ष
फलदार्
महाभीरको किनारमा खडा,
फार्दछ,
क्रतृहरूका धाईद्वारा विपोषित,
फलकमार,
सुवर्णमहार
अमित संभावनाको बीजकोष,
दरीमा अगाध,
'शतचर्ण,
आफू बन्न जराजर्जर, वायुविशीर्ण,
यी फ्याँक्छन्, आफ्ना तुवर्ण फल,
अमृत सन्तान" ।
(११)
सलिलेक्षिणी जीयाको जननीहृदय
साच्थ्यो सन्तान संरक्षणको उपायरवप्न ।
तब बोलाइन् जनयित्रीले निनुधकी,
कान्छा सन्तानहरू
महान् टाइटात्......
(१२)
"बाबुहो ! अन्न बाबुको बहलट्ी सुन क्रर ।
खतरामा छौ बचराहो बिचरा !
दाइहरू छन् अगाध केैदमा,
चुंदा महापाताल ।
दिनले नदेख्ने द्र, द्र देशमा,
तिमिराच्छन्न, छन् पतित ।
स्वर्गबाट गिरेका तारा-सद्शा,
तिमिर-विलीन ।
तिम्रा पिता छन् क्र्र, क्र्र, अतिक्रुर !
(१३)
"क्षाक्ति पिपासा मदिरासरि उम्ली
मीठो, मस्त, मस्त मातमा, पार्दछ उन्मत्त ।
विनेकहीन छन् बानु !
बबुराहो !
बाघबजा बन्छन् निर्बलिया सन्तान
क्र्र बानुका बेकार !
होश गर् तिमीहरू अब त्यस बढो बाघको
जसका पंजामा म्याउँ बिराला बन्छौ ।
बच्चुहरू ! ... ... ... ... ... ..-
(१४)
प्र्म्महीन अमर्म्मञ्च पिताहरू पशु हुन्छन्,
जन्म दिन्छन् बिलास-क्रियामा, अचेत,
दु:ख दिन्छन् शक्ति-पिपासाले सचेत,
आफू अधि, उनको, पु पछि ।
पितृत्वका सूठा स्वरूप झेँ ती हन्छन् राकस
स्वार्थका शिखरस्वरूप ।
स्वसृत समेत सम्झन्छन् सैनिकसरि स्वशक्तिका,
स्वार्थ-साधनका सामग्री ।
त्यस्ता ढृदयहीन छन् तिम्रा जनकनाम ।
(१५)
"र्धिर पिए जसलै महावीर स्वपुत्रका,
स्वशक्तिका संवर्द्धनका लागि,
सन्तानपाल ती पिता यूरानस दयाहीन
भाले बाघ छन् केवल, भाले विडाल ।
पोथी धर्म्म हो, दया हो, कोमलता हो;
भाले हो केवल क्र्रता, निष्ठुरता,
केवल शक्तिपिपासा,
असहन अतिबलको अविजित भाषा !
भाले मेघगर्जन हो, बवन्डर व्योमको भयावह,
पोथी हो पानी ।
बावु विशाल भयंकर श्रृ हो,
आमा त्यसमनिकी नानी ।
भाले चाहन्छ बिनास्न विश्व स्वशक्तिमत्त
आत्मबल -परीक्षाका लागि ।
पैतालामनि राख्न चाहन्छ पर्वत समस्त ।
सहँदैन तिमी जस्ता दुर्बल बाल ।
किच्नै खोज्दछ, मिच्नै खोज्दछ,
गर्जन खोज्दछ, तर्जत खोज्दछ,
खालान् । गर होश बिल्ली-बच्चाहो !
तिम्रा बाबु छन् अति क्रूर विडाल ।
(१६)
"बाघले खान्छ बालक आफ्नो, भन्दछन्
अतिदुर्बलताको च्याँठ लिई ।
बलिया बन ए ! मेरा बालक ।
बीज ह्वौ तिमीहरू विकासशील,
बाँजभन्दा साना, तर खडा बाँसका बाजे ।
आमा आफ्नी, बाबु आफैँ आफ्ना केवल ।
म मरेका दिन बरुनेछौ, तिमीहरूको
को थियो यस बिश्वमा एक सहायक ?
ए ! मेरा स्तनका लिसु ! रक्तका शिशुहो !
बानु अंकर हो, जननी जीवन ।
आमा आमा छ कडोरन दानाको चिश्च्याहट,
बाब् एक दाना या दुईको ।
(१७)
"तब भेरो सल्लाह सुन, टाइटान् वीरही !
अघ-पतनअँघि हो सचेत ।
बाबु भनेर हुँदैन बुझ्यौ राजनीतिमा ।
लेर हतियार बन सम्मिलित सन,
अन्धो अगाधदेखि अघि नै तर्स,
एक पहाइसँग एक नरको नहोस् संग्राम
सफल संसारमा...स्थाभाविक हो !.........
तर झुंड, सुंड नरमा प्रचंड बल हुन्छ ।
बाहुदंडले उज्जंड घर्काउँछ तानी पहरो ।
एकताको जादूले जलले मैदान
बनाउँछ समृच्छित धराधरको शानी शिखर ।
मिल...... आनियाको पयो भए पनि
बाँध्न सक्तछौ हात्ती ।
भसुना भए पनि तिमीहरू चंड साँढको
गिराउन सक्छौ शीर्ष ।
(१८)
"अत्याचार बाब् होइन । बेइन्साफ न पिता ।
सहन पाप हो । दहन महापाप ।
खतरालाई अनुहार नहेरी पर्दछ पक्रन्,
जगल्टाले अग्र, चत्र क टोक्दछ, पछाडि छन् दाँत ।
यो भयंकर मत्यको छाया हो,
महांकालस्वरूप । यो होइन सच्चा जनकरूप ।
यसको घंकाउँदौ कराल लौह मूर्तिसँग
सम्मिलित युदढ्घौषणा गर ।
यो मृत्युलाई जितेर अमृतपथ पक्क ।
नत्र पर्छु घनघोर चक्र, तिम्रा शिरमा क्षतशील ।
समर लेक, समफ्दारहो !
समफ छ भविष्यको कटकमारक !"
(१९)
यति सल्लाह दिँदी, ताराहरू मध्य बृटी,
चन्द्रमाभन्दा तैजहीन,
अयुतयुगका जलले शिल्पित वदन भएकी,
रुचिर चाउरीदार, तथापि
नित्यप्रसविनी सुन्दरी जीया बोलिन्,
कोमलेक्षणी स्वसुत टाइटान्-वर्गप्रति ।
(२०)
प्रशङ्क्ति, सतर्क, त्रस्त चेहरादार
महावीर टाइटान्हरू भए प्रभावित
यस गृनी सल्लाहले उत्तेजित
तिनका लोचन विपल, रणजोशले चंके ।
(२१)
कनिष्ठ पुत्र क्रोनोस् थिए महावीर ।
ती विशाल नाहुका बाहुलीमा दिइन् जीयालै
एक प्रस्तरको अति धारिलो चमकदार
हँसिया-चन्द्रखंड कै अल्पस पर्वतमा सितभाल
शरदीय कालमा, स्वच्छ । त्यसको पातलो घार
चकियो सेतो साँध लगाएको लोह छैँ ।
कडा, चट्टान-कदुवा त्यो, लब, बक्रधार
कुलिशसद्श देखियो अभ्रव्यूहका
सेनापतिका करमा --भीषणार्थी समरशस्त्र ।
(२२)
यसरी सज्जित ओजस्वी टाइटान् क्रोनोस्
भए समरजोशी, बिजयेच्छु पितउपर,
निर्भीक तिनी अब बोलाउँछन् भ्ातृगण
समर-सम्मेलनलाई । बस्छ महासंभा
गुप्त गुहामा व्यायत गोधूल्लीमय ।
फंकृत शस्त्र प्रस्तरका .प्रस्तरसँग घोष्छन्
दुस्तर संग्राम-पथ । तुमुल हुन्छ आकाश ।
प्रतिध्वनिले प्रतिध्यनि डाक्दछ संग्रामको,
जब आखिर सचेत,
अत्याचारी प्रजतक यूरानस महादेव,
विबुधसिंह अंकाच्रु निस्कन्छन्
संग्राम थाल, बिजित महामेघ-घोष,
सशस्त्र, बलवाको असहनले, प्रकृपित,
(२३)
घनघोर भयो महायुद्ध पितृपुत्रको ।
ऐतिहासिक, विचिव, स्वर्गमा ।
कम्पायमान मेदिनी सशैलसागरा
घुमिन् अनिश्चित-पथमा दिनकर वरिपरि,
मलिनबदनी, बदलीमा ।
शैलस्वरूप अस्मेल, अस्मैल भेलको
ठक्कर सदृश दुन्द भयो जलामय
व्योभ्चभूमिमा रुधिर, रुधिरले, अनियंत्रित ।
महावीर लडे प्रभंजनले महामहीलुह हे
जसको पतनको महाधडाक
कंपाउँछ दूर, द्ूरतक ठोस वसुन्धराको वक्ष ।
त्यो अवर्णनीय संग्राम
संका, रका, संशहरूको संटनु, रुटक, पटक,
स्टकसमान भयो दर्शक गणको,
भ्रीषण तत्त्वको घनघोर, घनघोर......
टाड्टान्हरू जस्ता अजङ् महावीर फंसाहयाखुढ
गरुडवेगी जति राडगडमा उफ्नेनन् भूकपमा पर्वत ।
(२४)
घडराङ-घडराङ-गडयाङ-चड-याङ-
चचदकिँदो चट्की चुट्कीमा रेणचटक रणचँडीको,
मुक्तकेशी, दधिरवदनीको, खप्पर-मालाको,
देचास्र-संग्राममा रणमदिरोन्मत्ताको,
चटक्यो, चद्ग्यो, बटबट पारी नभस्तल चुँडिँदो ।
सृष्टि बनिन् निस्तेजवदनी, कालभैरवअधि,
जस्तो चैते आँधीमा बन्छिन् सूर्यविलीन प्राची,
धुलीप्रशस्ता, लालबदनी, सलिलेक्षिणी प्राची ।
(२५)
कनिष्ठ पुत्र क्रोनोस् महावीर टाइटानूले
आखिर खोट लगाए पितृकलेवरमा चट्टान सदश,
त्यस हँसियाले प्रस्तरको जो थियो मातृप्रदत्त ।
जस्तो बिजुलीको अरिनधारले सुतीक्ष्ण
ताख्ुदछ ताम्ररंग उत्तरीय चट्टान अग्राख झैँ
टड्कारो अरुणदानादार, क्षत लगाई युग, युग,
अविस्मरणीय 1... त्यसरी हाने शीघ, क्रुर, प्रहार ।
चोइटियो पार्श्वको मासु संगठित, चट्टान टुटेरैँ ।
बायो महाव्रणले व्यायत मुख, भुलभुल, भुलभुल
लौहित लहुदार अबिरल, अबिरल घार् ।
त्यौ शोणित विन्दु विन्दु महासिन्धुमा
गित्यो रक्त... त्यसका प्रपातमा जन्मे
विन्दु विन्दुबाट उग्र, उग्र चंडीहरू उग्वेगिनी,
श₹शघिरेक्षणी, भयंकरा,
संक्ाकेशिनी महाक्र्रा, सजीव, सजीव ।
अनलेक्षणा ती नागकुन्तला स्द्रा पोथीहरू
अफ छन् सजीव ।
बदला लिन्छन् देडिनीहरू ज्ञातिघातकमा अक.....
ती चंडी ।
(२६)
यसरी पुत्र-पराजित यूरानस सुर-श्रेष्ठ
गहीबाट गिरै स्वर्गको ङँचा;
पितृघातक क्रोतोस्, उन्का कनिष्ठ पत्र,
विराजमान भए सिंहासनमा समुच्च ।
(२७)
भविष्यवाणी भयो अदभुत भयंकर
महाशून्यबाट अनश्र,
"जनक-बिघातक शुक्र क्रोनोस् !
तँलाई जन्मनेछ एक पुत्र विचित्र
जसले लेला महावबीरको अद्भुत चरित्र ।
तँलाई हराई संग्रामभूमिमा
लेला तेरो सुवर्णमुकट, छिनी उसले ।"
(२८)
राजनीति हेर्नुहोस् ।
सव सन्तीतिकी उपहास रीति, अनीति ।
नीतिहरू मध्य मैली, नाम मात्रकी !
शक्ति पिपासुहरूकी स्वार्थकी उपगीति,
केवल शक्त्यवलम्बी दलकी अन्ध लोकप्रसिद्ध सुरीति,
ज्ञातिघातिनी, पितनिपातिनी,
भ्रातध्वंसिनी, रुधिरावतंसिनी,
पितृधातकलाई फेरि,
पितृविध्वंसक जन्माइदियो देबनीतिले
सद्श रुधिरबाट सदृश रुधिर ।
(२९)
भयले कसले बालहत्या गरे ।
भग छ क्षत्रियहरूको समर-बल ।
भ्रय छ एक उत्तेजक हरामज्यादा शक्ति ।
भय ने हो संग्रामशूर ।
आफ्नो नामेटको त्रासले बनाउँछ मानब
श्र, क्र, क्रोधान्ध, चर ।
राजशक्ति हो भयको भयंकर प्रबंध ।
भ्रयले बनायो क्रोनोस््लाई महाक्रर ।
मुटु काँपेपछि गर्दैन के मानिस ?
खान्छ बाबुले छोरो ।
छोरो चपाउँछ बाब्ु......
यस्तै छ राजनीतिको गीति जगत्मा ।
हाय !- यही रीति ।
(३०)
भयभीत क्रोनोस् सिंहासना९५रढ काँपै
भविष्यवाणी सुनेर भयंकर । !
स्वशक्तिध्वेसको छाया पर्दा बनेजेँ
तानाशाही रुधिरेक्षण क्रर,
कुटिलनीति ती क्रोनोस्ले
जब जब जन्मिए अभिनव बालक रीयामा,
काँचै चपाई निसिदिए कलिला बाल ।
स्बसंहारकलाई नामेट गर भनीकन
हृदयहीन बने ती घनघोर क्र्र ।
(३१)
महारानी रीया महावीर-जननी बिन्
अतिदु:खिता, सलिलेक्षिणी,
क्रन्दिनी सिंहिनी तदुश, बालविभक्षिता ।
लाचार !
प्रुष चपाउँथ्यो जो स्त्री जन्माउँथिन्,
व्याघसद्श वनमा ।
(३२)
विधिदेखि क्रोधान्ध कंस जै, या हिरण्यकशिपु,
चुरिँदा अतिबली अदृष्टसँग;
सागर झैँ बीचिविवारक तटसँग गर्जिने, वेगवान्,
एक धाबनले बियोगिन शतचर्ण चट्टानउपर,;
प्रबल प्रभंजनले आत्मशक्तिको प्रदर्शनसँग
विवश पागल क्रन्दन गरेक पर्वतपार्श्वमा,
अदृष्टसँग सदा गरी जलमय उजूर,
क्रोधान्ध भयभीत क्रोनोस्
च्याँडिँदा, भि अशान्त, भए क्रर,
पागल, महाक्रर ।
(३३)
आखिरवार परसूतिमा महारानी रीयाले
अतिदु:खिता,
कनिष्ठ पुत्र जिउस्लाई लुकाइन्, पतिका डरले
व्याघ्ररूप
लुकाइन् एक क्रीटदेशीय गष्ट्यरमा, सुदूर ।
पर्वतगर्भमा लुकाइन् प्रकाशहीन, अज्ञात ।
(३४)
त्यहाँ,
प्रतिदिन बो वीजकैँ संवद्धनशील,
अनुपम सौन्दर्यमा, महाशक्तिको अंकुर,
विकसी मोहन अवयव, सगबगाउँदै,
हेलक्क बढ्यो ।
केलि-कृतृहल अनिलहरूसँग जसरी
दल-प्रस्फुटित महीरुह शिशु बढ्छ
व्यायामशील शक्तिहरूसँग प्रकृतिका,
बरिपरि-त्यसरी बढ्यो त्यो एकलो बालक ।
(३५)
तब पूर्ण वयस्क बनी घाम हवामा,
अग्राख-शरीर, प्रबल, सुसँगठित तनु,
क्रोनोस् तनय अविज्ञात,
अदुष्टले पोषित शिशु झैँ ऐतिहासिक शक्तिको,
पितृकाल समान, रह्वर-ज्ञात,
उठ्यो अबिजेय-विश्वविर्कपी ।
(३६)
अत्याचारी क्र्र अतिबली भूपति,
सुवर्णमहलमा गुलाबसेज,
मदिरामस्त, सुन्दरीप्रशस्त,
विजित-सपत्न, सपनामा सुमधुर,
अचेत बनेर महाभूकंपको, पलपछि,
जसले बनाउनु छ घूलिढेर दरबार
चूर्ण उसको कोटि-सुरक्षित कलेवर
क्रोनोस् रहे अदृष्ट अचेत ।
(३७)
सुष्प्त विपिन महीरुहमा महान्
प्रबलपक्ष सहसा प्रभंजन गरुडबेग'
छुटेर, च्र वेगले, पागल, पागल,
जिउस छुटे स्वजनयिताउपर,
क्रोधान्ध । महासंग्राम भयो
पितपूत्रको, दुवै महावीर,
जसरी आकाश-बीचमा मौसिममा
तुमुल हुन्छ आकाश विपक्ष हवाले
सदुशशक्ति...चट्की कुलिश, फट्की
विश्वबढार पंख, विद्युल्लास -संघर्षशील ।
लडे पिता, पुत्र, क वद्द-सिंह, यो युवक शावक ।
(३८)
आखिर क्रोनोस्का विगलित अंगमा
आयो लाचारी, हारको उनी भए भूमि-विचुंबी ।
पक्रे स्वपुत्रले फर्काए तब पाता ।
पितृपक्षका अजङ् वीर अरू टाइटानूहरूसँग,
कैद भए क्रोनोस्, अन्धकारमय टार्टरसमा
शतवाहहरू बने द्वारपाल त्यहाँ
कैदखानामा, विशाल पर्वतको परखालयुक्त-
(३९)
यस महा-संग्रामको साफल्यको वर
कंजी थिए महावीर प्रमिथस,
ज्यापितरपुत्र-टाइटानहरूमध्य एक-
यिनले लिएथे जिउसको पक्ष क्रोनोस्विरुद्ध ।
प्रतिभाशाली यिनका उपयोगी सल्लाहले
जिउस भए सफल, पितृविजयी, समरबीर ।
(४०)
प्रमियसको प्रतिभा प्रसिद्ध भयो, प्रशास्त ।
यिनको नीति थियो अतिसफल, अत्युच्च ।
"शक्ति भनेको होइन" भन्थे यिनी, "मूढे बल ।
मस्तिष्क हो सर्वोच्च शक्ति, न कि केबल संगठित स्नायु ।
विचार देवता हो, शरीर राकस ।
चतुरता नै चमत्कृति हो,
न जोशा, न हुकार, फुंकार !
बौद्धिक शक्ति नै विश्वको गर्नेछ अ्कटक राज ।"
(४१)
यस नीतिको चमत्कृतिले कृतकुत्य
पितृविजवी जिउस् आरूढ भए
सिंहासनमा समृच्च स्वर्गको, अविवाद ।
तब नवयुगको भो विश्वमा आरम्भ ।
बुद्धिको चल्यो शासन ।
इच्छाशक्तिको राज ।
अलिम्पस पर्बतमा बन्दोबस्त भयो सुन्दर ।
पाए अधिकार अनेकन् विनुधहरूले
अयुत ।
शान्त भए कलह...द्रोही मुखदग्ध भए ।
सुवर्णयुग भो प्रारम्भ......
नव प्रकाश उदित भयो क्षितिजमा
जस्तो छ नेपालमा आज
अभिनन पजातन्त्रको मिरमिर व्योममा ।
यद्चपि चीसो लाग्दा सुताहाहरू भन्दै थिए,
लाश छ अक बातावरण ।
अरिनविना ।