Jump to content

Prometheus/prathama-sarga

From Nepali Proofreaders
Revision as of 02:32, 1 July 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Prometheus.pdf" from=9 to=19/>")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
प्रथम सर्ग

(१)
पर्वतशिरमा सौदामिनीसरि,
जुपिटरका जटा-झटकमा जात ।
मातर्‌ सरस्वति ! अमर-वर्मिणी !
यूनानी शारदे आऊ !
वीरानुरागिणी द्वितीय-लोचनी !
तुहिनाऽचलका शीतल छायामा,
महावीरको दिव्य संगीत सुनाऊ ।

(२)
कनकतंत्रीमा मधुरलय-मंत्री
अयि ! तमोहंत्री तिमी ! ऊर्घ्वदृशी,
जाम्बूनद-प्रपातमा अभिनव प्रभातको,
पोख विहग विहाग सुराग यहाँ,
दिव्य संगीतमा, मदिरोन्मत्त ।
जन-मन-खग-दृगकी प्रत्यूषासरि,
ए वीणावादिनी जननी !

(३)
तिमी, जो,
सुन्दर, सित अलखामा, विधुकरले
लसित तुहिन झैँ स्मितवदनी,
शरदीय शान्तिमा शुभ, स्वच्छन्द,
यूनानी शिखरमा अभ्रविमंडित
बस्छ्यौ, एकाकिनी अदृष्ट मातमा ।
बोल ।

(४)
बोल रे भाषाअधिष्ठात्री !
तिमीलाई छ ज्ञान यूनानको महान्‌ ।
यूनान !– ती वीर-जनयित्री सुन्दरी
वरुणविचुंबित त्रयपार्श्वा,

द्वीपविपुंजिनी, मेदिनीको महत्त्व,
ती विबुध-नीड;
सभ्यताकी गुरुमा
प्रतीचीकी महापंडितमंडिता
अमर धाई यूरोपको, अद्यावधि जीविता,
यूनान !

(५)
आसत्यकलि आश्चर्य जगत्की
विपुल शैलले परिमंडित छन्‌ ।
बहुविहगनिनादिता, दूर, दूर ।
भूमध्य-पारावार-किनारकी
नीर भूचित्र विचित्र ।

(६)
द्वीपपुंजले झिझिल्यान्ड जलाथल,
वीचिविभंजित, वरुण-साम्राज्य,
तट-वारित, प्रभंजनले चूर, चूर,
उर्लन्छ विशाल तीनतरफ,
वारिदवल्ली विभूषित वनगात्र
श्याम शैलहरूले शोभित

(७)
उम्लन्छ सुने जब चूलो छिचोली
रातो उज्यालो रँगमा पूर्वतिर,–
चराहरूको तारीफ, उड्डीन स्वरको,
तिनका आँखा देख्छन्‌ दिनका शुरूमा
सुन्दरको सुनौला देशको संदेश

(८)
यति रमणीय, यति कमनीय,
क्षितिज छैन क्षितिमंडलमा,
चूली चारु फुलारु प्रातः साँझ,
प्रकृति छैनन्‌ कतै यत्तिकी उदार ।
मरकत-मीठी, प्रसून-प्रचुरा,
यति उर्वरा भूमि–लहलह विश्वमाझ !

(९)
ज्वालामुख पर्वतका महोद्गारले
अनलोदर, धूम्रले आच्छन्न,
ज्यापितर जुपिटरको अभ्रप्रासाद
उठ्दछ उच्च सुदूर–जहाँ
सुरहरू मदिरामस्त मधुर सुरमा
नाच्छन्‌ सुररमणीहरूसाथ ।

(१०)
तरुणी, अमरवयसी सुररमणी ।
मदिरा, मदिरोन्मत्ता लाल कपोल,
मन्मथमथिनी, जादूडोल,
छुमछुम छैयाँमा मस्त,
शृंगार र दिव्यमा अनमोल,
मर्त्यबाट अलक्षित हूर, हूर,
नारंगी अञ्चल, हीरक नूर, नूर,
सुवर्णवर्ण लसित ललित कपूर,
स्वप्न सजीव, सजीव,
भावभंगिका स्वरविहंगिका,
रागचूर,
नाच्छन्‌ मरमर महल असलमा,
पुष्पधुर, सुगन्धपूर,
कनकनूपुर, नूपुर ।

(११)
तर ती सबबाट अलग्ग तिमी
शान्ता, अतिकान्ता, विरागचन्द्रिका,
दिव्य कुमारी गंभीर रह्यौ ।
अध्यात्मज्योति झैँ लयदार, जो
स्पन्दित जगजीवनमा झर्छ,
जो पागल सुन्दर पुजारी
कविको प्रथम हृदयमा पर्छ ।

(१२)
ए ! जननी ! भन । कहाँ छ त्यो
त्वरित विद्युत्-तुरग पिगासस्‌ ?
पटु सवार बेलेरोफनद्वारा जो
जाम्बूनद जंजीरले जकडियो पहिले ?
आज म ?ढ्दछु त्यसमा जननी ।
आकाश-मार्ग, अभ्रहरूका मालामा ।

(१३)
ओ ! एक घुट्को, घुट्को घटघट,
कनकघटमा तिम्रो करुणाको,
देऊ जननी ! पिलाऊ हेलिकन्‌को
प्रत्यूषा-प्रमंत्रित मदिरा झलझल,–
यस प्रजातन्त्रको अग्निभू प्रभातमा,
यस नवोद्‌बोधित समय-प्रवातमा,
सुन्दर, सुन्दर, सुन्दर रस-मातमा,
घटघट !

(१४)
आजम चाहन्छु समुद्गारन
संक्रातियुगको कोकिलसरि,
मुक्तकण्ठ- एक महामानव गान,
प्रजातांत्रिक पुष्प प्रथमको व्योममा
ज्योतितरफ अभिनव उड्डीयमान ।

(१५)
तब भन जननी ! चीसी निशाको
शासनमा कसरी स्वर्ग सजल थियो ।
तिमिरको महाराज्यमा रूपविहीन
श्रकमन्द थिए चार दिशा, निद्रित ।
सुषुप्त विहग-पंख सिकड्थे
स्वप्नविहीन, निमीलितद्ग ।
शवसमान जीवन, प्रलयको पारावारको,
निश्चल थियो, श्वासहीन ।
अचल दल सकल अभावमा अचंचतल ।
रुन्थे तरतर अनिभाषित बेदना
अचेत सब । तुषार थियो अध्यक्ष
नाडी सब निस्पन्द थियो जगत्को ।
सिर्जनाले शून्य थियो एकलास ।
स्वर्तलबाट जुकी हेर्थी महारानी,
काली बोक्सी निशा, अवनीतल
निस्पष्ट, प्रमुदिता बन्थी
सूनसानको निष्कटक तिमिर शासनमा आफ्नो
सर्वरूपको विध्वंसको विलासले,
शक्तिमातले अत्यानन्दिता,
सकल जगत्‌ देख्थी स्वशक्तिचर्ण...

(१६)
लाग्थ्यो निशालाई तर त्यस बेला
महाशासनको प्रतिभाको मात ।
क भन्दथी "मेरो छैन बिरोधी ज्योति ।
निगलेँ मैले सूर्यतक, जो
घाउ लागी, विशाल उरक्षत,
डुबे हार पश्चिमका जलख्चानीमा ।
हेर विरोधी दलहरू मेरा
ती उडु अभिधेय, मृत दूरतामा स्वर्गका,
पिलपिल ! ...ती अशक्त, नपुंसक ज्योति ।

दुनियाँ गर्दछ तिनको आराधना
मंग्रले अफ । बेकार !... तर मेरो
प्रबल तिमिरसिंह-शासन निष्कटक छ,
मत महावीर झैँ, दुःस्वप्नका शहीद ती ज्योति,
छटपटाउँछन्‌ बेकार, स्मृति झैँ दुर्बल,
मानो दुनियाँमा फेरि जर्न...
यो मेरो महाप्रबन्ध । यो मेरो निर्ष्कटक शापन !"

(१७)
यो विशाल सूतसानको अचल गर्भमा,
तिमिर उपत्यकामा दृश्यसरि,
विशाल कवलको बीज सृतेको थियो,
अहिले अबोल । तृषारले आच्छादित
वसस्तनीज झैँ थियो लाचार ! लाचार ! !
करिल्को जस्तो एक रुवोको थुप्रोमा
सल्कन नित्य पिपासु महिमामय ज्वालामा ।
सुषुप्तबीज !

(१८)
तर एक जुसिल्कीरो
सदा अनिद्वित, सदा मृतकसदृश,
जीवाङ्कर एक स्वप्न तपस्यामा अभिनव,
जप्थ्यो मक वसत्तमत्र, अनन्त तिमिरमा,
प्राय: श्वासहीन बेरा ! बल्मीक तपस्बी !
अभिराम जप्थ्यो नवयुग प्रसूनप्रच्र ।

(१९)
हिउँदको निशिका सजीव दाह्वामा
सपाइँदो त्यो मात्रास्पर्शहीन,
कीट-तपस्वी प्रकाशोन्मुख
ध्यानले सतत थियो विलासी
मृत्युवेदनामा क्षण क्षण
हारेने, मरे पनि जिउने आशा गयो ।

(२०)
निष्कियताको जाद्‌ बिचित्र सिकी,
अन्तरक्रियामा सुवर्ण स्वप्नशील,
अन्तरचल त्यो प्रकाश पुजारी,
गायत्रीमा सनितोपासनको
अचल रह्यो, जब हार, हार,
रूप निभे, रंग निभे । निभ्यो सजग विश्व ।
उसमा थियो विदित थियो एक रहस्य ।

त्यो आशाबादी घन निराशमा भन्थ्यो,
"फुल्दछ मृत बोट । चल्दछ मृत वात ।
बल्दछ निर्वापित उवाला फेर ।
भ्रि्र छ केही अमर, भाग्दो
अक्षरलाई... हुन्छ प्रभात, सबेर ।

(२१)
"प्रभात एक आवश्यकता हो अहार्य,
सर्वजातिको जागरण अनिवार्य,
नित्यधार्य एक स्बप्न... मृत्युउपर अमृत ।
यो बिष्फोट अलक्षित, उम्लिँदो
सुवर्ण-शक्तिको भबिष्योदरको प्रकाश ।
प्रत्यावर्तन परमेश्वरको ।
अक्षरको पुनर्जन्म ।"

(२२)
मुर्दा अणुहरू तनका, त्यक्त, व्यक्त,
सिक्डे, खहरिए फ्रे तृषारमा, त्यसका ।
प्रत्यणृध्वंसले तर जागछक
भावनाले स्वप्न सिँगारी बसी
सकल ज्वलनका शक्तिले, विचिच
नवजीवनको पुतलीस्वरूप
जागृत नबनी, चीसो भयो निशाको
शासनमा, निस्पष्ट जगत्‌को लास ।

(२३)
तर त्यो चीसो अग्रदूत थियो
परिवर्तनको... दृष्टिहीनले, 'प्रलय' भने ।
तब आई प्रभा, मंजुहासिनी
पुग्दै सुरसुन्दरीहरूका दुगजल

(२४)
आयो प्रभात तब, कुक्कुट-राग,
शीत-पराग ।
रांखध्वनिले दिशा दघ उद्बोधी,
आयो छविध्वज । दशहय सविता,
नव संदेशमा, प्रत्यावर्तित,
प्रपुष्पित सुरसुन्दरीले, बले,
शिखरारूढ पूर्वात्तर हिमालयमा,
घपधप, धपधप, धपचप !......

(२५)
सुतुवाहरू, चीसा खुम्चिएका गुँडका,
छातिए ओसीलो सुवासमा बिहानको,

हर्षश्रु छरी जब पृथिवीतिर
स्वर्गका सजल सुन्दरीहरूले
उज्यालोको मसिनो घुम्टो उचाले
बिलाउँदा महारमा आकाशभर ।

(२६)
तब दिवसारंभको वसन्तमा
प॒तलिन खोज्दो मक तपस्वी कीट,
आधा बिउँमी, लाग्यो बुझन
सत्य स्वप्नका बन्द आँखा सधैँ हुँदैनन्‌ बन्द ।

(२७)
तब यस प्रजातत्र-प्रमातमा
जननी ! अवभासिनि ! तिम्रो आह्वान !
गरीब छ त्यसकी भाषा,
केवल हृदय ईशानकी लाटी आशा,
केवल सजला, छाती-उकासा,
केवल बोल्न पिपासा ।
केवल तिमिरा०५वासा ।
भास, भाष हे वागीशा ! बस
यस लाटो रसनामा रसले, रसिक बनाउन
शाब्दशिखरहरू पनि खासा ।

(२८)
मैले सुनेको छु कथा सुमधर-
कसरी बज्दछ संकृत मैम्नन्‌को शिल्पचित्र,
जब सतत युना ओजस्वी सबिता,
युनानमा देव अपोलो अभिधेय,
किरण-कंजमा मधुर संगीतको गर्छन्‌ संकार ।
बज्दछ उनको कनक-बीन
मधुर, मधुर रागप्रवीण,.
मादक, मादक, प्रथम स्वरमा, प्रथम भावका
प्रथम शिखरमा उड्डीन,
विश्वविसर्जक प्रलय पछाडि नामेट गगनको पटमा,
क्नण, क्वण, निम्वण, निक्वण,
प्रतिक्षण, भीड, प्रतिक्षण,
द्वारा रेँग्दै दश्य संगीतले तीव्रतर औ तीव्रतम,
एक स्वप्निल विश्व ।
रूप-राग-गतिरहस्य ।
जब आखिरमा जागत जग चल्दछ उच्छुवक्तित, उच्छ्वसित,

पंखमालाका उड्डीन प्रशैसामा
गायकर्निर, ।
वैकृण्ठनिर, ॥
और्‌ चकित मानवगण चोर्न खोज्दछन्‌
दुई आँखाले स्वर्गको अनल ।
त्यसरी बज्दछ मेम्नन्‌को शिल्पचित्र रे
किरण प्रहारले प्रबल, प्रबल !

(२९)
मातर्‌ ! के भाषा त्यही होइन ?
भाकी छोरी- !
आशामा, जन, नव आशामा प्रमुदित,
प्रहार पस्यो किरणहरूको,
बोलिन्‌ दिशा
लाल र धपधप, गौरी ।
शब्द भनेको एक कबिको भाव-प्रहार हो ।
ज्योतिको ठक्कर माटोमा ।
लाग्दछ यत्ति यो लाटोमा ।
यो मुर्दा मनका कणीहरूलाई चुद्न लगाक
फुट्दो सपनाका ताडनहरूले ।
माँ ! आरु !

(३०)
कति बसुँ नाडीनिना अब ?
जब गौरव यो जगमा छ ।
के यो निभ्दो मकल नफुरक ?
नबढारूँ यो प्रकृत टूटफूट ?
नपधघालेँ यी तृषारढीका ?
नसम्झैँ अलिकति सागर ?
जन छ शिलामा राकस चट्टानका निर्जीव
सजीव ज्योतिको सुवर्ण-वसन,
के म रईँ ढुंगाभन्दा पनि मुर्दा ?
भोगी सतत शवताको दशन ?

(३१)
अविभाषित भाषाको गुरुत्व
बर्फनदी उँ बग्दछ लाचार
समुष्ण किरणमा-भद्दा प्रवाह !
तर अफ हेर्नोस्‌ बरफहरूको धार !
थिन ट्टफूटले तर्सेलान्‌ अरु

दायाँ बायाँ दोही किनार !
तर जब लाग्छ शिखरमा घाम, बर्फहरूमा जलको प्रसार !

(३२)
कप्दछ अतिकति सतह धराको
थुप्रो थप्रो पग्ली तुषार ।
अपथ हुनुभन्दा पथ हुनु बेस छ ।
शिल्पोस्‌ आफ्नो संघार
जसद्वारा यो बग्दछ, पुग्दछ,
अतिकति ध्वंसी, जगत्‌ बनाइ आफ्नो सुन्दर पारावार ।

(३३)
फैना नसाले, दारुण दशाले,
ती सब दुःखले जसले बसाले,
दुर्बल, क्षीण, मृतप्राय,
के आशाकी चिथरे बोक्सी अघि इशार्छ-अफै घिसार्छ
यति लात परेको चिरिँदो छाती हाय ?......

(३४)
तर जननी ! यही जलको जीवन ।
यो जल एक पल अङ्दैन ।
"मुटुमा अटा" भनी ठोसेँ भित्रै,
नलडी, नगुडी छोड्दैन
आज प्रभात छ हिमाल शिखरमा,
फूलकोभीमा सानो मुदुको
बसिरहेको निशिको दाना, प्रातः हवामा गुड्दैन ?

(३५)
तब भन वीणावादिनि ! कसरी,
(यही थियो सुसिल्कीराको सपना)
प्रथम आऔनचौर प्रमियसले
जँग्याए तानाशाही स्वर्गपति ती,
महादेव असहनप्रकृति स्द्र जोभ ।

(३६)
स्वकीय सुरले प्रशस्त प्रशस्त,
सिंहासनको प्रतापसिंह, स्वर्गमा,
विरोध सहन नसक्ने, कुलिशघोष,
ज्वालामुख सदृश जल्यो घनघोर
जब,
प्रथम मानव चोर पस्यो स्वर्गमा प्रथम वार,
चोर्न,
त्यो रत्न अत जो मणिको मणि हो,
विश्वज्वाल,

विषयकाल,
सर्वभक्षी त्वओजले, तिमिरारि,
सकल सभ्यताको प्रथम प्रकाश,-
आगीँ !
त्यो चोर थियौ प्रमिथस ।

(३७)
त्यस्ता महामानव न जन्मिए,
न जन्मेलान्‌ पछिलाई ।
उसको जनम थियो पृथिबीको सबभन्दा चर्का दिन-
यस्तो दिवस जसले
पार्दछ सारा युग, संसार उज्यालो,
त्यस्तो दिवस जो,
अनत्त समयको सबभन्दा ठूलो लहरको फीँज ।

(३८)
उसले समर गय्यो देवहरूसँग
अहिंसाको महती प्रतिभाले ।
सत्यअडानको अविजित ओजले ।
जगहितमा निक्खरा मृत्युको खोजले ।
सुखबदला दु:खको नै दिलासादारि रोजले ।
कंटकपथको यात्री विचित्र,
नेगा महत्वको सत्यढाल,
महाआशावादी महापूरुष विशाल,
माननहकका निम्ति लड्यो देवतासँग,
तानाशाही स्वर्गसँग
बह्युग, सुचिर दीर्घकाल ।
मूर्खहरू डराउँछन्‌ सुरहरूसँग लड्न मानवहकका लागि त्रिकाल ।

(३९)
एक महापुरुष यस्तो हो एउटा मानवताको प्रतिमा ।
एउटा मानव इतिहास ।
क पनि एक ब्रष्टमा हो प्रतीचीको ।
एक महापुरुष, एक मानवदास ।

(४०)
यति चीसो दुर्नल नशामा वर्तमानको, जब,
रमरम छैन;
जब ज्यादा जरोले मर्छ बिरामी स्नायु,
अथवा उष्णताको अभावले,
घड्कन एक हुँदैन;
जब अस्ताउँछ मानिस उदयमै,

अथवा, राप लिँदैन,
जब साहसले कथाको खोज्दछ पोषण,
समयले इतिहासको उद्घोषण,
जब वामुन्नाहरू नाच्छन्‌ सुइसइ
आशा दृगमा हुँदैन,
त्यस बेला यो लाग्दछ काम जत्तनी ! सरस्वती !
के यसमा अश्च असीम हुँदैन ?...

(४१)
अमृत म ल्याउँछ माटाको भाँडोमा
कसरदार॒-
मोती सिँगार...
फुट्यो भने यदि बाटैमा यो, पिउलान्‌ बालूदाना ।
नत्र पिएजति जाग्दै भन्लान्‌,
"के रहेछन्‌ यो पागल कचौरामा,
क्र्ल्का नाना ?
भान अनौठा साना ?"-

(४२)
तर, हरहर ! ! त्यो कति सुन्दर !- थो रे असुन्दर !
स्वप्न बताएसरि शिशुले
समृद्वतटमा रेणु रेखिँदै,
नबुरुन सकिने अक्षरले !......
एक घोनिनी कराएसरि यो,
पागल बनी,
प्रभात मातको दिव्य असरले-
लाटा इशारामा बोलिरहेकी कविता
शायद अतिज्ञानीको अन्तरचक्षुमा
सपना फुरिकन यिनले
होली सार्थक ?

(४३)
जे भए पत्नि आयो जोड
हाउभाउको मक, यही...
ज्ञानीहरूमा केही नजुल्के ।
भन ! माँ भडभड गर्लान्‌, मै झैँ
मूर्खहरू ता अक्षर सही......