Luni/jha
Appearance
(झ)
(१)
आज सुनको डोली छ,
चम्री झप्पन झल्लरको ।
घूँ घूँ घूँ घूँ तुरही
विराँख बाली हज्जाराँ
बाज्छन् भोट, नगारा
उकालीमा, असजिला
हिमाल पारी भोटको ॥
(२)
चाँदी जन्जीर लर्केका
चाँदी डाँठका पानस छन्
चाँदी कैँची खैँचेर
कालो झुरो काट्दछन् ॥
सुनको झारी झलमलमा
सुनको बिर्का जलजलमा
ह्लासा बोकी हिँड्दछन् ।
सुनको डाँठको घन छाता
दुलहाले ओढ्दछन् ।
बुद्धको पाङ्ग्रा घुमाई
'ओमे पेमे' पढ्छन् ॥
(३)
रुन्छिन् राम्री दुलही
भोटको ठाडो बाटोमा
आँसु दाना टप्केर
भिज्दा रसले माटोमा ॥
फूल फुल्थे भन्दछन्
त्यहाँ फाटफुट पाटोमा