Jump to content

Page:Shakuntala.pdf/9

From Nepali Proofreaders
Revision as of 01:06, 24 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<poem> भाषा भासिन जान्छ भासहरुमा दौडेर चाँडो अलि । अड्दै टिप्न सिपालु छैन रसिला बास्ना भएका कलि ।। बत्ती फूलसमान शब्दहरुका जान्नन् धपक्कै बली । होली कान्तकला कपोल–कलिला लज्जावती लाल...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

भाषा भासिन जान्छ भासहरुमा दौडेर चाँडो अलि ।
अड्दै टिप्न सिपालु छैन रसिला बास्ना भएका कलि ।।
बत्ती फूलसमान शब्दहरुका जान्नन् धपक्कै बली ।
होली कान्तकला कपोल–कलिला लज्जावती लालिमा ।।
(१७)
भाषा सागररत्न हो झिलिमिली छाती छचल्काउँदै ।
स्वर्गैलाइ समाउने सुनहला सौन्दर्यका छालमा ।।
यो ढुङ्गेतटमा सिपी सजल नै फ्याक्दो छ रित्ता सब ।
पारावारध्वनि प्रगूढ यसमा गूँज्छन् भने तुष्ट छु ।।
(१८)
दाढीबाट सफेद व्यास ऋषिको गङ्गा बनेकी कथा ।
ओर्ली सल्बल कल्बलाउन चली पूर्वीय मैदानमा ।।
कालीदासकला बनेर रसिली कल्लोलकौतूहला ।
“पुग्छिन् सागर’’ भन्नु सत्य छ भने नाघ्लिन् बलौटो यही ।।
(१९)
के शृङ्गार गुलाबलाई ? कमलैलाई म धोऊँ किन ?
नीलो रङ्ग थपी सफा गगनमा मूर्खै बनूँ के भन ?
ठोसी यो नखरे ठुटे कलमको टुप्पो झिनो चकचके ।
“सक्तैनस्” यति मात्र लेखिन गए सन्तुष्ट हुन्थे जन ।।
(२०)
कालीदास भनेर कोकिल अरू काला भए तापनि ।
कूज्दैछन् वनमा न अड्छ तिनको आफ्नो वसन्ती ध्वनि ।।
के मण्डूक कराउनू प्रकृतिले, पापीपना हुन्छ र ?
गौरीशङ्करको नजीक चसचसरा उठ्छन् अरु वामन ।।
(२१)
गाए तुम्बुरुले सुनेर सुरले ताली दिए गड्गडी ।
नाचीथी बिजुली, जहारहरुका भल्झल् लडेथे लडी ।
उर्लेको खहरे तिनै सुर लिई हाम्फल्नको हड्बडी ।
गर्दै, पर्वत नै कपाउँछ सदा बाढी धमीलो बढी ।।
(२२)