Jump to content

Lalitya bhag 1 ra 2/patima dhakreko pasaro

From Nepali Proofreaders
Revision as of 16:00, 25 June 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Lalitya_bhag_1_ra_2.pdf" from=206 to=206 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
पाटीमा ढाक्रेको पसारो

(१)
त्यै ठेलम्ठेल घुर्चो, हडबड सब त्यै त्यै छ खैला र बैला
डोको, कुम्ला, झिटीको लटपट सब त्यै त्यै छ फोहोर-मैला ।
त्यै ताकाताक सेखी, सनक छ, सब त्यै वास बस्ने प्रयास
तेही चौका चुह्लाको खटपट, सबको त्यै अमिल्दो मिजास ॥

(२)
त्यै भित्र नेत्र चिम्ली तरह-तरहले घुर्र घुर्ने झमेला
तेही तेरो र मेरो तँ तँ र म म-मय भ्रान्तिले पूर्ण मेला ।
त्यै याताऽऽयात गर्ने पथ, उस पथमा त्यै सधैँको अँध्यारो
ढाक्रेको त्यै अँध्यारो पथ-बिचबिचको पाटिमा त्यो पसारो ॥