Jump to content

Lalitya bhag 1 ra 2/kavitako khoji

From Nepali Proofreaders
Revision as of 15:59, 25 June 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Lalitya_bhag_1_ra_2.pdf" from=204 to=205 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
कविताको खोजी

(१)
कविजी ! त्यो कविता कुन होला ?
जुन कविताको रसले हाम्रो जीवनको मैला धोला ॥

(२)
हुन ता लड्ने भिडने शूरा कोटि उपर छौँ नेपाली ।
किन्तु समझका सब कङ्गाली केवल अरुका हतगोला ॥

कविजी___



(३)
हामी कुनै पनि अन्धा छैनौँ तर आँखाले देख्दैनौँ ।
कसले कति कति लुछ्यो, उडायो, धार्नि बिसौली टुकुनी तोला ॥

कविजी___



(४)
मुखको लाखन गुड्डी हाँक्छौँ स्विजरल्यान्डको इज्जत ताक्छौँ ।
फेन्सी चीजमा पैसा याँक्छौ, कसले चाट्यो महका पोला ?

कविजी___

(५)
आय बिनाको व्ययको भरमार्‌ नून तेलको हाहाकार ।
कसरी भर्ने हाय ! विधाता !! प्लेन सिनेमाहरुका झोला ॥

कविजी___



(६)
धसियेका छौँ कुन दल्दलमा ? फसीरहेछौँ कसका छलमा ?
कसको आँट पिसने कलमा ? पिसिँदै आयो चेतन चोला !

कविजी___



(७)
गरी भयङ्कर लूट-खसोट, जीवनको नै राखी होट ।
नपियेदेखि चिया चुरोट, इज्जतमा नै पर्छ खिचोल ॥

कविजी___



(८)
लोभी गुरुका लालची चेला, चतुर चमेरा नाच्ने वेला ।
हेर्दै यो सब झेलझमेला, मुसुमुसु हाँस्छन्‌ पशुपति भोला ॥

कविजी___