Jump to content

Lalitya bhag 1 ra 2/satya sandesh 7

From Nepali Proofreaders
Revision as of 15:57, 25 June 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Lalitya_bhag_1_ra_2.pdf" from=191 to=191 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
सत्य सन्देश

(१)
बेला आयो शरद्को चमचम गरने चन्द्रिका हुन्छ राम्रो
मैलो हेमन्त निस्क्यो जब अनि कुइरो, शीत-सम्पात राम्रो ।
फुस्रो छारो तुषारो-सहित शिशिरको सिर्सिरे वायु राम्रो
वासन्ती कान्तिलाई मलय-पवन वा पुष्प-माधुर्य राम्रो ॥

(२)
चर्को ग्रीष्मर्तुमा त्यो खलखलि पसिना काढने घाम राम्रो
वर्षामा मेघमाला मलिन भल, हिलो, भेल, आहाल राम्रो ।
जो बेला जो व्यवस्था प्रकृति-नियमले प्राप्त भो, त्यै छ राम्रो
जो त्यो मान्दैन राम्रो समझ अबुझ हो त्यो त्यसैको नराम्रो ॥