This page has been proofread
अल्छीको सातसुरे उद्योग-वीणा
(१)
आँखा भन्दछ अप्सरा सब नचा, सौन्दर्य-सीमा जँचा
आज्ञा गर्दछ कान गान उसमा गन्धर्वको नै मचा ।
श्रीखण्डद्रव कस्तुरी अतरमा सन्कन्छ यो नासिका
छाला भन्छ नयाँ नयाँ मखमली शय्या सजीला झिका ॥
(२ )
जिभ्रो खायस गर्छ पायस, लिची, अङ्गुर मिश्री मह
लाल्ची चित्त कहन्छ हुन्छ, सबको चाहिन्छ चाक्लो दह ।
आत्मा भन्छ सबै बुझी शरणले वैराग्यको योगको
अल्छी छू, म कसो गरूँ ? सुर कुनै मिल्दैन उद्योगको ॥