(४)
आब्रह्म, भुसुना, तृण, वृक्षतकका प्रणीहरू खम्बा सरि
छन् भित्र मसिना तार मनका उनका कसेका बेसरी ।
सङ्कल्पको नै चर्को करेन्ट-ज्वाला निरन्तर चल्दछ
रङ्गित गुलुपको बीच वासनाको ज्योति झकाझक बल्दछ ॥
(५)
यो विश्व-जीवन-बिजुली निकाल्यो, त्यो विश्वकर्मा दङ्ग भो
झलमल्ल झल्क्यो यो विश्व सारा उसलाई अर्कै रङ्ग भो ।
सब झ्याल खोल्यो उस नाचघरका आफू बस्यो दर्शक बनी
लीला सुरु भो अद्भुत नटीको जम्मा भए नटुवा पनि ॥
(६)
मालिकनी भै गर्छे नटीले जुन जुन इशारा त्यै सब
नटुवाहरूले फिर गर्न थाले नृत्य-क्रियाको उत्सव ।
दर्शक बनेको त्यो विश्वकर्मा त्यै देखदा अलमस्त भो
देखिन्न अर्को मै एकलो छू भन्ने अत्याहट अस्त भो ॥
(७)
थोत्रा पुराना सामान पुर्जा प्रत्येक आफैँ हेरदै
जस्तो जहाँ जो चाहिने हो त्यस्तो त्यहाँ त्यो फेरदै ।
हर्दम् तमासा हेर्ने तमासे त्यो विश्वकर्मा धन्य हो !
यो विश्व जसका भित्री नजरमा न त अन्य हो अनन्य हो ॥
Page:Lalitya bhag 1 ra 2.pdf/130
Appearance
This page has been proofread
