Lalitya bhag 1 ra 2/shrikrishna lilako sanu kiran
(सुदामालाई अङ्कमाल गरी कनिकाको पोको पक्रेर
प्रेमरसमा डुबेको श्रीकृष्णतर्फ हेरी)
रूक्मिणी- (आश्चर्यचकित भावले) उहाँ को ?
श्रीकृष्ण- (प्रेमविह्वल भएर) प्रेमी
रूक्मिणी- (पोको देखाएर) त्यो कुन गठरि ?
श्रीकृष्ण- (सत्यभावले) सौगात गह्रुँका
रूक्मिणी- (चाख मानेर) म हेरूँ (हात पसार्छिन्)
श्रीकृष्ण- (नाक खुम्च्याई) के चिन्छ्यौ ?
रूक्मिणी- (क्यै खायसी भावले) तदपि
श्रीकृष्ण- (जबर्जस्ती कनिका झिकी देखाएर) तिमी खान्छ्यौ र कनिका ?
रूक्मिणी- (मुख हेरेर) छि है, त्यस्तो खाने कसरी ?
श्रीकृष्ण- (फाँको हाली चपाउँदै) यसरी गद्गद बनी
रूक्मिणी- (घृणाको भावले) मयाँ लाग्ला
श्रीकृष्ण- (प्रेमसित अर्को फाँको हालेर) लागोस्
रूक्मिणी- (कौतुक भावले) म पनि (हात पसार्छिन्)
श्रीकृष्ण- (शिर हल्लाएर) नदिने
रूक्मिणी- (जबर्जस्तीसित) दिन्नँ म पनि (हात समात्छिन्)
उहाँ को ? प्रेमी, त्यो कुन गठरि ? सौगात गह्रुँका,
म हेरूँ ? के चिन्छ्यौ ? तदपि ? तिमि खान्छ्यौ र कनिका ?
छि है, त्यस्तो खाने कसरि ? यसरी गद्गद बनी
मयाँ लाग्ला ? लागोस्, म पनि, नदिने, दिन्नँ म पनि ॥