Jump to content

Lalitya bhag 1 ra 2/tihar

From Nepali Proofreaders
Revision as of 14:25, 25 June 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Lalitya_bhag_1_ra_2.pdf" from=49 to=50 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
तिहार

(१)
सुखमय पारी सब संसार
आयो रसिलो चाड तिहार ।
बन्दछ मानू सबको काम
खुसी छन्‌ राजा रैति तमाम ॥

(२)
अन्न छ सबका घर घर पूर्ण
छैन कसैको पेट अपूर्ण ।
काग र डुलुवा कुत्तासम्म
भत नहेर्ने यो छ अचम्म ॥

(३)
घर घर सबका भाँती भाँती
झकमक बल्छन्‌ दीपक-ताँती ।
झिलिमिलि झिलिमिलि वारी पारी
यो छ मजाको रमिता भारी ॥

(४)
जय जय लक्ष्मी ! आऊ आऊ
स्थिर गर हाम्रा घरमा पाउ ।
भन्दै हिन्दू सब नर नारी
गर्छन्‌ पूजा भवन सिँगारी ॥

(५)
खेती-पाती पूर्ण तयारी
ढकमक फुलले ती फुलबारी ।
हँसिलो मुखका सब नर नारी
सबतिर लक्ष्मी-पूजा भारी ॥

(६)
वर पर सबका दाज्यूभाइ
बटुलिन थाले टीका लाई ।
हिँड सब जाऔँ बहिनीबाट
पहिरौँ टीका पारौँ ठाँट ॥

(७)
सब सिद्धयाई टीकाटाला
पहिरि गलामा लामा माला ।
चिजबिज खाऔँ, चाड मनाऔँ
बेर नलाऔँ, जाऔँ जाऔँ ॥