Lalitya bhag 1 ra 2/murali moha
Appearance
मुरली-मोह
गाना
धन्य अहा ! त्यो कृष्णको मुरली ।
रननन रननन रन्कन लाग्यो कति राम्रो सुर ली ॥
इन्द्रिय ! सब पस कर्ण-विवरण, कर्ण ! बिला त्यो मुरली-सुरमा
मुरलीसुर आ हृदयाऽम्बरमा कत्ति पनि नगली ॥
जलचर नभचर सब चुप लाग, तृण तरु लहरा कर्ण-पुट माग ।
जड पत्थर पनि जडता त्याग, सुनीरहू है नचली ॥
बिन्ति छ बादल ! पर जा, पर जा, चाँदनि ! तँ पनि अलिछिन घर जा ।
मारुत ! सिरिसिरि पल्लव नबजा मुटुमा घुस्यो बिजुली ॥
यमुना ! यमुना ! तिमी पनि आऊ, बस भुमरीमय कान झुकाउ ।
'लेख' हृदय-बिच त्यो सुर भाऊ, अगम मधुर सकली ॥