Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/124

From Nepali Proofreaders
Revision as of 21:19, 24 June 2025 by Prty (talk | contribs) (Proofread)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been proofread
चुँडिएको चङ्गासित

(१)
ए चङ्गा, जा तँ जा, ढुलुमुलु नगरी सर्र अक्कासिँदै जा
स्वर्गङ्गाका मसीना जलकणहरुको माधुरी क्यै लिँदै जा ।
बाटोमा निर्जरीका चपल नजरको दिव्य तारो हुँदै जा
दायाँ बायाँ नलागी पर पर उपरै सोझिँदै सोझिँदै जा ॥

(२ )
पर्दा छेडी हवाको अलख पथ लिई बेसरी भित्रिँदै जा
यो धागो, यो लटाई, लटपट सब यो बिर्सँदै बिर्सँदै जा ।
देखून्‌ यद्वा नदेखून्‌ गतिविधि अरुले, मस्त आफू हुँदै जा
जाँदाजाँदै अगम्‌ त्यो गगन-कुहरको केन्द्रमा लीन भैजा ॥