Jump to content

Page:Prometheus.pdf/120

From Nepali Proofreaders
Revision as of 16:50, 22 June 2025 by Rbn (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

उच्च उच्च बन्दछ आत्मा सहनशील मानवको ।
तपको आत्मा हो दहन, अनि दहनउपर
सहन, दहनअनुसार ! निकारनिहीन दु:ख
शान्तिको महानिजय हो, बिश्वदशनउपर्‌ !
लाचार छौँ हामी तिम्रो पीडाशयनमा,
हाय, प्रमिस सह, प्रमियस सह हाय !

(३३)
"सत्यपरायंण आट्माको एकाशपथ हो
यही वेदना, यही ज्वाला ! यही युग, युगको दीप ।
सत्य सोजो बाटो छ स्वर्ग-साम्राज्यको, तर ठाडो ।
दुःख, दु:ख, दुःख यही छ संसार ! तर ध्येयहीन
दु:ख, दु:ख हन्‌ मूर्खका आह । आह, आदर्शशील
दु:ख, दु:ख हुन्‌ सीँढी, सीँढी स्वर्गारोहणका !

(३४)
भ्विष्यवाणीले तिम्रो हुन्छ एक महासत्य ।
अन्धकार फार्दछ बर्तमान । हे व्यथित प्रमिधस,
आकाशका कंपित अणमा अंकित हुन्छन्‌
तिम्रा अमर विचार !

(३५)
"अमृत छ तिम्रो भाव !
यो होम व्यक्तित्वको सत्यका लागि, प्रमिधस,
बर्सेला प्रचुर कूरीमा मानब उपकारको वीर !
सृष्टिका जरा रसाउँछन्‌ तिम्रा बचनरसले ।
सत्यका भीषण क्रियाले गिर्ला अवश्य
असृत्यको उग्र शान ! होला गगन निर्मल !"

(३६)
यसरी बोले जलपरीहरू सब, सुन्दरी ।
तन उड्यो प्रमिथसको महाधोष त्यहाँ-
अतट गराई फेनिल बीचिले आन्दोलित,
अल्प-समयको श्रवण पञ्चम ! स्वल्पसमय
शान्त अनिलले सुन्यो अनि सौ संका त्यहीँ ।
उठ्घो विश्वमा एक लहर असंतोषको,
असत्यको विरुद्ध असंतोष ! आकाशले
एक क्षणको पछि लियो प्रकृपित मुहार !

(३७)
प्रमिथस बोले : "आत्मप्रकाशन, आत्मप्रकाशन !
हो, हो, हो ! आत्मप्रकाशन, एक आत्मप्रकाशन !
यही देवता अबरुद्ध रहेको हृदय, हृदयमा,
लौह जंजीरले बद्ध, रोइरहेछ, बिलौनादार्‌ !