॥:श्री॥
नेपाली शाकुन्तल महाकाव्य
प्रथम सर्ग
(शार्दूलविक्रीडित)
चिम्ली लोचन दीर्घकाल तपमा खोलेर वासन्तिका ।
नाच्दी सुन्दर तालले पवनमा देखी फुलेकी लता ॥
बिर्से झै “भन को तिमी” यति भनी गौरी रुलाईकन ।
मुस्काएर फुल्याउँदा शिव दिन् कल्याणको चुम्बन ॥
(१)
चम्किन्थे अघि स्वर्णकालमहिमा पूर्वीय आकाशमा ।
गम्किन्धे सपनासमान घनमा बुट्टाहरू बान्किला ॥
आँखामा खगको परीकन तिनै गाना बनी गुँज्दथे ।
त्यो आभा भर भारती, भरतको यो भारता;काशमा ॥
(२)
मीठो लाग्छ मलाइ ता प्रियकथा प्राचीन संसारको ।
हाम्रो भारतवर्षको उदयको हैमप्रभासारको ॥
जाडामा पनि कोयली कुसुमका बास्नाहरू सम्झिँदै ।
फर्केलान् दिन फेरि उत्तर भनी बस्छे अकेली रुँदै ॥
(३)
बिर्सेका पुरुखा रुखा हृदयका सुख्खा झिना सन्तति ।
हामी ॥ १०३० खाडल खनी हाल्दा सबै सम्पति ॥
फालेका बली गर्दा सधैं खल्बली ।
श्रद्धाभक्तिविहीन भै मुटु जली लाग्यौं नि ! जानै ढली ॥
(४)