"हाम्रा पालक विश्वका मुकुट ती, ती धर्मका रक्षक ।
ती दाता सब अन्नका, सकलका छाती भरी सूर्य झै॥
ती राजा
थलका तथैव जलका, सारा दिशाका छवि ।
हावासाथ
सुगन्ध
कीर्ति
रहने
(७६)
ती
दानका
सागर ॥
ती दैत्यारि, समस्त आर्यहरुका ती इन्द्र, आनन्द नै । ह्वैनक्सिन्छ विरोधका दलहरू हात्तीहरूले किची
चाहन्छौँ यति सुन्न छैन उनको त्यो चेहरामा कुनै ।
?
उक्लेको कुइरो सफा सुख मिची पारी धमीलो छवि !”
(७७)
भन्ने प्रशन सुनेर ती नजरमा आनन्द गै कानको । भन्छन् पुति, “छैन दुःख उनमा छाती छ मानो शरद् ॥ छ फूल, त्यसमा आनन्दको वास छ । यस्ता सुन्दर रूपका अधरका मीठो प्रशंसा उडी ॥”
(७८)
मानी चाख मिठास ती वचनका प्यूँदी दुवै कानले । घेरै बेर झुकेर तीक्ष्णश्रवणी आँखा उचाली
लिँदी ॥
बिर्सेकी मनमुग्ध भै शरम नै चैतन्य चाँडो पसी । लालीदार मुहार भै पलक ती चाँडै वराल्दी भइन् ॥ (७९) “मीठो नाम म सुन्न पाउँछु भने बन्ने थिएँ कोयली ।
को को हो यस क्ञ्जमा अधरलीराम्रा रहेका फुली ?” भन्दै प्रश्न गरेर झुल्न सुखमा घोली सुधा कानमा । भन्दा भूप निहार्दछन् नजरले फुल्दी झुकेकी ठिटी ॥
(८०) “मीठो नाम प्रियम्वदा छ यिनको बोल्दै बुझौहालिने ।”
भन्छिन् चारु, प्रियम्वदा अघि सरी दिन्छिन् यही उत्तर ॥
"राम्री भै यिनको छ नाम सहजै सौन्दर्य झै सम्झिने ।
कस्ती प्रेमशिखारु चारु हँसिली यी चारु छन् ओठकी ॥ (६१)
१३२