Jump to content

Page:Shakuntala.pdf/161

From Nepali Proofreaders
Revision as of 12:50, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "शिखि-पुच्छ चारु सिँगारका । धन वास झैं कनकोज्ज्वल ॥ बिजुली चमक्क सुलोचन । स्वर भर्दधे (३५) मुरलीभरी तरु फुल्दछन्‌ वन-मञ्जरीहरु झुल्दछन्‌ खग ॥ बोल्दछन्‌ ॥ यमुना मुनाहरु छालका । मृ...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

शिखि-पुच्छ चारु सिँगारका ।

धन वास झैं कनकोज्ज्वल ॥ बिजुली चमक्क सुलोचन ।

स्वर

भर्दधे

(३५)

मुरलीभरी

तरु फुल्दछन्‌ वन-मञ्जरीहरु

झुल्दछन्‌ खग

बोल्दछन्‌ ॥

यमुना मुनाहरु छालका । मृदु नोलमा मुजुराउँथिन्‌ ॥ (३६)

तब सामु गैकन सोद्धछिन्‌ ।

प्रभुमा तिनी सपनातिरै ॥ “प्रभु प्रेमको कुन भाव हो? कुन दिव्य चारु प्रभाव हो ?”

(३७) प्रभु भन्दछन्‌ “सुन सुन्दरी । ध्वनि जो बन्यो मुरलीभरी ॥ दुइमा हुने मृदु एकता । बन-वेलिका दिल झैं सटी॥ सित सत्यको रँगमा फुटी ।

रँग

मिल्नको

तुषिता

युति॥

जग-बागमा रस-राजको । राति गानमा प्रकटाकृति ॥

जुन जुन्किरीहरु बाल्दछन्‌ ।

तमबीचमा दिलका प्रति॥ जल-पूर्णको तल ढल्किने । अनि झल्किने रसिलो गति ॥ संग फुलको सुरबागको । सम्झने करणेच्छुता ॥ सन सिर्जनाभर झल्किने । जल-बिन्दुको गहिरो पता ॥