तयार् गरी सकेपछि कवि भानुभक्ताचार्यका चिठ्ठी पत्रीका कविता बाहेक् अरू विशेष ग्रन्थ केही देखिँदैन ।
विक्रमीय सम्वत् १९१९ मा कवि भानुभक्तजी नेपालबाट घर तरफ् जान लाग्दा बाटामा एक्दिन् इनका मित्र तारापति उपाध्याय ब्राह्मणसित भेट् भयो र 'आज मेरा घरमा बास बस्नुहोस्' भनी भन्दा बास बस्ने बखत् भयेको थियेन तापनि मित्रको आग्रह देखी निज तारापतिका घरमा बसे । घडी दसेक् रात् चढेदेखि तारापति उपाध्याकी ब्राह्मणी र बुहारीले ठाक्ठुक् गर्न थाले । भर्रात् झगरा भयाको सुनी बडा रिसले तेसै रात्भरीमा 'बधूशिक्षा' भन्ने ग्रंथ तयार् गरे । भोलि पल्ट भात खाई बाटा लाग्ने बेलामा निज तारापतिसित बिदाबादी भै कवि भानुभम्ताचार्य जान लाग्दा यो 'बधृशिक्षा' नाम गरे[1] (को) ग्रन्थ दिये । पछिबाट तारापतिलाई उपदेशका ३ श्लोकको एक् पुर्जी दीकन बाटा लागे, जस्को खुलस्ता लेखेको छ–
एक् थोक् भन्छु न मान्नु दुक्ख मनमा हे मित्र तारापती ।
तिम्रा ई जति छन् जहानहरु ता लड्न्या रह्या छन् अती ॥
सून्यां दन्त बझान आज घरको कर्कर्गर्याको उसै ।
भर्रात् जाग्रनझैँ भयो मकन ता लागेन आंखा कसै ॥१।
धन् इज्जत र कमाइ देख्छु बढिया छैनन् कुनै चीज् कमी ।
बूहारी यदि कर्कशा हुन गया क्या घर्गरौला तिमी ॥
साह्रै झोक उठ्यो मलाइ र बधूशिक्षा बनाञा पनी ।
यस्ले पत्नि बुहारि छोरिहरुको तालिम् गरौला भनी ॥२॥
हुन त म अतिथी हूँ यस् बिनू क्या छ खांचो ।
तर पनि त म भन्छु मित्र ह्वौ जानि साँचो ॥
- ↑ यो ग्रन्थ पनि छापिने छ ।