Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/6

From Nepali Proofreaders
Revision as of 13:16, 20 June 2025 by Rbn (talk | contribs) (Proofread)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been proofread
विज्ञप्तिपत्रम्‌

हे रसिकवर्ग !

कदाचित "कवि भानभक्ताचार्य्य" को कविता हेरेर तपाञीहरूको इच्छा जीवतचरित्र पनि हेर्नको भयो होला, तस्‌ अर्थ कविको जीवनवृत्तान्त हालमा लेखी छपायाको छु । सो हेरी निज कविका समग्र वृत्तान्त जानी मेरा उपर करुणा रही प्रसन्न हुनुभयो भने भला मेरो परिश्रम पनि सुफल होला । ययाशक्य कविका निर्मित श्लोक बगान समेत राखी यो जीवतचरित्र लेखेको छु । कवि भानुभक्ताचार्य्यका भतिजा रामदत्तकन मो अनेकानेक धन्न्यवाद दिन्छु, जस्ले मलाई निज कविका अनेक हाल यथार्थ भन्नु भयो, जस्का कृपाले यो पुस्तक्‌को जन्म भयो ।

सम्वत्‌ १९४८ विक्रमी
भाद्रपद कृष्ण ८

तपाञीहरूको अनुगृहीत
मोतीराम भट्ट शर्म्मा
काष्ठमण्डप-नेपाल ।