सुशान्त शीतलोपना, हरा अनन्त यौवन ।
विभिन्न भाव वल्लरी, विचित्र पुष्प चित्रण ॥ प्रशस्त-पत्र-माधुरी, नवीन-सृष्टि-मञ्जरी । सुबोल
शब्दले भरी,
मिठासमा
थरी धरी ॥
अनेक रङ्ग मोहनी फुटेर चित् सरोवरी ।
सिँगारदार भूमिमा छ शस्यमाथि सर्सरी ॥
सुदूर देश मग्मगे हवा बहन्छ हर्हरी । कतै छ फेरि मिर्मिरे कतै छ हेर शर्बिरे ॥ कतै छ पड्ख उच्चता भजूँ भनेर फर्फरे ।
कतै त खालि कोपिला कतै प्रफुल्लता लिने ॥
छ काव्य-हृज्जगत्सरि प्रभावमा भनूँ भने ।
(२७)
हवा भजी फिँजाउँदा असङ्ख्य
पत्रका कर ।
सुचारु छत्र झै थिए विचित्रता मनोहर ॥ सुडोल रौप्य डाँठका प्रशाख-दण्ड सुन्दर । सिँगार पुष्पका लिने क्षितीश छत्र छन् तरु ॥ हिलाउँछन् लता जहाँ अडेर पत्र चामर ।
(रद)
छछल् छछल् छचल्किँदी छ छालदार छल्छले ।
नदी सलील चञ्चला झलल्ल कान्ति-अञ्चला ॥ गरी किनार कल्कले सजीव चारु चालकी ।
झलल्ल झिल्ल झल्किँदी वसन्त नृत्य तालकी ॥
शिला तरङ्ग बोलमा हिलोर लोल लाउँदी । स्वतन्त्र नागवेलिमा छ वन्य गान गाउँदी ॥
चराहरू सिकाउँदी सबै गला रसाउँदी । अनेक हाव-भावकी नटी वनै रसाउँदी ॥ हरा-भरा
सुवासको
समीर (२९)
शीतलाउँदी ।
वसन्तकी वनस्थली छ चारु हाव-भावमा ।
हरा सिँगार मोहनी सुस्निखध-बैँस माघुरी-' सुवास मग्मगाउँदी
१०८
सुन हास्य-सुन्दरी ॥ -परीसरि । सुचारु अङ्गवल्लरी ॥