पन्यो विपिन जानु नै किन बसी घरैका घर । जितीकन अनङ्ग नै विजय माधुरीको गर ॥ झरेर घर मोहिनी बनिदिए यहाँ जो हरि । उनैकन भजे पुग्यो मृदुल अङ्गमा बेसरी ॥ (२९)
छ ईश कुन ठाउँमा ? छ जुन ठाउँमा माधुरी ।
महातप त्यही न हो भजन गर्छ जो स्वःपरी ॥ नुझै मधुर रूप नै निगम नैछकेकामर? बुझे हृदय प्रेमको भव छ स्वर्गको
मन्दिर ॥
(३०)
बुझे सरस लाजको मृदुल “नाइँ” को माधुरी ।
छ दर्शन यहाँ अरू कुन जगत्विषे चाहिने ?
अनन्त मृदुता त्यसै विजय गर्न दिन्नन् यहाँ । " कडा परुषहातले मृदुलता कहाँ छोइने (२१)
?
“अनन्त रसकी सुधा हृदयमोहिनी पो म ता ।
सुरेश हरिकी छटा मकन पाउँछौ लौ कता ?
समुच्च मृदु भावनासित म दिव्य टूनाकन ।
सधैँभर भजे म छु प्रकृतप्राप्त आत्माकन ॥” (३२)
“ममा शरम चित्तमा
कडा
नरम
रङ्गले आउँछ ।
परुषता हुँदा दिल अनित्यले मोहिँदा ॥
म सत्य अनि नित्यकी मधुर मोहिनी हूँ नुझ ।
भनी मकन मृत्तिका नछुनु लाग्छ लज्जा अझ ॥” (३३)
यही छ ध्वनि रूपको कृसुमतुल्यको यौवन । प्रदर्शन
गरी
गरी
हृदय
गर्छ
आमन्त्रण ॥
अहो ! रुचिररूपकी मृदु शकुन्तला मोहिनी ।
यहाँ किन भझरिन् र को हृदय डाक्न आइन् यिनी ॥
(२४)
९०